< गलाती 1 >

1 म पावल एक प्रेरित हुँ । म कुनै मानिस वा व्यक्‍तिद्वारा प्रेरित भएको होइन, तर येशू ख्रीष्‍ट र परमेश्‍वर पिताद्वारा भएको हुँ जसले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो ।
Nghngicim üngka naw lawkia am kya lü, nghngicima phäha pi am kya lü, Jesuh Khritaw mtho beki Pa Pamhnam la Jesuh Khritaw üngka kei Pawluh la,
2 मसँग भएका सबै भाइहरूका साथ म यो पत्र गलातियाका सबै मण्डलीहरूलाई लेखिरहेको छु ।
ka hlawnga awmkia jumeiki he naküt naw Kalatiha awmkia sangcim he ning jah hnukset ve ung:
3 परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति होस्,
Mi Pa Pamhnam la Bawipa Jesuh Khritaw naw bäkhäknak la dim’yenak ning jah pe se.
4 जसले हाम्रा परमेश्‍वर र पिताको इच्छाअनुसार यस वर्तमान दुष्‍ट संसारबाट हामीलाई मुक्त गराउन हाम्रा पापका निम्ति आफैँलाई अर्पण गर्नुभयो । (aiōn g165)
Mi Pamhnam la mi Pa ngjakhlüa, tuhkbäih ahina kcün kse üngka naw a jah mhlätnak vaia, Khritaw naw mi katnak hea phäha amät ngpe kyuki; (aiōn g165)
5 उहाँलाई नै सदासर्वदा महिमा होस् । (aiōn g165)
Pamhnama veia hlüngtainak angläta ve se! Amen. (aiōn g165)
6 तिमीहरू यति छिटै फरक सन्देशतिर फर्किएको देख्दा म चकित परेको छु । ख्रीष्‍टको अनुग्रहद्वारा तिमीहरूलाई बोलाउनुहुनेबाट तिमीहरू टाढिएको देख्दा म चकित परेको छु ।
Khritawa bäkhäknak üng ning jah khüki yawk u lü, thangkdaw akce nami dokhamei naw na m’yühei ve.
7 अरू कुनै सुसमाचार छैन, तर केही यस्ता मानिसहरू छन् जसले तिमीहरूलाई समस्यामा पार्न र ख्रीष्‍ट येशूको सुसमाचारलाई विकृत गर्न चाहन्छन् ।
“Thangkdaw akce” am ve. Khyang avang naw ning jah mlung mthüiei u lü Khritawa thangkdaw thuhlai hlüsaki he pi ami awma phäha ahikba ka pyen ni.
8 तर हामीले तिमीहरूका माझमा जुन सुसमाचार घोषणा गर्‍यौँ, त्योभन्दा बाहेक अरू कुनै सन्देशलाई यदि हामी वा स्वर्गबाट आएका स्वर्गदूतले नै प्रचार गरे तापनि त्यो श्रापित होस् ।
Cunsepi, keimia pi kyase, khankhaw üngka khankhawngsäa pi kyase nami veia kami pyena thangkdawa kthaka hngalangeikia thangkdaw a pyen üngta, mulaimei däa mkateia kya kawm.
9 हामीले पहिले नै भनिसकेका छौँ र म अहिले फेरि पनि भन्दछु, “कसैले तिमीहरूले स्वीकार गरेको भन्दा बाहेक तिमीहरूका सामु अर्को सन्देशको घोषणा गर्दछ भने, त्यो श्रापित होस् ।”
Kami ning jah mtheh päng, tuhkbäih ning jah mtheh law be vang: “Nami yah pänga thangkdawa kthaka thangkdaw akce ning jah mtheh lawki a awm üngta mulaimei däa mkateia kya kawm.”
10 के मैले अहिले मानिसहरू वा परमेश्‍वरको समर्थन खोजिरहेको छु र? के मैले मानिसहरूलाई खुसी पार्न खोजिरहेको छु र? यदि मैले अझै पनि मानिसहरूलाई खुसी पार्ने प्रयास गरिरहेको छु भने, म ख्रीष्‍टको दास होइनँ ।
Khyanga ngak ka yahnak vaia ka pyenkia mäi lawki aw? Acukba am ni! Mhnama ngaknak ni ka ngjak hlü. Khyang hea ksunga ka ngminga ngthang vai ka ktha naki aw? Acukba ka ni üngta Khritawa m'ya am ka kya khai.
11 भाइहरू हो, तिमीहरूले यो कुरा जान भन्‍ने म चाहन्छु, कि मैले घोषणा गरेको सुसमाचार मानिसहरूबाट मात्र आएको होइन ।
Ka püi he aw, thangkdaw ka sang hin nghngicim khyang üngka ngthuha am kya naw ti ning jah mtheh veng.
