< इजकिएल 44 >

1 त्‍यसपछि ती मानिसले मलाई पूर्व फर्केको बाहिरी पवित्र स्थानको ढोकामा ल्याए । त्यो बलियो गरी बन्द थियो ।
Potom me odvede natrag k izvanjskim vratima Svetišta, koja gledaju na istok: bijahu zatvorena.
2 परमप्रभुले मलाई भन्‍नुभयो, “यो ढोकाको बन्द गरी मोहर लगाइएको छ । यो खोलिनेछैन । कोही पनि मानिस त्यहाँबाट जानेछैन, किनकि परमप्रभु, इस्राएलका परमेश्‍वर त्यहाँबाट आउनुभएको छ, यसैले त्यो बलियो गरी बन्द गरिएको छ ।
I reče mi Jahve: “Ova će vrata biti zatvorena; neka se ne otvaraju i nitko neka ne ulazi na njih, jer ja, Jahve, Bog Izraelov, kroz njih prođoh - zato neka budu zatvorena.
3 इस्राएलको शासक परमप्रभुको अगि भोजन गर्नलाई त्यहाँ बस्‍नेछ । त्यो ढोकाको दलानबाट भित्र आउनेछ र त्यही बाटो बाहिर जानेछ ।”
Samo knez, jer je knez, smije sjesti tu i blagovati pred Jahvom; tada neka uđe kroz trijem vrata i istim putem neka izađe.”
4 तब तिनले मलाई उत्तरी ढोकाको बाटो हुँदै मन्दिरको अगाडि लगे । मैले हेरें, र हेर, परमप्रभुको महिमाले परमप्रभुको मन्‍दिरलाई ढाक्यो, र मैले आफ्‍नो शिर घोप्टो पारें ।
Zatim me odvede k sjevernim vratima pred Dom. Pogledah, i gle: Slava Jahvina bijaše napunila Dom Jahvin. Padoh ničice.
5 तब परमप्रभुले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, मैले तँलाई घोषणा गर्ने सबै कुरा, परमप्रभुको मन्‍दिरका सबै विधि र त्‍यसका सबै नियमतिर आफ्नो हृदयलाई तयार पार् र ती आफ्ना आँखाले हेर् र कानले सुन् । मन्‍दिरका भित्र आउने ढोकाको र बाहिर निस्कने ढोकाहरूका बारेमा विचार गर् ।
Jahve mi reče: “Sine čovječji, pomno pripazi, dobro gledaj i pažljivo poslušaj što ću ti reći o svim uredbama Doma Jahvina i o svim njegovim zakonima. Dobro pazi tko smije ući u Dom i tko je iz Svetišta odijeljen.
6 तब विद्रोही इस्राएलको घरानालाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: ए इस्राएलको घराना, तेरा सबै घिनलाग्दा कामहरू अब अति भएका छन्,
Reci rodu odmetničkom, domu Izraelovu: 'Ovako govori Jahve Gospod: Previše je već vaših gnusoba, dome Izraelov!
7 तिमीहरूले मलाई भोजन, बोसो र रगत चढाउँदा, खतना नभएका हृदय र खतना नभएका शरीरका परदेशीहरूलाई तिमीहरूले मेरो पवित्र-स्थानमा ल्याएर मेरो मन्‍दिरलाई अशुद्ध बनयौ । तिमीहरूका घिनलाग्दा कामहरूले तिमीहरूले मेरो करार भङ्ग गरेका छौ ।
Uvodili ste tuđince, neobrezana srca i neobrezana tijela, te su ušli u moje Svetište i oskvrnuli moj Dom dok ste vi prinosili moj kruh i pretilinu i krv; i tako ste raskinuli moj Savez svim tim gnusobama.
8 मेरा पवित्र कुराहरूका बारेमा तिमीहरूले आफ्ना कर्तव्य पुरा गरेका छैनौ, तर तिमीहरूले आफ्ना कर्तव्यहरू पुरा गर्न अरू नियुक्त गर्‍यौ र तिमीहरूले तिनीहरूलाई नै मेरो पवित्र स्थानको रेखदेख गर्न लगायौ ।
Niste sami čuvali moje svetinje, nego ste njih namjestili namjesto sebe kao čuvare u mojem Svetištu.'
9 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: इस्राएलका मानिसहरूका बिचमा बसोबास गर्ने कोही परदेशी जसको हृदय र शरीरको खतना भएको छैन, त्यो मेरो पवित्र ठाउँमा प्रवेश नगरोस् ।
Ovako govori Jahve Gospod: 'Nijedan tuđinac, neobrezana srca i neobrezana tijela, da više ne ulazi u moje Svetište - nijedan tuđinac koji živi među sinovima Izraelovim.
10 तापनि लेवीहरू भने मबाट टाढा भए— आफ्ना मूर्तिहरूका पछि लागेर तिमीहरू मबाट टाढा भट्‍किए, तर तिनीहरूले आफ्ना पापको मोल तिर्नेछन् ।
A leviti koji su se udaljili od mene, kad je ono Izrael odlutao od mene za svojim kumirima, snosit će svoje bezakonje.
