< इजकिएल 47 >
1 त्यसपछि ती मानिसले मलाई फेरि मन्दिरको ढोकामा लगे, र पूर्वपट्टि मन्दिरको मन्दिरको सँघारमुनिबाट पानी बगिरहेको थियो, किनकि मन्दिरको अगाडिको भाग पूर्व फर्केको थियो, र पानीचाहिं मन्दिरको दक्षिणतिर, वेदीको दाहिनेतिर बगिरहेको थियो ।
Hathnukkhu hoi bawkim kâennae takhang koe lah bout na bankhai, khenhaw! impui vaikhap rahim lae koehoi, kanîtholah kangvawi lahoi tui a lawng. Bangkongtetpawiteh, bawkim teh kanîtholah kangvawi e doeh. Hote tui teh khoungroe akalae bawkim, aranglae rahim hoi ka lawng e doeh.
2 यसैले तिनले मलाई उत्तरी ढोकाबाट बाहिर निकाले, र पूर्वपट्टि फर्किएको ढिकाको वरिपरि डोर्याए, र त्यो ढोकाबाट दक्षिणतिर पानी बगिरहेको थियो ।
Hahoi atunglah kangvawi e takhang koe lahoi na tâcokhai teh, alawilah kanîtholah kangvawi e takhang hloilah, na ceikhai, khenhaw aranglah tui hah a lawng.
3 ती मानिस पूर्वतिर गइरहँदा, तिनको हातमा एउटा नाप्ने टाँगो थियो । तिनले एक हजार हात नापे र तिनले मलाई त्यो पानीको बाटोहुँदै गोलिगाँठोसम्म पानी आउने ठाउँमा ल्याए ।
Ama ni bangnuenae a sin laihoi, kanîtholah kangvawi laihoi a cei teh, dong 1000 touh a bangnue, hahoi tui hah na raka sak teh, khoksaluem totouh doeh.
4 त्यसपछि तिनले फेरि एक हजार हात नापे र मलाई पानीको बाटोहुँदै घुँडासम्म पानी आउने ठाउँमा ल्याए । अनि तिनले अर्को एक हजार हात नापे र मलाई कम्मरसम्म पानी आउने ठाउँमा ल्याए ।
Dong 1000 touh bout a bangnue teh, tui hah bout na raka sak, hote tui teh khokpakhu totouh a pha. Dong 1,000 touh bout a bangnue teh bout na raka sak navah hote tui teh keng totouh a pha.
5 त्यसपछि तिनले एक हजार हात नापे, तर त्यहाँ एउटा नदी थियो जसलाई मैले तर्न सकिनँ किनभने पानी बढेको थियो र पौडिन मिल्ने गरी गहिरो थियो । त्यो तर्न नसकिने नदी थियो ।
Dong 1,000 touh bout a bangnue teh, ka raka thai hoeh totouh e tui lah a coung. Tui teh hoehoe a len teh raka lah raka thai hoeh e, kale lah kale hane totouh a rasang.
6 ती मानिसले मलाई भने, “ए मानिसको छोरो, के तँ यो देख्न सक्छस्?” र तिनले मलाई बाहिर ल्याए र त्यो नदीको किनारमा हिंडाए ।
Hahoi kai koevah, tami capa hetheh na hmu ou, telah ati, tuipui koelah bout na ban sak.
7 जब म हिंड्दै थिएँ, नदीको दुवैपट्टिको किनारमा धेरै वटा रूखहरू थिए ।
Ka ban navah khenhaw! tuipui avangvanglah, thingkung moikapap lah ao.
8 ती मानिसले मलाई भने, “यो पानी पूर्वी इलाकातिर र तल अराबामा जान्छ । यो पानी खारा समुद्रमा बगेर जान्छ र त्यसलाई ताजा बनाउँछ ।
Ahni ni, kai koevah, hete kanîtholah ka lawng e tui heh, kahrawng a raka vaiteh talî dawk a kâen han. Talî koe a pha toteh tui hah a thoung sak han.
