< गलाती 5 >
1 स्वतन्त्रताको निम्ति ख्रीष्टले हामीलाई मुक्त गराउनुभएको हो । यसैकारण, स्थिर होओ र फेरि बन्धनको जुवामुनि नपर ।
第一項 自由を奴隷の身分に更ふべからず 毅然として再び奴隷の軛に制せらるること勿れ。
2 हेर! म पावल तिमीहरूलाई भन्दछु, कि तिमीहरूको खतना भए तापनि ख्रीष्टमा तिमीहरूलाई केही फाइदा हुनेछैन ।
然て我パウロ汝等に断言す、若割禮を受けなば、キリストは聊も汝等に益あらざるべし。
3 फेरि, खतना गरिएका सबै मानिसलाई म यो गवाही दिन्छु, कि सबै व्यवस्था पालन गर्न त्यो बाध्य हुन्छ ।
我は又更に、総て割禮を受くる人に證明す、彼は悉く律法を守るべき負債あり。
4 जो व्यवस्थाबाट धर्मी ठहराइएका छौ, तिमीहरू ख्रीष्टबाट अलग गरिएका छौ । तिमीहरू अनुग्रहबाट टाढा गएका छौ ।
律法によりて義とせられんとする人々よ、汝等はキリストを離れたるなり、恩寵より堕落せるなり。
5 किनकि आत्माद्वारा विश्वासबाट हामीले धार्मिकताको आशाको प्रतीक्षा गरिरहेका छौँ ।
我等は即ち[聖]霊を以て信仰に由りてこそ義の希望[する所]を待てるなれ。
6 ख्रीष्ट येशूमा न खतना न बेखतना कुनै मूल्यको हुन्छ । केवल प्रेमद्वारा काम गर्ने विश्वासको मात्र मूल्य हुन्छ ।
蓋キリスト、イエズスに於て價値あるは割禮に非ず無割禮に非ず、愛を以て働く所の信仰是なり。
7 तिमीहरू असल रूपमा दौडिरहेका थियौ । सत्यताको पालन गर्न तिमीहरूलाई कसले रोक्यो?
汝等は能く走り居たりしものを、誰か眞理に從はせじとて妨げしぞ、
8 यो काम गर्नको निम्ति आएको प्रोत्साहन तिमीहरूलाई बोलाउनुहुने बाटको होइन ।
斯る勧は汝等を召し給ふものより出でず、
9 थोरै खमिरले पुरै आटाको डल्लोलाई फुलाउँछ ।
少しの酵は麪の全體を腐敗せしむ、
10 प्रभुमा म तिमीहरूमा भरोसा गर्दछु, कि तिमीहरूले अर्को तरिकाले विचार गर्दैनौ । तिमीहरूलाई अलमलमा पार्ने जोसुकै भए तापनि त्यसले आफ्नो दण्ड पाउनेछ ।
我が汝等に就き主によりて希望する所は、汝等が別意なからん事是なり。然れど誰にもあれ汝等を擾す人は、其罪を負ふべし。
11 मेरा भाइहरू हो, यदि म अझै पनि खतनाको प्रचार गर्दछु भने, अझै पनि म किन सताइएको छु? त्यसो हो भनेता क्रुसको बाधा नष्ट हुने थियो ।
兄弟等よ、我もし尚割禮の事を宣傳ふるならば、何ぞ迫害を受けつつあらんや。果して然らば、十字架に躓く事は歇みたるならん。
12 तिमीहरूलाई बहकाउनेहरूले त आफैँलाई नपुङ्सक तुल्याओस् ।
願はくは汝等を惑はす人々の裁除かれん事を。
13 किनकि मेरा भाइहरू हो, परमेश्वरले तिमीहरूलाई स्वतन्त्रताको निम्ति बोलाउनुभएको छ । आफ्नो स्वतन्त्रतालाई शरीरको निम्ति अवसरको रूपमा मात्र प्रयोग नगर । बरु, प्रेमद्वारा एक अर्कालाई सेवा पुर्याओ ।
蓋兄弟等よ、汝等既に召されて自由を得たれば、其自由を肉の機會として與ふる事なく、(霊の)愛を以て互に事へよ。
