< इजकिएल 6 >
1 परमप्रभुको यो वचन मकहाँ यसो भनेर आयो,
Kaj aperis al mi vorto de la Eternulo, dirante:
2 “ए मानिसको छोरो, इस्राएलका पर्वतहरूतिर तेरो मुख फर्का र तिनीहरूका विरुद्धमा अगमवाणी गर् ।
Ho filo de homo, direktu vian vizaĝon al la montoj de Izrael, kaj profetu pri ili;
3 यसो भन्, “ए इस्राएलका पर्वतहरू हो, परमप्रभु परमेश्वरको यो वचन सुन । पर्वतहरू र डाँडाहरू, खोल्साहरू र बेसीहरूलाई परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर, तिमीहरूका विरुद्धमा म तरवार ल्याउँदैछु, र तिमीहरूका अल्गा-अल्गा ठाउँहरूलाई म नाश गर्नेछु ।
kaj diru: Ho montoj de Izrael, aŭskultu la vorton de la Sinjoro, la Eternulo: Tiele diras la Sinjoro, la Eternulo, al la montoj kaj al la montetoj, al la intermontoj kaj al la valoj: Jen Mi venigos sur vin glavon, kaj Mi detruos viajn altaĵojn.
4 तब तिमीहरूका वेदीहरू उजाड हुनेछन्, र खम्बाहरू नाश पारिनेछ र तिमीहरूका मरेकाहरूलाई तिनीहरूकै मूर्तिहरूका सामु म फाल्नेछु ।
Kaj dezertigitaj estos viaj altaroj, kaj rompitaj estos viaj sunkolonoj; kaj Mi faligos viajn mortigitojn antaŭ viaj idoloj.
5 इस्राएलका मानिसहरूका लाशहरूलाई तिनीहरूकै मूर्तिहरूका सामु म राखिदिनेछु, र तिमीहरूका हड्डीहरू तिमीहरूकै वेदीहरूका चारैतिर छरपष्ट पारिदिनेछु ।
Kaj Mi faligos la kadavrojn de la Izraelidoj antaŭ iliaj idoloj, kaj Mi disĵetos viajn ostojn ĉirkaŭ viaj altaroj.
6 तिमीहरू जहाँ बसे तापनि तिमीहरूका नगरहरू उजाड पारिनेछन्, र अल्गा-अल्गा ठाउँहरू नष्ट हुनेछन्, ताकि तिमीहरूका वेदीहरू उजाड र नष्ट हुनेछन् । तब तिनीहरू चकनाचुर हुनेछन् र हराउनेछन्, तिमीहरूका खम्बाहरू काटिनेछन् र तिमीहरूका कामहरू लोप हुनेछन् ।
En ĉiuj viaj loĝlokoj la urboj estos ruinigitaj kaj la altaĵoj estos dezertigitaj, por ke estu ruinigitaj kaj dezertigitaj viaj altaroj, por ke estu rompitaj kaj detruitaj viaj idoloj, viaj sunkolonoj estu disbatitaj, kaj viaj faritaĵoj estu ekstermitaj.
7 मृतहरू तिमीहरूकै माझमा ढल्नेछन्, र म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ ।
Kaj falos mortigitoj inter vi, kaj tiam vi ekscios, ke Mi estas la Eternulo.
8 तर तिमीहरूका बिचमा बचेकालाई म जोगाएर राख्नेछु, र तिमीहरू देश-देशमा तितरबितर हुँदा, त्यहाँ जातिहरूका बिचमा तरवारबाट उम्केका कोही हुनेछन् ।
Sed Mi restigos al vi kelkan kvanton, kiu saviĝos de la glavo inter la nacioj, kiam vi estos disĵetitaj en la landojn.
