< उत्पत्ति 10 >
1 यिनीहरू नोआका सन्तानहरू थिए, अर्थात्, शेम, हाम, र येपेत । जलप्रलयपछि तिनीहरूका छोराहरू जन्मे ।
Esta es la historia de las generaciones de los hijos de Noé y de Sem, Cam y Jafet. Les nacieron hijos después del diluvio.
2 गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास येपेतका छोराहरू थिए ।
Los hijos de Jafet fueron: Gomer, Magog, Madai, Javan, Tubal, Mesec y Tiras.
3 अशकनज, रीपत र तोगर्मा गोमेरका छोराहरू थिए ।
Los hijos de Gomer fueron: Askenaz, Rifat y Togarma.
4 एलीशाह, तर्शीश, कित्तीम र रोदानीम यावानका छोराहरू थिए ।
Los hijos de Javán fueron: Elisa, Tarsis, Quitim y Dodanim.
5 यिनीहरूबाट नै समुद्रतटवासी छुट्टिए र तिनीहरू आफ्नो जातिअनुरूप आ-आफ्नो भाषाअनुसार तिनीहरूको भूमितिर गए ।
De éstos se dividieron las islas de las naciones en sus tierras, cada uno según su lengua, según sus familias, en sus naciones.
6 कूश, मिश्रइम, पूत र कनान हामका छोराहरू थिए ।
Los hijos de Cam fueron: Cus, Mizraim, Put y Canaán.
7 सेबा, हवीला, सब्ता, रामाह र सब्तका कूशका छोराहरू थिए । शेबा र ददान रामाहका छोराहरू थिए ।
Los hijos de Cus fueron: Seba, Havila, Sabta, Raama y Sabteca. Los hijos de Raama fueron: Sabá y Dedán.
8 कूश निम्रोदका पिता बने, जो पृथ्वीमाथिका पहिलो विजेता थिए ।
Cus fue el padre de Nimrod. Él comenzó a ser un poderoso en la tierra.
9 तिनी परमप्रभुको सामु शक्तिशाली शिकारी बने । त्यसैले यसो भनियो, “परमप्रभुको सामु निम्रोदजस्तै शक्तिशाली सिकारी ।”
Fue un poderoso cazador ante Yahvé. Por eso se dice: “como Nimrod, un poderoso cazador ante Yahvé”.
10 तिनका राज्यहरूका सुरुका केन्द्रहरू शिनारको मुलुकका बाबेल, अक्कद र कल्नेह थिए ।
El principio de su reino fue Babel, Erec, Acad y Calne, en la tierra de Sinar.
11 तिनी त्यो भूमिबाट बाहिर अश्शूरतित गए, र निनवे, रहोबोत-इर, कालह,
De esa tierra pasó a Asiria y construyó Nínive, Rehobot Ir, Cala,
12 र निनवे र कालह बिचमा पर्ने रेसेन निर्माण गरे । यो एउटा ठुलो सहर थियो ।
y Resen entre Nínive y la gran ciudad Cala.
13 मिश्रइम लूदी, अनामी, लहाबी, नप्तूही
Mizraim fue el padre de Ludim, Anamim, Lehabim, Naftuhim,
14 पत्रुसी, कस्लूही (जसबाट पलिश्तीहरू आए) र कप्तोरीहरूका पुर्खा बने ।
Patrusim, Casluhim (del que descienden los filisteos) y Caftorim.
15 कनान सीदोन अर्थात् तिनका जेठो छोरो, हित्ती,
Canaán fue padre de Sidón (su primogénito), de Het, de
de los jebuseos, de los amorreos, de los gergeseos, de
17 गिर्गाशी, हिव्वी, अरकी, सिनी,
de los heveos, de los arquitas, de los sinitas, de
18 अर्वादी, समारी र हमातीहरूका पुर्खा भए । त्यसपछि कनानीहरूका वंशहरू फैलिए ।
de los arvaditas, de los zemaritas y de los hamateos. Después, las familias de los cananeos se extendieron por el mundo.
19 कनानीहरूको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्म नै थियो ।
La frontera de los cananeos iba desde Sidón — en dirección a Gerar — hasta Gaza — en dirección a Sodoma, Gomorra, Adma y Zeboiim — hasta Lasa.
20 तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूको भूमि र देशमा हामका छोराहरू यिनीहरू नै थिए ।
Estos son los hijos de Cam, por sus familias, según sus lenguas, en sus tierras y sus naciones.
21 येपेतका दाजु शेमका पनि छोराहरू भए । शेम एबेरका सबै सन्तानहरूका पुर्खा थिए ।
También le nacieron hijos a Sem (el hermano mayor de Jafet), el padre de todos los hijos de Éber.
22 एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम शेमका छोराहरू थिए ।
Los hijos de Sem fueron: Elam, Asur, Arfaxad, Lud y Aram.
23 ऊज, हुल, गेतेर र मेशेक अरामका छोराहरू थिए ।
Los hijos de Aram fueron: Uz, Hul, Geter y Mas.
24 अर्पक्षेद शेलहका पिता बने र शेलह एबेरका पिता बने ।
Arfaxad fue el padre de Sala. Sala fue el padre de Heber.
25 एबेरका दुई जना छोरा भए । एक जना छोराको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वी विभाजित भयो । तिनको भाइको नाउँ योक्तान थियो ।
A Heber le nacieron dos hijos. El nombre de uno fue Peleg, porque en sus días la tierra fue dividida. El nombre de su hermano fue Joctán.
26 योक्तान अल्मोदद, शेलेप, हसर्मवित, येरह,
Joctán fue padre de Almodad, Selef, Hazarmavet, Jera,
29 ओपीर, हवीला योबाबका पिता बने ।
Ofir, Havila y Jobab. Todos ellos eran hijos de Joctán.
30 तिनीहरूका क्षेत्र मेशादेखि सपरा जाने बाटो, पूर्वका पहाडसम्म थियो ।
Su morada se extendía desde Mesá, a medida que se avanza hacia Sefar, la montaña del oriente.
31 तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूका मुलुकहरू, जातिहरूअनुसार शेमका छोराहरू यिनीहरू नै थिए ।
Estos son los hijos de Sem, por sus familias, según sus lenguas, tierras y naciones.
32 तिनीहरूका वंशावलीहरू र जातिहरूअनुसार नोआका छोराहरूका वंशहरू यिनै थिए । यी जातिहरूबाट नै जातिहरू छुट्टिए र जलप्रलयपछि पृथ्वीभरि गए ।
Estas son las familias de los hijos de Noé, por sus generaciones, según sus naciones. Las naciones se dividieron de éstas en la tierra después del diluvio.