< इजकिएल 8 >

1 छैटौं वर्षको छैटौं महिनाको पाँचौं दिनमा जब म आफ्‍नो घरमा बसें र यहूदाका धर्म-गुरुहरू मेरो सामु बसे, तब त्‍यहाँ परमप्रभु परमेश्‍वरको बाहुली ममाथि पर्‍यो ।
第六年六月初五日,我坐在家中;犹大的众长老坐在我面前。在那里主耶和华的灵降在我身上。
2 तब मैले हेरें, र हेर, त्यहाँ मानिसको रूप भएको आकार थियो। तिनको कम्‍मरमुनि आगोजस्‍तो थियो । अनि तिनको कम्‍मरदेखि माथिचाहिं चम्किरहेको धातुजस्‍तो देखिन्‍थ्‍यो ।
我观看,见有形象仿佛火的形状,从他腰以下的形状有火,从他腰以上有光辉的形状,仿佛光耀的精金。
3 तब तिनले हातजस्‍तै आकार पसारेर मेरो कपाल समातेर मलाई जुरुक्‍क उठाए । आत्‍माले मलाई पृथ्‍वी र स्‍वर्गको बिचमा उचाल्नुभयो, र परमेश्‍वरका दर्शनहरूमा यरूशलेममा मन्‍दिरको भित्री चोकमा प्रवेश गर्ने उत्तरपट्टिको मूल ढोकानेर उहाँले मलाई लग्‍नुभयो, जहाँ डाही बनाउने मूर्ति खडा थियो ।
他伸出仿佛一只手的样式,抓住我的一绺头发,灵就将我举到天地中间,在 神的异象中,带我到耶路撒冷朝北的内院门口,在那里有触动主怒偶像的坐位,就是惹动忌邪的。
4 तब हेर, मैले मैदानमा देखेको दर्शनअनुसार त्‍यहाँ इस्राएलका परमेश्‍वरको महिमा थियो ।
谁知,在那里有以色列 神的荣耀,形状与我在平原所见的一样。
5 तब उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो! तेरो आँखाले उत्तरतिर हेर्‌ ।” यसैले मैले आँखाले उत्तरतिर हेरें, र वेदीतिर जाने ढोकाको उत्तर, त्‍यहाँ ढोकामा त्‍यो डाहको मूर्ति थियो ।
神对我说:“人子啊,你举目向北观看。”我就举目向北观看,见祭坛门的北边,在门口有这惹忌邪的偶像;
6 यसैले उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, तिनीहरू के गर्दैछन्, तँ देख्‍छस्? इस्राएलको घरानाले मलाई आफ्‍नो पवित्रस्‍थानबाट टाढा हटाउनलाई घिनलाग्‍दा काम यी नै हुन् । तर तँ फर्कनेछस् र अझ बढी घिनलाग्‍दा कामहरू देख्‍नेछस्‌ ।”
又对我说:“人子啊,以色列家所行的,就是在此行这大可憎的事,使我远离我的圣所,你看见了吗?你还要看见另有大可憎的事。”
7 तब उहाँले मलाई चोकको ढोकामा ल्याउनुभयो, र मैले हेरें र त्‍यहाँ पर्खालमा प्वाल थियो ।
他领我到院门口。我观看,见墙上有个窟窿。
8 उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, यो भित्ताभित्र खन्‌ ।” त्यसैले मैले त्‍यो भित्ताभित्र खनें, र त्‍यहाँ एउटा ढोका थियो ।
他对我说:“人子啊,你要挖墙。”我一挖墙,见有一门。
9 तब उहाँले मलाई भन्‍नुभयो, “जा र तिनीहरूले त्‍यहाँ गरिरहेका घिनलाग्‍दा दुष्‍ट कामहरू हेर्‌ ।”
他说:“你进去,看他们在这里所行可憎的恶事。”
10 यसैले म भित्र पसें र हेरें, र नियालें । त्‍यहाँ हरेक किसिमका घस्रने जन्‍तुहरू र घिनलाग्‍दा पशुहरू थिए! इस्राएलको घरानाका जम्‍मै मूर्तिहरूका चित्रहरू त्‍यहाँ भित्तामा चारैतिर बनाइएका थिए ।
