< इजकिएल 44 >
1 त्यसपछि ती मानिसले मलाई पूर्व फर्केको बाहिरी पवित्र स्थानको ढोकामा ल्याए । त्यो बलियो गरी बन्द थियो ।
И одведе ме опет к вратима спољашњим од светиње, која гледају на исток, а она беху затворена.
2 परमप्रभुले मलाई भन्नुभयो, “यो ढोकाको बन्द गरी मोहर लगाइएको छ । यो खोलिनेछैन । कोही पनि मानिस त्यहाँबाट जानेछैन, किनकि परमप्रभु, इस्राएलका परमेश्वर त्यहाँबाट आउनुभएको छ, यसैले त्यो बलियो गरी बन्द गरिएको छ ।
И рече ми Господ: Ова врата нека буду затворена и да се не отварају, и нико да не улази на њих, јер је Господ Бог Израиљев ушао на њих; зато нека буду затворена.
3 इस्राएलको शासक परमप्रभुको अगि भोजन गर्नलाई त्यहाँ बस्नेछ । त्यो ढोकाको दलानबाट भित्र आउनेछ र त्यही बाटो बाहिर जानेछ ।”
За кнеза су; сам кнез нека седа на њима да једе хлеб пред Господом; кроз трем од ових врата нека улази и истим путем нека излази.
4 तब तिनले मलाई उत्तरी ढोकाको बाटो हुँदै मन्दिरको अगाडि लगे । मैले हेरें, र हेर, परमप्रभुको महिमाले परमप्रभुको मन्दिरलाई ढाक्यो, र मैले आफ्नो शिर घोप्टो पारें ।
И одведе ме к северним вратима пред дом; и видех, и гле, дом Господњи беше пун славе Господње, и падох на лице своје.
5 तब परमप्रभुले मलाई भन्नुभयो, “ए मानिसको छोरो, मैले तँलाई घोषणा गर्ने सबै कुरा, परमप्रभुको मन्दिरका सबै विधि र त्यसका सबै नियमतिर आफ्नो हृदयलाई तयार पार् र ती आफ्ना आँखाले हेर् र कानले सुन् । मन्दिरका भित्र आउने ढोकाको र बाहिर निस्कने ढोकाहरूका बारेमा विचार गर् ।
И рече ми Господ: Сине човечји, пази срцем својим и види очима својим и слушај ушима својим шта ћу ти казати за све уредбе дома Господњег и за све законе Његове; пази срцем својим на све улазе у дом и на све излазе из светиње.
6 तब विद्रोही इस्राएलको घरानालाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ए इस्राएलको घराना, तेरा सबै घिनलाग्दा कामहरू अब अति भएका छन्,
И реци одметничком дому Израиљевом: Овако вели Господ Господ: Доста је гадова ваших, доме Израиљев,
7 तिमीहरूले मलाई भोजन, बोसो र रगत चढाउँदा, खतना नभएका हृदय र खतना नभएका शरीरका परदेशीहरूलाई तिमीहरूले मेरो पवित्र-स्थानमा ल्याएर मेरो मन्दिरलाई अशुद्ध बनयौ । तिमीहरूका घिनलाग्दा कामहरूले तिमीहरूले मेरो करार भङ्ग गरेका छौ ।
Што уводисте туђинце необрезаног срца и необрезаног тела да буду у мојој светињи да скврне дом мој, и приносисте мој хлеб, претилину и крв, и тамо преступаше мој завет осим свих гадова ваших;
8 मेरा पवित्र कुराहरूका बारेमा तिमीहरूले आफ्ना कर्तव्य पुरा गरेका छैनौ, तर तिमीहरूले आफ्ना कर्तव्यहरू पुरा गर्न अरू नियुक्त गर्यौ र तिमीहरूले तिनीहरूलाई नै मेरो पवित्र स्थानको रेखदेख गर्न लगायौ ।
И не извршавасте шта треба за моју светињу, него постависте људе по својој вољи да извршују шта треба у мојој светињи.
9 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: इस्राएलका मानिसहरूका बिचमा बसोबास गर्ने कोही परदेशी जसको हृदय र शरीरको खतना भएको छैन, त्यो मेरो पवित्र ठाउँमा प्रवेश नगरोस् ।
Овако вели Господ Господ: Ни један туђин необрезаног срца и необрезаног тела да не долази у моју светињу, ни један од свих туђинаца који су међу синовима Израиљевим.
10 तापनि लेवीहरू भने मबाट टाढा भए— आफ्ना मूर्तिहरूका पछि लागेर तिमीहरू मबाट टाढा भट्किए, तर तिनीहरूले आफ्ना पापको मोल तिर्नेछन् ।
А Левити који одступаше од мене кад зађе Израиљ, који зађоше од мене за гадним боговима својим, носиће безакоње своје.
