< इजकिएल 45 >

1 उत्तराअधिकारको रूपमा देशलाई भाग लगाउन जब तिमीहरूले चिठ्ठा हाल्‍छौ, तब तिमीहरूले परमप्रभुको निम्‍ति एउटा जग्‍गा अलग गर्नू । यो दानको जग्‍गा पच्‍चीस हजार हात लामो र दश हजार हात चौडा देशको एउटा पवित्र जमिन हुनेछ । त्यो र त्यसको वरिपरिको क्षेत्र सबै पवित्र हुनेछ ।
Moreover, when ye shall divide by lot the land for inheritance, ye shall offer an oblation to the LORD, a holy portion of the land: the length [shall be] the length of five and twenty thousand [reeds], and the breadth [shall be] ten thousand. This [shall be] holy in all its borders on every side.
2 यसबाट पाँच सय हात लमाइ र चौडाइको वर्गाकार क्षेत्र हुनेछ जसले पवित्र स्थानलाई घेर्नेछ, र त्यसको वरिपरिको सिमाना पचास हात चौडा हुनेछ ।
Of this there shall be for the sanctuary five hundred [in length], with five hundred [in breadth], square around; and fifty cubits around for the suburbs of it.
3 यस क्षेत्रबाट तिमीहरूले पच्‍चीस हजार हात लमाइ र दश हजार हात चौडाइ नाप्‍नू । त्योचाहिं पवित्र-स्थान, र महा-पवित्र स्थान हुनेछ ।
And of this measure shalt thou measure the length of five and twenty thousand, and the breadth of ten thousand: and in it shall be the sanctuary [and] the most holy [place].
4 योचाहिं परमप्रभुको सेवा गर्ने पुजारीहरूका निम्ति देशमा एउटा पवित्र ठाउँ हुनेछ, जो परमप्रभुको सेवा गर्न उहाँको नजिक आउँछन् । यो तिनीहरूका निम्ति घरहरू र पवित्र ठाउँको निम्ति एउटा पवित्र क्षेत्र हुनेछ ।
The holy [portion] of the land shall be for the priests the ministers of the sanctuary, who shall come near to minister to the LORD: and it shall be a place for their houses, and a holy place for the sanctuary.
5 यसरी त्यो पच्‍चीस हजार हात लामो र दश हजार हात चौडा हुनेछ, र त्यो मन्‍दिरमा सेवा गर्ने लेवीहरूका नगरहरूका निम्ति त्‍यो हुनेछ ।
And the five and twenty thousand of length, and the ten thousand of breadth, shall also the Levites, the ministers of the house, have for themselves, for a possession for twenty chambers.
6 सहरको लागि एउटा क्षेत्र अलग गर्नू जुन पाँच हजार हात चौडा र पच्‍चीस हजार हात लामो होस् । त्योचाहिं पवित्र ठाउँको निम्ति अलग गरिएको क्षेत्रको छेउमा हुनेछ । यो सहर इस्राएलका सबै घरानाको हुनेछ ।
And ye shall appoint the possession of the city five thousand broad, and five and twenty thousand long, over against the oblation of the holy [portion]: it shall be for the whole house of Israel.
7 शासकको जमिनचाहिं पवित्र-स्थान र सहरको निम्ति अलग गरिएको क्षेत्रको दुवैपट्टि हुनेछ । त्यो तिनीहरूको पश्‍चिम र पूर्वपट्टि हुनेछ । पूर्वदेखि पश्‍चिमसम्म यी भागहरूमध्ये एउटाको लमाइसँग बराबर लमाइ हुनेछ ।
And [a portion shall be] for the prince on the one side and on the other side of the oblation of the holy [portion], and of the possession of the city, before the oblation of the holy [portion], and before the possession of the city, from the west side westward, and from the east side eastward: and the length [shall be] over against one of the portions, from the west border to the east border.
8 यो जमिनचाहिं इस्राएलको शासकका सम्पत्ति हुनेछ । मेरा शासकहरूले अब मेरा मानिसहरूलाई थिचोमिचो गर्नेछैनन् । बरु, तिनीहरूले इस्राएलको घरानाका कुलहरूलाई त्यो जमिन दिनेछन् ।
In the land shall be his possession in Israel: and my princes shall no more oppress my people; and [the rest of] the land shall they give to the house of Israel according to their tribes.
9 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: अब अति भयो, इस्राएलका शासकहरू हो! हिंसा र झैं-झगडा हटाओ । न्याय गर र धार्मिकता देखाओ । मेरा मानिसहरूलाई निष्कासन गर्न छोडिदेओ! यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
Thus saith the Lord GOD; Let it suffice you, O princes of Israel: remove violence and spoil, and execute judgment and justice, take away your exactions from my people, saith the Lord GOD.
10 तिमीहरूका नाप ठिक, ठिक एपा र ठिक बाथ हुनुपर्छ!
Ye shall have just balances, and a just ephah, and a just bath.
11 एपा र बाथको नाप बराबर हुनुपर्छ । यसैले एक बाथ होमेरको दश भागको एक भाग हुनेछ । एक एपा होमेरको दश भागको एक भाग हुनेछ । तिनीहरूका नाप होमेरसँग मिल्‍दो हुनेछ ।
The ephah and the bath shall be of one measure, that the bath may contain the tenth part of a homer, and the ephah the tenth part of a homer: the measure of it shall be after the homer.
12 शेकेलचाहिं बिस गेरा होस् । साठी शेकेलको एक मीना हुनेछ ।
And the shekel [shall be] twenty gerahs: twenty shekels, five and twenty shekels, fifteen shekels, shall be your maneh.
