< गलाती 5 >

1 स्वतन्‍त्रताको निम्ति ख्रीष्‍टले हामीलाई मुक्त गराउनुभएको हो । यसैकारण, स्थिर होओ र फेरि बन्धनको जुवामुनि नपर ।
ⲁ̅ϩⲛ ⲟⲩⲙⲛⲧⲣⲙϩⲉ ⲡⲉⲭⲥ ⲁϥⲁⲁⲛ ⲛⲣⲙϩⲉ ⲁϩⲉⲣⲁ ⲧⲧⲏⲩⲧⲛ ϭⲉ ⲛⲧⲉⲧⲛⲧⲙϣⲱⲡⲉ ⲟⲛ ϩⲁ ⲡⲛⲁϩⲃⲉϥ ⲛⲧⲙⲛⲧϩⲙϩⲁⲗ
2 हेर! म पावल तिमीहरूलाई भन्दछु, कि तिमीहरूको खतना भए तापनि ख्रीष्‍टमा तिमीहरूलाई केही फाइदा हुनेछैन ।
ⲃ̅ⲉⲓⲥ ϩⲏⲏⲧⲉ ⲁⲛⲟⲕ ⲡⲁⲩⲗⲟⲥ ϯϫⲱ ⲙⲙⲟⲥ ⲛⲏⲧⲛ ϫⲉ ⲉⲧⲉⲧⲛϣⲁⲛⲥⲃⲃⲉ ⲧⲏⲩⲧⲛ ⲙⲡⲉⲭⲥ ⲛⲁϯϩⲏⲩ ⲙⲙⲱⲧⲛ ⲗⲁⲁⲩ ⲁⲛ
3 फेरि, खतना गरिएका सबै मानिसलाई म यो गवाही दिन्छु, कि सबै व्यवस्था पालन गर्न त्यो बाध्य हुन्छ ।
ⲅ̅ϯⲣⲙⲛⲧⲣⲉ ⲇⲉ ⲟⲛ ⲛⲣⲱⲙⲉ ⲛⲓⲙ ⲉⲧⲥⲃⲃⲏⲩⲧ ϫⲉ ⲥⲉⲣⲟϥ ⲉⲣⲡⲛⲟⲙⲟⲥ ⲧⲏⲣϥ
4 जो व्यवस्थाबाट धर्मी ठहराइएका छौ, तिमीहरू ख्रीष्‍टबाट अलग गरिएका छौ । तिमीहरू अनुग्रहबाट टाढा गएका छौ ।
ⲇ̅ⲁⲧⲉⲧⲛⲟⲩⲱⲥϥ ⲉⲃⲟⲗ ϩⲙ ⲡⲉⲭⲥ ⲛⲁⲓ ⲉⲧⲧⲙⲁⲉⲓⲟ ϩⲙ ⲡⲛⲟⲙⲟⲥ ⲁⲧⲉⲧⲛϩⲉ ⲉⲃⲟⲗ ϩⲙ ⲡⲉϩⲙⲟⲧ
5 किनकि आत्माद्वारा विश्‍वासबाट हामीले धार्मिकताको आशाको प्रतीक्षा गरिरहेका छौँ ।
ⲉ̅ⲁⲛⲟⲛ ⲅⲁⲣ ϩⲙ ⲡⲉⲡⲛⲁ ⲉⲃⲟⲗ ϩⲛ ⲧⲡⲓⲥⲧⲓⲥ ⲉⲛϭⲱϣⲧ ⲉⲃⲟⲗ ϩⲏⲧⲥ ⲛⲑⲉⲗⲡⲓⲥ ⲛⲧⲇⲓⲕⲁⲓⲟⲥⲩⲛⲏ
6 ख्रीष्‍ट येशूमा न खतना न बेखतना कुनै मूल्यको हुन्छ । केवल प्रेमद्वारा काम गर्ने विश्‍वासको मात्र मूल्य हुन्छ ।
ⲋ̅ϩⲙ ⲡⲉⲭⲥ ⲅⲁⲣ ⲓⲏⲥ ⲟⲩⲇⲉ ⲙⲛⲥⲃⲃⲉ ϭⲙϭⲟⲙ ⲟⲩⲇⲉ ⲙⲛⲧⲁⲧⲥⲃⲃⲉ ⲁⲗⲗⲁ ⲟⲩⲡⲓⲥⲧⲓⲥ ⲧⲉ ⲉⲥⲉⲛⲉⲣⲅⲓ ϩⲓⲧⲛ ⲟⲩⲁⲅⲁⲡⲏ
7 तिमीहरू असल रूपमा दौडिरहेका थियौ । सत्यताको पालन गर्न तिमीहरूलाई कसले रोक्यो?