12 मैले यो कुनै मानिसबाट प्राप्‍त गरेको होइन, न त मलाई यो सिकाइएको थियो । बरु, मलाई यो येशू ख्रीष्‍टको प्रकाशद्वारा दिइएको थियो ।
Nghngicim khyang üngka ka yahkia am kya, u naw pi am na mthei naw. Jesuh Khritaw amät naw a na mdana ni akya ve.
13 म यहूदी हुदाँ मेरो पहिलेको जीवनको बारेमा तिमीहरूले सुनेका छौ, कि कसरी मैले परमेश्‍वरको मण्‍डलीलाई हिंसात्‍मक रूपले अत्यधिक सताइरहेको थिएँ र त्‍यसलाई नष्‍ट गरिरहेको थिएँ ।
Judah hea jumeinak ka läk k’um üng Pamhnama sangcim he ä jah m’yenei lü jah mkhuimkha lü jah kpyeh vaia ka kthanak khawi cen nami ngjaki.
14 म यहूदी धर्मकर्ममा मेरा आफ्नै मानिसहरूका कैयौँ सहकर्मीहरूभन्दा धेरै अगि बढिरहेको थिएँ । मेरा पुर्खाहरूका परम्पराहरूका निम्ति म अत्यन्तै उत्साहित थिएँ ।
Judah hea jumeinak lama kei cun ka ngtehpüi hea kthaka pi ktha na bawk lü, mi pupa hea thumcame üng pi ka ng’apei bawki.
15 तर मेरी आमाको गर्वदेखि नै मलाई चुन्‍नको निम्ति परमेश्‍वर खुसी हुनुभयो ।
Acunsepi am ka hmi law ham üng Pamhnam naw a bäkhäknak am na xü lü amät ka khüih khaia a na khü päng.
16 मैले गैरयहूदीहरूका माझमा उहाँलाई घोषणा गर्न सकूँ भनेर उहाँका पुत्रलाई ममा प्रकट गर्नको निम्ति उहाँको अनुग्रहद्वारा उहाँले मलाई बोलाउनुभयो । मैले तुरुन्तै शरीर र रगतको सल्लाह लिइनँ,
Ka veia a capa a mdan law üng Khyangmjükce hea veia amäta mawng thangkdaw ka sangnak vaia ua mcäinak am kthäh nawng,
17 र मभन्दा अगि प्रेरित भएकाहरूकहाँ म यरूशलेममा गइनँ । बरु, म अरबतिर गएँ र त्यसपछि दमस्कसमा फर्किएँ ।
keia kthaka ngsäa kya maki he ka jah hmu khaia Jerusalema pi am cit nawng. Arab khawa cit ktäih lü acunüng Damatet khawa ni ka nghlat be ve.
18 अनि तिन वर्षपछि केफासलाई भेट्न म यरूशलेम गएँ र त्यहाँ उनीसँग पन्ध्र दिनसम्म बसेँ ।
Acunüng, kum kthum ngsawk se Pitaa veia ksingkhyapnak ka yah khaia Jerusalem khawa hang cit lü acuia ania hlawnga mhmüp xaleimhma ka awmki.
19 तर मैले प्रभुका भाइ याकूबलाई बाहेक अरू कसैलाई भेटिनँ ।
Bawipaa na Jakuk dänga thea ngsä akce u am jah hmu nawng.
20 हेर, मैले जे लेखेको छु, परमेश्‍वरको अगि मैले तिमीहरूलाई ढाँटेको छैन ।
Nami veia ka yuk law hmanki. Am ka hleihlak Pamhnam naw ksingki.
21 त्यसपछि म सिरिया तथा किलिकियाका क्षेत्रहरूतिर गएँ ।
Acun käna Siria khaw la Kilikih khawa ka citki.
22 ख्रीष्‍टमा भएका यहूदियाका मण्डलीहरूमा म अझैसम्म चिनिएको थिइनँ,
Acuna kcün üng Judah khawa sangcim he naw akhyang puma am na ksing ham u.
23 तर उनीहरूले सुनेका थिएँ, “एक पटक हामीलाई सताउने व्यक्‍तिले अहिले त्यही विश्‍वासको घोषणा गरिरहेका छन् जुन विश्‍वासलाई कुनै समय उनले नष्‍ट गरिरहेका थिए ।”
“Ajana jah mkhuimkha khawi lü, ajana a kpyeh hlü khawia jumnak cen sang hü ve” ti khyang hea pyen ngja u lü,
24 मेरो कारण तिनीहरूले परमेश्‍वरको महिमा गरिरहेका थिए ।
acunüng, keia phäha Pamhnam mküimtoki he.

< गलाती 1 >