11 तिनीहरू मेरो पवित्र-स्थानमा सेवकहरू हुन्, र तिनीहरूले मन्‍दिरका ढोकाहरूका रेखदेख गर्छन् र मन्‍दिरमा सेवा गर्छन् र तिनीहरूले होमबलि र मानिसहरूका बलिदानहरूलाई मार्छन्, र तिनीहरू मानिसहरूको अगि खडा हुन्‍छन् र तिनीहरूको सेवा गर्छन् ।
Služit će u Svetištu samo kao stražari na vratima Doma i kao posluga Domu: klat će narodu paljenice i druge žrtve i bit će mu na službu.
12 तर तिनीहरूले आफ्ना मूर्तिहरूका अगाडि बलिदान चढाएका हुनाले, इस्राएलको घरानाको निम्ति तिनीहरू पापको कारण बने । यसैकारण म आफ्नो हात उठाएर तिनीहरूको विरुद्ध शपथ खान्छु, कि तिनीहरूले आफ्नो दण्ड पाउनेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
Služili su im pred njihovim kumirima i tako naveli Dom Izraelov na bezakonje. Zato podigoh ruku na njih - riječ je Jahve Gospoda - da snose svoje bezakonje.
13 तिनीहरू मेरा पुजारीहरूको काम गर्न वा मेरा पवित्र, अति पवित्र कुराहरू भएको ठाउँमा मेरो नजिक आउनेछैनन् । बरु, तिनीहरूले गरेका घिनलाग्दा कामहरूको कारण तिनीहरूले निन्दा र दोष भोग्‍नेछन् ।
Više neće pristupati k meni da mi služe kao svećenici i neće više prilaziti mojim najsvetijim svetinjama, nego će snositi svoju sramotu i gnusobe koje počiniše.
14 तर म तिनीहरूलाई मेरो मन्‍दिरमा त्यसका सारा कर्तव्यहरू र त्यहाँ गरिने सबै कुरामाथि जिम्मा दिनेछु ।
Postavit ću ih da u Domu rade svaki posao i sve što treba u njemu svršiti.
15 अनि इस्राएलका मानिसहरू मबाट टाढा भट्‍किरहेका बेलामा, मेरो पवित्र-स्थानका कर्तव्यहरूलाई पुरा गर्ने सादोकका छोराहरू अर्थात् लेवी पुजारीहरू मेरो अगि मेरो आराधना गर्न आउनेछन् । मलाई बोसो र रगत चढाउन तिनीहरू मेरो अगि खडा हुनेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
Svećenici leviti, potomci Sadokovi, koji su mi vjerno služili u mojem Svetištu kad su ono sinovi Izraelovi odlutali od mene - oni smiju pristupati k meni da mi služe: služit će preda mnom prinoseći mi pretilinu i krv - riječ je Jahve Gospoda.
16 तिनीहरू मेरो पवित्र-स्थानमा आउनेछन् । मेरो आराधना गर्न र मेरो निम्ति आफ्ना कर्तव्यहरू पुरा गर्न तिनीहरू मेरो टेबल नजिक आउनेछन् ।
Oni smiju ulaziti u moje Svetište i pristupati k mojem stolu da mi služe i da vrše službu.
17 यसरी तिनीहरू भित्री चोकका ढोकाहरूमा आउँदा, तिनीहरूले सूतिको कपडा लगाउनुपर्छ, किनभने चोकको ढोका र मन्‍दिरभित्र आउन तिनीहरूले ऊनको वस्‍त्र लगाउनुहुँदैन ।
Kad budu ulazili na vrata unutrašnjega predvorja, neka obuku lanene haljine: neka ne bude na njima ništa vuneno kad služe na vratima unutrašnjega predvorja i Doma.
18 तिनीहरूका शिरमा सूतिको फेटा र कम्मरमा सूतिको भित्री लुगा हुनुपर्छ । तिनीहरूले पसिना आउने कुनै पनि लुगा लगाउनुहुँदैन ।
Na glavama neka nose lanene kape, oko bokova gaće lanene: neka se ne pašu ničim od čega bi se znojili.
19 जब तिनीहरू मानिसहरूकहाँ बाहिरी चोकमा जान्छन्, तब तिनीहरूले सेवा गर्दा लगाइरहेको वस्‍त्र खोल्‍नुपर्छ । तिनीहरूले ती खोल्‍नैपर्छ र ती पवित्र कोठामा राक्‍नुपर्छ, ताकि ती विशेष पहिरनको छुवाइले तिनीहरूले अरू मानिसहरूलाई पवित्र नबनाऊन् ।
Kad izlaze u vanjsko predvorje k narodu, neka svuku haljine u kojima su služili i neka ih ostave u prostorijama Svetišta, a neka obuku druge haljine, da ne posvete puk svojim haljinama.
