< इजकिएल 47 >

1 त्यसपछि ती मानिसले मलाई फेरि मन्दिरको ढोकामा लगे, र पूर्वपट्टि मन्‍दिरको मन्दिरको सँघारमुनिबाट पानी बगिरहेको थियो, किनकि मन्दिरको अगाडिको भाग पूर्व फर्केको थियो, र पानीचाहिं मन्दिरको दक्षिणतिर, वेदीको दाहिनेतिर बगिरहेको थियो ।
Så førte han mig tilbake til husets inngang, og se, det kom vann ut under husets dørtreskel mot øst, for husets forside vendte mot øst; og vannet rant ned fra husets høire side, sønnenfor alteret.
2 यसैले तिनले मलाई उत्तरी ढोकाबाट बाहिर निकाले, र पूर्वपट्टि फर्किएको ढिकाको वरिपरि डोर्‍याए, र त्यो ढोकाबाट दक्षिणतिर पानी बगिरहेको थियो ।
Så lot han mig gå ut gjennem nordporten og førte mig omkring utenfor, til den ytre port, til den port som vender mot øst, og se, det vellet vann frem fra den høire side.
3 ती मानिस पूर्वतिर गइरहँदा, तिनको हातमा एउटा नाप्‍ने टाँगो थियो । तिनले एक हजार हात नापे र तिनले मलाई त्यो पानीको बाटोहुँदै गोलिगाँठोसम्म पानी आउने ठाउँमा ल्याए ।
Mannen gikk nu mot øst med en målesnor i hånden og målte tusen alen; så lot han mig vade gjennem vannet, og vannet nådde mig til anklene.
4 त्‍यसपछि तिनले फेरि एक हजार हात नापे र मलाई पानीको बाटोहुँदै घुँडासम्म पानी आउने ठाउँमा ल्याए । अनि तिनले अर्को एक हजार हात नापे र मलाई कम्मरसम्म पानी आउने ठाउँमा ल्याए ।
Atter målte han tusen alen og lot mig vade gjennem vannet; da nådde vannet mig til knærne. Atter målte han tusen alen og lot mig vade gjennem vann som nådde til lendene.
5 त्‍यसपछि तिनले एक हजार हात नापे, तर त्यहाँ एउटा नदी थियो जसलाई मैले तर्न सकिनँ किनभने पानी बढेको थियो र पौडिन मिल्‍ने गरी गहिरो थियो । त्यो तर्न नसकिने नदी थियो ।
Så målte han atter tusen alen; da var det en bekk som jeg ikke kunde vade igjennem; for vannet var så høit at en måtte svømme der - det var en bekk som ikke lot sig vade.
6 ती मानिसले मलाई भने, “ए मानिसको छोरो, के तँ यो देख्‍न सक्छस्?” र तिनले मलाई बाहिर ल्याए र त्‍यो नदीको किनारमा हिंडाए ।
Og han sa til mig: Har du sett det, menneskesønn? Og han førte mig tilbake igjen langs bekkens bredd.
7 जब म हिंड्दै थिएँ, नदीको दुवैपट्टिको किनारमा धेरै वटा रूखहरू थिए ।
Da jeg vendte tilbake, se, da stod det på bekkens bredd en stor mengde trær på begge sider.
8 ती मानिसले मलाई भने, “यो पानी पूर्वी इलाकातिर र तल अराबामा जान्छ । यो पानी खारा समुद्रमा बगेर जान्छ र त्यसलाई ताजा बनाउँछ ।
Og han sa til mig: Dette vann rinner til østbygdene og videre ned til ødemarken og faller så i havet; og når det ledes ut i havet, blir vannet der sundt.
9 झुण्डमा बस्‍ने हरेक जीवित प्राणी त्यो पानी जहाँ-जहाँ जान्छ त्यहीं नै बस्‍नेछ । त्यहाँ धेरै माछा हुनेछन्, किनकि यो पानी त्यहाँ बग्छ । त्यसले नुनिलो पानीलाई ताजा बनाउनेछ । त्यो नदी जहाँ-जहाँ जान्छ हरेक कुरा बाँच्‍नेछ ।
Og alle levende skapninger, som det vrimler av overalt hvor dobbeltbekken kommer, skal leve, og fiskene skal bli meget tallrike; for når dette vann kommer dit, blir der sundhet og liv overalt hvor bekken kommer.
10 तब एन-गदीका जालहारीहरू त्यो पानीको छेउमा उभिनेछन्, र एन-एग्लैसम्म माछाको जाल सुकाउने ठाउँ हुनेछ । त्यो खारा समुद्रमा धेरै किसिमका माछा हुनेछन् जस्‍तो महासमुद्रमा प्रशस्‍त माछाहरू हुन्‍छन् ।
Og det skal stå fiskere ved havet fra En-Gedi til En-Egla'im; det skal være et sted til å kaste fiskegarn ut; det skal finnes fisk av forskjellig slag i stor mengde, som i det store hav.
11 तर खारा समुद्रका दलदल र सिमसार भने ताजा बनाइनेछैन । तिनीहरू नून दिनका निम्ति रहनेछन् ।
Men myrene og pyttene der skal ikke bli sunde; de skal bare være til å utvinne salt av.
