< एज्रा 5 >
1 तब हाग्गै अगमवक्ता र इद्दोका छोरा जकरिया अगमवक्ताले इस्राएलका परमेश्वरको नाउँमा यहूदा र यरूशलेमका यहूदीहरूलाई अगमवाणी बोले ।
En aquel tiempo los profetas Ageo y Zacarías, hijo de Iddó, profetizaron en nombre del Dios de Israel a los judíos que había en Judá y Jerusalén.
2 शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूअ उठे, र आफ्ना सहयोगी अगमवक्ताहरूका साथमा मिलेर यरूशलेममा परमेश्वरको मन्दिर बनाउन सुरु गरे ।
Se levantaron entonces Zorobabel, hijo de Salatiel, y Jesúa, hijo de Josadac, y comenzaron la construcción de la Casa de Dios que está en Jerusalén. Con ellos estaban los profetas de Dios que les ayudaban.
3 तब यूफ्रेटिस नदीपारिको प्रान्तका गभर्नर तत्तनै, शत्तर-बोज्नै र तिनका सहयोगीहरू आए र तिनीहरूलाई सोधे, “यो मन्दिरको निर्माण गर्ने र पर्खालहरू सम्पन्न गर्ने आज्ञा तिमीहरूलाई कसले दियो?”
En ese tiempo vino a ellos Tatnai, gobernador de la otra parte del río, Setarboznai y sus compañeros, y les dijeron: “¿Quién os ha dado autorización para edificar esta Casa y terminar estos muros?”
4 तिनीहरूले यसो पनि भने, “यो भवनलाई बनाउने मानिसका नाउँहरू के-के हुन्?”
Entonces les respondimos diciéndoles cuáles eran los nombres de los que ejecutan esta obra.
5 तर परमेश्वरको दृष्टि यहूदी धर्म-गुरुहरूमाथि थियो, र तिनीहरूका शत्रुहरूले तिनीहरूलाई रोक्न सकेनन् । राजाकहाँ एउटा चिट्ठी पठाउने र त्यसको जवाफमा एउटा आदेश आउने काम नहुन्जेलसम्म तिनीहरूलाई कसैले रोकेन ।
Y el ojo de su Dios estaba sobre los ancianos de los judíos, de manera que no se les prohibió continuar (la obra) hasta que el asunto llegase ante Darío y se recibiese una carta al respecto.
6 यो यूफ्रेटिस नदीपारिको प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र तिनीहरूका सहयोगीहरूले दारा राजालाई पठाएका चिट्ठीको प्रतिलिपी यही हो ।
Copia de la carta que Tatnai, gobernador de más allá del río, Setarboznai y sus compañeros, los afarseos que habitaban allende el río, mandaron al rey Darío.
7 तिनीहरूले लेखेर दारा राजालाई पठाएको विवरण यही हो, “हजुरमा अपार शान्ति रहोस् ।
La carta que le enviaron decía así: “¡Al rey Darío, plena salud!
8 हामी यहूदामा महान् परमेश्वरको मन्दिरमा गयौं भन्ने कुरा हजुरलाई जाहेर होस् । ठुला-ठुला ढुङ्गाहरूले यो निर्माण हुँदैछ र पर्खालमा काठहरू राखिंदैछन् । यो काम निकै राम्रोसँग गरिएको छ, र तिनीहरूका हातमा राम्ररी अगाडि बढिरहेको छ ।
Sepa el rey que hemos ido a la provincia de Judá, a la Casa del gran Dios. Esta se reconstruye con piedras enormes y se colocan ya las vigas sobre los muros. Esta obra se hace con diligencia y prospera entre sus manos.
9 हामीले धर्म-गुरुहरूलाई सोध्यौं, 'यो मन्दिर र यी पर्खालहरू बनाउन तिमीहरूलाई कसले आदेश दियो?'
Hemos, entonces, preguntado a aquellos ancianos, diciéndoles así: «¿Quién os ha dado autorización para edificar esta Casa, y terminar estos muros?»