9 झुण्डमा बस्ने हरेक जीवित प्राणी त्यो पानी जहाँ-जहाँ जान्छ त्यहीं नै बस्नेछ । त्यहाँ धेरै माछा हुनेछन्, किनकि यो पानी त्यहाँ बग्छ । त्यसले नुनिलो पानीलाई ताजा बनाउनेछ । त्यो नदी जहाँ-जहाँ जान्छ हरेक कुरा बाँच्नेछ ।
Tui a lawngnae hnintangkuem vah, saring pueng a hring awh han, tanga moikapap lah ao han, bangkongtetpawiteh, tuipui teh, a lawngnae tangkuem koe saring hah a hring thai nahanelah, hete tui heh ka lawng e doeh.
10 तब एन-गदीका जालहारीहरू त्यो पानीको छेउमा उभिनेछन्, र एन-एग्लैसम्म माछाको जाल सुकाउने ठाउँ हुनेछ । त्यो खारा समुद्रमा धेरै किसिमका माछा हुनेछन् जस्तो महासमुद्रमा प्रशस्त माछाहरू हुन्छन् ।
Hahoi, tui teng vah tangakamankungnaw a kangdue awh vaiteh, Engedi hoi Eglaim totouh tamlawk hengnae hmuen lah ao han, tanganaw teh mamae talîpui dawk e tanga patetlah apap katang han.
11 तर खारा समुद्रका दलदल र सिमसार भने ताजा बनाइनेछैन । तिनीहरू नून दिनका निम्ति रहनेछन् ।
Tangkom tui hoi tuiphueknaw teh, thoung awh mahoeh, palawi khu hanelah, ceitakhai han, pou a paan awh han.
12 यस नदीको छेउमा, दुवैपट्टिको किनारमा, फल फलाउने सबै प्रकारका रूखहरू बढ्नेछन् । तिनीहरूका पातहरू सुक्नेछैनन् र तिनीहरूका फल कहिल्यै पनि रोकिनेछैनन् । हरेक महिना रूखहरूले फल दिनेछन्, किनभने पवित्र-स्थानबाट पानी त्यहाँ बग्छ । तिनीहरूको फल भोजनको निम्ति हुनेछ, र तिनीहरूका पात निको पार्नको निम्ति हुनेछन् ।
Tuipui teng vah avangvanglah thingkung phunkuep a paw vaiteh, hotnaw teh a hna kamyai boi mahoeh, a paw hai pou a paw awh han, hmuen kathoung koehoi ka lawng e tui dawk hoi kawk e lah ao dawkvah, thapa tangkuem a paw han, a paw teh ca hane kawi lah ao vaiteh, a hna teh damnae lah ao han.
13 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: इस्राएलका बाह्र कुलहरूका निम्ति देश विभाजन गर्ने तरिका यस्तो हुनेछ: योसेफलाई दुई भाग हुनेछ ।
Bawipa Jehovah ni hettelah a dei, hetheh Isarel miphun 12 touh thung dawk hoi e, râw a kârei awh hane talai lah ao han, Joseph ni hmuen kahni touh a coe han.
14 मैले आफ्नो हात उठाएर तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गरेका देशलाई बराबर गरेर तिमीहरूले विभाजन गर्नुपर्छ । त्यो देश तिमीहरूका निम्ति उत्तराधिकार हुनेछ ।
Lengkaleng kâvan lah na coe awh han. Na mintoenaw koe thoebo lahoi poe lah kaawm e hete ram heh na coe awh e ram lah ao han.
15 महासमुद्रदेखि हेतलोनको बाटो भएर सदादसम्म उत्तरी भागमा देशको निम्ति सिमाना यही हुनेछ ।
Heteheh ram buem lae khori lah ao han, atunglah tuipui hoi Hethlon a raka vaiteh, Hamath a kâennae tanghling Zebad vah a pha han.
