< गलाती 2 >
1 अनि चौध वर्षपछि म बारनाबाससँग फेरि यरूशलेम गएँ । मैले तीतसलाई पनि साथमा लगेँ ।
அநந்தரம்’ சதுர்த³ஸ²ஸு வத்ஸரேஷு க³தேஷ்வஹம்’ ப³ர்ணப்³பா³ ஸஹ யிரூஸா²லமநக³ரம்’ புநரக³ச்ச²ம்’, ததா³நோம்’ தீதமபி ஸ்வஸங்கி³நம் அகரவம்’|
2 परमेश्वरले म जानुपर्छ भनी मलाई प्रकट गराउनुभएको कारण म त्यहाँ गएँ । मैले गैरयहूदीहरूका माझमा घोषणा गरेको सुसमाचार तिनीहरूका अगि राखेँ । (तर जो महत्त्वपूर्ण अगुवाहरू जस्तो देखिन्थे तिनीहरूसँग म व्यक्तिगत रूपमा बोलेँ) । म व्यर्थमा दौडिरहेको छैनँ, वा दौडिन भनेर सुनिश्चित गर्नको निम्ति मैले यो गरेँ ।
தத்காலே(அ)ஹம் ஈஸ்²வரத³ர்ஸ²நாத்³ யாத்ராம் அகரவம்’ மயா ய: பரிஸ்²ரமோ(அ)காரி காரிஷ்யதே வா ஸ யந்நிஷ்ப²லோ ந ப⁴வேத் தத³ர்த²ம்’ பி⁴ந்நஜாதீயாநாம்’ மத்⁴யே மயா கோ⁴ஷ்யமாண: ஸுஸம்’வாத³ஸ்தத்ரத்யேப்⁴யோ லோகேப்⁴யோ விஸே²ஷதோ மாந்யேப்⁴யோ நரேப்⁴யோ மயா ந்யவேத்³யத|
3 तर तीतस, जो मसँगै थिए, जो एक ग्रिक थिए, तिनलाई समेत खतना गर्न कर लगाइएन ।
ததோ மம ஸஹசரஸ்தீதோ யத்³யபி யூநாநீய ஆஸீத் ததா²பி தஸ்ய த்வக்சே²தோ³(அ)ப்யாவஸ்²யகோ ந ப³பூ⁴வ|
4 ख्रीष्ट येशूमा हामीसँग भएको स्वतन्त्रताको जासुसी गर्न गुप्त रूपमा आएका झुटा दाजुभाइहरूका कारण यो विषय उठ्यो । तिनीहरूले हामीलाई व्यवस्थाका दासहरू बनाउन चाहे ।
யதஸ்²ச²லேநாக³தா அஸ்மாந் தா³ஸாந் கர்த்தும் இச்ச²வ: கதிபயா பா⁴க்தப்⁴ராதர: க்²ரீஷ்டேந யீஸு²நாஸ்மப்⁴யம்’ த³த்தம்’ ஸ்வாதந்த்ர்யம் அநுஸந்தா⁴தும்’ சாரா இவ ஸமாஜம்’ ப்ராவிஸ²ந்|
5 तिमीहरूका निम्ति सुसमाचारको सत्यता अपरिवर्तित रहिरहोस् भनेर हामी तिनीहरूका कुरामा एक घण्टा पनि झुकेनौँ ।
அத: ப்ரக்ரு’தே ஸுஸம்’வாதே³ யுஷ்மாகம் அதி⁴காரோ யத் திஷ்டே²த் தத³ர்த²ம்’ வயம்’ த³ண்டை³கமபி யாவத்³ ஆஜ்ஞாக்³ரஹணேந தேஷாம்’ வஸ்²யா நாப⁴வாம|
6 तर महत्त्वपूर्ण देखिएकाहरूले मलाई केही पनि सहयोग गरेनन् । तिनीहरू जो भए तापनि मलाई केही फरक पर्दैन । मानिसले मन पराएकाहरूलाई परमेश्वरले स्वीकार गर्नुहुन्न ।
பரந்து யே லோகா மாந்யாஸ்தே யே கேசித்³ ப⁴வேயுஸ்தாநஹம்’ ந க³ணயாமி யத ஈஸ்²வர: கஸ்யாபி மாநவஸ்ய பக்ஷபாதம்’ ந கரோதி, யே ச மாந்யாஸ்தே மாம்’ கிமபி நவீநம்’ நாஜ்ஞாபயந்|