20 तिनीहरू आफ्नो कपाल खौरिन पनि हुँदैन, न त ती खुला छोड्‍न हुन्‍छ, तर तिनीहरूले आफ्ना शिरका कपाललाई छोटो गरी काटून् ।
I neka ne briju glave, a ni bujne kose neka ne puštaju, nego neka strigu kosu.
21 भित्री चोकमा आउँदा कुनै पनि पुजारीले दाखमद्य पिएको हुनुहुँदैन,
I nijedan svećenik, kad mu je poći u unutrašnje predvorje, neka ne pije vina.
22 त्यसले विधवा वा सम्‍बन्‍ध-विच्‍छेद भएकी स्‍त्रीलाई आफ्नी पत्‍नी बनाउनुहुँदैन, तर त्यसले इस्राएलको घरानाको कन्ये केटी वा पुजारीसँग विवाह गरेर विधवा भएकीसँग मात्र विवाह गरोस् ।
Neka se ne žene udovicom ili puštenicom nego samo djevojkom iz roda Izraelova ili udovicom svećenikovom.
23 किनकि तिनीहरूले मेरा मानिसहरूलाई पवित्र र अपवित्र बिचको भिन्‍नताबारे सिकाउनेछन् । तिनीहरूले उनीहरूलाई शुद्ध र अशुद्ध बारे चिनाउनेछन् ।
Neka mi narod uče razlikovati sveto od nesvetoga, lučiti nečisto od čistoga.
24 कुनै विवाद भएमा, तिनीहरूले मेरा विधिहरूअनुसार न्याय गर्नेछन् । तिनीहरू न्यायपूर्ण हुनुपर्छ । तिनीहरूले हरेक चाडमा मेरा नियम र विधिहरू पालना गर्नेछन्, र तिनीहरूले मेरा पवित्र शबाथहरू मनाउनेछन् ।
U parnicama oni neka budu suci: neka sude po mojim zakonima; i neka čuvaju zakone i uredbe o svim mojim blagdanima i neka svetkuju moje subote.
25 तिनीहरू अशुद्ध हुनलाई मरेको मानिसको अगाडि जानेछैनन्, तर आफ्‍ना बुबा, आमा, छोरो, छोरी, दाजुभाइ, वा कन्ये दिदीबहिनी भएमा तिनीहरू जान सक्छन् । नत्रता तिनीहरू अशुद्ध हुनेछन् ।
K mrtvacu neka ne prilaze da se ne okaljaju; samo za ocem i za majkom, za sinom i kćerju, za bratom i sestrom još neudatom smiju se okaljati.
26 कुनै पुजारी अधुद्ध भएपछि, तिनीहरूले त्यसको निम्ति सात दिन गन्‍नेछन् ।
Pošto se nakon toga koji očisti, neka mu se broji sedam dana:
27 अनि त्यो पवित्र-स्थानमा, अर्थात् पवित्र-स्थानमा सेवा गर्नलाई भित्री चोकमा प्रवेश गर्ने दिनमा, त्यसले आफ्नो निम्ति पापबलि ल्याओस्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
a onda kad uđe u Svetište, u unutrašnje predvorje da služi u Svetištu, neka prinese žrtvu okajnicu - riječ je Jahve Gospoda.
28 तिनीहरूको उत्तराधिकार यही हुनेछ: म नै तिनीहरूको उत्तराधिकार हुँ, र इस्राएलमा तिमीहरूले तिनीहरूलाई कुनै सम्पत्ति नदिनू । म नै तिनीहरूको सम्पत्ति हुनेछु ।
Njima ne pripada nikakva baština - ja sam njihova baština; i zato im ne dajte nikakva posjeda u Izraelu - ja sam posjed njihov.
29 तिनीहरूले अन्‍नबलि, पापबलि, र दोषबलिबाट खानेछन्, र इस्राएलमा परमप्रभुको निम्ति चढाइएको हरेक कुरा तिनीहरूकै हुनेछ ।
Hranit će se od žrtava prinosnica, okajnica i naknadnica, i sve zavjetovano u Izraelu njima pripada.
30 सबै कुराका पहिलो फलबाट असल फल र तिमीहरूका सबै उपहारहरू पुजारीहरूकै हुनेछन्, र तिमीहरूले तिमीहरूका भोजनबाट उत्कृष्‍ट अन्‍नबलि पुजारीहरूलाई दिनू ताकि तिमीहरूको घरमा आशिष् आओस् ।
Najbolje od svih vaših prvina i od svih vaših prinosa koje ćete prinositi pripada svećenicima; njima ćete davati i najbolje brašno, da blagoslov počiva na vašim domovima.
31 जङ्गली पशुले मारेको चरा वा पशुको सिनुबाट पुजारीहरूले खानुहुँदैन ।
Svećenici ne smiju jesti mesa od uginulih i razderanih životinja - bilo od ptica ili stoke.

< इजकिएल 44 >