< उत्पत्ति 11 >
1 अहिले सारा पृत्वीमा एउटै भाषा थियो र शब्दहरू पनि उही थिए ।
Wakati huo dunia yote ilikuwa na lugha moja na msemo mmoja.
2 तिनीहरू पूर्वतिर जाँदा, तिनीहरूले शिनारको भूमिमा एउटा मैदान भेट्टाए र तिनीहरू त्यही बसे ।
Watu walipoelekea upande wa mashariki, wakafika kwenye tambarare katika nchi ya Shinari nao wakaishi huko.
3 तिनीहरूले आपसमा भने, “आओ, ईंटहरू बनाऔँ र तिनीहरूलाई राम्ररी पलौँ ।” तिनीहरूसँग ढुङ्गाको सट्टामा ईंट थियो र हिलोको सट्टामा अलकत्रा थियो ।
Wakasemezana wao kwa wao, “Njooni, tufyatue matofali na tuyachome vizuri kwa moto.” Walitumia matofali badala ya mawe, na lami kwa ajili ya kushikamanishia hayo matofali.
4 तिनीहरूले भने, “आओ, हाम्रो निम्ति एउटा सहर बनाऔँ र आकाश नै छुने एउटा धरहरा निर्माण गर्यौँ अनि नाउँ कमाऔँ । यदि हामीले यसो गरनौँ भने हामी सारा पृथ्वीभरि छरपष्ट हुनेछौँ ।”
Ndipo wakasema, “Njooni, tujijengee mji wenye mnara ambao utafika hadi mbinguni, ili tujipatie jina tusije tukatawanyika usoni pa dunia yote.”
5 यसैले परमप्रभु परमेश्वर आदमका सन्तानहरूले निर्माण गरेका त्यो सहर र धरहरा हेर्न तल आउनुभयो ।
Lakini Bwana akashuka ili auone mji na mnara ambao wanadamu waliokuwa wanaujenga.
6 परमेप्रभुले भन्नुभयो, “हेर, तिनीहरू एउटै भाषामा एउटै मानिसझैँ छन् अनि तिनीहरूले यसो गर्न सुरु गरिरहेका छन् । तिनीहरूले गर्न चाहेको कुनै पनि कुरा तिनीहरूको निम्ति असम्भव हुनेछैन ।
Bwana akasema, “Ikiwa kama taifa moja wanaozungumza lugha moja wameanza kufanya hili, basi hakuna lolote watakalopanga kufanya ambalo halitawezekana kwao.
7 आओ, हामी तल जाऔँ र तिनीहरूका भाषा खलबलाइ दिऔँ, ताकि तिनीहरू एउटाले भनेको अर्काले बुझ्न सकून् ।”
Njooni, tushuke tuvuruge lugha yao ili wasielewane wao kwa wao.”
8 यसैले परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि छरपष्ट पार्नुभयो र तिनीहरूले त्यो सहर निर्माण गर्न छोडे ।
Hivyo Bwana akawatawanya kutoka mahali pale kwenda katika dunia yote, nao wakaacha kuujenga huo mji.
9 यसकारण, यसको नाउँ बाबेल राखियो, किनभने परमप्रभुले त्यहाँ सारा पृथ्वीको भाषा खलबलाउनुभयो अनि त्यहाँबाट नै परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि छरपष्ट पा्र्नुभयो ।
Ndiyo maana pakaitwa Babeli, kwa sababu hapo ndipo Bwana alipoivuruga lugha ya dunia nzima. Kutoka hapo Bwana akawatawanya katika uso wa dunia yote.
10 यिनीहरू शेमका सन्तानहरू थिए । जलप्रलयको दुई वर्षपछि शेम सय वर्षको हुँदा तिनी अर्पक्षेदका पिता बने ।
Hivi ndivyo vizazi vya Shemu. Miaka miwili baada ya gharika, Shemu alipokuwa na miaka 100, akamzaa Arfaksadi.
11 शेम अर्पक्षेदका पिता भएपछि तिनी पाँच सय वर्षसम्म बाँचे । तिनका अरू छोराहरू र छोरीहरू पनि भए ।
Baada ya kumzaa Arfaksadi, Shemu aliishi miaka 500, akazaa watoto wengine wa kiume na wa kike.
12 अर्पक्षद पैँतीस वर्षको हुँदा तिनी शेलहका पिता बने ।
Wakati Arfaksadi alipokuwa na miaka thelathini na mitano, akamzaa Shela.
13 अर्पक्षद शेलहका पिता भएपछो तिनी ४०३ वर्ष बाँचे । तिनका अरू छोराहरू र छोरीहरू पनि भए ।
Baada ya Arfaksadi kumzaa Shela, aliishi miaka 403, akazaa watoto wengine wa kiume na wa kike.