我进去一看,谁知,在四面墙上画着各样爬物和可憎的走兽,并以色列家一切的偶像。
11 त्यहाँ इस्राएलका घरानाका सत्तरी जना धर्म-गुरुहरू थिए र शापानको छोरो याजन्‍याह तिनीहरूका माझमा खडा थिए । तिनीहरू मूर्तिहरूका सामु खडा थिए, र धूपको धूवाँ मास्‍तिर जाओस् भनेर हरेकले हातमा आ-आफ्‍ना धुपौरो लिएर खडा थिए ।
在这些像前有以色列家的七十个长老站立,沙番的儿子雅撒尼亚也站在其中。各人手拿香炉,烟云的香气上腾。
12 उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, इस्राएलका घरानाका धर्म-गुरुहरूले अँध्‍यारोमा के गरिरहेका के तँ देख्‍छस्? आफ्नो मूर्तिको गुप्‍त कोठामा तिनीहरू प्रत्‍येकले यसो गर्छन् किनकि तिनीहरू भन्‍छन्, 'परमप्रभुले हामीलाई देख्‍नुहुन्‍न। परमप्रभुले देशलाई त्‍याग्‍नुभएको छ' ।”
他对我说:“人子啊,以色列家的长老暗中在各人画像屋里所行的,你看见了吗?他们常说:‘耶和华看不见我们;耶和华已经离弃这地。’”
13 तब उहाँले मलाई भन्‍नुभयो, “फेरि फर्की र तिनीहरूले गरिरहेका अरू ठुला घिनलाग्‍दा कामहरू हेर् ।”
他又说:“你还要看见他们另外行大可憎的事。”
14 त्यसपछि उहाँले मलाई परमप्रभुका मन्‍दिरको उत्तरपट्टिका ढोकाको मुखमा लानुभयो र हेर, त्‍यहाँ स्‍त्रीहरू बसेर तम्‍मूज देवताको लागि रोइरहेका थिए ।
他领我到耶和华殿外院朝北的门口。谁知,在那里有妇女坐着,为搭模斯哭泣。
15 त्यसैले उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, के तँ यो देख्छस्? फर्की र यीभन्‍दा पनि बढी घिनलाग्‍दा कुराहरू हेर् ।”
他对我说:“人子啊,你看见了吗?你还要看见比这更可憎的事。”
16 उहाँले मलाई परमप्रभुका मन्‍दिरको भित्री चोकमा लानुभयो, र हेर, अनि त्‍यहाँ वेदी र दलानको बिचमा परमप्रभुको मन्‍दिरको ढोकामा करिब पच्‍चीस जना मानिस थिए, आफ्‍ना पिठ परमप्रभुको मन्‍दिरतिर र अनुहारचाहिं पूर्वपट्टि फर्काएर तिनीहरूले सूर्यको पुजा गरिरहेका थिए ।
他又领我到耶和华殿的内院。谁知,在耶和华的殿门口、廊子和祭坛中间,约有二十五个人背向耶和华的殿,面向东方拜日头。
17 उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, के तँ यो देख्छस्? के तिनीहरूले यहाँ गरिरहेका यी घिनलाग्‍दा काम यहूदाका घरानाको लागि सानो कुरा हो र? किनकि तिनीहरूले देशलाई हिंसाले भरेका छन् र आफ्‍ना नाकमा हाँगा राखेर मलाई रिस उठाउनलाई तर्केका छन् ।
他对我说:“人子啊,你看见了吗?犹大家在此行这可憎的事还算为小吗?他们在这地遍行强暴,再三惹我发怒,他们手拿枝条举向鼻前。
18 यसैले म पनि तिनीहरूको माझमा काम गर्नेछु । मेरा आँखामा दया हुनेछैन, र म तिनीहरूलाई छोड्नेछैनँ । तिनीहरू उच्‍च सोरले मेरो कानैमा कराए तापनि म तिनीहरूको कुरा सुन्‍नेछैनँ ।
因此,我也要以忿怒行事,我眼必不顾惜,也不可怜他们;他们虽向我耳中大声呼求,我还是不听。”

< इजकिएल 8 >