ⲍ̅ⲛⲉⲧⲉⲧⲛⲡⲏⲧ ⲕⲁⲗⲱⲥ ⲡⲉ ⲛⲓⲙ ⲡⲉⲛⲧⲁϥϯϫⲣⲟⲡ ⲛⲏⲧⲛ ⲉⲧⲙⲡⲓⲑⲉ ⲉⲧⲙⲉ
8 यो काम गर्नको निम्ति आएको प्रोत्साहन तिमीहरूलाई बोलाउनुहुने बाटको होइन ।
ⲏ̅ⲡⲉⲓⲡⲓⲑⲉ ⲛⲟⲩⲉⲃⲟⲗ ⲁⲛ ⲡⲉ ϩⲙ ⲡⲉⲛⲧⲁϥⲧⲉϩⲙ ⲧⲏⲩⲧⲛ
9 थोरै खमिरले पुरै आटाको डल्लोलाई फुलाउँछ ।
ⲑ̅ϣⲁⲣⲉ ⲟⲩⲕⲟⲩⲓ ⲛⲑⲁⲃ ⲧⲣⲉ ⲡⲟⲩⲱϣⲙ ⲧⲏⲣϥ ϥⲓ
10 प्रभुमा म तिमीहरूमा भरोसा गर्दछु, कि तिमीहरूले अर्को तरिकाले विचार गर्दैनौ । तिमीहरूलाई अलमलमा पार्ने जोसुकै भए तापनि त्यसले आफ्नो दण्ड पाउनेछ ।
ⲓ̅ⲁⲛⲟⲕ ϯⲧⲏⲕ ⲛϩⲏⲧ ⲙⲙⲱⲧⲛ ϩⲙ ⲡϫⲟⲉⲓⲥ ϫⲉ ⲛⲧⲉⲧⲛⲁⲙⲉⲉⲩⲉ ⲉϭⲉ ⲗⲁⲁⲩ ⲁⲛ ⲡⲉⲧϣⲧⲟⲣⲧⲣ ⲇⲉ ⲙⲙⲱⲧⲛ ⲛⲁϥⲓ ⲡⲉⲕⲣⲓⲙⲁ ⲡⲉⲧⲉ ⲛⲧⲟϥ ⲡⲉ
11 मेरा भाइहरू हो, यदि म अझै पनि खतनाको प्रचार गर्दछु भने, अझै पनि म किन सताइएको छु? त्यसो हो भनेता क्रुसको बाधा नष्‍ट हुने थियो ।
ⲓ̅ⲁ̅ⲛⲉⲥⲛⲏⲩ ⲉϣϫⲉ ⲁⲛⲟⲕ ⲉⲉⲓⲧⲁϣⲉⲟⲉⲓϣ ⲙⲡⲥⲃⲃⲉ ⲁϩⲣⲟⲓ ⲟⲛ ⲥⲉⲇⲓⲱⲕⲉ ⲙⲙⲟⲉⲓ ⲉⲓⲉ ⲁϥⲟⲩⲱⲥϥ ⲛϭⲓ ⲡⲉⲥⲕⲁⲛⲇⲁⲗⲟⲛ ⲙⲡⲉⲥⲧⲁⲩⲣⲟⲥ
12 तिमीहरूलाई बहकाउनेहरूले त आफैँलाई नपुङ्सक तुल्याओस् ।
ⲓ̅ⲃ̅ϩⲁⲙⲟⲓ ⲟⲛ ⲛⲉⲩⲛⲁϭⲱϫⲉ ⲉⲃⲟⲗ ⲛⲛⲉⲧϣⲧⲟⲣⲧⲣ ⲙⲙⲱⲧⲛ