11 तिनीहरू मेरो पवित्र-स्थानमा सेवकहरू हुन्, र तिनीहरूले मन्दिरका ढोकाहरूका रेखदेख गर्छन् र मन्दिरमा सेवा गर्छन् र तिनीहरूले होमबलि र मानिसहरूका बलिदानहरूलाई मार्छन्, र तिनीहरू मानिसहरूको अगि खडा हुन्छन् र तिनीहरूको सेवा गर्छन् ।
И биће слуге у мојој светињи у служби на вратима од дома служећи дому; они ће клати жртве паљенице и друге жртве народу, и стајаће пред њима служиће им.
12 तर तिनीहरूले आफ्ना मूर्तिहरूका अगाडि बलिदान चढाएका हुनाले, इस्राएलको घरानाको निम्ति तिनीहरू पापको कारण बने । यसैकारण म आफ्नो हात उठाएर तिनीहरूको विरुद्ध शपथ खान्छु, कि तिनीहरूले आफ्नो दण्ड पाउनेछन्, यो परमप्रभु परमेश्वरको घोषणा हो ।
Што им служише пред гадним боговима њиховим и бише дому Израиљевом спотицање на безакоње, зато подигох руку своју на њих, говори Господ Господ, да ће носити безакоње своје,
13 तिनीहरू मेरा पुजारीहरूको काम गर्न वा मेरा पवित्र, अति पवित्र कुराहरू भएको ठाउँमा मेरो नजिक आउनेछैनन् । बरु, तिनीहरूले गरेका घिनलाग्दा कामहरूको कारण तिनीहरूले निन्दा र दोष भोग्नेछन् ।
И неће приступати к мени да ми врше свештеничку службу, нити којој светињи мојој, ни светињи над светињама неће приступати, него ће носити срамоту своју и гадове своје, које чинише.
14 तर म तिनीहरूलाई मेरो मन्दिरमा त्यसका सारा कर्तव्यहरू र त्यहाँ गरिने सबै कुरामाथि जिम्मा दिनेछु ।
Него ћу их поставити за чуваре дому на сваку службу његову и на све што бива у њему.
15 अनि इस्राएलका मानिसहरू मबाट टाढा भट्किरहेका बेलामा, मेरो पवित्र-स्थानका कर्तव्यहरूलाई पुरा गर्ने सादोकका छोराहरू अर्थात् लेवी पुजारीहरू मेरो अगि मेरो आराधना गर्न आउनेछन् । मलाई बोसो र रगत चढाउन तिनीहरू मेरो अगि खडा हुनेछन्, यो परमप्रभु परमेश्वरको घोषणा हो ।
А свештеници Левити синови Садокови, који извршаваху шта треба у мојој светињи, кад синови Израиљеви зађоше од мене, они ће приступати к мени да ми служе, и стајаће преда мном приносећи ми претилину и крв, говори Господ Господ.
16 तिनीहरू मेरो पवित्र-स्थानमा आउनेछन् । मेरो आराधना गर्न र मेरो निम्ति आफ्ना कर्तव्यहरू पुरा गर्न तिनीहरू मेरो टेबल नजिक आउनेछन् ।
Они нека улазе у моју светињу и они нека приступају к столу мом да ми служе и нека извршују шта сам заповедио да се извршује.
17 यसरी तिनीहरू भित्री चोकका ढोकाहरूमा आउँदा, तिनीहरूले सूतिको कपडा लगाउनुपर्छ, किनभने चोकको ढोका र मन्दिरभित्र आउन तिनीहरूले ऊनको वस्त्र लगाउनुहुँदैन ।
И кад улазе на врата унутрашњег трема, нека обуку ланене хаљине, и ништа да не буде на њима вунено кад служе на вратима унутрашњег трема и у њему.
18 तिनीहरूका शिरमा सूतिको फेटा र कम्मरमा सूतिको भित्री लुगा हुनुपर्छ । तिनीहरूले पसिना आउने कुनै पनि लुगा लगाउनुहुँदैन ।
На главама нека им буду капе ланене и гаће ланене по бедрима, и да се не пашу ничим ода шта би се знојили.
19 जब तिनीहरू मानिसहरूकहाँ बाहिरी चोकमा जान्छन्, तब तिनीहरूले सेवा गर्दा लगाइरहेको वस्त्र खोल्नुपर्छ । तिनीहरूले ती खोल्नैपर्छ र ती पवित्र कोठामा राक्नुपर्छ, ताकि ती विशेष पहिरनको छुवाइले तिनीहरूले अरू मानिसहरूलाई पवित्र नबनाऊन् ।
А кад излазе у трем спољашњи, у спољашњи трем к народу, нека свуку са себе хаљине у којима служе, и оставе их у клетима светим, па нека обуку друге хаљине, да не освећују народ хаљинама својим.