16 अनि त्यो सिमाना बेरोतह हुँदै सिब्रैमसम्म जानेछ, जुन दमस्कस र हमातको बिचमा छ, अनि त्यसपछि हासेर हात्तीकनसम्मै जानेछ, जुन हौरानको सिमानाको छेउमा छ ।
Hamath, Berothah, Damaskas hoi Hamath ramri dawk kaawm e Sibraim hoi Hauran ramri teng vah kaawm e Hazarhattikon totouh,
17 यसैले त्यो सिमाना समुद्रदेखि दमस्कस हुँदै उत्तरमा हमात भएर हसर-एनानसम्म जानेछ । योचाहिं उत्तरी भाग हुनेछ ।
Hottelah hoi ramri teh tuipui hoi Damaskas ramri teng e Hazarenan totouh han, atunglah Hamath ramri dawk a kâri han, hetheh atunglae ramri doeh.
18 पूर्वपट्टि त्यो सिमाना हौरान र दमस्कसको बिचमा गिलाद र इस्राएल देशको बिचमा भएको यर्दन नदीको छेउमा हुनेछ । तिमीहरूले पूर्वी समुद्रको सिमानाबाट नाप्नुपर्छ । पूर्वी सिमानाचाहिं पूर्वी समुद्रसम्म हुनेछ ।
Kanîtholah, Hauran hoi Damaskas rahak dawk, Gilead hoi Isarel ram rahak e Jordan tui a pâlei han, Kanîtholae ramri hoi Kanîtholae talî dawk Tamar a pha han, hetheh Kanîtholae ramri lah ao han.
19 अनि दक्षिण भागमा त्यो सिमाना तामारदेखि मेरीबा-कादेशका पानीहरूसम्मै, त्यसपछि मिश्रदेशको खोलाका छेउ-छेउ भएर महासमुद्रसम्म जानेछ । योचाहिं दक्षिणको सिमाना हुनेछ ।
Akalah Tamar hoi Meribah Kadesh palang totouh, Izip tui a pâlei laihoi tuipui dawk a pha han, hetheh akalae ramri lah ao han.
20 अनि पश्चिमको सिमानाचाहिं लेबो-हमातको विपरित, महासमुद्रसम्म हुनेछ । योचाहिं पश्चिमको सिमाना हुनेछ ।
Kanîloumlae ramri teh, talîpui, akalae ramri hoi Hamath a kâennae tanghling totouh, hetheh kanîloumlae ramri lah ao han.
21 यसरी तिमीहरूले आफ्नो निम्ति, अर्थात् इस्राएलका कुलको निम्ति यो देशलाई विभाजन गर्नेछौ ।
Hottelah hete ram heh Isarel miphun lahoi lengkaleng na kâkhuen awh han.
22 यसरी तिमीहरूले उत्तराधिकार आफूलाई र तिमीहरूका बिचमा भएका परदेशीहरूलाई विभाजन गर्नेछौ, जसले तिमीहरूका बिचमा बालक जन्माएका छन्, जो इस्राएलमा जन्मिएका मानिसहरूझैं तिमीहरूका बिचमा छन् । तिमीहरूले इस्राएलका कुलहरूका निम्ति उत्तराधिकार पाउन चिठ्ठा हाल्नुपर्छ ।
Hahoi, na coe awh hane ram hoi nangmouh thung dawk miphun alouklah kho ka sak e, yucanaw katawnnaw a coe awh hane ram na kârei sak han. Ahnimouh teh Isarel dawk hoi katâcawtnaw patetlah ao awh han. Isarel miphunnaw thung dawk nangmouh patetlah râw a tawn awh van han.
23 अनि त्यो परदेशी त्यही कुलको हुनेछ जसको बिचमा त्यो बसोबास गरिरहेको हुन्छ । तिमीहरूले त्यसलाई पनि उत्तराधिकार दिनुपर्छ, यो परमप्रभु परमेश्वरको घोषणा हो ।”
Hahoi, bangpatet e miphun dawkvah miphun alouke hah khosak boipawiteh, hawvah a coe hane kawi ram na khuen pouh han, telah Bawipa Jehovah ni a dei.