< गलाती 3 >
1 हे मूर्ख गलातीहरू! कसको दुष्ट आँखाले तिमीहरूलाई नोक्सानी गर्यो? के तिमीहरूका आँखाको अगाडि येशू ख्रीष्ट क्रुसमा टाँगिनुभएको कुरा दर्शाइएको थिएन र?
wagalatia mwalalo, ni liyo liako ovu laliwaaribu? Je Kristo Yesu alaite lii kati msulubiwa kunnonge ya minyo yinu?
2 म तिमीहरूबाट यो कुरा मात्र बुझ्न चाहन्छु । के तिमीहरूले पवित्र आत्मालाई व्यवस्था अनुसारका कामहरू गरेर पाएका हौ कि तिमीहरूले सुनेका कुरामा विश्वास गरेर पाएका हौ?
nenga nipala tutange tena boka kwinu. je mwatipokiya roho kwa makowe ga saliya ama kwa amini galo gamyowine.
3 के तिमीहरू यति धेरै मूर्ख भएका छौ? के अब केवल शरीरमा अन्त हुन तिमीहरूले आत्मामा सुरु गरेका थियौ?
Je mwenga ni mwalalo kiasi che? je mwtumbwile katika Roho lengo muyowe katika yega?
4 यदि त्यो साँच्चै निरर्थक थियो भने के तिमीहरूले व्यर्थमा यति धेरै कुराहरूको अनुभव गर्यौ त?
Je mwatiseka kwa makowe genge bure, kati ya kweli yabile ya bure?
5 त्यसो भए, जसले तिमीहरूलाई पवित्र आत्मा दिनुहुन्छ र तिमीहरूका बिचमा शक्तिशाली कार्यहरूद्वारा काम गर्नुहुन्छ, के उहाँले यो व्यवस्था अनुसारका कामहरूका कारण गर्नुभएको हो कि विश्वास गरेर सुनेका कारणले?
Je yolo apiale Roho kwinu napanga makowe ya ngupu kati yinu upanga kw makowe ga saliy ama kwa pekania pamope na imani?
6 अब्राहामले “परमेश्वरलाई विश्वास गरे अनि यो उनको निम्ति धार्मिकता गनियो ।”
abrahamu “Atikumuamini nnongo atibalangiliwa panga mwene haki.”
7 त्यसो भए, यसै गरी यो बुझ, कि विश्वास गर्नेहरू नै अब्राहामका सन्तान हुन् ।
Kwanamna yelo mwelewe panga, balo ambao bandamini Nibana ba abrahamu.
8 धर्मशास्त्रले पहिले नै यो देखेको थियो, कि परमेश्वरले गैरयहूदीहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ । अब्राहामलाई अगाडि नै सुसमाचार दिइएको थियो, “तँबाट नै पृथ्वीमा हुने सबै जातिहरू आशिषित हुनेछन् ।”
Andiko latitabili kwamba nnongo atikua balangilia haki bandu badunia kwandela ya amini. injili hatikuhihubili wete kwa abrahamu: “katika wenga dunia yoti yabarikiwa.”
9 त्यसैकारण, जोसँग विश्वास छ, तिनीहरू अब्राहामसँगै आशिषित हुन्छन्, तिनै अब्राहाम जससँग पनि विश्वास थियो ।
Lenga baadaye balo ambao babii naimani uwayali pamope ni abrahamu, yembe yabile na imani.
10 व्यवस्था अनुसारका कामहरूमा भर पर्नेहरू श्रापित हुन्छन् । किनकि यसरी लेखिएको छ “व्यवस्थामा लेखिएका सबै कुराहरू पालन नगर्ने सबै श्रापित हुन्छन् ।”
balo ambao bandategemea makoe ga saliya babile pae ya laana. kwakua itiandikwa, “amelaaniwa kila mundu yabakamwana lii na makoe goti gabaandikite katika kitabu cha salia, kuyapanga goti”
11 अब यो स्पष्ट छ, कि परमेश्वरले कसैलाई पनि व्यवस्थाद्वारा धर्मी ठहराउनुहुन्न, किनकि “धर्मी मानिस विश्वासद्वारा नै जिउनेछ ।”
Mbeyambe ni ubi wazi kwamba Nnongo am'balan gia kwaa haki hata yumo kwa saliya, kwa kuwa mwene haki apala tama kwa imani.