7 त्यसको सट्टामा, तिनीहरूले यो देखे, कि खतना नभएकाहरूलाई सुसमाचार घोषणा गर्नको निम्ति मलाई जिम्मेवारी सुम्पिएको थियो । जसरी पत्रुसले खतना भएकाहरूका बिचमा सुसमाचार घोषणा गर्नुपर्ने थियो, यो पनि त्यस्तै हो ।
கிந்து சி²ந்நத்வசாம்’ மத்⁴யே ஸுஸம்’வாத³ப்ரசாரணஸ்ய பா⁴ர: பிதரி யதா² ஸமர்பிதஸ்ததை²வாச்சி²ந்நத்வசாம்’ மத்⁴யே ஸுஸம்’வாத³ப்ரசாரணஸ்ய பா⁴ரோ மயி ஸமர்பித இதி தை ர்பு³பு³தே⁴|
8 किनकि खतना भएकाहरूलाई प्रचार गर्नको निम्ति पत्रुसमा काम गर्नुभएका परमेश्वरले नै गैरयहूदीहरूका बिचमा प्रचार गर्नलाई ममा काम गर्नुभयो ।
யதஸ்²சி²ந்நத்வசாம்’ மத்⁴யே ப்ரேரிதத்வகர்ம்மணே யஸ்ய யா ஸ²க்தி: பிதரமாஸ்²ரிதவதீ தஸ்யைவ ஸா ஸ²க்தி ர்பி⁴ந்நஜாதீயாநாம்’ மத்⁴யே தஸ்மை கர்ம்மணே மாமப்யாஸ்²ரிதவதீ|
9 जब मण्डली निर्माण गर्नेहरू भनेर चिनिएका याकूब, केफास र यूहन्नाले मलाई दिइएको अनुग्रहलाई बुझे, तिनीहरूले बारनाबास र मलाई सङ्गतिको अधिकार दिए । हामी गैरयहूदीहरूका माझमा जान सकौँ र उनीहरू खतना भएकाहरूका माझमा जान सकून् भनेर उनीहरूले यसो गरे ।
அதோ மஹ்யம்’ த³த்தம் அநுக்³ரஹம்’ ப்ரதிஜ்ஞாய ஸ்தம்பா⁴ இவ க³ணிதா யே யாகூப்³ கைபா² யோஹந் சைதே ஸஹாயதாஸூசகம்’ த³க்ஷிணஹஸ்தக்³ரஹம்’ண விதா⁴ய மாம்’ ப³ர்ணப்³பா³ஞ்ச ஜக³து³: , யுவாம்’ பி⁴ந்நஜாதீயாநாம்’ ஸந்நிதி⁴ம்’ க³ச்ச²தம்’ வயம்’ சி²ந்நத்வசா ஸந்நிதி⁴ம்’ க³ச்சா²ம: ,
10 हामीले गरिबहरूको सम्झना गरेको पनि उनीहरू चाहन्थे । म पनि त्यो कुरा गर्न इच्छुक थिएँ ।
கேவலம்’ த³ரித்³ரா யுவாப்⁴யாம்’ ஸ்மரணீயா இதி| அதஸ்ததே³வ கர்த்தும் அஹம்’ யதே ஸ்ம|
11 जब पत्रुस एन्टिओखियामा आए, मैले उनलाई आमने-सामने विरोध गरेँ किनकि उनी गलत थिए ।
அபரம் ஆந்தியகி²யாநக³ரம்’ பிதர ஆக³தே(அ)ஹம்’ தஸ்ய தோ³ஷித்வாத் ஸமக்ஷம்’ தம் அப⁴ர்த்ஸயம்’|
12 याकूबबाट केही मानिसहरू आउनुअगि पत्रुस गैरयहूदीहरूसँग बसेर खाँदै थिए । तर जब यी मानिसहरू आए, उनले यो रोके र उनी गैरयहूदीहरूबाट टाढिए । उनी यी खतना गर्नैपर्ने मानिसहरूसँग डराए ।
