< एज्रा 4 >
1 यतिबेला निर्वासनबाट फर्केका मानिसहरूले परमप्रभु इस्राएलका परमेश्वरको लागि मन्दिर बनाउँदै छन् भनी यहूदा र बेन्यामीनका केही शत्रुहरूले सुने ।
And adversaries of Judah and Benjamin hear that the sons of the captivity are building a temple to YHWH, God of Israel,
2 त्यसैले तिनीहरू यरुबाबेल र परिवारका मुख्य मानिसहरूकहाँ आए । तिनीहरूले उनीहरूलाई भने, “हामीलाई पनि तपाईंहरूसँगै निर्माण गर्न दिनुहोस्, किनकि अश्शूरका राजा एसरहदोनले हामीलाई यहाँ ल्याएदेखि नै तपाईंहरूजस्तै हामी तपाईंका परमेश्वरको खोजी गर्छौं, र हामीले उहाँलाई नै बलिदान चढाएका छौं ।”
and they draw near to Zerubbabel, and to heads of the fathers, and say to them, “Let us build with you; for, like you, we seek to your God, and we are not sacrificing since the days of Esar-Haddon king of Asshur, who brought us up here.”
3 तर यरुबाबेल, येशूअ र परिवारका मुख्य मानिसहरूले भने, “तपाईंहरूले होइन, तर हामीले परमेश्वरको मन्दिर बनाउनुपर्छ, किनकि हामीले नै परमप्रभु इस्राएलका परमेश्वरको निम्ति मन्दिर बनाउनेछौं, जस्तो फारसका राजा कोरेसले आज्ञा गर्नुभएको छ ।”
And Zerubbabel says to them, also Jeshua, and the rest of the heads of the fathers of Israel, “Not for you, and for us, to build a house to our God; but we ourselves together build to YHWH God of Israel, as King Cyrus, king of Persia, commanded us.”
4 त्यसैले त्यस देशका मानिसहरूले यहूदीहरूका हात कमजोर तुल्याए । तिनीहरूले निर्माणमा यहूदीहरूलाई डर देखाए ।
And it comes to pass, the people of the land are making the hands of the people of Judah feeble, and troubling them in building,
5 यहूदीहरूका योजनालाई निराश तुल्याउन तिनीहरूले सल्लाहकारहरूलाई घुस पनि दिए । तिनीहरूले फारसका राजा कोरेसको शासनकाल र दाराको शासनकालभरि नै यसो गरे ।
and are hiring against them counselors to make void their counsel all the days of Cyrus king of Persia, even until the reign of Darius king of Persia.
6 तब अहासूरस (अर्तासास्त) को शासनकालको सुरुमा तिनीहरूले यहूदा र यरूशलेमका बासिन्दाहरूको विरुद्धमा एउटा अभियोग-पत्र लेखे ।
And in the reign of Ahasuerus, in the commencement of his reign, they have written an accusation against the inhabitants of Judah and Jerusalem;
7 अर्तासास्तको शासनकालमा विश्लाम, मित्रेता, ताबेल र तिनका सहयोगीहरूले अर्तासास्तलाई लेखे ।उक्त चिट्ठी आरमेइक भाषामा लेखियो र अनुवाद गरियो ।
and in the days of Artaxerxes have Bishlam, Mithredath, Tabeel, and the rest of his companions written to Artaxerxes king of Persia, and the writing of the letter is written in Aramaic, and interpreted in Aramaic.
8 सेनापति रेहूम र सचिव शिम्शैले यरूशलेमको बारेमा अर्तासास्तलाई यसरी चिट्ठी लेखे ।
Rehum counselor, and Shimshai scribe have written a letter concerning Jerusalem to Artaxerxes the king, thus:
9 रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरू अर्थात् फारस, एरेक र बेबिलोनका मानिसहरूमाथि अधिकार गर्ने न्यायाधीशहरू र अधिकारीहरू अनि शूशनका मानिसहरू (अर्थात् एलामीहरू) ले एउटा चिट्ठी लेखे,
Then Rehum counselor, and Shimshai scribe, and the rest of their companions, Dinaites, and Apharsathchites, Tarpelites, Apharsites, Archevites, Babylonians, Susanchites (who are Elamites),
10 र महान् अनि प्रसिद्ध अशूरवनिपलले देश निकाला गरेर सामरिया र यूफ्रेटिस नदीपारिको प्रान्तमा बसालेका मानिसहरू पनि तिनीहरूसँगै मिले ।
and the rest of the nations that the great and honorable Asnapper removed and set in the city of Samaria, and the rest beyond the river, and at such a time:
11 तिनीहरूले अर्तासास्तलाई पठाएका चिट्ठीको प्रतिलिपी यही हो, “हजुरका सेवकहरू, यूफ्रेटिस नदी पारिको प्रान्तका मानिसहरू यसो लेख्छन्:
This [is] a copy of a letter that they have sent to him, to Artaxerxes the king: “Your servants, men beyond the river, and at such a time;
12 हजुरकहाँबाट आएका यहूदीहरू यरूशलेममा एउटा विद्रोही सहर निर्माण गर्न हाम्रो विरुद्ध आएका छन् भन्ने कुरो राजालाई जाहेर होस् । तिनीहरूले पर्खालहरू बनाएर सिद्ध्याएका छन्, र जगहरू मर्मत गर्दैछन् ।
be it known to the king, that the Jews who have come up from you to us, have come to Jerusalem, the rebellious and base city they are building, and the walls they have finished, and the foundations they join.