14 शेलह तीस वर्षका हुँदा तिनी एबेरला पिता बने ।
Shela alipokuwa na miaka thelathini, akamzaa Eberi.
15 शेलह एबेरका पिता भएपछि तिनी ४०३ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।
Shela baada ya kumzaa Eberi, aliishi miaka 403, akazaa watoto wengine wa kiume na wa kike.
16 एबेर तीस वर्षको हुँदा तिनी पेलेगका पिता बने ।
Eberi alipokuwa na miaka thelathini na minne, akamzaa Pelegi.
17 पेलेगका पिता भएपछि एबेर ४३० वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।
Baada ya Eberi kumzaa Pelegi, aliishi miaka 430, akazaa watoto wengine wa kiume na wa kike.
18 पेलेग तीस वर्षको हुँदा तिनी रऊका पिता बने ।
Pelegi alipokuwa na miaka thelathini, akamzaa Reu.
19 रऊका पिता भएपछि पेलेग २०९ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।
Baada ya Pelegi kumzaa Reu, aliishi miaka 209, akazaa watoto wengine wa kiume na wa kike.
20 रऊ बत्तीस वर्षको हुँदा तिनी सरूगका पिता भए ।
Reu alipokuwa na miaka thelathini na miwili, akamzaa Serugi.
21 सरूगका पिता भएपछि रऊ २०७ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।
Baada ya Reu kumzaa Serugi, aliishi miaka 207, akazaa watoto wengine wa kiume na wa kike.
22 सरूग तीस वर्षको हुँदा तिनी नाहोरका पिता बने ।
Serugi alipokuwa na miaka thelathini, akamzaa Nahori.
23 नाहोरका पिता भएपछि सरूग दुई सय वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।
Baada ya Serugi kumzaa Nahori, aliishi miaka 200, akazaa watoto wengine wa kiume na wa kike.
24 नाहोर उनन्तीस वर्षको हुँदा तिनी तेरहका पिता बने ।
Nahori alipokuwa na miaka ishirini na tisa, akamzaa Tera.
25 तेरहको पिता बनेपछि नाहोर ११९ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।
Baada ya Nahori kumzaa Tera, aliishi miaka 119, akazaa watoto wengine wa kiume na wa kike.
26 तेरह सत्तरी वर्षको हुँदा तिनी अब्राम, नाहोर र हारानका पिता बने ।
Tera alipokuwa na miaka sabini, akamzaa Abramu, Nahori na Harani.
27 तेरहका सन्तानहरू यिनीहरू थिए । तेरहस अब्राम, नाहोर र हारानका पिता भए अनि हारान लोतका पिता बने ।
Hawa ndio wazao wa Tera. Tera aliwazaa Abramu, Nahori na Harani. Harani akamzaa Loti.
28 हारान तिनको पिता तेरहसको सामु नै तिनको जन्म थलो अर्थात् कल्दीहरूको ऊरमा मरे ।
Tera alipokuwa bado hai, Harani akafa huko Uru ya Wakaldayo, nchi alimozaliwa.
29 अब्राम र नाहोरले विवाह गरे र पत्नि ल्याए । अब्रामकी पत्निको नाउँ साराई थियो र नाहोरकी पत्निको नाउँ मिल्का थियो, तिनी हारानको छोरी थिइन् अनि हारान मिल्का र यिस्काका पिता थिए ।
Abramu na Nahori walioa. Mke wa Abramu aliitwa Sarai, na mke wa Nahori aliitwa Milka; Milka na Iska walikuwa watoto wa Harani.
30 सारा बाँझी थिइन्; तिनको कुनै बालबच्चाहरू थिएनन् ।
Sarai alikuwa tasa, hakuwa na watoto.
31 तेरहले तिनका छोरो अब्राम, हारानाका छोरो लोत र तिनकी बुहारी साराई अर्थात् तिनका छोरो अब्रामको पत्निलाई लिए र कनानतिर जान तिनीहरू कल्दीहरूको ऊरतिर गए । तर तिनीहरू हारानमा आए र त्यहाँ नै बसे ।
Tera akamchukua Abramu mwanawe, Loti mwana wa Harani mwanawe, na Sarai mkwewe, mke wa Abramu mwanawe, wakatoka kwa pamoja katika Uru ya Wakaldayo kwenda nchi ya Kanaani. Lakini walipofika Harani, wakaishi huko.
32 तेरह २०५ वर्ष बाँचे र तिनी हारानमा नै मरे ।
Tera alikufa huko Harani akiwa na miaka 205.