< एज्रा 5 >

1 तब हाग्गै अगमवक्ता र इद्दोका छोरा जकरिया अगमवक्ताले इस्राएलका परमेश्‍वरको नाउँमा यहूदा र यरूशलेमका यहूदीहरूलाई अगमवाणी बोले ।
Now the prophets, Haggai the prophet and Zechariah the son of Iddo, prophesied to the Jews who were in Judah and Jerusalem. They prophesied to them in the name of the God of Israel.
2 शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूअ उठे, र आफ्‍ना सहयोगी अगमवक्ताहरूका साथमा मिलेर यरूशलेममा परमेश्‍वरको मन्दिर बनाउन सुरु गरे ।
Then Zerubbabel the son of Shealtiel, and Jeshua the son of Jozadak rose up and began to build God’s house which is at Jerusalem; and with them were the prophets of God, helping them.
3 तब यूफ्रेटिस नदीपारिको प्रान्तका गभर्नर तत्तनै, शत्तर-बोज्नै र तिनका सहयोगीहरू आए र तिनीहरूलाई सोधे, “यो मन्दिरको निर्माण गर्ने र पर्खालहरू सम्पन्‍न गर्ने आज्ञा तिमीहरूलाई कसले दियो?”
At the same time Tattenai, the governor beyond the River, came to them, with Shetharbozenai and their companions, and asked them, “Who gave you a decree to build this house and to finish this wall?”
4 तिनीहरूले यसो पनि भने, “यो भवनलाई बनाउने मानिसका नाउँहरू के-के हुन्?”
They also asked for the names of the men who were making this building.
5 तर परमेश्‍वरको दृष्‍टि यहूदी धर्म-गुरुहरूमाथि थियो, र तिनीहरूका शत्रुहरूले तिनीहरूलाई रोक्‍न सकेनन् । राजाकहाँ एउटा चिट्ठी पठाउने र त्यसको जवाफमा एउटा आदेश आउने काम नहुन्‍जेलसम्म तिनीहरूलाई कसैले रोकेन ।
But the eye of their God was on the elders of the Jews, and they didn’t make them cease until the matter should come to Darius, and an answer should be returned by letter concerning it.
6 यो यूफ्रेटिस नदीपारिको प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र तिनीहरूका सहयोगीहरूले दारा राजालाई पठाएका चिट्ठीको प्रतिलिपी यही हो ।
The copy of the letter that Tattenai, the governor beyond the River, and Shetharbozenai, and his companions the Apharsachites who were beyond the River, sent to Darius the king follows.
7 तिनीहरूले लेखेर दारा राजालाई पठाएको विवरण यही हो, “हजुरमा अपार शान्ति रहोस् ।
They sent a letter to him, in which was written: To Darius the king, all peace.
8 हामी यहूदामा महान् परमेश्‍वरको मन्दिरमा गयौं भन्‍ने कुरा हजुरलाई जाहेर होस् । ठुला-ठुला ढुङ्गाहरूले यो निर्माण हुँदैछ र पर्खालमा काठहरू राखिंदैछन् । यो काम निकै राम्रोसँग गरिएको छ, र तिनीहरूका हातमा राम्ररी अगाडि बढिरहेको छ ।
Be it known to the king that we went into the province of Judah, to the house of the great God, which is being built with great stones and timber is laid in the walls. This work goes on with diligence and prospers in their hands.
9 हामीले धर्म-गुरुहरूलाई सोध्‍यौं, 'यो मन्दिर र यी पर्खालहरू बनाउन तिमीहरूलाई कसले आदेश दियो?'
Then we asked those elders, and said to them thus, “Who gave you a decree to build this house, and to finish this wall?”
10 कस-कसले तिनीहरूलाई अगुवाइ गरेका रहेछन् भनी हजुरलाई थाहा होस् भनेर हामीले तिनीहरूका नाउँ पनि सोध्‍यौं ।
We asked them their names also, to inform you that we might write the names of the men who were at their head.
11 तिनीहरूले जवाफ दिए र भने, 'हामी स्वर्ग र पृथ्वीका परमेश्‍वरका सेवकहरू हौं, र हामीले यस मन्दिरलाई पुनर्निर्माण गरिरहेका छौं जसलाई धेरै वर्ष पहिले इस्राएलका महान् राजाले निर्माण गरेका र पुरा गरेका थिए ।
Thus they returned us answer, saying, “We are the servants of the God of heaven and earth and are building the house that was built these many years ago, which a great king of Israel built and finished.
12 तापनि जब हाम्रा पुर्खाहरूले स्वर्गका परमेश्‍वरलाई रिस उठाए, तब उहाँले तिनीहरूलाई बेबिलोनका कल्दी राजा नबूकदनेसरको हातमा सुम्‍पनुभयो जसले यस मन्दिरलाई नष्‍ट पारे र मानिसहरूलाई बेबिलोनमा कैदमा लगे ।
But after our fathers had provoked the God of heaven to wrath, he gave them into the hand of Nebuchadnezzar king of Babylon, the Chaldean, who destroyed this house and carried the people away into Babylon.
13 तापनि कोरेस बेबिलोनका राजा बन्‍नुभएको पहिलो वर्षमा कोरेसले परमेश्‍वरको मन्दिर पुनर्निर्माण गर्ने आदेश जारी गर्नुभयो ।
But in the first year of Cyrus king of Babylon, Cyrus the king made a decree to build this house of God.
14 नबूकदनेसरले यरूशलेमको मन्दिरबाट बेबिलोनको मन्दिरमा लगेका परमेश्‍वरको मन्दिरका सुन र चाँदीका वस्तुहरू पनि राजा कोरेसले फिर्ता गरिदिए । आफूले गभर्नर बनाएका शेशबस्सरलाई उहाँले यी थोकहरू दिनुभयो ।
The gold and silver vessels of God’s house, which Nebuchadnezzar took out of the temple that was in Jerusalem and brought into the temple of Babylon, those Cyrus the king also took out of the temple of Babylon, and they were delivered to one whose name was Sheshbazzar, whom he had made governor.
15 राजाले तिनलाई भन्‍नुभयो, “यी थोकहरू लैजाऊ । जाऊ र ति यरूशलेमको मन्दिरमा राख । त्यहाँ परमेश्‍वरको मन्दिर पुनर्निमाण होस् ।”
He said to him, ‘Take these vessels, go, put them in the temple that is in Jerusalem, and let God’s house be built in its place.’
16 तब यिनै शेशबस्सर आए र यरूशलेममा परमेश्‍वरको मन्दिरको जग बसाले । अनि अहिले यो निर्माण हुँदैछ, तर अझै सकिएको छैन ।'
Then the same Sheshbazzar came and laid the foundations of God’s house which is in Jerusalem. Since that time even until now it has been being built, and yet it is not completed.
17 अब राजाको हजुरीमा असल लागेमा, राजा कोरेसले यरूशलेममा परमेश्‍वरको मन्दिर बनाउन आज्ञा दिनुभएको थियो कि थिएन भनी बेबिलोनको अभिलेख संग्रहमा अनुसन्‍धान होस् । त्‍यसपछि राजाबाट हामीलाई आफ्नो निर्णय पठाउने कष्‍ट होस् ।”
Now therefore, if it seems good to the king, let a search be made in the king’s treasure house, which is there at Babylon, whether it is so that a decree was made by Cyrus the king to build this house of God at Jerusalem; and let the king send his pleasure to us concerning this matter.”

< एज्रा 5 >