< एज्रा 10 >

1 एज्राले प्रार्थना गर्दा र पाप स्वीकार गर्द तिनी रोए र परमेश्‍वरको मन्दिरको सामु घोप्टो परे । इस्राएली पुरुष, स्‍त्री र बालबलिकाको एउटा ठुलो भेला तिनीकहाँ जम्मा भए किनकि मानिसहरू धुरुधुरु रुँदै थिए ।
E enquanto Esdras estava orando, confessando, chorando, e prostrando-se diante da casa de Deus, ajuntou-se a ele uma multidão muito grande de israelitas, homens, mulheres, e crianças; pois o povo chorava muito.
2 एलामका परिवारका यहीएलका छोरा शकन्याहले एज्रालाई भने, “हामी हाम्रा परमेश्‍वरप्रति अविश्‍वासी भएका छौं, र हामीले अन्य देशका विदेशी स्‍त्रीहरूसित विवाह गरेका छौं । तर यसको बाबजुत पनि इस्राएलको लागि अझै आशा छ ।
Então Secanias, filho de Jeiel, dos filhos de Elão, respondeu a Esdras, dizendo: Nós temos transgredido contra nosso Deus, pois nos casamos com mulheres estrangeiras dos povos da terra; mas quanto a isto, ainda há esperança para Israel.
3 त्यसैले अब प्रभुका निर्देशनहरू र हाम्रा परमेश्‍वरका आज्ञाहरूदेखि डराउनेहरूका निर्देशनहरूअनुसार सबै स्‍त्री र तिनीहरूका छोराछोरीलाई पठाउन हाम्रा परमेश्‍वरसित करार बाँधौं, र यो काम व्यवस्थाअनुसार गरियोस् ।
Agora, pois, façamos um pacto com o nosso Deus, de que despediremos todas as mulheres e os todos os nascidos delas, conforme o conselho do Senhor, e dos que tremem ao mandamento de nosso Deus; e faça-se conforme à lei.
4 उठ्नुहोस्, किनकि यो काम तपाईंले गर्नुपर्ने हुन्छ र हामी तपाईंसित छौं । बलियो हुनुहोस् र यो काम गर्नुहोस् ।”
Levanta-te, porque cabe a ti este negócio, e nós seremos contigo; esforça-te, e age.
5 त्यसैले एज्रा उठे, र पुजारीका अधिकारीहरू, लेवीहरू र सारा इस्राएलीहरूलाई यसरी नै प्रतिज्ञा गर्न लगाए । तिनीहरू सबैले गम्भीर शपथ खाए ।
Então Esdras se levantou, e fez os chefes dos sacerdotes e dos levitas, e a todo Israel, jurarem que fariam conforme essa palavra; e eles juraram.
6 तब एज्रा परमप्रभुको मन्‍दिरको सामुबाट उठेर एल्यासीबका छोरा येहोहानानको कोठामा गए । तिनले कुनै रोटी खाएनन्, न त पानी पिए किनकि तिनी निर्वासनबाट फर्केकाहरूको विश्‍वासत्यागको लागि शोक गर्दै थिए ।
E Esdras se levantou de diante da casa de Deus, e entrou na câmara de Joanã, filho de Eliasibe; e depois de chegar lá, não comeu pão nem bebeu água, porque estava entristecido pela transgressão dos que eram do cativeiro.
7 तिनीहरूले निर्वासनबाट फर्केर यहूदा र यरूशलेममा आएर बसेका सबै मानिसलाई यरूशलेममा भेला हुन समाचार पठाए ।
Então proclamaram em Judá e em Jerusalém a todos os que vieram do cativeiro, que se reunissem em Jerusalém;
8 अधिकारीहरू र धर्म-गुरुहरूका निर्देशनमुताबिक तिन दिनमा नआउने कुनै पनि व्यक्तिको सारा सम्पत्ति जफत गरिने र निर्वासनबाट फर्केर आएका मानिसहरूको ठुलो सभाबाट बहिष्कार गरिने भयो ।
E que de todo aquele que não viesse em três dias, segundo o conselho dos príncipes e dos anciãos, fosse tomada toda a sua riqueza, e ele fosse separado da comunidade dos do cativeiro.
9 त्यसैले यहूदा र बेन्यामीनका सारा मानिस तिन दिनमा यरूशलेममा भेला भए । यो नवौं महिनामा र उक्‍त महिनाको बाह्रौं दिनमा भएको थियो । सारा मानिस परमेश्‍वरको मन्दिरको सामुन्‍ने चोकमा खडा भए, र वचन र वृष्‍टिको कारणले थरथर काँपे ।
Então todos os homens de Judá e de Benjamim se reuniram em Jerusalém em três dias, aos vinte do mês, no nono mês; e todo o povo se sentou na praça da casa de Deus, tremendo por causa deste negócio, e por causa das grandes chuvas.