13 यो सहर निर्मण भयो रउक्त पर्खाल सम्पन्न भयो भने, तिनीहरूले कुनै महसुल र कर तिर्नेछैनन्, तर तिनीहरूले राजाहरूलाई हानि पुर्याउनेछन् भन्ने कुरो राजाका हजुरीमा जाहेर होस् ।
Now let it be known to the king, that if this city is built and the walls finished, that they do not give toll, tribute, and custom; and at length it causes loss [to] the kings.
14 हामीले दरबारको नून खाएका हुनाले राजालाई कुनै अनादर भएको देख्नु हाम्रो लागि निश्चय नै उचित हुँदैन । यही कारणले गर्दा हामीले राजालाई जानकारी गराउँदैछौं,
Now because that the salt of the palace [is] our salt, and we have no patience to see the nakedness of the king, therefore we have sent and made known to the king;
15 जसले गर्दा हजुरले आफ्ना पिताको अभिलेख खोज्न र राजाहरूसाथै प्रान्तहरूलाई हानि गर्ने यो एउटा विद्रोही सहर रहेछ भनी पुष्टि गर्न सक्नुहुन्छ । यसले राजाहरू र प्रान्तहरूलाई धेरै समस्या दिएको छ । पहिले देखि नै यो विद्रोहको केन्द्र बनेको छ । यही कारणले गर्दा यो सहर नष्ट पारिएको थियो ।
so that he seeks in the scroll of the records of your fathers, and you find in the scroll of the records, and know, that this city [is] a rebellious city, and causing loss [to] kings and provinces, and makers of sedition [are] in its midst from the days of old, therefore this city has been ruined.
16 यो सहर र पर्खाल निर्माण गरियो भने हजुरको लागि यूफ्रेटिस नदीपारिको प्रान्तमा केही बाँकी रहने छैन भनी हामी राजालाई जानकारी गराउँदैछौं ।”
We are making known to the king that, if this city be built and the walls finished, by this means you have no portion beyond the river.”
17 त्यसैले राजाले सामरियामा बस्ने रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरू अनि यूफ्रेटिस नदीपारिको प्रान्तमा बस्ने बाँकी सबैलाई एउटा जवाफ पठाए, “तिमीहरूलाई शान्ति होस् ।
The king has sent an answer to Rehum counselor, and Shimshai scribe, and the rest of their companions who are dwelling in Samaria, and the rest beyond the river, “Peace, and at such a time:
18 तिमीहरूले पठाएका चिट्ठी अनुवाद गरियो र मेरो सामु पढियो ।
The letter that you sent to us, explained, has been read before me,
19 त्यसैले मैले छानविन गर्न आदेश दिएँ, रपहिलौक दिनहरूमा तिनीहरू राजाहरूका विरुद्धमा बागी भएका र विद्रोह गरेका रहेछन् भनी पत्ता लगाइयो ।
and by me a decree has been made, and they sought, and have found that this city is lifting up itself against kings from the days of old, and rebellion and sedition is made in it,
20 शक्तिशाली राजाहरूले यरूशलेममा राज्य गरेका रहेछन्, र यूफ्रेटिस नदीपारिको प्रान्तका हरेक कुरामा अधिकार जमाएका रहेछन् । तिनीहरूलाई करहरू र महसुलहरू तिरिएका रहेछन् ।
and mighty kings have been over Jerusalem, even rulers over all beyond the river, and toll, tribute, and custom is given to them.
21 अब मैले आज्ञा नदिएसम्म यी मानिहरूले यो सहर निर्माण गर्न रोक्नुपर्छ भनी एउटा आज्ञा जारी गर्नू ।
Now make a decree to cause these men to cease, and this city is not built, until a decree is made by me.
22 यसलाई बेवास्ता नगर्न होसियार हुनु । यस खतरालाई बढ्न दिने र राजकीय हितको बढी क्षति हुन किन दिने?
And beware of negligence in doing this; why does the hurt become great to the loss of the kings?”
23 जब राजा अर्तासास्तको आदेश रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरूका सामु पढियो, तिनीहरू तुरुन्तै यरूशलेममा गए, र यहूदीहरूलाई जबरदस्तसाथ निर्माण रोक्न लगाए ।
Then from the time that a copy of the letter of King Artaxerxes is read before Rehum, and Shimshai the scribe, and their companions, they have gone in haste to Jerusalem, to the Jews, and caused them to cease by force and strength;
24 यसरी फारसका राजा दाराको शासनकालको दोस्रो वर्षसम्म यरूशलेममा परमेश्वरको मन्दिरको काम रोकियो ।
then ceased the service of the house of God that [is] in Jerusalem, and it ceased until the second year of the reign of Darius king of Persia.