< गलाती 2 >

1 अनि चौध वर्षपछि म बारनाबाससँग फेरि यरूशलेम गएँ । मैले तीतसलाई पनि साथमा लगेँ ।
Po tem črez štirinajst let sem zopet prišel gor v Jeruzalem z Barnabom, vzemši s seboj tudi Tita.
2 परमेश्‍वरले म जानुपर्छ भनी मलाई प्रकट गराउनुभएको कारण म त्यहाँ गएँ । मैले गैरयहूदीहरूका माझमा घोषणा गरेको सुसमाचार तिनीहरूका अगि राखेँ । (तर जो महत्त्वपूर्ण अगुवाहरू जस्तो देखिन्थे तिनीहरूसँग म व्यक्‍तिगत रूपमा बोलेँ) । म व्यर्थमा दौडिरहेको छैनँ, वा दौडिन भनेर सुनिश्‍चित गर्नको निम्ति मैले यो गरेँ ।
Prišel sem pa gor po razodetji in razložil jim evangelj, kterega oznanjam med pogani, a posebej tem, kteri so se za kaj šteli, da kako zastonj ne tečem ali sem tekel.
3 तर तीतस, जो मसँगै थिए, जो एक ग्रिक थिए, तिनलाई समेत खतना गर्न कर लगाइएन ।
Ali tudi Tit, kteri je bil z menoj in je bil Grk, ni bil prisiljen, da se obreže,
4 ख्रीष्‍ट येशूमा हामीसँग भएको स्वतन्‍त्रताको जासुसी गर्न गुप्‍त रूपमा आएका झुटा दाजुभाइहरूका कारण यो विषय उठ्यो । तिनीहरूले हामीलाई व्यवस्थाका दासहरू बनाउन चाहे ।
In to za voljo lažnih bratov, kteri so se vmes vrinili in so zravni prišli izvedovat svobodo našo, ktero imamo v Kristusu Jezusu, da bi nas zasužnjili,
5 तिमीहरूका निम्ति सुसमाचारको सत्यता अपरिवर्तित रहिरहोस् भनेर हामी तिनीहरूका कुरामा एक घण्टा पनि झुकेनौँ ।
Kterim se le uro nismo dali v podložnost, da bi resnica evangelja ostala med vami.
6 तर महत्त्वपूर्ण देखिएकाहरूले मलाई केही पनि सहयोग गरेनन् । तिनीहरू जो भए तापनि मलाई केही फरक पर्दैन । मानिसले मन पराएकाहरूलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्‍न ।
A od tistih, kteri so se šteli, da so kaj, (kakošni so nekdaj bili, za to mi nič ni; Bog ne gleda, kdo je kdo, ), kajti li, kteri so se za kaj šteli, meni niso nič pridali;
7 त्यसको सट्टामा, तिनीहरूले यो देखे, कि खतना नभएकाहरूलाई सुसमाचार घोषणा गर्नको निम्ति मलाई जिम्मेवारी सुम्पिएको थियो । जसरी पत्रुसले खतना भएकाहरूका बिचमा सुसमाचार घोषणा गर्नुपर्ने थियो, यो पनि त्यस्तै हो ।
Nego nasprot, videvši, da je meni zaupan evangelj neobreze kakor Petru obreze,
8 किनकि खतना भएकाहरूलाई प्रचार गर्नको निम्ति पत्रुसमा काम गर्नुभएका परमेश्‍वरले नै गैरयहूदीहरूका बिचमा प्रचार गर्नलाई ममा काम गर्नुभयो ।
(Kajti kteri je v Petru delal za aposteljstvo obreze, delal je tudi v meni za pogane),
9 जब मण्डली निर्माण गर्नेहरू भनेर चिनिएका याकूब, केफास र यूहन्‍नाले मलाई दिइएको अनुग्रहलाई बुझे, तिनीहरूले बारनाबास र मलाई सङ्गतिको अधिकार दिए । हामी गैरयहूदीहरूका माझमा जान सकौँ र उनीहरू खतना भएकाहरूका माझमा जान सकून् भनेर उनीहरूले यसो गरे ।
In spoznavši milost, ktera se je meni dala, podali so Jakob in Kefa in Joan, kteri so se šteli za stebre, desnico meni in Barnabu na občinstvo, naj greva midva med pogane, a oni med obrezo,
10 हामीले गरिबहरूको सम्झना गरेको पनि उनीहरू चाहन्थे । म पनि त्यो कुरा गर्न इच्छुक थिएँ ।
Samo da se spominjava ubogih, za kar sem se tudi potrudil, da se tako storí.
11 जब पत्रुस एन्टिओखियामा आए, मैले उनलाई आमने-सामने विरोध गरेँ किनकि उनी गलत थिए ।
Kedar je pa prišel Peter v Antijohijo, v óči sem proti njemu stopil, ker je bil graje vreden.