10 पुजारी एज्रा खडा भए र भने, “तिमीहरू आफैले अपराध गरेका छौ । इस्राएलको पापलाई बढाउलाई तिमीहरू विदेशी स्‍त्रीहरूसित बस्यौ ।
Assim o sacerdote Esdras se levantou, e lhes disse: Vós transgredistes, por terdes se casado com mulheres estrangeiras, aumentando assim a culpa de Israel.
11 तर अब आफ्‍ना पुर्खाहरूका परमप्रभु परमेश्‍वरलाई प्रशंसा देओ, र उहाँको इच्छाअनुसार गर । यस देशका मानिसहरू र विदेशी स्‍त्रीहरूबाट अलग रहो ।”
Agora, pois, confessai ao SENHOR, Deus de vossos pais, e fazei a sua vontade, e separai-vos dos povos das terras, e das mulheres estrangeiras.
12 सारा समुदायले ठुलो सोरमा जवाफ दिए, “तपाईंले भन्‍नुभएझैं हामी गर्नेछौं ।
E toda a congregação respondeu, dizendo em alta voz: Assim se faça, conforme a tua palavra.
13 यद्यपि, मानिसहरू धेरै छन्, र यो पानी पर्ने समय हो । बाहिर खडा हुन हामीसित ताकत छैन, र यो केवल एक वा दुई दिनको काम होइन, किनकि हामीले यस विषयमा घोर अपराध गरेका छौं ।
Porém o povo é muito, e o tempo chuvoso, e não há condições de ficar fora das casas; nem esta obra é de um dia ou de dois, porque somos muitos os que transgredimos neste negócio.
14 त्यसैले हाम्रा अधिकारीहरूले सारा समुदायको प्रतिनिधित्व गरून् । हामीबाट हाम्रा परमेश्‍वरको क्रोध नहटेसम्म हाम्रा सहरहरूमा विदेशी स्‍त्रीहरूलाई बस्‍न दिएकाहरू सहरका सबै धर्म-गुरु र सहरका न्यायकर्ताहरूद्वारा तोकिएको समयमा आऊन् ।”
Portanto fiquem encarregados nossos príncipes por toda a congregação; e todos os que em nossas cidades que houverem se casado com mulheres estrangeiras, venham a tempos determinados, e com eles os anciãos de cada cidade, e seus juízes, até que desviemos de nós o ardor da ira de nosso Deus por esta causa.
15 असाहेलका छोरा जोनाथन र तिक्भाका छोरा याजयाहले यसको विरोध गरे, र मशुल्लाम र लेवी सब्बतैले तिनीहरूलाई समर्थन गरे ।
Somente Jônatas, filho de Asael, e Jazeias, filho de Ticvá, apoiados por Mesulão e o levita Sabetai, se opuseram a isso.
16 यसैले निर्वासनबाट फर्केर आएकाहरूले सुझावअनुसार गरे । पुजारी एज्राले नाउँ दर्ता भएअनुसार आ-आफ्नो परिवारका अगुवाहरूको छनोट गरे, र तिनीहरूले दसौं महिनाको पहिलो दिनसम्म यस विषयमा जाँच गरे ।
E assim fizeram os que vieram do cativeiro; e foram separados pelo sacerdote Esdras os homens, chefes de famílias, segundo a casa de seus pais, todos eles por nomes, para se sentarem ao dia primeiro do mês décimo, para investigarem este negócio.
17 पहिलो महिनाको पहिलो दिनसम्ममा तिनीहरूले कुन-कुन मानिसहरू विदेशी स्‍त्रीहरूसित बसेका थिए भनी पत्ता लगाए ।
E ao primeiro dia do mês primeiro, terminaram [de investigar] os homens que haviam se casado com mulheres estrangeiras.
18 विदेशी स्‍त्रीहरूलाई विवाह गर्ने पुजारी परिवारहरूका यिनै हुन्: योसादाकका छोरा येशूअ र तिनका दाजुभाइका: मासेयाह, एलीएजर, यारीब र गदल्‍याह थिए ।
E dos filhos dos sacerdotes que haviam se casado com mulheres estrangeiras, foram achados estes: dos filhos de Jesua, filho de Jozadaque, e de seus irmãos: Maaseias, Eliézer, Jaribe, e Gedalias;
19 त्यसैले तिनीहरूले आ-आफ्‍ना पत्‍नीहरूलाई त्‍यागिदिने निधो गरे । तिनीहरू दोषी भएका हुनाले तिनीहरूले दोषबलिको रूपमा आफ्‍ना बगालबाट एउटा भेडा पनि ल्‍याए ।
E prometeram despedir suas mulheres e, reconhecendo sua culpa, ofereceram um carneiro do rebanho pela transgressão deles.
20 इम्‍मेरका परिवारका: हनानी र जबदियाह ।
E dos filhos de Imer: Hanani e Zebadias.
