< गलाती 4 >
1 मैले यो भनिरहेको छु, कि उत्तराधिकारी बालकै भएसम्म ऊ सारा सम्पत्तिको मालिक भए तापनि ऊ कमारो भन्दा फरक हुँदैन ।
Nijobha ndabha ya maadamu mrithi ndo muana hata kujobhela mmiliki wa mali syoa.
2 बरु, उसको बुबाले निर्धारण गरेको समयसम्म ऊ अभिभावकहरू र संरक्षकहरूको मुनि हुन्छ ।
Badala yaki, ayele pasi pabhaangalizi ni bhazamini hadi mmagono ghaabhekibhu ni Dadi wa muene.
3 यसरी नै, हामीहरू पनि जब बालक थियौँ, यस जगत्का आधारभूत सिद्धान्तहरूको बन्धनमा थियौँ ।
Kabhele ni tete, patayele take bhana, twa kamulibhu mu utumwa wa kanuni sa kuanza sa ulimwengu.
4 तर जब ठिक समय आयो, तब परमेश्वरले व्यवस्थाअनुसार स्त्रीबाट जन्मनुभएका उहाँका पुत्रलाई पठाउनुभयो ।
Magono sahihi paghasikai, K'yara an'tumili mwanamunu, yaahogolikai kwa mwanadala, yaahogolikai pasi pa sheria.
5 हामी धर्मपुत्रको रूपमा स्वीकारिऔँ भनेर उहाँले व्यवस्थामुनि भएकाहरूलाई छुटकारा दिनको निम्ति यसो गर्नुभयो ।
Aketili naa kwa kubhakombola bhala bhabhayele pasi ni sheria, ili ndabha tuyopai hali ya kuya katya bhana.
6 तिमीहरू पुत्रहरू भएका हुनाले परमेश्वरले उहाँका पुत्रको आत्मालाई हाम्रा हृदयहरूमा पठाउनुभयो, त्यो आत्मा जसले, “अब्बा, पिता” भनेर पुकार्नुहुन्छ ।
Kwa ndabha muenga ni bhana, K'yara an'tumili Roho wa mwanamunu mugati mwa miteema ya yhoto, Roho yaikuta, “Abba, Dadi”
7 यसैकारणले गर्दा, अब तिमी दास होइनौ, तर पुत्र हौ । यदि तिमी पुत्र हौ भने, तिमी परमेश्वरको एक उत्तराधिकारी पनि हौ ।
Kwa ndabha eye bhebhe n'tumwa nee bali muana. Katya muana, kabhele bhebhe wandisi kup'etela K'yara.
8 तर पहिले जब तिमीहरूले परमेश्वरलाई चिन्दैन थियौ, तिमीहरू तिनीहरूका दास थियौ जो स्वभावैले ईश्वरहरू होइनन् ।
Hata kabla, wakati hamkumjua Mungu, mlikuwa watumwa kwa wale ambao kwa asili si miungu kabisa.
9 तर अहिले तिमीहरूले परमेश्वरलाई चिन्दछौ वा निश्चय नै तिमीहरू परमेश्वरद्वारा चिनिएका छौ भने, किन तिमीहरू फेरि कमजोर र मूल्यहीन आधारभूत सिद्धान्तहरूतर्फ फर्किरहेका छौ? के तिमीहरू फेरि दास हुने चाहना गर्छौ?
Lakini henu ya ndabha mu mmanyili K'yara, au ndabha maimanyikana kwa K'yara, kwa ndaya kiki mwikelebhuka kabhele mu kanuni sinofu lepi sya kwanza na siyelepi vai usamani bhuobhola? Ko mwilonda kabhele kuya bhatumwa?
10 तिमीहरूले ध्यानपूर्वक विशेष दिनहरू, औँसी, ऋतुहरू र वर्षहरूलाई मान्दछौ ।
Mwikamula kiuangalifu magono maalumu, mandamano gha miezi majira ni kaghatila kwajia ya yhomo.
11 म तिमीहरूका लागि चिन्ता गर्दछु । म यो चिन्ता गर्दछु, कि मैले तिमीहरूमाथि व्यर्थमा मेहनत गरेँ ।
Nitila ya ndabha kwa namuna fulani nijitaabishi mebhwa.