13 तिमीहरूले दिनेपर्ने योगदान यही हो: गहुँको एक होमेरसँग एपाको छैटौंभाग, र जौको एक होमेरसँग एपाको छैटौंभाग तिमीहरूले दिनेछौ ।
This [is] the oblation that ye shall offer; the sixth part of an ephah of a homer of wheat, and ye shall give the sixth part of an ephah of a homer of barley;
14 तेलको तोकिएको भेटीचाहिं हरेक कोर वा हरेक होमेरको निम्ति बाथको दशौंभाग हुनेछ (एक कोर दश बाथ हुन्छ), किनभने एक होमेर भनेको पनि दश बाथ हो ।
Concerning the ordinance of oil, the bath of oil, [ye shall offer] the tenth part of a bath out of the cor, [which is] a homer of ten baths: for ten baths [are] a homer:
15 इस्राएलका राम्रो पानी पाएका क्षेत्रहरूका हरेक दुई सय पशुहरूका निम्ति बगालबाट एउटा भेडो वा बोको मानिसहरूका निम्ति प्रायश्‍चित गर्नलाई होमबलि वा मेलबलिको निम्ति प्रयोग हुनेछ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
And one lamb out of the flock, out of two hundred, out of the fat pastures of Israel; for a meat-offering, and for a burnt-offering, and for peace-offerings, to make reconciliation for them, saith the Lord GOD.
16 देशका सबै मानिसहरूले इस्राएलको शासकलाई यो उपहार दिनेछन् ।
All the people of the land shall give this oblation for the prince in Israel.
17 चाडहरू र औंसीका उत्सवहरू र शबाथ दिनहरू—इस्राएलको घरानाका सबै तोकिएका चाडहरूमा होमबलि, अन्‍नबलि, र अर्घबलिका निम्ति पशुहरू तयार गर्ने जिम्मेवारी शासकको हुनेछ । तिनैले इस्राएलको घरानाको निम्ति प्रायश्‍चित गर्न पापबलि, अन्‍नबलि, होमबलि, र मेलबलिको प्रबन्‍ध गर्नेछन् ।
And it shall be the prince's part [to give] burnt-offerings, and meat-offerings, and drink-offerings, in the feasts, and in the new moons, and in the sabbaths, in all solemnities of the house of Israel: he shall prepare the sin-offering, and the meat-offering, and the burnt-offering, and the peace-offerings, to make reconciliation for the house of Israel.
18 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: पहिलो महिनाको पहिलो दिनमा, तिमीहरूले बथानबाट एउटा निष्खोट साँढे लिनू र पवित्र-स्थानको निम्ति पापबलि चढाउनु ।
Thus saith the Lord GOD; In the first [month], in the first [day] of the month, thou shalt take a young bullock without blemish, and cleanse the sanctuary:
19 पुजारीले पापबलिको रगतबाट केही लिनेछन् र मन्‍दिरको ढोकाका चौकोसहरू, वेदीको सिमानाका चार किनारहरू, र भित्री चोकको ढोकाको चौकोसहरूमा लगाउनेछन् ।
And the priest shall take of the blood of the sin-offering, and put [it] upon the posts of the house, and upon the four corners of the settle of the altar, and upon the posts of the gate of the inner court.
20 हरेक मानिसबाट अजानमा वा अज्ञानतामा हुने पापको निम्ति महिनाको सातौं दिनमा यस्तो गर्नू । यसरी तिमीहरूले मन्दिरको निम्ति प्रायश्‍चत गर्नेछौ ।
And so thou shalt do the seventh [day] of the month for every one that erreth, and for [him that is] simple: so shall ye reconcile the house.
21 पहिलो महिनाको चौधौं दिनमा, तिमीहरूको निम्ति सात दिनको एउटा पर्व हुनेछ । तिमीहरूले अखमिरी रोटी खानुपर्छ ।
In the first [month], in the fourteenth day of the month, ye shall have the passover, a feast of seven days; unleavened bread shall be eaten.
22 त्यस दिनमा, शासकले आफ्नै निम्ति र देशका सबै मानिसहरूका निम्ति पापबलिको रूपमा एउटा साँढे तयार गर्नेछन् ।
And upon that day shall the prince prepare for himself and for all the people of the land a bullock [for] a sin-offering.
23 सात दिनको पर्वमा, शासकले परमप्रभुको निम्ति होमबलि तयार गर्नेछन्: सात दिनसम्म हरेक दिन सातवटा साँढे र सात वटा निष्खोट भेडा, र हरेक दिन पापबलिको रूपमा एउटा बोको ।
And seven days of the feast he shall prepare a burnt-offering to the LORD, seven bullocks and seven rams without blemish daily the seven days; and a kid of the goats daily [for] a sin-offering.
24 अनि शासकले हरेक साँढेको निम्ति एक एपा र हरेक भेडोको निम्ति एक एपा अन्‍नबलि र हरेक एपाको निम्ति एक हीन तेल तयार गर्नेछ ।
And he shall prepare a meat-offering of an ephah for a bullock, and an ephah for a ram, and a hin of oil for an ephah.
25 सातौं महिनाको पन्ध्रौं दिनमा, चाडमा, शासकले यी सात दिनहरूमा यी बलिहरू चढाउनेछन्: पापबलि, होमबलि, अन्‍नबलि, र तेलको बलि ।
In the seventh [month], in the fifteenth day of the month, shall he do the like in the feast of the seven days, according to the sin-offering, according to the burnt-offering, and according to the meat-offering, and according to the oil.

< इजकिएल 45 >