10 कस-कसले तिनीहरूलाई अगुवाइ गरेका रहेछन् भनी हजुरलाई थाहा होस् भनेर हामीले तिनीहरूका नाउँ पनि सोध्यौं ।
Les hemos preguntado también los nombres de ellos, para hacértelos saber, y pusimos por escrito los nombres de las personas que los dirigen.
11 तिनीहरूले जवाफ दिए र भने, 'हामी स्वर्ग र पृथ्वीका परमेश्वरका सेवकहरू हौं, र हामीले यस मन्दिरलाई पुनर्निर्माण गरिरहेका छौं जसलाई धेरै वर्ष पहिले इस्राएलका महान् राजाले निर्माण गरेका र पुरा गरेका थिए ।
Nos dieron la siguiente respuesta: «Nosotros somos siervos del Dios del cielo y de la tierra y reedificamos la Casa que fue construida muchos años antes de ahora. Un gran rey de Israel la edificó y la acabó.
12 तापनि जब हाम्रा पुर्खाहरूले स्वर्गका परमेश्वरलाई रिस उठाए, तब उहाँले तिनीहरूलाई बेबिलोनका कल्दी राजा नबूकदनेसरको हातमा सुम्पनुभयो जसले यस मन्दिरलाई नष्ट पारे र मानिसहरूलाई बेबिलोनमा कैदमा लगे ।
Pero habiendo nuestros padres irritado al Dios del cielo, Este los entregó en manos de Nabucodonosor, rey de Babilonia, el caldeo, que destruyó esta Casa y deportó al pueblo a Babilonia.
13 तापनि कोरेस बेबिलोनका राजा बन्नुभएको पहिलो वर्षमा कोरेसले परमेश्वरको मन्दिर पुनर्निर्माण गर्ने आदेश जारी गर्नुभयो ।
Mas el año primero de Ciro, rey de Babilonia, el rey Ciro dio la orden de reconstruir esta Casa de Dios.
14 नबूकदनेसरले यरूशलेमको मन्दिरबाट बेबिलोनको मन्दिरमा लगेका परमेश्वरको मन्दिरका सुन र चाँदीका वस्तुहरू पनि राजा कोरेसले फिर्ता गरिदिए । आफूले गभर्नर बनाएका शेशबस्सरलाई उहाँले यी थोकहरू दिनुभयो ।
El rey Ciro hizo también sacar del templo de Babilonia los utensilios de oro y plata de la Casa de Dios que Nabucodonosor había sacado del Templo de Jerusalén para llevarlos al templo de Babilonia. Estos fueron entregados a uno llamado Sesbasar, a quien el (rey) nombró gobernador,
15 राजाले तिनलाई भन्नुभयो, “यी थोकहरू लैजाऊ । जाऊ र ति यरूशलेमको मन्दिरमा राख । त्यहाँ परमेश्वरको मन्दिर पुनर्निमाण होस् ।”
diciéndole: ‘Toma estos utensilios y llévalos al Templo que está en Jerusalén, y sea reedificada la Casa de Dios en su sitio’.
16 तब यिनै शेशबस्सर आए र यरूशलेममा परमेश्वरको मन्दिरको जग बसाले । अनि अहिले यो निर्माण हुँदैछ, तर अझै सकिएको छैन ।'
Entonces vino este mismo Sesbasar y puso los fundamentos de la Casa de Dios en Jerusalén; y desde entonces hasta el presente se está edificando, y aún no está terminada.»
17 अब राजाको हजुरीमा असल लागेमा, राजा कोरेसले यरूशलेममा परमेश्वरको मन्दिर बनाउन आज्ञा दिनुभएको थियो कि थिएन भनी बेबिलोनको अभिलेख संग्रहमा अनुसन्धान होस् । त्यसपछि राजाबाट हामीलाई आफ्नो निर्णय पठाउने कष्ट होस् ।”
Ahora, pues, si al rey parece conveniente, averígüese en la casa de los tesoros del rey, que está allá en Babilonia, para ver si por el rey Ciro fue dada la orden de edificar esta Casa de Dios en Jerusalén. Quiera el rey transmitir su voluntad en este asunto.”