12 भाइहरू हो, म यो बिन्ती गर्दछु, कि म जस्तो छु तिमीहरू पनि त्यस्तै होओ, किनकि म पनि तिमीहरूजस्तै भएको छु । तिमीहरूले मप्रति कुनै खराबी गरेका छैनौ ।
Nikabhasii, bhalongo, muyela katya kaniyele, kwa ndabha kabhele niyele Katya kamyele. Mwanikosili hee.
13 तर तिमीहरू यो कुरा जान्दछौ, कि मेरो शारीरिक बिमारीको कारण मैले तिमीहरूलाई पहिलो पटक सुसमाचार घोषणा गरेँ ।
Ndabha mmanyili yakuwa yayele ugonjwa wa mbhele ni ndabha na hubilili injili kwa muenga yaiyele awamu ya kuanza.
14 मेरो शारीरिक अवस्थाले तिमीहरूलाई परीक्षा ल्याए तापनि तिमीहरूले मेरो उपेक्षा गरेनौ वा मलाई इन्कार गरेनौ । त्यसको सट्टामा, तिमीहरूले म नै ख्रीष्ट येशू भएझैँ गरी मलाई परमेश्वरका स्वर्गदूतको रूपमा स्वीकार गर्यौ ।
Kup'etelahali ya mumbhele yabhabhekili mmajalibu, mwanizalewe lepi hata kunibela. Badala yaki mwanipokili katya malaika wa K'yara, yabhonekene kujo ndo na Yesu Kristu na yhoni.
15 त्यसकारण, अब तिमीहरूको आनन्द कहाँ छ? किनकि तिमीहरूको विषयमा म यो गवाही दिन्छु, कि सम्भव भए त तिमीहरूले मलाई आफ्नो आँखा निकालेर दिने थियौ ।
Kwa ele, iyele ndaku henu furaha ya yhomo? kwa ndabha nishuhudila kwa yhomo kuwa, Ikabhwesekanai, mmbhosyai mihu gha yhomo ni kunipela nene.
16 मैले तिमीहरूलाई सत्यता बताएको कारण, के म अब तिमीहरूको शत्रु भएँ त?
Henu, ko niyele adui wa yhomo kwa ndabha na bhajobhili ukueli?
17 तिनीहरूले तिमीहरूलाई उत्कट इच्छाले खोज्दछन्, तर कुनै भलाइको लागि होइन । तिमीहरूले तिनीहरूलाई पछ्याउनेछौ भनेर तिनीहरूले मबाट तिमीहरूलाई अलग गर्न चाहन्छन् ।
akabhalonda kishauku, kabhele so kwa bhuema. bhilonda kubhatenganisya muenga ni nene ili mmbhafuatayi.
18 म तिमीहरूको उपस्थितिमा रहँदा मात्र नभएर सधैँ नै असल अभिप्रायको निम्ति उत्कट इच्छा राख्नु असल हुन्छ ।
Ni vyema kuya daima nishauku sa siyele ni mana, ni si magono ghani ya pamonga ni muenga.
19 मेरा साना बालकहरू हो, तिमीहरूभित्र ख्रीष्ट नबनिनुभएसम्म मैले फेरि तिमीहरूका निम्ति प्रसव वेदनाको पीडा भोगिरहेको छु ।
Bhanabhangu bhadebe, nilwaala uchungu kwajia ya yhomo kabhele mpaka Kristu abhombekai mugati mwa yhomo.
20 म अब तिमीहरूकहाँ उपस्थिति हुन चाहन्छु र मेरो बोलीलाई परिवर्तन गर्न चाहन्छु, किनकि म तिमीहरूको विषयमा अन्योलमा परेको छु ।
Nikaganili kuya pamonga ni muenga pala henu ni kugeusya sauti iyangu, kwa ndabha niyele ni mashaka ni muenga.
21 तिमीहरू जो व्यवस्थाको अधीनमा रहने इच्छा गर्दछौ, मलाई यो बताओ, कि व्यवस्थाले के भन्दछ भन्ने कुरा के तिमीहरूले सुन्दैनौ?
Mnijobhelai, muenga ya mwitamani kuya pasi musheria, mwip'eleka lepi sheria kayijobha?
22 किनकि यस्तो लेखिएको छ, कि अब्राहामका दुई जना छोरा थिए, एक जना दासी स्त्रीबाट र अर्कोचाहिँ स्वतन्त्र स्त्रीबाट ।
Kwa ndabha iyandikibhu kuwa Abrahamu ayele ni bhana bhakigosi bhabhele, mmonga kwa mwanadala n'tumwa ni yhongi kwa mwanadala huru.
