< इजकिएल 5 >

1 “तब ए मानिसको छोरो, आफ्‍नो लागि हजामको छुराजस्‍तै एउटा धारिलो तरवार ली र त्‍यसको धारले आफ्‍नो कपाल र दाह्री खौरी, त्यसपछि जोख्‍नलाई तराजू ली, र तेरो कपाललाई भाग लगा ।
خداوند فرمود: «ای پسر انسان، شمشیری تیز بگیر و آن را همچون تیغ سلمانی به کار ببر و با آن موی سر و ریش خود را ببر. سپس موها را در ترازو بگذار و به سه قسمت مساوی تقسیم کن.
2 घेराबन्‍दीका दिन समाप्‍त हुन्‍छन्, तब रौंको एक तिहाइलाई सहरभित्र आगोमा जलाइदे, र अर्को एक तिहाइलाई चाहिं सहरका चारैतिर तरवारले टुक्रा-टुक्रा पारिदे । अनि बाँकी एक तिहाइचाहिं हावामा उडाइदे, र मानिसहरूलाई केद्‍न म तरवार थुत्‍नेछु ।
یک سوم موها را در وسط نقشه‌ای که از اورشلیم کشیدی، بگذار و پس از پایان روزهای محاصره، موها را در همان جا بسوزان. یک سوم دیگر را در اطراف نقشه بپاش و با آن شمشیر آنها را خرد کن. قسمت آخر را در هوا پراکنده ساز تا باد ببرد و من شمشیری در پی آنها خواهم فرستاد.
3 तर कपालको केही भाग लि र आफ्‍नो लुगामा ती बाँध् ।
چند تار مو نیز بردار و در ردای خود مخفی کن.
4 तब तीबाट अझै केही कपाल लिएर आगोको बिचमा फ्याँकिदे । अनि त्‍यो आगोमा जलाइदे । त्यहाँबाट इस्राएलका सबै घरानामा एउटा आगो फैलिनेछ ।”
چند تار موی دیگر نیز بردار و در آتش بینداز. از آنجا آتشی بیرون آمده، تمام خاندان اسرائیل را فرا خواهد گرفت.»
5 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “जातिहरूका बिचमा भएको यरूशलेम यही हो, जहाँ मैले त्यसलाई राखेको छु र जहाँ मैले त्‍यसलाई अरू देशहरूले घेरेको छु‌ ।
خداوند فرمود: «این تمثیل نشان دهندهٔ بلاهایی است که بر شما، اهالی اورشلیم خواهد آمد. چون از احکام و قوانین من روگردانیده، بدتر از قومهای اطرافتان شده‌اید، قومهایی که مرا نمی‌شناسند.
6 तर आफ्‍नो दुष्‍ट्याइँमा आफ्‍ना चारैतिर भएका जातिहरूले भन्दा बढी त्यसले मेरा नियमहरू र अन्य देशहरूले भन्‍दा बढी त्‍यसले मेरा विधिहरूलाई इन्कार गरेकी छे । मानिसहरूले मेरा फैसलाहरूलाई इन्कार गरेका छन् र मेरा विधिहरूमा हिंडेका छैनन् ।”
7 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “तिमीहरू आफ्‍ना चारैतिरका जातिहरूभन्‍दा अझ बढी बदमास भएका छौ, र मेरा विधिहरूमा चलेका छैनौ, वा मेरा नियमहरू पालन गरेका छैनौ, वा तिमीहरूका चारैतिर भएका जातिहरूका चालबमोजिम पनि चलेका छैनौ,”
8 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “हेर, म आफै तेरो विरुद्धमा हुनेछु । म स्‍वयम्‌ ती जातिहरूका सामुन्‍ने तँलाई दण्‍ड दिनेछु ।
بنابراین، من خود بر ضد شما هستم و در برابر تمام قومها، آشکارا مجازاتتان خواهم کرد.
9 तेरा घिनलाग्‍दा कामहरूको कारण तँलाई म यस्‍तो गर्नेछु, जो मैले अघि कहिल्‍यै गरेको थिइनँ र न म फेरि कहिल्‍यै गर्नेछु ।
به سبب گناهان زشتی که مرتکب شده‌اید، شما را چنان سخت مجازات خواهم نمود که نظیرش در گذشته دیده نشده و در آینده نیز دیده نخواهد شد!
10 यसकारण तेरै बिचमा बुबाहरूले छोराछोरीलाई र छोराहरूले आफ्‍ना बुबाहरूलाई खानेछन्‌, किनकि म तँमाथि दण्‍ड ल्‍याउनेछु र तेरा बाँचेकाहरू सबैलाई चारैतिर तितरबितर पारिदिनेछु ।
پدران، فرزندانشان را خواهند خورد و فرزندان پدرانشان را؛ و کسانی که باقی بمانند در سراسر دنیا پراکنده خواهند شد.
