< एज्रा 7 >
1 यसपछि फारसका राजा अर्तासास्तको शासनकालमा बेबिलोनबाट एज्रा आए । एज्राका पुर्खाहरू यिनै थिएः सरायाह, अजर्याह, हिल्कियाह,
And after these things, in the reign of Artaxerxes, king of Persia, Ezra the son of Seraiah, the son of Azariah, the son of Hilkijah,
the son of Shallum, the son of Zadok, the son of Ahitub,
3 अमर्याह, अजर्याह, मरायोत,
the son of Amariah, the son of Azariah, the son of Meraioth,
4 जरयाह, उज्जी, बुक्की,
the son of Zerahiah, the son of Uzzi, the son of Bukki,
5 अबीशू, पीनहास, एलाजार । एलाजार प्रधान पुजारी हारूनका छोरा थिए ।
the son of Abishua, the son of Phinehas, the son of Eleazar, the son of Aaron the chief priest,
6 एज्रा बेबिलोनबाट आए, र इस्राएलका परमप्रभु परमेश्वरले दिनुभएका मोशाको व्यवस्थामा तिनी निपुण अध्यापक थिए । परमप्रभुको हात तिनीमाथि भएको हुनाले तिनले मागेका हरेक कुरा राजाले दिए ।
— this Ezra went up from Babylon; and he was a ready scribe in the law of Moses, which Jehovah the God of Israel had given. And the king granted him all his request, according to the hand of Jehovah his God upon him.
7 राजा अर्तासास्तको सातौं वर्षमा इस्राएलका केही सन्तानहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका गायकहरू, द्वारपालहरू र मन्दिरमा सेवा गर्न नियुक्त गरिएकाहरू पनि यरूशलेममा गए ।
(And there went up [some] of the children of Israel, and of the priests, and the Levites, and the singers, and the doorkeepers, and the Nethinim, to Jerusalem, in the seventh year of Artaxerxes the king.)
8 तिनी त्यही वर्षको पाँचौं महिनामा यरूशलेममा आइपुगे ।
And he came to Jerusalem in the fifth month, which was in the seventh year of the king.
9 पहिलो महिनाको पहिलो दिनमा तिनी बेबिलोनबाट हिंडेका थिए । परमेश्वरको असल हात तिनीमाथि रहेको हुनाले तिनी पाँचौं महिनाको पहिलो दिनमा यरूशलेममा आइपुगे ।
For upon the first of the first month the project of going up from Babylon was determined on, and on the first of the fifth month he came to Jerusalem, according to the good hand of his God upon him.
10 परमप्रभुको व्यवस्थाका विधिहरू र आज्ञाहरू अध्ययन गर्न, पालन गर्न र सिकाउन एज्राले आफ्नो ह्रदय समर्पित गरेका थिए ।
For Ezra had directed his heart to seek the law of Jehovah and to do it, and to teach in Israel the statutes and the ordinances.
11 राजा अर्तासास्तले इस्राएलका लागि परमप्रभुका विधिहरू र आज्ञाहरू सिकाउन पुजारी र अध्यापक एज्रालाई दिएको आदेशको प्रतिलिपी यही हो,
And this is the copy of the letter that king Artaxerxes gave to Ezra the priest, the scribe, a scribe of the words of the commandments of Jehovah, and of his statutes to Israel:
12 “राजाहरूका राजा अर्तासास्तबाट स्वर्गका परमेश्वरको व्यवस्थाका अध्यापक पुजारी एज्रालाई,
Artaxerxes, king of kings, to Ezra the priest, an accomplished scribe of the law of the God of the heavens, and so forth.
13 इस्राएलबाट आएका मेरो राज्यमा भएका कुनै पनि व्यक्ति आफ्ना पुजारी र लेवीहरूका साथमा यरूशलेममा जाने इच्छा गर्छ भने त्यो तिमीसँगै जान सक्छ भनी म हुकुम दिंदैछु।
I have given orders that all they of the people of Israel, and of their priests and the Levites, in my realm, who are disposed to go to Jerusalem, go with thee.
14 तिम्रो हातमा भएको परमेश्वरको व्यवस्थामुताबिक यहूदा र यरूशलेमको बारेमा सोधखोज गर्न म राजा र मेरा सात जना सल्लाहकारले तिमीलाई पठाएका छौं ।
Because thou art sent by the king, and by his seven counsellors, to inquire concerning Judah and Jerusalem, according to the law of thy God which is in thy hand;
15 यरूशलेममा बास गर्नुहुने इस्राएलका परमेश्वरलाई तिनीहरूले सित्तैंमा चढाएका चाँदी र सुन लिएर जानू ।
and to carry the silver and gold which the king and his counsellors have freely offered to the God of Israel, whose habitation is at Jerusalem,
16 बेबिलोनको प्रदेशभरि तिमीले लैजान सक्ने जति चाँदी र सुनसाथै यरूशलेममा आफ्ना परमेश्वरका मन्दिरको निम्ति मानिसहरू र पुजारीहरूले खुसीसाथ जुन भेटीहरू दिन्छन्, ती पनि तिमीले लैजानू ।
and all the silver and gold that thou canst find in all the province of Babylon, besides the voluntary offering of the people, and of the priests, who offer willingly for the house of their God which is at Jerusalem.