20 तिनीहरू आफ्नो कपाल खौरिन पनि हुँदैन, न त ती खुला छोड्न हुन्छ, तर तिनीहरूले आफ्ना शिरका कपाललाई छोटो गरी काटून् ।
И главе своје да не брију, а ни косе да не остављају, него нека стрижу главе своје.
21 भित्री चोकमा आउँदा कुनै पनि पुजारीले दाखमद्य पिएको हुनुहुँदैन,
И вино да не пије ниједан свештеник кад хоће да уђе у унутрашњи трем.
22 त्यसले विधवा वा सम्बन्ध-विच्छेद भएकी स्त्रीलाई आफ्नी पत्नी बनाउनुहुँदैन, तर त्यसले इस्राएलको घरानाको कन्ये केटी वा पुजारीसँग विवाह गरेर विधवा भएकीसँग मात्र विवाह गरोस् ।
И удовицом ни пуштеницом да се не жене, него девојком од семена дома Израиљевог или удовицом свештеничком нека се жене.
23 किनकि तिनीहरूले मेरा मानिसहरूलाई पवित्र र अपवित्र बिचको भिन्नताबारे सिकाउनेछन् । तिनीहरूले उनीहरूलाई शुद्ध र अशुद्ध बारे चिनाउनेछन् ।
И народ мој нека уче шта је свето шта ли није свето, и нека их уче распознавати нечисто од чистог.
24 कुनै विवाद भएमा, तिनीहरूले मेरा विधिहरूअनुसार न्याय गर्नेछन् । तिनीहरू न्यायपूर्ण हुनुपर्छ । तिनीहरूले हरेक चाडमा मेरा नियम र विधिहरू पालना गर्नेछन्, र तिनीहरूले मेरा पवित्र शबाथहरू मनाउनेछन् ।
А у распри нека стану да суде, по мојим законима нека суде, и законе моје и уредбе моје нека држе о свим празницима мојим, и суботе моје нека светкују.
25 तिनीहरू अशुद्ध हुनलाई मरेको मानिसको अगाडि जानेछैनन्, तर आफ्ना बुबा, आमा, छोरो, छोरी, दाजुभाइ, वा कन्ये दिदीबहिनी भएमा तिनीहरू जान सक्छन् । नत्रता तिनीहरू अशुद्ध हुनेछन् ।
И к мртвацу да не иду да се не оскврне; само за оцем и за матером и за сином и за кћерју, за братом и за сестром неудатом могу се оскврнити.
26 कुनै पुजारी अधुद्ध भएपछि, तिनीहरूले त्यसको निम्ति सात दिन गन्नेछन् ।
А кад се очисти, нека му се броји седам дана.
27 अनि त्यो पवित्र-स्थानमा, अर्थात् पवित्र-स्थानमा सेवा गर्नलाई भित्री चोकमा प्रवेश गर्ने दिनमा, त्यसले आफ्नो निम्ति पापबलि ल्याओस्, यो परमप्रभु परमेश्वरको घोषणा हो ।
И у који би дан ушао у светињу, у трем унутрашњи, да служи у светињи, нека принесе жртву за грех свој, говори Господ Господ.
28 तिनीहरूको उत्तराधिकार यही हुनेछ: म नै तिनीहरूको उत्तराधिकार हुँ, र इस्राएलमा तिमीहरूले तिनीहरूलाई कुनै सम्पत्ति नदिनू । म नै तिनीहरूको सम्पत्ति हुनेछु ।
А наследство што ће имати, ја сам њихово наследство; и ви им не дајте достојања у Израиљу, ја сам њихово достојање.
29 तिनीहरूले अन्नबलि, पापबलि, र दोषबलिबाट खानेछन्, र इस्राएलमा परमप्रभुको निम्ति चढाइएको हरेक कुरा तिनीहरूकै हुनेछ ।
Дар и жртву за грех и жртву за кривицу они ће јести; и све заветовано у Израиљу њихово ће бити.
30 सबै कुराका पहिलो फलबाट असल फल र तिमीहरूका सबै उपहारहरू पुजारीहरूकै हुनेछन्, र तिमीहरूले तिमीहरूका भोजनबाट उत्कृष्ट अन्नबलि पुजारीहरूलाई दिनू ताकि तिमीहरूको घरमा आशिष् आओस् ।
И првине од сваког првог рода и сви приноси подизани од свега између свих приноса ваших биће свештеницима; и првине од теста свог даваћете свештенику да би почивао благослов на домовима вашим.
31 जङ्गली पशुले मारेको चरा वा पशुको सिनुबाट पुजारीहरूले खानुहुँदैन ।
Свештеници да не једу мрцино ни шта зверка раскине, било птица или шта од стоке.