< इजकिएल 48 >

1 कुलहरूका नाम यी नै हुन् । दानको कुलले देशको एक भाग पाउनेछ । त्यसको सिमाना इस्राएलको उत्तरी सिमाना भएर हेतलोन र लेबो-हमात हुँदै जानेछ । त्यसको सिमाना हसर-एनानसम्म र उत्तरमा दमस्कसको सिमाना र त्‍यसपछि हमातसम्म जानेछ । दानको सिमाना पूर्वदेखि महासमुद्रसम्म जानेछ ।
Følgende er Navnene paa Stammerne: Yderst i Nord fra Havet i Retning af Hetlon til det Sted, hvor Vejen gaar til Hamat, og videre til Hazar-Enon, med Damaskus's Omraade mod Nord ved Siden af Hamat, fra Østsiden til Vestsiden: Dan, een Stammelod;
2 दानको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, आशेरले एक भाग पाउनेछ ।
langs Dans Omraade fra Østsiden til Vestsiden: Aser, een Stammelod;
3 आशेरको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, नप्‍तालीले एक भाग पाउनेछ ।
langs Asers Omraade fra Østsiden til Vestsiden: Naftali, een Stammelod;
4 नाप्‍तालीको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, मनश्शेले एक भाग पाउनेछ ।
langs Naftalis Omraade fra Østsiden til Vestsiden: Manasse, een Stammelod;
5 मनश्शेको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, एफ्राइमले एक भाग पाउनेछ ।
langs Manasses Omraade fra Østsiden til Vestsiden: Efraim, een Stammelod;
6 एफ्राइमको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, रूबेनले एक भाग पाउनेछ ।
langs Efraims Omraade fra Østsiden til Vestsiden: Ruben, een Stammelod;
7 रूबेनको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, यहूदाले एक भाग पाउनेछ ।
langs Rubens Omraade fra Østsiden til Vestsiden: Juda, een Stammelod.
8 तिमीहरूले पवित्र रूपमा अलग गर्नुपर्ने जमिन यहूदाको सिमानासँग जोडिएको हुनेछ र त्यो पूर्वदेखि पश्‍चिमसम्म जान्‍छ । त्यो पच्‍चीस हजार हात चौडा हुनेछ । त्यसको लमाइ एउटा कुलको पूर्वदेखि पश्‍चिमसम्मको भागसँग बराबर हुनेछ, र मन्दिरचाहिं त्यसको बिचमा हुनेछ ।
Langs Judas Omraade fra Østsiden til Vestsiden skal Offerydelsen, som I yder, være 25 000 Alen bred og lige saa lang som hver Stammelod fra Østsiden til Vestsiden; og Helligdommen skal ligge i Midten.
9 तिमीहरूले परमप्रभुको निम्‍ति पवित्र रूपमा अलग गर्ने यो जमिन पच्‍चीस हजार हात लामो र दश हजार हात चौडा हुनेछ ।
Offerydelsen, som I skal yde HERREN, skal være 25 000 Alen lang og 20 800 Alen bred;
10 पवित्र रूपमा अलग यो जमिनको काम यस्‍तो हुनेछ: पुजारीहरूका लागि उत्तर भागमा पच्‍चीस हजार हात लामो, पश्‍चिममा दश हजार हात चौडा, पूर्वमा दश हजार हात चौडा र दक्षिणमा पच्‍चीस हजार हात लामो जमिन हुनेछ । त्यसको बिचमा परमप्रभुको पवित्र ठाउँ हुनेछ ।
og den hellige Offerydelse skal tilhøre følgende: Præsterne skal have et Stykke, som mod Nord er 25 000 Alen langt, mod Vest 10 000 Alen bredt, mod Øst 10 000 Alen bredt og mod Syd 25 000 Alen langt; og HERRENS Helligdom skal ligge i Midten.
11 सादोक वंशका पुजारीहरूका निम्‍ति यो पवित्र रूपमा अलग गरिनेछ, जसले विश्‍वस्‍ततासाथ मेरो सेवा गरेका छन् र इस्राएलका मानिसहरू अर्थात् लेवीहरूझैं तिनीहरू बरालिर गएनन् ।
De helligede Præster, Zadoks Efterkommere, som tog Vare paa, hvad jeg vilde have varetaget, og ikke som Leviterne for vild, da Israeliterne gjorde det,
12 तिनीहरूका निम्ति यो अति पवित्र रूपमा जमिनको एक भाग दानको रूपमा अलग हुनेछ । यो लेवीहरूको सिमानालाई छुनेछ ।
skal det tilhøre som en Offerydelse af Landets Offerydelse, et højhelligt Omraade langs Leviternes.