12 व्यवस्था विश्वासबाट आएको होइन, तर त्यसको सट्टामा, “जसले व्यवस्थामा भएका कुराहरू गर्दछ त्यो व्यवस्थाअनुसार नै जिउनेछ ।”
salia inokana na imani, lakini badala yake “yembe yapanga makoe gana katika salia, apala tama kwasalia.
13 हाम्रो निम्ति ख्रीष्ट श्रापित हुनुभएर उहाँले हामीलाई व्यवस्थाको श्रापबाट मुक्त गराउनुभयो । किनकि यसरी लेखिएको छ, “काठमा झुण्डिने हरेक श्रापित हुन्छ ।”
kristo atitukwombwa twenga boka lazi kwajili yitu. kwakua itiandikwa akoeite lazi kila mundu ywabambilwa kunani ya mkongo.
14 यसको उद्देश्य यही थियो, कि अब्राहाममा भएको आशिष् ख्रीष्ट येशूद्वारा गैरयहूदीहरूमाझ आउन सकोस्, ताकि हामीले विश्वासद्वारा पवित्र आत्माको प्रतिज्ञा प्राप्त गर्न सकौँ ।
Nia lyabile lengo labile nyanya baraka yayabile kwa Ibrahimu yipala yeicha kwa kila mundu wa mataifa katika Kristo Yesu, lenga kwamba tuweche pokia ahadi ya Roho petya imani.
15 भाइहरू हो, म मानवीय शब्दहरूमा बोल्दछु । एक पटक पक्का भइसकेको मानिसले बनाएको इच्छा-पत्र त न कसैले रद्द गर्छ न त त्यसमा केही थपिन्छ ।
Nongo, nindalongela kwa namna ya kibinadamu. Hata muda ambapo patano la kibinadamu litiyomoka bekwa imara, ntopo ywa wecha chalawa ama yongekea.
16 अब यी प्रतिज्ञाहरू अब्राहाम र उनको सन्तानलाई दिइएको थियो । यसले धेरै मानिसहरूलाई जनाउने गरी “सन्तानहरूलाई” भन्दैन, तर यसको सट्टामा “तिम्रो सन्तानलाई” भनेर यसले एक जनालाई मात्र जनाउँछ, जो ख्रीष्ट हुनुहुन्छ ।
Mbeyambe ahadi bahatizibaya kwa Ibrahimu na kwa kizazi chake. Ibaya kwaa, “kwa vizazi,” imaanisha kwaa bana mbone bali badala yake kwa yumo kichake, “kwa kizazi chako” ywembe ni Kristo.
17 अब म यो भन्दछु । परमेश्वरले पहिले नै स्थापना गर्नुभएको करारलाई ४३० वर्षपछि आएको व्यवस्थाले रद्द गर्दैन ।
mbeyambe nibaya, saliya ambayo yaisile miaka 430 baadae, iboka kwaa patano la kiogo labekite Nnongo.
18 किनकि उत्तराधिकार व्यवस्थाद्वारा आएको हो भने, यो अहिले प्रतिज्ञाद्वारा आउने थिएन । तर परमेश्वरले प्रतिज्ञाद्वारा अब्राहामलाई यो सित्तैँमा दिनुभयो ।
Kwa kuwa kati urithi isa kwa ndela ya saliya, ipale baha kae aichile kwa ndela ya ahadi lakini Nnongo yapiite bure kwa Ibrahimu kwa ndela ya ahadi.