13 किनकि मेरा भाइहरू हो, परमेश्‍वरले तिमीहरूलाई स्वतन्‍त्रताको निम्ति बोलाउनुभएको छ । आफ्नो स्वतन्‍त्रतालाई शरीरको निम्ति अवसरको रूपमा मात्र प्रयोग नगर । बरु, प्रेमद्वारा एक अर्कालाई सेवा पुर्‍याओ ।
ⲓ̅ⲅ̅ⲛⲧⲱⲧⲛ ⲅⲁⲣ ⲛⲧⲁⲩⲧⲉϩⲙ ⲧⲏⲩⲧⲛ ⲉⲩⲙⲛⲧⲣⲙϩⲉ ⲛⲉⲥⲛⲏⲩ ⲙⲟⲛⲟⲛ ⲧⲉⲛⲙⲛⲧⲣⲙϩⲉ ⲙⲡⲣⲧⲣⲉⲥϣⲱⲡⲉ ⲉⲩⲁⲫⲟⲣⲙⲏ ⲛⲧⲥⲁⲣⲝ ⲁⲗⲗⲁ ϩⲓⲧⲛ ⲧⲁⲅⲁⲡⲏ ⲙⲡⲉⲡⲛⲁ ⲁⲣⲓϩⲙϩⲁⲗ ⲛⲛⲉⲧⲛⲉⲣⲏⲩ
14 किनकि सारा व्यवस्था एउटै आज्ञामा पुरा हुन्छ, “तिमीहरूले आफ्नो छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर्नुपर्छ ।”
ⲓ̅ⲇ̅ⲡⲛⲟⲙⲟⲥ ⲅⲁⲣ ⲧⲏⲣϥ ⲛⲧⲁϥϫⲱⲕ ⲉⲃⲟⲗ ϩⲛ ⲟⲩϣⲁϫⲉ ⲛⲟⲩⲱⲧ ϩⲛ ⲉⲕⲉⲙⲉⲣⲉ ⲡⲉⲑⲓⲧⲟⲩⲱⲕ ⲛⲧⲉⲕϩⲉ
15 तर यदि तिमीहरूले एक अर्कालाई टोक्‍ने र निल्ने गर्छौ भने, ध्यान देओ, तिमीहरू आफैँ एक अर्काबाट नष्‍ट हुन नपरोस् ।
ⲓ̅ⲉ̅ⲉϣϫⲉ ⲧⲉⲧⲛⲗⲱⲕⲥ ⲇⲉ ⲛⲛⲉⲧⲛⲉⲣⲏⲩ ⲁⲩⲱ ⲧⲉⲧⲛⲟⲩⲱⲙ ϭⲱϣⲧ ⲙⲏⲡⲟⲧⲉ ⲛⲧⲉⲧⲛⲱϫⲛ ⲉⲃⲟⲗ ϩⲓⲧⲛ ⲛⲉⲧⲛⲉⲣⲏⲩ
16 म भन्दछु, आत्माद्वारा हिँड, अनि तिमीहरूले शरीरका अभिलाषाहरूलाई पुरा गर्नेछैनौ ।
ⲓ̅ⲋ̅ϯϫⲱ ⲇⲉ ⲙⲙⲟⲥ ϫⲉ ⲙⲟⲟϣⲉ ϩⲙ ⲡⲉⲡⲛⲁ ⲁⲩⲱ ⲧⲉⲡⲓⲑⲩⲙⲓⲁ ⲛⲧⲥⲁⲣⲝ ⲛⲛⲉⲧⲛϫⲟⲕⲥ ⲉⲃⲟⲗ
