< एज्रा 8 >
1 राजा अर्तासास्तको शासनकालमा बेबिलोनबाट मसितै आएका परिवारका अगुवाहरू यिनै हुन्:
アルタシヤスタ王の治世に我とともにバビロンより上り來りし者等の宗家の長およびその系譜は左のごとし
2 पीनहासका परिवारका– गेर्शोम । ईतामारका परिवारका– दानिएल । दाऊदका परिवारका– शकन्याहका छोरा हत्तूश,
ピネハスの子孫の中にてはゲルシヨム、イタマルの子孫の中にてはダニエル、ダビデの子孫の中にてはハットシ
3 परोशका परिवारका– जकरिया र तिनीसँग दर्ता भएका १५० पुरुष जसको विवरण तिनको वंशावलीमा लेखिएको छ ।
シカニヤの子孫の中パロシの子孫の中にてはゼカリヤ彼と偕にありて名簿に載られたる男子百五十人
4 पहत-मोआबका परिवारका– जरयाहका छोरा एल्यहोएनै र तिनीसँग २०० पुरुष थिए ।
パハテモアブの子孫の中にてはゼラヒヤの子エリヨエナイ彼と偕なる男二百人
5 जत्तूका परिवारका– बेन यहासेल र तिनीसँग ३०० पुरुष थिए ।
シカニヤの子孫の中にてはヤハジエルの子 彼と偕なる男三百人
6 आदीनका परिवारका– जोनाथनका छोरा एबेद र तिनीसँग ५० पुरुष थिए ।
アデンの子孫の中にてはヨナタンの子エベデ彼とともなる男五十人
7 एलामका परिवारका– अतल्याहका छोरा यशयाह र तिनीसँग ७० पुरुष थिए ।
エラムの子孫の中にてはアタリヤの子ヱサヤ彼と偕なる男七十人
8 शपत्याहका परिवारका– मिखाएलका छोरा जबदियाह र तिनीसँग ८० पुरुष थिए ।
シパテヤの子孫の中にてはミカエルの子ゼバデヤ彼とともなる男八十人
9 योआबका परिवारका– यहीएलका छोरा ओबदिया र तिनीसँग २१८ पुरुष थिए ।
ヨハブの子孫の中にてはヱヒエルの子オバデヤ彼とともなる男二百十八人
10 बानीका परिवारका– योसिपियाका छोरा शलोमीत र तिनीसँग १६० पुरुष थिए ।
シロミテの子孫の中にてはヨシピアの子 彼とともなる男百六十人
11 बेबैका परिवारका– बेबैका छोरा जकरिया, र तिनीसँग २८ पुरुष थिए ।
ベバイの子孫の中にてはベバイの子ゼカリヤ彼と偕なる男二十八人
12 अज्गादका परिवारका– हक्कातानका छोरा योहानान र तिनीसँग ११० पुरुष थिए ।
アズガデの子孫の中にてはハッカタンの子ヨハナン彼とともなる男百十人
13 अदोनीकामका परिवारका– पछि आएका एलीपेलेत, यीएल र शमायाह, र तिनीहरूसँग ६० पुरुष थिए ।
アドニカムの子孫の中の後なる者等あり 其名をエリペレテ、ユエル、シマヤといふ彼らと偕なる男六十人
14 बिग्वैको परिवारका– उत्तै र जक्कूर, र तिनीहरूसँग ७० पुरुष थिए ।
ビグワイの子孫の中にてはウタイおよびザブデ彼等とともなる男七十人
15 मैले यात्रुहरूलाई अहावातिर बग्ने नहरमा जम्मा गरें, र हामीले त्यहाँ तिन दिनसम्म छाउनी हाल्यौं । मैले मानिसहरू र पुजारीहरूको जाँच गरें तर त्यहाँ लेवीका सन्तानहरू कोही पनि पाइनँ ।
我かれらをアハワに流るる所の河の邊に集めて三日が間かしこに天幕を張居たりしが我民と祭司とを閲せしにレビの子孫一人も其處に居ざりければ
16 त्यसैले एलीएजर, अरीएल, शमायाह, एल्नातान, यारीब र एल्नातान र नातान, जकरिया र मशुल्लाम जो अगुवाहरू थिए, अनि योयारीब र एल्नातान जो शिक्षकहरू थिए, तिनीहरूलाई मैले बोलाएँ ।
すなはち人を遣てエリエゼル、アリエル、シマヤ、エルナタン、ヤリブ、エルナタン、ナタン、ゼカリヤ、メシユラムなどいふ長たる人々を招きまた敎晦を施こす所のヨヤリブおよびエルナタンを招けり
