< गलाती 5 >
1 स्वतन्त्रताको निम्ति ख्रीष्टले हामीलाई मुक्त गराउनुभएको हो । यसैकारण, स्थिर होओ र फेरि बन्धनको जुवामुनि नपर ।
Ni kwa sababu Kristo alitupa uhuru ili tuwe huru. Hivyo, simameni imara wala msinaswe tena katika kongwa la utumwa.
2 हेर! म पावल तिमीहरूलाई भन्दछु, कि तिमीहरूको खतना भए तापनि ख्रीष्टमा तिमीहरूलाई केही फाइदा हुनेछैन ।
Tazama, Mimi Paulo, ninawaambia kwamba ikiwa mtatahiriwa, Kristo hatawafaidia kwa njia yoyote ile.
3 फेरि, खतना गरिएका सबै मानिसलाई म यो गवाही दिन्छु, कि सबै व्यवस्था पालन गर्न त्यो बाध्य हुन्छ ।
Tena, namshuhudia kila mwanaume aliyetahiriwa kwamba anapaswa kuwajibika kwa sheria yote.
4 जो व्यवस्थाबाट धर्मी ठहराइएका छौ, तिमीहरू ख्रीष्टबाट अलग गरिएका छौ । तिमीहरू अनुग्रहबाट टाढा गएका छौ ।
Mmetengwa mbali na Kristo, wale wote “mnaohesabiwa haki” kwa sheria. Mmeanguka mbali na neema.
5 किनकि आत्माद्वारा विश्वासबाट हामीले धार्मिकताको आशाको प्रतीक्षा गरिरहेका छौँ ।
Maana kwa njia ya Roho, kwa imani tunasubiri ujasiri wa haki.
6 ख्रीष्ट येशूमा न खतना न बेखतना कुनै मूल्यको हुन्छ । केवल प्रेमद्वारा काम गर्ने विश्वासको मात्र मूल्य हुन्छ ।
Katika Kristo Yesu kutahiriwa au kutokutahiriwa hakuna maana yoyote. Ni imani pekee inayofanya kazi kupitia upendo ndiyo humaanisha kitu.
7 तिमीहरू असल रूपमा दौडिरहेका थियौ । सत्यताको पालन गर्न तिमीहरूलाई कसले रोक्यो?
Mlikuwa mnapiga mbio vizuri. Nani aliwazuia kutokuitii kweli?
8 यो काम गर्नको निम्ति आएको प्रोत्साहन तिमीहरूलाई बोलाउनुहुने बाटको होइन ।
Ushawishi wa kufanya hivyo hautoki kwake yeye anayewaita ninyi.
9 थोरै खमिरले पुरै आटाको डल्लोलाई फुलाउँछ ।
Chachu kidogo huathiri donge zima.
10 प्रभुमा म तिमीहरूमा भरोसा गर्दछु, कि तिमीहरूले अर्को तरिकाले विचार गर्दैनौ । तिमीहरूलाई अलमलमा पार्ने जोसुकै भए तापनि त्यसले आफ्नो दण्ड पाउनेछ ।
Nina matumaini na ninyi katika Bwana kwamba hamtafikiri kwa njia nyingine yoyote. Yeyote yule atakayewapotosha atabeba hukumu yake yeye mwenyewe, yeyote yule.
11 मेरा भाइहरू हो, यदि म अझै पनि खतनाको प्रचार गर्दछु भने, अझै पनि म किन सताइएको छु? त्यसो हो भनेता क्रुसको बाधा नष्ट हुने थियो ।
Ndugu, kama naendelea kutangaza tohara, kwanini bado ninateswa? Kwa suala hilo kile ambacho ni kizuizi cha msalaba kitaweza kuharibiwa.
12 तिमीहरूलाई बहकाउनेहरूले त आफैँलाई नपुङ्सक तुल्याओस् ।
Ni matakwa yangu kuwa wale wanaowaongoza vibaya watajihasi wenyewe.
13 किनकि मेरा भाइहरू हो, परमेश्वरले तिमीहरूलाई स्वतन्त्रताको निम्ति बोलाउनुभएको छ । आफ्नो स्वतन्त्रतालाई शरीरको निम्ति अवसरको रूपमा मात्र प्रयोग नगर । बरु, प्रेमद्वारा एक अर्कालाई सेवा पुर्याओ ।
Mungu amewaiteni ninyi, ndugu, kwenye uhuru. Ila msiutumie uhuru wenu kama fursa kwa mwili. Badala yake kwa upendo mhudumiane ninyi kwa ninyi.