9 तब मबाट तर्केका तिनीहरूका व्यभिचारी हृदय र मूर्तिहरूका पछि लाग्ने तिनीहरूका कुदृष्टहरूले म दुःखित भएको थिएँ भनी ती बाँचेकाहरूले आफूलाई कैद गरिएका जातिहरूका बिचमा मेरो बारेमा विचार गर्नेछन् । तब तिनीहरूले गरेको दुष्टता र तिनीहरूका सबै घृणित कामहरूको कारण तिनीहरूले आफ्नो अनुहारमा घृणा देखाउनेछन् ।
Kaj viaj saviĝintoj rememoros Min inter la nacioj, kien ili estos forkondukitaj, kiam Mi disbatos ilian malĉastan koron, kiu defalis de Mi, kaj iliajn okulojn, kiuj malĉastis kun siaj idoloj; kaj ili mem pentos pri la malbonagoj, kiujn ili faris per ĉiuj siaj abomenindaĵoj.
10 यसरी तिनीहरूले जान्नेछन्, कि म नै परमप्रभु हुँ । यही कारणले म तिनीहरूमाथि हानि ल्याउँछु भनी मैले भनें ।
Kaj ili ekscios, ke Mi, la Eternulo, ne vane diris, ke Mi faros al ili tiun malbonon.
11 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः “आफ्नो ताली बजा र आफ्ना खुट्टा बजार्! यसो भन् ‘इस्राएलका घरानाका सबै दुष्ट र घिनलाग्दा व्यवहारहरूका कारण, धिक्कार!’ किनभने तरवार, अनिकाल र रूढीले तिनीहरू नष्ट हुनेछन् ।
Tiele diras la Sinjoro, la Eternulo: Plaŭdu per viaj manoj, frapu per via piedo, kaj diru: Ve pro ĉiuj malbonaj abomenindaĵoj de la domo de Izrael, pro kiuj ili falos de glavo, de malsato, kaj de pesto.
12 टाढा हुने रूढीले मर्नेछन्, र नजिकमा हुने तरवारले ढल्नेछन् । छोडिएर बाँचेकाहरू अनिकालले मर्नेछन् । यसरी तिनीहरूका विरुद्धमा भएको मेरो क्रोधलाई म पुरा गर्नेछु!
Kiu estas malproksime, tiu mortos de pesto; kiu estas proksime, tiu falos de glavo; kiu restis kaj konserviĝis, tiu mortos de malsato. Tiel Mi konsumos Mian koleron sur ili.
13 जब तिनीहरूका मूर्तिहरूका बिचमा, तिनीहरूका वेदीहरूका चारैतिर, सबै अल्गा-अल्गा ठाउँहरूमा, सबै पर्वतहरूका टाकुराहरूमाथि, सबै झ्याम्म परेका रूखहरूमुनि र सबै पात भएका बजराँटका रूखहरूमुनि— जहाँ-जहाँ तिनीहरूले आफ्ना मूर्तिहरूका निम्ति धूप बाल्थे, त्यहाँ-त्यहाँ जब तिनीहरूका मारिएकाहरू लडिरहनेछन्, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।
Kaj vi ekscios, ke Mi estas la Eternulo, kiam iliaj mortigitoj kuŝos inter siaj idoloj ĉirkaŭ iliaj altaroj sur ĉiu alta monteto, sur ĉiuj suproj de la montoj, sub ĉiu verda arbo, kaj sub ĉiu densfolia kverko, tie, kie ili faradis bonodorajn incensojn al ĉiuj siaj idoloj.
14 अनि म आफ्नो हातले हिर्काउनेछु र उजाड-स्थानदेखि दिब्लासम्मै तिनीहरूका सबै बस्ने ठाउँहरू अर्थात् तिनीहरूको देशलाई उजाड र सुनसान बनाइदिनेछु । तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।
Kaj Mi etendos Mian manon sur ilin, kaj en ĉiuj iliaj loĝlokoj Mi dezertigos la teron pli ol en la dezerto Dibla; kaj ili ekscios, ke Mi estas la Eternulo.