யத: ஸ பூர்வ்வம் அந்யஜாதீயை: ஸார்த்³த⁴ம் ஆஹாரமகரோத் தத: பரம்’ யாகூப³: ஸமீபாத் கதிபயஜநேஷ்வாக³தேஷு ஸ சி²ந்நத்வங்மநுஷ்யேப்⁴யோ ப⁴யேந நிவ்ரு’த்ய ப்ரு’த²க்³ அப⁴வத்|
13 बाँकी यहूदीहरूले पनि पत्रुसको यस कपटपूर्ण काममा साथ दिए । यसको परिणाम स्वरूप बारनाबास पनि उनीहरूको कपटपूर्ण कामको कारण भड्किए ।
ததோ(அ)பரே ஸர்வ்வே யிஹூதி³நோ(அ)பி தேந ஸார்த்³த⁴ம்’ கபடாசாரம் அகுர்வ்வந் ப³ர்ணப்³பா³ அபி தேஷாம்’ காபட்யேந விபத²கா³ம்யப⁴வத்|
14 जब मैले तिनीहरूले सुसमाचारको सत्यता नपछ्याइरहेको देखेँ, मैले तिनीहरू सबैका सामुन्ने पत्रुसलाई भनेँ, “तिमी यहूदी भएर पनि यहूदी स्वभावको सट्टा गैरयहूदी स्वभावमा जिइरहेका छौ भने, तिमीले कसरी गैरयहूदीहरूलाई यहूदीहरू जस्तो गरी जिउनको निम्ति कर लगाउन सक्छौ?”
ததஸ்தே ப்ரக்ரு’தஸுஸம்’வாத³ரூபே ஸரலபதே² ந சரந்தீதி த்³ரு’ஷ்ட்வாஹம்’ ஸர்வ்வேஷாம்’ ஸாக்ஷாத் பிதரம் உக்தவாந் த்வம்’ யிஹூதீ³ ஸந் யதி³ யிஹூதி³மதம்’ விஹாய பி⁴ந்நஜாதீய இவாசரஸி தர்ஹி யிஹூதி³மதாசரணாய பி⁴ந்நஜாதீயாந் குத: ப்ரவர்த்தயஸி?
15 हामी जो जन्मसिद्ध यहूदीहरू हौँ र “गैरयहूदी पापीहरू होइनौँ”,
ஆவாம்’ ஜந்மநா யிஹூதி³நௌ ப⁴வாவோ பி⁴ந்நஜாதீயௌ பாபிநௌ ந ப⁴வாவ:
16 व्यवस्थाद्वारा कोही पनि धर्मी हुन सक्दैन भन्ने कुरा हामी जान्दछौँ । त्यसको सट्टा, तिनीहरू येशू ख्रीष्टमा विश्वासद्वारा धर्मी ठहरिन्छन् । हामी ख्रीष्ट येशूमा विश्वासमा आयौँ ताकि हामी ख्रीष्टमा विश्वासद्वारा धर्मी ठहरिन सकौँ र व्यवस्थाअनुसारका कामहरूद्वारा होइन । किनकि व्यवस्थाअनुसारका कामहरूद्वारा कोही पनि धर्मी ठहरिन सक्दैन ।
கிந்து வ்யவஸ்தா²பாலநேந மநுஷ்ய: ஸபுண்யோ ந ப⁴வதி கேவலம்’ யீஸௌ² க்²ரீஷ்டே யோ விஸ்²வாஸஸ்தேநைவ ஸபுண்யோ ப⁴வதீதி பு³த்³த்⁴வாவாமபி வ்யவஸ்தா²பாலநம்’ விநா கேவலம்’ க்²ரீஷ்டே விஸ்²வாஸேந புண்யப்ராப்தயே க்²ரீஷ்டே யீஸௌ² வ்யஸ்²வஸிவ யதோ வ்யவஸ்தா²பாலநேந கோ(அ)பி மாநவ: புண்யம்’ ப்ராப்தும்’ ந ஸ²க்நோதி|
17 तर यदि हामी ख्रीष्टमा परमेश्वरद्वारा धर्मी हुन खोज्छौँ भने, हामीले आफैँलाई पापी भएको पनि पाउँछौ । के त्यसो भए ख्रीष्ट पापको दास हुनुभयो त? त्यस्तो होइन!