21 हारीमका परिवारका: मासेयाह, एलिया, शमायाह, यहीएल र उज्‍जियाह ।
E do filhos de Harim, Maaseias, Elias, Semaías, Jeiel, e Uzias.
22 पशहूरका परिवारका: एल्‍योएनै, मासेयाह, इश्‍माएल, नतनेल, योजाबाद र एलासा ।
E dos filhos de Pasur: Elioenai, Maaseias, Ismael, Natanael, Jozabade, e Elasá.
23 लेवीहरूमा: योजाबाद, शिमी, केलायाह अर्थात्‌ कलीता, पतहियाह, यहूदा र एलीएजर ।
E dos filhos dos levitas: Jozabade, Simei, Quelaías (este é Quelita), Petaías, Judá, e Eliézer.
24 गायकहरूमा: एल्‍यासीब । द्वारपालहरूमा: शल्‍लूम, तेलेम र ऊरी ।
E dos cantores: Eliasibe; e dos porteiros: Salum, Telém, e Uri.
25 अनि अरू इस्राएलीहरूमा- परोशका परिवारका: रम्‍याह, यिज्‍याह, मल्‍कियाह, मियामीन, एलाजार, मल्‍कियाह र बनायाह ।
E dos [demais] israelitas: Dos filhos de Parós: Ramias, Jezias, Malquias, Miamim, Eleazar, e Malquias, e Benaías.
26 एलामका परिवारका: मत्तन्‍याह, जकरिया, यहीएल, अब्‍दी, यरेमोत र एलिया ।
E dos filhos de Elão: Matanias, Zacarias, Jeiel, Abdi, Jeremote, Elias.
27 जत्तूका परिवारका: एल्‍योएनै, एल्‍यासीब, मत्तन्‍याह, यरेमोत, जाबाद र अजीजा जत्तूका परिवारका: एल्‍योएनै, एल्‍यासीब, मत्तन्‍याह, यरेमोत, जाबाद र अजीजा ।
E dos filhos de Zatu: Elioenai, Eliasibe, Matanias, e Jeremote, Zabade, e Aziza.
28 बेबैका परिवारका: येहोहानान, हनन्‍याह, जब्‍बै र अत्‍लै ।
E dos filhos de Bebai: Jeoanã, Hananias, Zabai, Atlai.
29 बानीका परिवारका: मशुल्‍लाम, मल्‍लूक, अदायाह, याशूब, शाल र यरेमोत ।
E dos filhos de Bani: Mesulão, Maluque, Adaías, Jasube, Seal, e Jeremote.
30 पहत-मोआबका परिवारका: अदना, केलाल, बनायाह, मासेयाह, मत्तन्‍याह, बजलेल, बिन्‍नूई र मनश्‍शे ।
E dos filhos de Paate-Moabe: Adna, Quelal, Benaías, Maaseias, Matanias, Bezalel, Binui e Manassés.
31 हारीमका परिवारका: एलीएजर, यिशियाह, मल्‍कियाह, शमायाह, शिमेओन,
E dos filhos de Harim: Eliézer, Issias, Malquias, Semaías, Simeão,
32 बेन्‍यामीन, मल्‍लूक र शमरयाह ।
Benjamim, Maluque, e Semarias.
33 हाशूमका परिवारका: मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्‍शे र शिमी ।
Dos filhos de Hasum: Matenai, Matatá, Zabade, Elifelete, Jeremai, Manassés, Simei.
34 बानीका परिवारका: मादै, अम्राम, ऊएल,
Dos filhos de Bani: Maadai, Anrão, Uel,
35 बनायाह, बेदयाह, कलूही,
Benaías, Bedias, Queluí,
36 भन्‍याह, मरेमोत, एल्‍यासीब,
Vanias, Meremote, Eliasibe,
37 मत्तन्‍याह, मत्तनै र यासू ।
Matanias, Matenai, e Jaasai,
38 बिन्‍नूईका परिवारका: शिमी,
E Bani, e Binui, Simei,
39 शेलेम्‍याह, नातान, अदायाह,
Selemias, Natã, Adaías,
40 मक्‍नादबै, शाशै, शारै,
Macnadbai, Sasai, Sarai,
41 अज्रेल, शेलेम्‍याह, शमरयाह,
Azareel, Selemias, Semarias,
42 शल्‍लूम, अमर्याह र योसेफ ।
Salum, Amarias, José.
43 नेबोका परिवारका: यीएल, मत्तित्‍याह, जाबाद, जबीना, यद्दै, योएल, र बनायाह ।
E dos filhos de Nebo: Jeiel, Matitias, Zabade, Zebina, Jadai, Joel, e Benaías.
44 यी सबैले विदेशी स्‍त्रीहरूलाई विवाह गरेका थिए, र तिनीहरूमध्ये कसैले छोराछोरीसमेत जन्माएका थिए ।
Todos estes haviam tomado mulheres estrangeiras; e [alguns] deles tiveram filhos com tais mulheres.

< एज्रा 10 >