14 किनकि सारा व्यवस्था एउटै आज्ञामा पुरा हुन्छ, “तिमीहरूले आफ्नो छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर्नुपर्छ ।”
其は、「汝近き者を己の如く愛すべし」、との一言に於て、律法は悉く全うせらるればなり。
15 तर यदि तिमीहरूले एक अर्कालाई टोक्ने र निल्ने गर्छौ भने, ध्यान देओ, तिमीहरू आफैँ एक अर्काबाट नष्ट हुन नपरोस् ।
然れど汝等もし互に相咬み相食まば、互に亡ぼされざる様用心せよ。
16 म भन्दछु, आत्माद्वारा हिँड, अनि तिमीहरूले शरीरका अभिलाषाहरूलाई पुरा गर्नेछैनौ ।
我は言はん、霊に從ひて歩め、然らば肉の慾を行ふまじ。
17 किनकि शरीरका अभिलाषाहरू आत्माको विरुद्धमा हुन्छन्, र आत्माको इच्छा शरीरको विरुद्धमा हुन्छ । किनकि यी एक अर्काका विपरीत हुन्छन् । यसको परिणामचाहिँ यही हो, कि तिमीहरूले गर्न चाहेका कुराहरू तिमीहरूले गर्दैनौ ।
蓋肉の望む所は霊に反し、霊の望む所は肉に反す、其相戻るは汝等が欲する所を悉く為さざらん為なり。
18 तर यदि आत्माले तिमीहरूलाई अगुवाइ गर्नुहुन्छ भने तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ ।
汝等若霊に導かるれば、律法の下に在らず。
19 शरीरका कामहरू प्रत्यक्ष देख्न सकिने हुन्छन् । ती कामुक अनैतिकता, अपवित्रता, कामवासना,
然て肉の業は顕なり、即ち私通、不潔、猥褻、邪淫、
20 मूर्तिपूजा, तन्त्रमन्त्र, दुश्मनी, झैँझगडा, ईर्ष्या, क्रोध, स्वार्थ, फुट, गुटबन्दी,
偶像崇拝、魔術、怨恨、争闘、嫉妬、憤怒、喧嘩、擾亂、異説、
21 डाह, पियक्कडपन, मोजमज्जा र अरू यस्तै कुराहरू हुन् । मैले तिमीहरूलाई पहिले पनि चेतावनी दिएझैँ म फेरि चेतावनी दिन्छु, कि जसले यी कुराहरू गर्छन्, तिनीहरू परमेश्वरको राज्यका हकदार हुनेछैनन् ।
猜忌、殺人、酩酊、饕食等是なり。既に豫め汝等に告げし如く今も言ひ置く、斯る事を為す人は神の國を得ざるべし。
22 तर पवित्र आत्माका फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वास,
然るに霊の好果は、(愛)、喜、平安、堪忍、慈恵、善良、(忍耐)、
23 नम्रता र संयम हुन् । यी कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन ।
温良、眞實、謹慎、節制、貞操なり、斯るものに向ひては律法ある事なし。
24 तिनीहरू जो ख्रीष्ट येशूका हुन् उनीहरूले आफ्ना शरीरलाई त्यसका लालसा र दुष्ट अभिलाषाहरूसहित क्रुसमा टाँगेका हुन्छन् ।
夫キリストのものたる人々は、己が肉身を其惡徳及び諸慾と共に十字架に釘けたるなり。
25 यदि हामी आत्माद्वारा जिउँछौँ भने, हामी आत्माद्वारा नै हिँडौँ ।
我等若霊によりて活きなば、又霊によりて歩むべし。
26 हामी अहङ्कारी नबनौँ; एक अर्कालाई रिस नउठाऔँ; वा एक अर्काको ईर्ष्या नगरौँ ।
虚榮を好みて相挑み相猜む者と成ること勿れ。