13 पुजारीहरूको जमिनको सिमानासँग जोडिएर लेवीहरूको जमिन पच्‍चीस हजार हात लामो र दश हजार हात चौडा हुनेछ । यी दुई जमिनका सम्पूर्ण क्षेत्र पच्‍चीस हजार हात लामो र बीस हजार हात चौडा हुनेछ ।
Og Leviterne skal have et lige saa stort Omraade som Præsterne, 25 000 Alen langt og 10 000 Alen bredt; den samlede Længde bliver saaledes 25 000 Alen, Bredden 20 000.
14 तिनीहरूले त्यो बेच्नु वा सट्‍नु हुँदैन । इस्राएलको जमिनको यी पहिलो फलहरूमध्ये एउटा पनि यी सिमानबाट छुट्‍याउनुहुँदैन, किनकि यो सबै परमप्रभुको निम्ति पवित्र छ ।
De maa ikke sælge eller bortbytte noget deraf eller overdrage denne Førstegrøde af Landet til andre, thi den er helliget HERREN.
15 बाँकी जग्‍गामा, पाँच हजार हात चौडा र पच्‍चीस हजार हात लामो भागचाहिं, सहर, घरहरू र खर्कको जमिनको रूपमा प्रयोग हुनेछ । सहरचाहिं त्यसको बिचमा हुनेछ ।
Det Stykke paa 5000 Alens Bredde, som er tilovers af Offerydelsens Bredde langs de 25 000 Alen, skal være uindviet Land og tilfalde Byen til Boliger og Græsgang, og Byen skal ligge i Midten;
16 सहरको नाप यी हुनेछन्: उत्तरतिर ४,५०० हात लामो हुनेछ । दक्षिणतिर ४,५०० हात लामो हुनेछ । पूर्वतिर ४,५०० हात लामो हुनेछ । अनि पश्‍चिमतिर ४,५०० हात लामो हुनेछ ।
dens Maal skal være følgende: Nordsiden 4500 Alen, Sydsiden 4500, Østsiden 4500 og Vestsiden 4500.
17 सहरको निम्ति उत्तरतिर एउटा खर्क हुनेछ । त्यो उत्तरतिर २५० हात, दक्षिणतिर २५० हात, पूर्वतिर २५० हात, र पश्‍चिमतिर २५० हात हुनेछ ।
Byens Græsgang skal være 250 Alen mod Nord, 250 mod Syd, 250 mod Øst og 250 mod Vest.
18 पवित्र रूपमा अलग गर्ने जमिनको बाँकी क्षेत्र पूर्वमा दश हजार हात र पश्‍चिममा दश हजार हात हुनेछ । त्यो अलग गरिएको पवित्र जमिनको सिमानसँग जोडिएर जानेछ, र त्यसको उब्जनी त्यस सहरमा काम गर्ने मानिसहरूका निम्ति भोजन हुनेछ ।
Af det Stykke, som endnu er tilovers langs med den hellige Offerydelse, 10 000 Alen mod Øst og 10 000 mod Vest, skal Afgrøden tjene Byens Indbyggere til Mad.
19 त्यस सहरमा काम गर्ने मानिसहरू अर्थात् इस्राएलका सबै कुलका मानिसहरूले त्यो जमिनमा खेती गर्नेछन् ।
Byens Befolkning skal sammensættes saaledes, at Folk fra alle Israels Stammer bor der:
20 पवित्र रूपमा अलग गरिएको सबै जमिनको नाप पच्‍चीस हजार लामो र पच्‍चीस हजार चौडा हुनेछ । यसरी सहरको लागि छुट्‍याइएको जमिनसँग जोडिएको जमिनलाई तिमीहरूले पवित्र रूपमा अलग गर्नेछौ ।
I alt skal I som Offerydelse yde en Firkant paa 25 000 Alen, den hellige Offerydelse foruden Byens Grundejendom.
21 पवित्र रूपमा अलग जमिन र सहरको क्षेत्रको दुवैपट्टिको जमिनको बाँकी भाग शासकको निम्ति हुनेछ । पूर्वतिर शासकको जमिनको क्षेत्र पवित्र रूपमा अलग जमिनको सिमानाबाट पूर्वी सिमानासम्म पच्‍चीस हजार हात हुनेछ र पश्‍चिममा पश्‍चिमी सिमानासम्म पच्‍चीस हजार हात हुनेछ । बिचमा पवित्र रूपमा अलग जमिन हुनेछ, र त्यसको बिचमा पवित्र मन्दिर हुनेछ ।
Men Resten skal tilfalde Fyrsten; hvad der ligger paa begge Sider af den hellige Offerydelse og Byens Grundejendom, østen for de 25 000 Alen hen til Østgrænsen og vesten for de 25 000 Alen hen til Vestgrænsen, langs Stammelodderne, skal tilhøre Fyrsten; den hellige Offerydelse, Templets Helligdom i Midten
22 लेवीहरूका जमिनदेखि फैलेको जमिन र त्‍यसको बीचको सहरको क्षेत्र शासकको निम्ति हुनेछ । त्यो यहूदाको सिमाना र बेन्यामीनको सिमानाको बिचमा हुनेछ । यो जमिन शासकको निम्ति हुनेछ ।
og Leviternes og Byens Grundejendom skal ligge midt imellem de Stykker, som tilfalder Fyrsten mellem Judas og Benjamins Omraade.