14 किनकि सारा व्यवस्था एउटै आज्ञामा पुरा हुन्छ, “तिमीहरूले आफ्नो छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर्नुपर्छ ।”
Kwa kuwa sheria yote imekamilika katika amri moja; nayo ni “Ni lazima umpende jirani yako kama wewe mwenyewe.”
15 तर यदि तिमीहरूले एक अर्कालाई टोक्ने र निल्ने गर्छौ भने, ध्यान देओ, तिमीहरू आफैँ एक अर्काबाट नष्ट हुन नपरोस् ।
Lakini kama mkiumana na kulana, jiangalieni kwamba msijiharibu ninyi kwa ninyi.
16 म भन्दछु, आत्माद्वारा हिँड, अनि तिमीहरूले शरीरका अभिलाषाहरूलाई पुरा गर्नेछैनौ ।
Nasema, tembeeni kwa roho, na wala hamtazitimiza tamaa za mwili.
17 किनकि शरीरका अभिलाषाहरू आत्माको विरुद्धमा हुन्छन्, र आत्माको इच्छा शरीरको विरुद्धमा हुन्छ । किनकि यी एक अर्काका विपरीत हुन्छन् । यसको परिणामचाहिँ यही हो, कि तिमीहरूले गर्न चाहेका कुराहरू तिमीहरूले गर्दैनौ ।
Kwa kuwa mwili una tamaa kubwa dhidi ya Roho, na Roho ina tamaa kubwa dhidi ya mwili. Hizi zinapingana kila moja na nyingine. Matokeo ni kwamba hamfanyi vitu mnavyotamani kuvifanya.
18 तर यदि आत्माले तिमीहरूलाई अगुवाइ गर्नुहुन्छ भने तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ ।
Lakini kama Roho anawaongoza ninyi, hamko chini ya sheria.
19 शरीरका कामहरू प्रत्यक्ष देख्न सकिने हुन्छन् । ती कामुक अनैतिकता, अपवित्रता, कामवासना,
Sasa matendo ya mwili yanaonekana. Nayo ni uasherati, uchafu, ufisadi,
20 मूर्तिपूजा, तन्त्रमन्त्र, दुश्मनी, झैँझगडा, ईर्ष्या, क्रोध, स्वार्थ, फुट, गुटबन्दी,
ibada ya sanamu, uchawi, uadui, ugomvi, husuda, kuwaka hasira, ushindani, faraka, mgawanyiko wa madhehebu,
21 डाह, पियक्कडपन, मोजमज्जा र अरू यस्तै कुराहरू हुन् । मैले तिमीहरूलाई पहिले पनि चेतावनी दिएझैँ म फेरि चेतावनी दिन्छु, कि जसले यी कुराहरू गर्छन्, तिनीहरू परमेश्वरको राज्यका हकदार हुनेछैनन् ।
wivu, ulevi, ulafi na mambo mengine kama haya. Nawaonya ninyi, kama nilivyowaonya mwanzoni, kwamba wale wanaofanya mambo kama hayo hawataurithi ufalme wa Mungu.
22 तर पवित्र आत्माका फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वास,
Lakini tunda la Roho ni upendo, furaha, amani, uvumilivu, ukarimu, utu wema, imani,
23 नम्रता र संयम हुन् । यी कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन ।
upole, na kiasi. Hakuna sheria dhidi ya mambo kama hayo.
24 तिनीहरू जो ख्रीष्ट येशूका हुन् उनीहरूले आफ्ना शरीरलाई त्यसका लालसा र दुष्ट अभिलाषाहरूसहित क्रुसमा टाँगेका हुन्छन् ।
Wale walio wa Kristo Yesu wameusulubisha mwili pamoja na shauku na tamaa zao mbaya.
25 यदि हामी आत्माद्वारा जिउँछौँ भने, हामी आत्माद्वारा नै हिँडौँ ।
Kama tukiishi kwa Roho, pia tutembee kwa Roho.
26 हामी अहङ्कारी नबनौँ; एक अर्कालाई रिस नउठाऔँ; वा एक अर्काको ईर्ष्या नगरौँ ।
Tusiwe wa kujivuna, tusichokozane kila mmoja na mwenzake, wala tusioneane wivu.