19 त्यसो भए व्यवस्था किन दिइयो त? ती प्रतिज्ञा गरिएकाहरूकहाँ अब्राहामका सन्तान नआउन्जेलसम्म अपराधको कारणले व्यवस्था थपियो । यो व्यवस्था एउटा मध्यस्तकर्ताको हातद्वारा स्वर्गदूतहरूमार्फत लागु गरिएको थियो ।
mwanja namani saliya batikuipiya? batikuiyongekea kwa sababu ya makosa, mpaka lubeleko wa Ibrahimu uiche kwa balo ambao kwabe ati kuwaaidi. Salia yatibekwa katika shinikizo petiya malaika kwa luboko lwa mapatano.
20 अहिले मध्यस्तकर्ताले एकभन्दा बढी व्यक्तिलाई बुझाउँछ, तापनि परमेश्वर एउटै हुनुहुन्छ ।
mbeyambe mkengi amainisa zaidi ya mundu yumo, bali Nnongo ni yumo kichake.
21 त्यसो भए, के व्यवस्था परमेश्वरका प्रतिज्ञाहरूको विरुद्धमा छ त? कदापि होइन! किनकि यदि जीवन दिन सक्ने व्यवस्था दिइएको भए, निश्चय नै त्यही व्यवस्थाद्वारा धार्मिकता आउने थियो ।
Kwaiyo je saliya ibile kiogo na ahadi za Nnongo/ la hasha! kwa kuwa kati saliya yayapiyilwe yabile na uweso wa leta ukoti, haki mana ipatikikine kwa saliya.
22 तर त्यसको सट्टामा, पापको अधीनमा रहेका सबै कुरालाई धर्मशास्त्रले कैदमा राख्यो । परमेश्वरले यो गर्नुभयो ताकि येशू ख्रीष्टमा विश्वासद्वारा हामीलाई बचाउने उहाँको प्रतिज्ञालाई विश्वास गर्नेहरूलाई दिन सकियोस् ।
Lakini bvadala yake, liandiko lititaba makowe goti pae ya dhambi. Nnongo apangite nyaa lenga kwamba aadi yake ya kutulopwa twenga kwa imani katika Yesu Kristo iwese patikana kwa balo baba amini.
23 तर ख्रीष्टमा विश्वास आउनुभन्दा अगाडि विश्वासको प्रकाश नआउन्जेलसम्म हामी व्यवस्थाद्वारा कैदमा थियौँ र सीमित थियौँ ।
Lakini kabala ya imani katika Kristo iichile kwaa, twabile twatitabilwa na kuwa pae ya saliya mpaka uwise ufunuo wa imani.
24 त्यसकारण, हामी विश्वासद्वारा धर्मी ठहरिनको निम्ति ख्रीष्ट नआउन्जेलसम्मको लागि व्यवस्था हाम्रो संरक्षक बन्यो ।
Kwaiyo saliya yatipangika kiongozi witu mpaka Kristo paisile, lenga kwamba tutihalangilwa haki kwa iamani.
25 अब विश्वास आइसकेकोले हामी कुनै संरक्षकको अधीनमा छैनौँ ।
Mbeyambe kwa kuwqa imani itiicha tupile kwaa pae ya muangalizi.
26 किनकि ख्रीष्ट येशूमा विश्वासद्वारा तिमीहरू सबै परमेश्वरका पुत्रहरू हौ ।
kwa kuwa mwenga mwaboti ni bana ba Nnongo petiya imani katrika Kristo Yesu.
27 तिमीहरूमध्ये सबै जतिको ख्रीष्ट येशूमा बप्तिस्मा भयो, तिमीहरू आफैँले ख्रीष्टलाई पहिरिएका छौ ।
Boti ambao twatibatizwa katika Kristo mutikumwala Kristo.
28 अब न त यहूदी छ, न ग्रिक, न कमारा छ न फुक्का, न पुरुष छ न स्त्री, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एक हौ ।
Ntopo myahudi wala Myunani, mtu mwa wala huru, mnatome wala mnwawa, kwa kuwa mwenga mwaboti katika Kristo Yesu.
29 यदि तिमीहरू ख्रीष्टका हौ भनेता तिमीहरू अब्राहामका सन्तानहरू हौ र प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ ।
Kati mwenga ni wa Kristo, basi n lubeleko lwa Ibrahimu, warithi kwa mujibu wa ahadi.