17 किनकि शरीरका अभिलाषाहरू आत्माको विरुद्धमा हुन्छन्, र आत्माको इच्छा शरीरको विरुद्धमा हुन्छ । किनकि यी एक अर्काका विपरीत हुन्छन् । यसको परिणामचाहिँ यही हो, कि तिमीहरूले गर्न चाहेका कुराहरू तिमीहरूले गर्दैनौ ।
ⲓ̅ⲍ̅ⲧⲥⲁⲣⲝ ⲅⲁⲣ ⲉⲡⲓⲑⲩⲙⲉⲓ ⲟⲩⲃⲉ ⲡⲉⲡⲛⲁ ⲁⲩⲱ ⲡⲉⲡⲛⲁ ⲟⲩⲃⲉ ⲧⲥⲁⲣⲝ ⲛⲁⲓ ϭⲉ ⲥⲉϯ ⲟⲩⲃⲉ ⲛⲉⲩⲉⲣⲏⲩ ϫⲉⲕⲁⲥ ⲛⲉⲧⲉⲧⲛⲟⲩⲁϣⲟⲩ ⲛⲛⲉⲧⲛⲁⲁⲩ
18 तर यदि आत्माले तिमीहरूलाई अगुवाइ गर्नुहुन्छ भने तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ ।
ⲓ̅ⲏ̅ⲉϣϫⲉ ⲧⲉⲧⲛⲙⲟⲟϣⲉ ⲇⲉ ϩⲙ ⲡⲉⲡⲛⲁ ⲉⲓⲉ ⲛⲧⲉⲧⲛϣⲟⲟⲡ ⲁⲛ ϩⲁⲡⲛⲟⲙⲟⲥ
19 शरीरका कामहरू प्रत्यक्ष देख्‍न सकिने हुन्छन् । ती कामुक अनैतिकता, अपवित्रता, कामवासना,
ⲓ̅ⲑ̅ⲥⲉⲟⲩⲟⲛϩ ⲇⲉ ⲉⲃⲟⲗ ⲛϭⲓ ⲛⲉϩⲃⲏⲩⲉ ⲛⲧⲥⲁⲣⲝ ⲉⲧⲉ ⲛⲁⲓ ⲛⲉ ⲙⲡⲟⲣⲛⲉⲓⲁ ⲛϫⲱϩⲙ ⲛⲥⲱⲱϥ
20 मूर्तिपूजा, तन्‍त्रमन्‍त्र, दुश्मनी, झैँझगडा, ईर्ष्या, क्रोध, स्वार्थ, फुट, गुटबन्दी,
ⲕ̅ⲙⲙⲛⲧⲣⲉϥϣⲙϣⲉ ⲉⲓⲇⲱⲗⲟⲛ ⲙⲙⲛⲧⲣⲉϥⲣⲡⲁϩⲣⲉ ⲙⲙⲛⲧϫⲁϫⲉ ⲛϯⲧⲱⲛ ⲛⲕⲱϩ ⲛϭⲱⲛⲧ ⲙⲙⲛⲧⲣⲉϥϯⲧⲱⲛ ⲙⲡⲱⲣϫ ⲛϩⲁⲓⲣⲉⲥⲓⲥ
21 डाह, पियक्‍कडपन, मोजमज्जा र अरू यस्तै कुराहरू हुन् । मैले तिमीहरूलाई पहिले पनि चेतावनी दिएझैँ म फेरि चेतावनी दिन्छु, कि जसले यी कुराहरू गर्छन्, तिनीहरू परमेश्‍वरको राज्यका हकदार हुनेछैनन् ।