23 बाँकी रहेका कुलहरूका बारेमा तिनीहरूका भाग पनि पूर्व देखि पश्‍चिमसम्म रहनेछ । बेन्यामीनले एउटा भाग पाउनेछ ।
Saa følger de sidste Stammer: Fra Østsiden til Vestsiden Benjamin, een Stammelod;
24 बेन्यामीनको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, शिमियोनले एक भाग पाउनेछ ।
langs Benjamins Omraade fra Østsiden til Vestsiden: Simeon, een Stammelod;
25 शिमियोनको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, इस्साखारले एक भाग पाउनेछ ।
langs Simeons Omraade fra Østsiden til Vestsiden: Issakar, een Stammelod;
26 इस्साखारको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, जबूलूनले एक भाग पाउनेछ ।
langs Issakars Omraade fra Østsiden til Vestsiden: Zebulon, een Stammelod;
27 जबूलूनको सिमानाको दक्षिणतिर, पूर्वदेखि पश्‍चिमसम्म, एक भाग गादको जमिन हुनेछ ।
langs Zebulons Omraade fra Østsiden til Vestsiden: Gad, een Stammelod;
28 गादको दक्षिणी सिमाना तामारदेखि मेरीबा-कादेशका पानीहरूसम्म, र मिश्रदेशका खोलाको छेउ-छेउ हुँदै महासमुद्रसम्म फैलिनेछ ।
og langs Gads Omraade paa Sydsiden skal Grænsen gaa fra Tamar over Meribas Vand ved Kadesj til Bækken ud til det store Hav.
29 जमिन यही हो जसको निम्‍ति तिमीहरूले चिठ्ठा हाल्नेछौ । यो इस्राएलका कुलहरूका निम्‍ति उत्तराधिकार हुनेछ । तिनीहरूका भाग यी नै हुन् । यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
Det er det Land, I ved Lodkastning skal udskifte som Arvelod til Israels Stammer, og det er deres Stammelodder, lyder det fra den Herre HERREN.
30 सहरका बाहिर निस्कने ढोकाहरू यी नै हुन्: उत्तरतिर ४,५०० हात लामो हुनेछ,
Følgende er Byens Udgange; Byens Porte skal opkaldes efter Israels Stammer:
31 इस्राएलका कुलहरूका नाउँमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका रूबेन, अर्को ढोका यहूदा र अर्को ढोका लेवीको लागि हुनेछ ।
Paa Nordsiden, der maaler 4500 Alen, er der tre Porte, den første Rubens, den anden Judas og den tredje Levis;
32 पूर्वतिर ४,५०० हात लामो हुनेछ, जसमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका योसेफ, अर्को ढोका बेन्यामीन, र अर्को ढोका दानको लागि हुनेछ।
paa Østsiden, der maaler 4500 Alen, er der tre Porte, den første Josefs, den anden Benjamins og den tredje Dans;
33 दक्षिणतिर ४,५०० हात लामो हुनेछ, जसमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका शिमियोन, अर्को ढोका इस्साखार, र अर्को ढोका जबूलूनको लागि हुनेछ ।
paa Sydsiden, der maaler 4500 Alen, er der tre Porte, den første Simeons, den anden Issakars og den tredje Zebulons;
34 पश्‍चिमतिर ४,५०० हात लामो हुनेछ, जसमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका गाद, अर्को ढोका आशेर, र अर्को ढोका नाप्‍तालीको लागि हुनेछ ।
paa Vestsiden, der maaler 4500 Alen, er der tre Porte, den første Gads, den anden Asers og den tredje Naftalis.
35 सहरको वरिपरिको दुरी अठार हजार हात लामो हुनेछ । त्यस दिनदेखि त्यो सहरको नाउँ हुनेछ, “परमप्रभु त्यहाँ हुनुहुन्छ ।”
Omkredsen er 18 000 Alen. Og Byens Navn skal herefter være: HERREN er der.

< इजकिएल 48 >