17 त्यसैले यस रकमले प्रशस्त मात्रामा गोरुहरू, भेडाहरू, थुमाहरू, अन्नबलि र अर्घबलि किन्नू । यरूशलेममा तिम्रा परमेश्वरको मन्दिरको वेदीमा ति चढाउनू ।
Therefore thou shalt buy diligently with this money bullocks, rams, lambs, with their oblations and their drink-offerings, and offer them upon the altar of the house of your God which is at Jerusalem.
18 तिम्रा परमेश्वरलाई खुसी तुल्याउन तिमी र तिम्रा दाजुभाइलाई असल लागेअनुसार बाँकी चाँदी र सुनको प्रयोग गर्नू ।
And whatever shall seem good to thee and to thy brethren to do with the rest of the silver and the gold, that do according to the will of your God.
19 तिमीलाई सित्तैंमा दिइएका चिजहरू यरूशलेममा तिम्रा परमेश्वरको मन्दिरको सेवाको लागि उहाँको सामु राख्नू ।
And the vessels that have been given thee for the service of the house of thy God, deliver before the God of Jerusalem.
20 तिम्रा परमेश्वरको मन्दिरको लागि आवश्यक कुनै पनि थोक किन्नलाई मेरो कोषबाट पैसा लिनू ।
And whatever more shall be needful for the house of thy God which thou shalt have occasion to bestow, bestow it out of the king's treasure house.
21 म अर्तासास्तले यूफ्रेटिस नदीपारिको प्रान्तमा भएका सबै कोषाध्यक्ष यो आदेश दिन्छु, कि एज्राले तिमीहरूबाट मागेका कुनै पनि थोक प्रचुर मात्रामा दिनू,
And I, I Artaxerxes the king, do give orders to all the treasurers that are beyond the river, that whatever Ezra the priest and scribe of the law of the God of the heavens shall require of you, it be done diligently,
22 अर्थात् एक सय तोडा चाँदी, एक सय कोर गहुँ, एक सय बाथ दाखमद्य, एक सय बाथ तेल र नूनचाहिं असिमित रूपमा दिनू ।
unto a hundred talents of silver, and to a hundred measures of wheat, and to a hundred baths of wine, and to a hundred baths of oil, and salt without prescribing [how much].
23 स्वर्गका परमेश्वरबाट आउने कुनै पनि आज्ञा आउँछ भने उहाँको मन्दिरको लागि भक्तिसहित पुरा गर्नू । किनकि म र मेरा छोराहरूको राज्यमाथि उहाँको क्रोध पर्न किन दिनू?
Whatever is commanded by the God of the heavens, let it be carefully done for the house of the God of the heavens; for why should there be wrath against the realm of the king and his sons?
24 पुजारीहरू, लेवीहरू, गायकहरू, द्वारपालहरू वा मन्दिरको सेवामा नियुक्त गरिएका मानिसहरू र परमेश्वरको मन्दिरका सेवकहरूमा तिमीहरूले कुनै महसुल वा कर नलगाउनु भनेर हामीले तिनीहरूलाई जानकारी गराउँदैछौं ।
Also we inform you, as regards all the priests and Levites, singers, doorkeepers, Nethinim, and ministers of this house of God, it shall not be lawful to impose tribute, tax, and toll upon them.
25 एज्रा, तिमीलाई परमेश्वरले दिनुभएको बुद्धिले तिमीले यूफ्रेटिस नदीपारिको प्रान्तमा भएका सबै मानिसको न्याय गर्न र तिम्रो परमेश्वरको व्यवस्था जान्ने सबैको सेवा गर्न न्यायकर्ताहरू र अधिकारीहरू नियुक्त गर्नू । व्यवस्था नजान्नेहरूलाई पनि तिमीले सिकाउनुपर्छ ।
And thou, Ezra, after the wisdom of thy God, which is in thy hand, set magistrates and judges who may judge all the people that are beyond the river, all such as know the laws of thy God; and teach ye him that knows [them] not.
26 परमेश्वरको व्यवस्था वा राजाको व्यवस्थालाई पूर्ण रूपमा पालन नगर्ने जोकसैलाई मृत्युदण्ड, देश निकाला, तिनीहरूका थोकहरू जफत वा कैद गरेर दण्ड दिनू ।
And whosoever will not do the law of thy God and the law of the king, let judgment be executed diligently upon him, whether unto death, or to banishment, or to confiscation of goods, or to imprisonment.
27 हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्वरको स्तुति होस् जसले यरूशलेममा भएको परमप्रभुको मन्दिरको महिमा गर्न राजाको ह्रदयमा यी सबै कुरा हाल्नुभयो,
Blessed be Jehovah the God of our fathers, who has put [such a thing] as this in the king's heart, to beautify the house of Jehovah which is at Jerusalem;
28 अनि राजा, तिनका सल्लाहाकारहरू र तिनका सबै शक्तिशाली अधिकारीहरूका सामु मलाई उहाँको करारको विश्वास्तता देखाउनुभयो । म परमप्रभु मेरा परमेश्वरको हातद्वारा बलियो बनाइएको छु, र मैले आफूसित जानलाई इस्राएलका अगुवाहरूलाई भेला गरें ।
and has extended mercy to me before the king and his counsellors, and before all the king's mighty princes. And I was strengthened, as the hand of Jehovah my God was upon me; and I gathered together out of Israel chief men to go up with me.