பரந்து யீஸு²நா புண்யப்ராப்தயே யதமாநாவப்யாவாம்’ யதி³ பாபிநௌ ப⁴வாவஸ்தர்ஹி கிம்’ வக்தவ்யம்’? க்²ரீஷ்ட: பாபஸ்ய பரிசாரக இதி? தந்ந ப⁴வது|
18 व्यवस्थालाई पुरा गर्नुपर्छ भन्ने कुरामा मैले मेरो विश्वासलाई पुनर्निर्माण गरेँ, त्यो विश्वास जुन मैले भङ्ग गरिसकेको थिएँ । म आफैँलाई व्यवस्था भङ्ग गर्ने मानिस तुल्याउँछु ।
மயா யத்³ ப⁴க்³நம்’ தத்³ யதி³ மயா புநர்நிர்ம்மீயதே தர்ஹி மயைவாத்மதோ³ஷ: ப்ரகாஸ்²யதே|
19 व्यवस्थाद्वारा व्यवस्थाको निम्ति म मरेँ, ताकि म परमेश्वरको निम्ति बाँच्न सकूँ ।
அஹம்’ யத்³ ஈஸ்²வராய ஜீவாமி தத³ர்த²ம்’ வ்யவஸ்த²யா வ்யவஸ்தா²யை அம்ரியே|
20 म ख्रीष्टसँगै क्रुसमा टाँगिएको छु । अब उसो जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ । अब जुन जीवन म शरीरमा जिउँछु, म परमेश्वरका पुत्रको विश्वासमा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैँलाई मेरो निम्ति दिनुभयो ।
க்²ரீஷ்டேந ஸார்த்³த⁴ம்’ க்ருஸே² ஹதோ(அ)ஸ்மி ததா²பி ஜீவாமி கிந்த்வஹம்’ ஜீவாமீதி நஹி க்²ரீஷ்ட ஏவ மத³ந்த ர்ஜீவதி| ஸாம்ப்ரதம்’ ஸஸ²ரீரேண மயா யஜ்ஜீவிதம்’ தா⁴ர்ய்யதே தத் மம த³யாகாரிணி மத³ர்த²ம்’ ஸ்வீயப்ராணத்யாகி³நி சேஸ்²வரபுத்ரே விஸ்²வஸதா மயா தா⁴ர்ய்யதே|
21 म परमेश्वरको अनुग्रहलाई इन्कार गर्दिनँ, किनकि यदि व्यवस्थाद्वारा धार्मिकता आउने भए, ख्रीष्ट व्यर्थैमा मर्नुभयो ।
அஹமீஸ்²வரஸ்யாநுக்³ரஹம்’ நாவஜாநாமி யஸ்மாத்³ வ்யவஸ்த²யா யதி³ புண்யம்’ ப⁴வதி தர்ஹி க்²ரீஷ்டோ நிரர்த²கமம்ரியத|