ⲕ̅ⲁ̅ⲛⲗⲁ ⲛϯϩⲉ ⲛϫⲏⲣ ⲙⲛ ⲛⲉⲧⲉⲓⲛⲉ ⲛⲛⲁⲓ ⲛⲉϯϣⲣⲡ ϫⲱ ⲙⲙⲟⲟⲩ ⲛⲏⲧⲛ ⲕⲁⲧⲁ ⲑⲉ ⲉⲛⲧⲁⲓϣⲣⲡ ϫⲟⲟⲩ ϫⲉ ⲛⲉⲧⲉⲓⲣⲉ ⲛⲧⲉⲓϩⲉ ⲛⲥⲉⲛⲁⲕⲗⲏⲣⲟⲛⲟⲙⲓ ⲁⲛ ⲛⲧⲙⲛⲧⲣⲣⲟ ⲙⲡⲛⲟⲩⲧⲉ
22 तर पवित्र आत्माका फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्‍वास,
ⲕ̅ⲃ̅ⲡⲕⲁⲣⲡⲟⲥ ⲇⲉ ⲙⲡⲉⲡⲛⲁ ⲡⲉ ⲧⲁⲅⲁⲡⲏ ⲡⲣⲁϣⲉ ϯⲣⲏⲛⲏ ⲧⲙⲛⲧϩⲁⲣϣϩⲏⲧ ⲧⲙⲛⲧⲭⲣⲏⲥⲧⲟⲥ ⲡⲡⲉⲧⲛⲁⲛⲟⲩϥ ⲧⲡⲓⲥⲧⲓⲥ
23 नम्रता र संयम हुन् । यी कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन ।
ⲕ̅ⲅ̅ⲧⲙⲛⲧⲣⲙⲣⲁϣ ⲧⲉⲅⲕⲣⲁⲧⲓⲁ ⲛⲁⲓ ⲛⲧⲉⲓ ⲙⲓⲛⲉ ⲙⲡⲛⲟⲙⲟⲥ ϯⲟⲩⲃⲏⲩ ⲁⲛ
24 तिनीहरू जो ख्रीष्‍ट येशूका हुन् उनीहरूले आफ्ना शरीरलाई त्यसका लालसा र दुष्‍ट अभिलाषाहरूसहित क्रुसमा टाँगेका हुन्छन् ।
ⲕ̅ⲇ̅ⲛⲁ ⲡⲉⲭⲥ ⲇⲉ ⲓⲏⲥ ⲁⲩⲥⲧⲁⲩⲣⲟⲩ ⲛⲧⲥⲁⲣⲝ ⲙⲛ ⲙⲡⲁⲑⲟⲥ ⲙⲛ ⲛⲉⲡⲓⲑⲩⲙⲓⲁ
25 यदि हामी आत्माद्वारा जिउँछौँ भने, हामी आत्माद्वारा नै हिँडौँ ।
ⲕ̅ⲉ̅ⲉϣϫⲉ ⲧⲛⲟⲛϩ ϩⲙ ⲡⲉⲡⲛⲁ ⲙⲁⲣⲛⲁϩⲉ ⲟⲛ ⲉⲡⲉⲡⲛⲁ
26 हामी अहङ्कारी नबनौँ; एक अर्कालाई रिस नउठाऔँ; वा एक अर्काको ईर्ष्या नगरौँ ।
ⲕ̅ⲋ̅ⲙⲡⲣⲧⲣⲉⲛϣⲱⲡⲉ ⲛϣⲟⲩϣⲟⲩ ⲉⲛⲡⲣⲟⲕⲁⲗⲉⲓ ⲛⲛⲉⲛⲉⲣⲏⲩ ⲉⲛⲫⲑⲟⲛⲉⲓ ⲉⲛⲉⲛⲉⲣⲏⲩ

< गलाती 5 >