17 त्यसपछि मैले तिनीहरूलाई कासिपियाका अगुवा इद्दोकहाँ पठाएँ । इद्दो र तिनका आफन्तहरू, कासिपियामा बसिरहेका मन्दिरका सेवकहरूकहाँ गएर हामीकहाँ परमेश्वरको मन्दिरका लागि सेवकहरू पठाइदिनुहोस् भनी तिनीहरूलाई भन्न लगाएँ ।
而して我カシピアといふ處の長イドの許に彼らを出し遣せり 即ち我カシピアといふ處にをるイドとその兄弟なるネテニ人に告ぐべき詞を之が口に授け我等の神の室のために役者を我儕に携へ來れと言けるが
18 त्यसैले हाम्रा परमेश्वरको भलो गर्ने हातद्वारा तिनीहरूले बुद्धिमान् मानिस शरेबियाहलाई हामीकहाँ पठाइदिए । तिनी इस्राएलका छोरा लेवीका छोरा महलीका परिवारका थिए । तिनी अठार छोरा र दाजुभाइसँगै आए ।
我らの神よく我儕を助けたまひて彼等つひにイスラエルの子レビの子マヘリの子孫イシケセルを我らに携さへ來り又セレビヤといふ者およびその子等と兄弟十八人
19 तिनीसँगै हशब्याह पनि आए । त्यहाँ मरारीका छोराहरूमध्येका एक अर्थात् यशयाह र तिनका दाजुभाइ र तिनीहरूका छोराहरू गरी जम्मा बिस जना पुरुष थिए ।
ハシヤビヤならびにメラリの子孫のヱサヤおよびその兄弟とその子等二十人を携へ
20 दाऊद र तिनका अधिकारीहरूले लेवीहरूलाई सहायता गर्न मन्दिरमा सेवा गर्ने यस्ता सेवकहरूको नियुक्त गरेका, २२० जना त्यस्ता मानिसहरूको पनि नाउँ दर्ता गरिए ।
またネテニ人すなはちダビデとその牧伯等がレビ人に事へしむるために設けたりしネテニ人二百二十人を携へ來れり 此等の者は皆その名を掲げられたり
21 त्यसपछि परमप्रभुको सामु आफैलाई विनम्र तुल्याउन, र हामी, हाम्रा बालबच्चा अनि हाम्रा सबै सम्पत्तिको लागि सोझो मार्गको खोजी गर्न मैले अहावा नहरमा उपवासको घोषणा गरें ।
斯て我かしこなるアハワの河の邊にて斷食を宣傳へ我儕の神の前にて我儕身を卑し我らと我らの小き者と我らの諸の所有のために正しき途を示されんことを之に求む
22 बाटोमा शत्रुहरूबाट हाम्रो रक्षा गर्नका लागि राजासँग सेना वा घोडचढीहरू माग्न म लजाएँ किनकि हामीले राजालाई भनेका थियौं, 'हाम्रा परमेश्वरको खोजी गर्ने सबैमाथि सदाको लागि उहाँको हात रहेको हुन्छ, तर उहाँलाई त्याग्नेहरू सबैमाथि उहाँको शक्ति र क्रोध पर्छ ।'
其は我儕さきに王に告て我らの神は己を求むる者を凡て善く助けまた己を棄る者にはその權能と震怒とをあらはしたまふと言しに因て我道路の敵を防ぎて我儕を護るべき歩兵と騎兵とを王に請ふを羞ぢたればなり
23 त्यसैले यस विषयमा हामीले उपवास बस्यौं, र परमेश्वरको खोजी गर्यौं, अनि हामीले उहाँलाई बिन्ती चढायौं ।
かくてこのことを我ら斷食して我儕の神に求めけるに其祈禱を容たまへり
24 त्यसपछि मैले पुजारीय अधिकारीहरूबाट बाह्र जना मानिस छानें: शरेबियाह र जशब्याह अनि तिनीहरूका दस जना दाजुभाइ थिए ।
時に我祭司の長十二人即ちセレビヤ、ハシヤビヤおよびその兄弟十人を之とともに擇び
25 राजा, तिनका सल्लाहकारहरू र अधिकारीहरू अनि सारा इस्राएलीले परमेश्वरको मन्दिरको लागि सित्तैंमा दिएका चाँदी, सुन, चिजहरू र भेटीहरू मैले तिनीहरूका निम्ति तौलें ।
金銀および器皿すなはち王とその議官とその牧伯と彼處の一切のイスラエル人とが我らの神の室のために獻げたる奉納物を量りて彼らに付せり
26 मैले तिनीहरूका हातमा बाइस हजार किलो चाँदी, चौतिस सय किलो चाँदीका वस्तुहरू, चौतिस सय किलोग्राम सुन,
