< इजकिएल 9 >

1 तब उहाँले ठुलो सोरमा कराएर यसो भन्‍नुभएको मैले सुनें, “रक्षकहरू हरेकले आफ्‍ना हातमा नष्‍ट गर्ने हतियार लिएर सहरमा आऊन् ।”
Sonra yüksek sesle, “Kenti cezalandıracak olanlar, ellerinde yok edici silahlarıyla buraya gelsin” diye seslendiğini duydum.
2 तब हेर, छ जना मानिसहरू हरेकले आ-आफ्‍नो हातमा हत्‍या गर्ने हतियार लिएर उत्तरतिर फर्केको माथिल्‍लो ढोकाबाट आए । तिनीहरूका माझमा सूती कपडा लगाएका र कलम भिरेका एक जना मानिस थिए । यसरी तिनीहरू भित्र गए र काँसाको वेदीको छेउमा खडा भए ।
Kuzeye bakan yukarı kapı yolundan altı kişinin geldiğini gördüm. Her birinin elinde ölümcül bir silah vardı. Aralarında keten giysili, belinde yazı takımı olan bir adam vardı. İçeriye girip tunç sunağın yanında durdular.
3 तब इस्राएलका परमेश्‍वरको महिमाचाहिं करूबहरूदेखि मास्‍तिर हटेर मन्‍दिरको सँघारमा पुगिसकेको थियो । तब परमप्रभुले त्‍यो सूती कपडा लगाएको र कलम भिरेको मानिसलाई आफ्‍नो छेउमा बोलाउनुभयो ।
İsrail Tanrısı'nın görkemi bulunduğu yerden, Keruvlar'ın üzerinden ayrılıp tapınağın eşiğine gitti. RAB keten giysili, belinde yazı takımı olan adama seslendi:
4 परमप्रभुले तिनलाई भन्‍नुभयो, “सहरको बिचबाट— यरूशलेमको बिचबाट भएर जा र सहरमा गरिएका सबै घिनलाग्‍दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निदारहरूमा एउटा चिन्‍ह लगा ।”
“Yeruşalim Kenti'nin içinden geç, orada yapılan iğrenç şeylerden ötürü dövünüp ağlayanların alınlarına işaret koy” dedi.
5 मैले सुनिरहँदा उहाँले अरूलाई भन्‍नुभयो, “उसको पछिपछि सहरभरि जाओ र मार । तिमीहरूका आँखामा दया आउन नदेओ, र नछोड,
Öbürlerine, “Kent boyunca onu izleyin ve kimseye acımadan, kimseyi esirgemeden öldürün” dediğini duydum.
6 वृद्ध मानिस, जवान मानिस, कन्‍या, साना बालकहरू र स्‍त्रीहरू । ती सबैलाई मार! तर निधारमा त्‍यो चिन्‍ह भएको कसैलाई पनि नछोओ । मेरो पवित्रस्‍थानदेखि नै सुरु गर ।” यसैले मन्‍दिरको सामु भएका धर्म-गुरुहरूदेखि नै तिनीहरूले सुरु गरे ।
“Yaşlıyı, genci, genç kızı, kadını, çocukları öldürün. Yalnız alınlarında işaret olanlara dokunmayın. İşe tapınağımdan başlayın.” Onlar da tapınağın önünde duran İsrail ileri gelenlerinden işe başladılar.
7 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मन्‍दिर बिटुलो पार, र त्‍यसका चोकहरूलाई लाशहरूले भर । जाओ!” यसैले तिनीहरू गए र सहरलाई आक्रमण गरे ।
Onlara, “Tapınağı kirletin, avlularını cesetlerle doldurun. Haydi başlayın!” dedi. Bunun üzerine onlar gidip kenttekileri öldürmeye başladılar.
8 जब तिनीहरूले त्‍यसलाई आक्रमण गर्दैथिए, र मचाहिं एक्लै छोडिएँ, तब घोप्‍टो परें र रुँदै भनें, “हे परमप्रभु परमेश्‍वर, यरूशलेममाथि आफ्‍नो क्रोध खन्‍याउनुहुँदा इस्राएलका बचेकाहरू जम्‍मैलाई तपाईंले सर्वनाश गर्नुहुनेछ?”
Onlar halkı öldürürken ben tek başıma kaldım. Yüzüstü yere kapanıp, “Ah, ey Egemen RAB! Öfkeni Yeruşalim üzerine boşaltırken, geri kalan bütün İsrailliler'i de mi yok edeceksin?” diye haykırdım.
9 उहाँले मलाई भन्‍नुभयो, “इस्राएल र यहूदाका घरानाको पाप असाध्‍य ठुलो छ । देश रक्तपातले भरिएको छ, र सहरचाहिं विकृतिले भरिपूर्ण छ, किनकि तिनीहरू भन्‍छन्, 'परमप्रभुले देशलाई त्‍याग्‍नुभएको छ, र ‘परमप्रभुले देख्‍नुहुन्‍न' ।
“İsrail ve Yahuda halkının günahı pek büyük” diye karşılık verdi, “Ülke kan, kent haksızlık dolu. Onlar, ‘RAB ülkeyi bıraktı, RAB görmüyor’ diyorlar.
10 यसैले मेरा आँखामा दया हुनेछैनँ, र म तिनीहरूलाई छोड्‌नेछैनँ । बरु म ती सबै तिनीहरूकै शिरमा खन्‍याइदिनेछु ।”
Ben de onlara acımayacak, onları esirgemeyeceğim. Yaptıklarını kendi başlarına getireceğim.”
11 हेर, त्‍यो सूती कपडा लगाएको र कम्‍मरमा कलम भिरेको मानिस आऐ । तिनले यसो भने, “तपाईंले मलाई आज्ञा गर्नुभएबमोजिम मैले गरेको छु ।”
Derken keten giysili, belinde yazı takımı olan adam, “Buyruklarını yerine getirdim” diye haber verdi.

< इजकिएल 9 >