23 तथापि, दासीबाटको चाहिँ केवल शरीरद्वारा जन्मिएको थियो, तर स्वतन्त्र स्त्रीबाटको चाहिँ प्रतिज्ञाद्वारा जन्मिएको थियो ।
Hata naha ghwa n'tumwa ahogoliki kwa mb'hele tu, bali j'hola ghwa n'dala huru ahogoliki kwa ahadi.
24 यी कुराहरूलाई एउटा रूपक दृष्टान्तद्वारा वर्णन गर्न सकिन्छ, किनकि यी दुई स्त्री दुईवटा प्रतिज्ञाझैँ हुन् । तिनीहरूमध्ये एक जनाचाहिँ सीनै पर्वतबाट हो । तिनले यस्ता छोराछोरीहरू जन्माउँछिन्, जो दासहरू हुन् । तिनी हागार हुन् ।
Mambo agha ghibhuesya kujobhibhwa kwa mfuano, kwa ndabha bhanadala abha bhifuanana mmaagano mabhele. Mojawapo ndo kuhomela mukid'oonda Kya Sinai. Bhihogola bhana bha bhayele bhatumwa. Oyho ndo Hajiri.
25 अहिले हागारचाहिँ अरबको सीनै पर्वत हो । तिनले वर्तमान यरूशलेमको सङ्केत गर्छिन्, किनकि तिनी तिनका छोराछोरीहरूसँगै दासत्वमा छिन् ।
Henu Hajiri ndo kid'onda Sinai wauyele Uarabuni wawisananishiwa ni Yerusalemu ya henu, kwa ndabha ndo n'tumwa nibhana munu bhaki.
26 तर माथि रहेको यरूशलेम स्वतन्त्र छ, जोचाहिँ हाम्री आमा हुन् ।
Bali Yerusalemu yaiyele panani na ni huru, na eye ndo mabhu was yhoto.
27 किनकि यस्तो लेखिएको छ, “ए बाँझी स्त्री, जसले जन्म दिन सक्दिनन्, आनन्द मनाओ । तिमी जसले बालक जन्माउने अनुभव पाएकी छैनौ, मन खोल र आनन्दले कराऊ । किनकि त्यस बाँझीका पति भएकाहरूका भन्दा पनि धेरै छोराछोरीहरू छन् ।”
Kwa ndabha iyandikibhu, “Muhobholelai, bhebhe mwanadala yawiho gola lepi, bhebhe yawihogola lepi, pazai sauti ni kupiga njoghoyo kwa muhobholelai, bhebhe yya uyelepi ni uzoefu wa kuhogola. Kwa mana bhingi ndo bheyele bhana ya ihogola lepi, kuzidi ya bhala bha bha yhola ya ayele ni n'gosi.”
28 भाइहरू हो, अब तिमीहरू पनि इसहाकजस्तै प्रतिज्ञाका छोराछोरीहरू हौ ।
Henu ndongho, Katya Isaka, muenga bhana bha ahadi.
29 त्यो समयमा शरीरअनुसार जन्मेकोले आत्माअनुसार जन्मेकोलाई सतायो । अहिले पनि यस्तै नै छ ।
Kwa magono ghala munu yaahogolikai mujibu was mbhele an'tesyai munu ya ahogoliki mujibu wa roho ni henu ndo mebhwa.
30 धर्मशास्त्रले के भन्दछ? “दासी स्त्री र तिनको पुत्रलाई निकालिदेओ । किनकि दासी स्त्रीको पुत्रले स्वतन्त्र स्त्रीको पुत्रसँगै समान उत्तराधिकार प्राप्त गर्नेछैन ।”
Mayandiku ghijobhaa naa? “Umbhosyai mwanadala wakitumwa pamonga ni bhana munu bha kigosi. “Kwa ndabha bhana bha mabhu n'tumwa. Bila lisi lepi pamonga ni bhana bhana mwanadala huru.”
31 त्यसकारण, भाइहरू हो, हामी दासी स्त्रीका छोराछोरीहरू होइनौँ, तर स्वतन्त्र स्त्रीका छोराछोरीहरू हौँ ।
Kwa ele, ndhongo, tete so bhana bha mwanadala n'tumwa, bali ni bha mwanadala huru.