その量りて彼らの手に付せし者は銀六百五十タラント銀の器百タラント金百タラントなりき
27 आठ किलो सुनका बाटाहरू र सुनजस्तै बहुमूल्य काँसाका दुईवटा भाँडा दिएँ ।
また金の大斝二十あり一千ダリクに當るまた光り輝く精銅の器二箇あり その貴きこと金のごとし
28 तब मैले तिनीहरूलाई भनें, “तिमीहरू र यी वस्तुहरू परमप्रभुका निम्ति समर्पण गरिएका छन् । चाँदी र सुन तिमीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरको निम्ति स्वेच्छिक भेटी हुन् ।
而して我かれらに言り汝等はヱホバの聖者なり 此器皿もまた聖し又この金銀は汝らの先祖の神ヱホバに奉まつりし誠意よりの禮物なり
29 यरूशलेममा परमेश्वरको मन्दिरका कोठाहरूमा भएका पुजारीका अधिकारीहरू, लेवीहरू र परिवारका अगुवाहरूको सामु यी जोखेर नदिएसम्म तिमीहरूले यिनको रेखदेख गरी सुरक्षित राख्नू ।”
汝等ヱルサレムに至りてヱホバの家の室に於て祭司レビ人の長等およびイスラエルの宗家の首等の前に量るまで之を伺ひ守るべしと
30 यरूशलेममा हाम्रा परमेश्वरको मन्दिरमा लैजानलाई तौलिएका ति चाँदी, सुन र वस्तुहरू पुजारीहरू र लेवीहरूले जिम्मा लिएर राखे ।
是に於て祭司およびレビ人その金銀および器皿をヱルサレムなる我らの神の室に携へゆかんとて其重にしたがひて之を受取れり
31 पहिलो महिनाको बाह्रौं दिनमा हामी अहावा नहरबाट यरूशलेम प्रस्थान गर्यौं । हामीमाथि हाम्रा परमेश्वरको हात थियो । उहाँले हामीलाई शत्रु र बाटोमा लुकेर बसेका लुटेराहरूको हातबाट सुरक्षा दिनुभयो ।
我ら正月の十二日にアハワの河邊を出たちてヱルサレム赴きけるが我らの神その手を我らの上におき我らを救ひて敵の手また路に伏て窺ふ者の手に陷らしめたまはざりき
32 यसरी हामी यरूशलेम प्रवेश गर्यौं, र त्यहाँ तिन दिन बस्यौं।
我儕すなはちヱルサレムに至りて三日かしこに居しが
33 तब चौथो दिनमा चाँदी, सुन र वस्तुहरू तौलेर हाम्रा परमेश्वरको घरमा उरियाह पुजारीका छोरा मरेमोत र तिनको साथमा भएका पीनहासका छोरा एलाजार, यशूअका छोरा योजाबाद, लेवी बिन्नूईका छोरा नोअदिया हातमा जिम्मा लगाइयो ।
四日にいたりて我らの神の室においてその金銀および器皿をウリヤの子祭司メレモテの手に量り付せり ピネハスの子エレアザル彼に副ふ又ヱシユアの子ヨザバデおよびビンヌイの子ノアデヤの二人のレビ人かれらに副ふ
34 हरेक कुराको सङ्ख्या र तौल जाँच गरियो । त्यस बेला सबै कुराको तौल लेखेर राखियो ।
即ちその一々の重と數を査べ其重をことごとく其時かきとめたり
35 निर्वासन अर्थात् कैदबाट फर्केर आएकाहरूले इस्राएलका परमेश्वरको निम्ति होमबलिहरू चढाए । तिनीहरूले सारा इस्राएलीका निम्ति बाह्रवटा साँढे, पापबलिको रूपमा छयानब्बेवटा भेडा, सतहत्तरवटा थुमा र बाह्रवटा बोका चढाए । यी सबै परमप्रभुका निम्ति होमबलि थिए ।
俘囚の人々のその俘囚をゆるされて歸り來し者イスラエルの神に燔祭を獻げたり 即ちイスラエル全體にあたる牡牛十二を獻げまた牡羊九十六羔羊七十七罪祭の牡山羊十二を獻げたり 是みなヱホバにたてまつりし燔祭なり
36 तब तिनीहरूले यूफ्रेटिस नदीपारिको प्रान्तमा बस्ने राजाका उच्च अधिकारीहरू र गभर्नरहरूलाई राजाको आदेश दिए, अनि तिनीहरूले मानिसहरू र परमेश्वरको मन्दिरलाई मदत गरे ।
彼等王の勅諭を王の代官と河外ふの總督等に示しければその人々民を助けて神の室を建しむ