11 यसकारण जस्‍तो म जीवित छु—यो परमप्रभु परमेश्‍वरको घोषणा हो—तेरा सबै घृणित कुराहरू र तैंले गरेका सबै घिनलाग्‍दा कामहरूले मेरो पवित्रस्‍थानलाई तैंले बिटुलो पारेको हुनाले म आफै तेरो संख्‍या घटाउनेछु । मेरो आँखाले तँलाई टिठ्याउनेछैन, र म तँलाई छोड्नेछैनँ ।
پس خداوند یهوه می‌فرماید: به حیات خود قسم، چون شما با بتها و گناهانتان، خانهٔ مرا آلوده کرده‌اید، من نیز شما را از بین خواهم برد و هیچ ترحم نخواهم کرد.
12 तेरा मानिसमध्ये एक तिहाइ रूढीले मर्नेछौ, र तिमीहरूकै माझमा तिनीहरूलाई अनिकालले नष्‍ट गर्नेछ । एक तिहाइचाहिं तँलाई घेरा हालेका तरवारले मर्नेछन् । तब एक तिहाइलाई चाहिं म चारैतिर तितरबितर पार्नेछु, र तिनीहरूलाई खेद्‌न तरवार पनि थुत्‍नेछु ।
یک سوم از شما از قحطی و بیماری خواهید مرد. یک سوم را دشمن خواهد کشت و یک سوم باقیمانده را نیز در سراسر دنیا پراکنده خواهم ساخت و شمشیر دشمن را در آنجا به دنبالتان خواهم فرستاد.
13 तब मेरो क्रोध पुरा हुनेछ, र तिनीहरूका विरुद्धमा भएको मेरो क्रोध शान्‍त हुनेछ । म सन्तुष्‍ट हुनेछु, र मेरो क्रोध शान्त भएपछि तिनीहरूले जान्‍नेछन्‌ कि म परमप्रभुले नै मेरो क्रोधमा यो कुरा भनेको हुँ ।
آنگاه آتش خشم من فرو خواهد نشست و قوم اسرائیل خواهند دانست که من یهوه کلام خود را عملی می‌سازم.
14 तँलाई चारैतिरका जातिहरूका बिचमा र तेरो छेउबाट भएर जानेहरू हरेक व्‍यक्‍तिका दृष्‍टिमा तँलाई म उजाड र खिसीको पात्र बनाउनेछु ।
تو را برای قومهای اطراف و برای رهگذرانی که از کنار خرابه‌های شهرتان می‌گذرند، درس عبرتی خواهم ساخت.
15 यसैले यरूशलेम अन्य मानिसहरूको अघि घृणा, र खिसीको पात्र बन्‍नेछ र तेरा वरिपरीका जातिहरूका निम्ति चेतावनी र भयको पात्र बन्‍नेछ । म रिस, क्रोध र डरलाग्‍दो गालीसित तेरो न्याय गर्नेछु—म परमप्रभुले यो घोषणा गरेको हुँ ।
من شما را در دنیا مایهٔ تمسخر و عبرت خواهم گرداند تا همه بدانند که وقتی من با خشم و غضب بر ضد قومی برمی‌خیزم، چه سرنوشت غم‌انگیزی گریبانگیر آن قوم می‌گردد. من که یهوه هستم، این را گفته‌ام.
16 म तेरो विरुद्ध अनिकालको मेरा घातक र नष्‍टकारी काँणहरू छोड्‌नेछु, जुन तेरो सर्वनाशको कारण बन्‍नेछ । किनकि म तँमाथि अनिकाल बढाउनेछु र तेरो अन्‍नको मूल नै रोकिदिनेछु ।
«قحطی را مانند تیرهای هلاک کننده بر شما نازل خواهم کرد و آن را آنقدر سخت خواهم ساخت که تکه‌ای نان نیز برای خوردن نیابید.
17 तेरो विरुद्धमा म अनिकाल र प्रकोपहरू ल्याउनेछु, यसरी तँ बालकहिन हुनेछस् । रूढी र रक्तपात तेरो बिचबाट जानेछ, र म तेरो विरुद्ध तरवार ल्याउनेछु—म, परमप्रभुले नै यो घोषणा गरेको हुँ ।”
علاوه بر گرسنگی، جانوران درنده را نیز خواهم فرستاد تا فرزندانتان را نابود کنند. بیماری و جنگ سرزمین شما را فرا خواهد گرفت، و به ضرب شمشیر دشمن کشته خواهید شد. من که یهوه هستم، این را گفته‌ام!»

< इजकिएल 5 >