12 याकूबबाट केही मानिसहरू आउनुअगि पत्रुस गैरयहूदीहरूसँग बसेर खाँदै थिए । तर जब यी मानिसहरू आए, उनले यो रोके र उनी गैरयहूदीहरूबाट टाढिए । उनी यी खतना गर्नैपर्ने मानिसहरूसँग डराए ।
Kajti predno so prišli neki od Jakoba, jedel je s pogani; a kedar so prišli, umikal se je in odločeval, boječ se tistih, kteri so iz obreze bili.
13 बाँकी यहूदीहरूले पनि पत्रुसको यस कपटपूर्ण काममा साथ दिए । यसको परिणाम स्वरूप बारनाबास पनि उनीहरूको कपटपूर्ण कामको कारण भड्‌किए ।
In ž njim so se pohlinili tudi drugi Judje, tako da je tudi Barnaba zavedlo njih hlinjenje.
14 जब मैले तिनीहरूले सुसमाचारको सत्यता नपछ्याइरहेको देखेँ, मैले तिनीहरू सबैका सामुन्‍ने पत्रुसलाई भनेँ, “तिमी यहूदी भएर पनि यहूदी स्वभावको सट्टा गैरयहूदी स्वभावमा जिइरहेका छौ भने, तिमीले कसरी गैरयहूदीहरूलाई यहूदीहरू जस्तो गरी जिउनको निम्ति कर लगाउन सक्छौ?”
Ali ko sem videl, da ne hodijo prav k evangeljskej resnici, rekel sem Petru pred vsemi: Če ti, kteri si Jud, poganski živiš in ne judovski, zakaj pogane siliš, da živé judovski?
15 हामी जो जन्मसिद्ध यहूदीहरू हौँ र “गैरयहूदी पापीहरू होइनौँ”,
Mi smo po po rodu Judje in ne iz poganov grešniki,
16 व्यवस्थाद्वारा कोही पनि धर्मी हुन सक्दैन भन्‍ने कुरा हामी जान्दछौँ । त्यसको सट्टा, तिनीहरू येशू ख्रीष्‍टमा विश्‍वासद्वारा धर्मी ठहरिन्छन् । हामी ख्रीष्‍ट येशूमा विश्‍वासमा आयौँ ताकि हामी ख्रीष्‍टमा विश्‍वासद्वारा धर्मी ठहरिन सकौँ र व्यवस्थाअनुसारका कामहरूद्वारा होइन । किनकि व्यवस्थाअनुसारका कामहरूद्वारा कोही पनि धर्मी ठहरिन सक्दैन ।
Pa vedoč, da se ne opravičuje človek z deli postave, nego z vero Jezusa Kristusa, verovali smo tudi mi v Jezusa Kristusa, da bi se opravičili z vero Kristusovo in ne z deli postave, ker se ne bo opravičilo z deli postave vsako meso.
17 तर यदि हामी ख्रीष्‍टमा परमेश्‍वरद्वारा धर्मी हुन खोज्छौँ भने, हामीले आफैँलाई पापी भएको पनि पाउँछौ । के त्यसो भए ख्रीष्‍ट पापको दास हुनुभयो त? त्यस्तो होइन!
Če smo se pa mi, kteri se iščemo opravičiti v Kristusu, našli tudi sami grešniki, jeli je torej Kristus grehu služabnik? Bog ne daj!
18 व्यवस्थालाई पुरा गर्नुपर्छ भन्‍ने कुरामा मैले मेरो विश्‍वासलाई पुनर्निर्माण गरेँ, त्यो विश्‍वास जुन मैले भङ्ग गरिसकेको थिएँ । म आफैँलाई व्यवस्था भङ्ग गर्ने मानिस तुल्याउँछु ।
Ker če to, kar sem podrl, zopet zidam, pokazujem se sam, da sem prestopnik.
19 व्यवस्थाद्वारा व्यवस्थाको निम्ति म मरेँ, ताकि म परमेश्‍वरको निम्ति बाँच्‍न सकूँ ।
Kajti jaz sem po postavi umrl postavi, da Bogu živim.
20 म ख्रीष्‍टसँगै क्रुसमा टाँगिएको छु । अब उसो जिउने म होइनँ, तर ख्रीष्‍ट ममा जिउनुहुन्छ । अब जुन जीवन म शरीरमा जिउँछु, म परमेश्‍वरका पुत्रको विश्‍वासमा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैँलाई मेरो निम्ति दिनुभयो ।
S Kristusom sem na križ razpet. Živim pa ne več jaz, nego živi v meni Kristus; kar pa sedaj živim v mesu, v veri živim sina Božjega, kteri me je ljubil in je dal sam sebe za me.
21 म परमेश्‍वरको अनुग्रहलाई इन्कार गर्दिनँ, किनकि यदि व्यवस्थाद्वारा धार्मिकता आउने भए, ख्रीष्‍ट व्यर्थैमा मर्नुभयो ।
Ne zamečem milosti Božje; ker če je po postavi pravica, tedaj je Kristus zastonj umrl.

< गलाती 2 >