< गलाती 6 >
1 भाइहरू हो, यदि कुनै मानिसले पाप गरेको फेला परेमा, तिमीहरूमध्येका आत्मिक व्यक्तिहरूले चाहिँ नम्रताको आत्मामा त्यस व्यक्तिलाई पुनर्स्थापित गर्नुपर्छ । तिमीहरू आफैँ परीक्षामा नपर्नको निम्ति आफ्नो ख्याल गर ।
Braćo, ako se tko i zatekne u kakvu prijestupu, vi, duhovni, takva ispravljajte u duhu blagosti. A pazi na samoga sebe da i ti ne podlegneš napasti.
2 एक अर्काको भार उठाओ, र यसरी तिमीहरूले ख्रीष्टको व्यवस्थालाई पुरा गर्नेछौ ।
Nosite jedni bremena drugih i tako ćete ispuniti zakon Kristov!
3 किनकि यदि कसैले आफू कुनै महत्त्वको नहुँदा नहुँदै पनि केही हुँ भनी ठान्दछ भने, त्यसले आफैँलाई धोका दिन्छ ।
Jer misli li tko da jest štogod, a nije ništa, sam sebe vara.
4 हरेकले आफ्नो कामको जाँच गर्नुपर्छ । तब मात्रै अरू कसैसँग तुलना नगरिकन पनि ऊ आफैँसँग गर्व गर्ने केही कारण हुन्छ ।
Svatko neka ispita sam svoje djelo pa će onda u samom sebi imati čime se dičiti, a ne u usporedbi s drugim.
5 किनकि हरेकले आफ्नो भार आफैँ उठाउनेछ ।
Ta svatko će nositi svoj teret.
6 जसलाई वचन सिकाइएको छ, उसले शिक्षकसँग सबै असल कुराहरू बाँड्नुपर्छ ।
Koji se uči Riječi, neka sva dobra dijeli sa svojim učiteljem.
7 धोकामा नपर । परमेश्वरको ठट्टा हुँदैन । मानिसले जे रोप्दछ, त्यसले त्यही नै कटनी गर्नेछ ।
Ne varajte se: Bog se ne da izrugivati! Što tko sije, to će i žeti!
8 किनकि जसले आफ्नै पाप-स्वभावमा बिउ छर्दछ, त्यसले विनाशको कटनी गर्नेछ, तर जसले आत्मामा बिउ छर्दछ, त्यसले आत्माबाट अनन्त जीवनको कटनी गर्नेछ । (aiōnios )
Doista, tko sije u tijelo svoje, iz tijela će žeti raspadljivost, a tko sije u duh, iz duha će žeti život vječni. (aiōnios )
9 हामी असल काम गर्न थकित नहोऔँ, किनकि यदि हामीले हरेस खाएनौँ भने ठिक समयमा हामीले फसलको कटनी गर्नेछौँ ।
Neka nam ne dozlogrdi činiti dobro: ako ne sustanemo, u svoje ćemo vrijeme žeti!
10 त्यसकारण, हामीले मौका पाउन साथ, सबैको निम्ति भलाइ गरौँ । विशेष गरी विश्वासको परिवारको निम्ति हामीले भलाइ गरौँ ।
Dakle, dok imamo vremena, činimo dobro svima, ponajpače domaćima u vjeri.
11 हेर मैले आफ्नै हातले कति ठुला-ठुला अक्षरहरूमा तिमीहरूलाई लेखिरहेछु ।
Gledajte kolikim vam slovima pišem svojom rukom.
12 शारीरिक रूपमा प्रभाव पार्न चाहनेहरूले तिमीहरूलाई खतना गर्न बाध्य गराउँछन् । ख्रीष्टको क्रुसको खातिर सतावट भोग्नु नपरोस् भनेर मात्र तिनीहरूले यसो गर्छन् ।
Svi koji se hoće praviti važni tijelom, sile vas na obrezanje, samo da zbog križa Kristova ne bi trpjeli progonstvo.
13 किनकि खतना भएकाहरूले नै व्यवस्थाको पालन गरेका हुँदैनन् । बरु, तिमीहरूका शरीरका विषयमा घमण्ड गर्न सकून् भनेर तिमीहरूको खतना भएको तिनीहरू चाहन्छन् ।
Ta ni sami obrezani ne opslužuju Zakona, ali hoće da se vi obrežete da bi se mogli ponositi vašim tijelom.
14 हाम्रा प्रभु येशू ख्रीष्टको क्रुसबाहेक मैले अरू कुनै कुरामा कहिल्यै गर्व गर्न नपरोस् । उहाँद्वारा नै म संसारको लागि र संसार मेरो लागि क्रुसमा टाँगिएको छ ।
A ja, Bože sačuvaj da bih se ičim ponosio osim križem Gospodina našega Isusa Krista po kojem je meni svijet raspet i ja svijetu.
15 किनकि न त खतना न बेखतना कुनै मूल्यको हो । बरु, नयाँ सृष्टि महत्त्वपूर्ण छ ।
Uistinu, niti je što obrezanje niti neobrezanje, nego - novo stvorenje.
16 यही नियमअनुसार जिउने सबैमा अनि परमेश्वरको इस्राएलमा शान्ति र कृपा रहोस् ।
A na sve koji se ovoga pravila budu držali, i na sveg Izraela Božjega - mir i milosrđe!
17 अब उप्रान्त मलाई कसैले दु: ख नदेओस्, किनकि म आफ्नो शरीरमा येशूका चिन्हहरू धारण गर्दछु ।
Ubuduće neka mi nitko ne dodijava jer ja na svom tijelu nosim biljege Isusove!
18 भाइहरू हो, तिमीहरूका आत्मामा हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह रहोस् । आमेन ।
Milost Gospodina našega Isusa Krista s duhom vašim, braćo! Amen