12 यस नदीको छेउमा, दुवैपट्टिको किनारमा, फल फलाउने सबै प्रकारका रूखहरू बढ्नेछन् । तिनीहरूका पातहरू सुक्‍नेछैनन् र तिनीहरूका फल कहिल्यै पनि रोकिनेछैनन् । हरेक महिना रूखहरूले फल दिनेछन्, किनभने पवित्र-स्थानबाट पानी त्यहाँ बग्छ । तिनीहरूको फल भोजनको निम्ति हुनेछ, र तिनीहरूका पात निको पार्नको निम्ति हुनेछन् ।
Ved bekken skal det på begge dens bredder vokse op allehånde frukttrær; deres blad skal ikke visne, og deres frukt skal ikke høre op; hver måned skal de bære ny frukt; for vannet til dem går ut fra helligdommen; og deres frukt skal være til mat, og deres blad til lægedom.
13 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: इस्राएलका बाह्र कुलहरूका निम्ति देश विभाजन गर्ने तरिका यस्तो हुनेछ: योसेफलाई दुई भाग हुनेछ ।
Så sier Herren, Israels Gud: Dette er de grenser hvorefter I skal skifte ut landet til arv for Israels tolv stammer; Josef skal ha to lodder.
14 मैले आफ्नो हात उठाएर तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गरेका देशलाई बराबर गरेर तिमीहरूले विभाजन गर्नुपर्छ । त्यो देश तिमीहरूका निम्ति उत्तराधिकार हुनेछ ।
I skal ta det til arv, den ene som den andre, fordi jeg har løftet min hånd og svoret å ville gi eders fedre det, og således skal dette land tilfalle eder som arv.
15 महासमुद्रदेखि हेतलोनको बाटो भएर सदादसम्म उत्तरी भागमा देशको निम्ति सिमाना यही हुनेछ ।
Dette skal være landets grenser: Mot nord fra det store hav på veien til Hetlon i retning mot Sedad,
16 अनि त्यो सिमाना बेरोतह हुँदै सिब्रैमसम्म जानेछ, जुन दमस्कस र हमातको बिचमा छ, अनि त्यसपछि हासेर हात्तीकनसम्मै जानेछ, जुन हौरानको सिमानाको छेउमा छ ।
Hamat, Berota, Sibra'im, som ligger mellem Damaskus' landemerke og Hamats landemerke, det mellemste Haser, som ligger bortimot Havrans landemerke.
17 यसैले त्यो सिमाना समुद्रदेखि दमस्कस हुँदै उत्तरमा हमात भएर हसर-एनानसम्म जानेछ । योचाहिं उत्तरी भाग हुनेछ ।
Således skal grensen gå fra havet til Hasar-Enon ved Damaskus' landemerke og videre enda lenger mot nord op til Hamats landemerke. Dette er nordsiden.
18 पूर्वपट्टि त्यो सिमाना हौरान र दमस्कसको बिचमा गिलाद र इस्राएल देशको बिचमा भएको यर्दन नदीको छेउमा हुनेछ । तिमीहरूले पूर्वी समुद्रको सिमानाबाट नाप्‍नुपर्छ । पूर्वी सिमानाचाहिं पूर्वी समुद्रसम्म हुनेछ ।
På østsiden: Jordan, mellem Havran og Damaskus og mellem Gilead og Israels land; fra nordgrensen til det østlige hav skal I måle. Dette er østsiden.
19 अनि दक्षिण भागमा त्यो सिमाना तामारदेखि मेरीबा-कादेशका पानीहरूसम्मै, त्‍यसपछि मिश्रदेशको खोलाका छेउ-छेउ भएर महासमुद्रसम्म जानेछ । योचाहिं दक्षिणको सिमाना हुनेछ ।
På sydsiden - mot syd - skal grensen gå fra Tamar til Meribots vann ved Kades; arven skal nå til det store hav. Dette er sydsiden - grensen mot syd.
20 अनि पश्‍चिमको सिमानाचाहिं लेबो-हमातको विपरित, महासमुद्रसम्म हुनेछ । योचाहिं पश्‍चिमको सिमाना हुनेछ ।
Og på vestsiden skal det store hav være grensen og gå fra sydgrensen til midt imot Hamat. Dette er vestsiden.
21 यसरी तिमीहरूले आफ्नो निम्ति, अर्थात् इस्राएलका कुलको निम्ति यो देशलाई विभाजन गर्नेछौ ।
Dette land skal I dele mellem eder efter Israels stammer.
22 यसरी तिमीहरूले उत्तराधिकार आफूलाई र तिमीहरूका बिचमा भएका परदेशीहरूलाई विभाजन गर्नेछौ, जसले तिमीहरूका बिचमा बालक जन्माएका छन्, जो इस्राएलमा जन्मिएका मानिसहरूझैं तिमीहरूका बिचमा छन् । तिमीहरूले इस्राएलका कुलहरूका निम्ति उत्तराधिकार पाउन चिठ्ठा हाल्नुपर्छ ।
I skal lodde det ut til arv for eder og de fremmede som bor iblandt eder, og som har fått barn iblandt eder; de skal for eder være som de innfødte blandt Israels barn; de skal få arv sammen med eder blandt Israels stammer.
23 अनि त्यो परदेशी त्यही कुलको हुनेछ जसको बिचमा त्यो बसोबास गरिरहेको हुन्छ । तिमीहरूले त्यसलाई पनि उत्तराधिकार दिनुपर्छ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”
I den stamme hvor den fremmede bor, der skal I gi ham hans arv, sier Herren, Israels Gud.

< इजकिएल 47 >