< इजकिएल 43 >
1 त्यसपछि ती मानिसले मलाई पूर्वपट्टि खोलिने ढोकामा लगे ।
Ja hän johdatti minun porttiin, siihen porttiin, joka on itään päin.
2 हेर, इस्राएलका परमेश्वरको महिमा पूर्वबाट आयो । उहाँको आवाज धेरै पानीको झैं थियो, र पृथ्वीले उहाँको महिमाको प्रकाश दियो ।
Ja katso, Israelin Jumalan kunnia tuli itätietä, ja pauhasi, niinkuin suuri vesi pauhaa; ja maa kirkastui hänen kunniastansa.
3 त्योचाहिं मैले देखेको दर्शनअनुसार थियो, उहाँ सहरलाई नाश गर्न आउनुभएको बेलामा मैले देखेको दर्शनअनुसार थियो, र ती दर्शनहरू मैले कबार नदीको किनारमा देखेको दर्शनजस्तो थियो, र मैले आफ्नो शिर घोप्टो पारें ।
Ja tämä näky, jonka minä näin, oli senkaltainen kuin sekin näky, jonka minä näin, kuin minä tulin kaupunkia hävittämään; ja nämät näyt olivat juuri niinkuin sekin näky, jonka minä näin Kebarin virran tykönä; ja minä lankesin maahan kasvoilleni.
4 यसरी पूर्वपट्टि खोलिएको ढोकाको बाटोबाट परमप्रभुको महिमा मन्दिरभित्र आयो ।
Ja Herran kunnia tuli templiin itäisen portin kautta.
5 तब आत्माले मलाई उचाल्नुभयो र मलाई भित्री चोकमा ल्याउनुभयो । हेर, परमप्रभुको महिमाले मन्दिरलाई भरिरहेको थियो ।
Ja henki otti minun ja vei sisälliseen esikartanoon; ja katso, huone oli täynnä Herran kunniaa.
6 ती मानिस मेरो छेउमा खडा थिए, र मैले मन्दिरबाट अर्को कोही मसँग बोलिरहेका सुनें ।
Ja minä kuulin puheen minun tyköni huoneesta, ja yksi mies seisoi minun tykönäni,
7 उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, यो मेरो सिंहासनको ठाउँ र मेरो पाउका पैताला रहने ठाउँ हो, जहाँ म इस्राएलका मानिसहरूका बिचमा सदासर्वदाको निम्ति रहनेछु । इस्राएलको घराना, अर्थात् तिनीहरू र तिनीहरूका राजाहरूले आफ्ना विश्वासहीनता वा उच्च ठाउँहरूमा तिनीहरूका राजाहरूका लाशद्वारा अबदेखि मेरो पवित्र नाउँलाई अशुद्ध पार्नेछैनन् ।
Joka sanoi minulle: sinä ihmisen poika, tämä on minun istuimeni paikka ja minun pyötäjalkaini sia, jossa minä tahdon asua Israelin lasten seassa ijankaikkisesti; ja ei Israelin huone pidä enään saastuttaman minun pyhää nimeäni, ei he itse eikä heidän kuninkaansa huoruudellansa, eli kuningastensa raatoin kautta kukkuloillansa,
8 तिनीहरूको सँघारलाई मेरो सँघारको नजिक, र तिनीहरूको ढोकाका चौकोसहरूलाई मेरो ढोकाका चौकोसहरूका नजिक राखेर, अनि म र तिनीहरूका बिचमा एउटा भित्ता मात्र राखेर अबदेखि तिनीहरूले मेरो पवित्र नाउँलाई अशुद्ध पार्नेछैनन् । तिनीहरूले आफ्ना घिनलाग्दा कामहरूद्वारा मेरो नाउँलाई अशुद्ध बनाए, यसैले मैले तिनीहरूलाई आफ्नो क्रोधमा नाश गरें ।
Jotka asettivat kynnyksensä minun kynnykseni viereen ja ovensa minun oveni sivuun, ja seinä oli minun ja heidän vaiheellansa; ja he saastuttivat minun pyhän nimeni kauhistuksillansa, joita he tekivät, jonkatähden minä heitä vihassani hukutin.
9 अब तिनीहरूले आफ्ना विश्वासहीनता र तिनीहरूका राजाहरूका लाशहरूलाई मेरो नजिकबाट हटाऊन्, र म तिनीहरूका बिचमा सदासर्वदालाई रहनेछु ।
Mutta nyt heidän pitää huoruutensa kauvas hylkäämän, ja kuningastensa haudat minun tyköäni; niin minä asun heidän tykönänsä ijankaikkisesti.
10 ए मानिसको छोरो, यस मन्दिरको विषयमा तँ आफैले इस्राएलको घरानालाई भन्नू ताकि तिनीहरू आफ्ना अपराधहरूका कारण शर्ममा परून् । तिनीहरूले यो वर्णनमाथि विचार गरून् ।
Sinä, ihmisen poika, osoita Israelin huoneelle templi, että he häpeäisivät pahoja töitänsä, ja anna heidän mitata kaikki muoto.
11 तिनीहरूले गरेका सबै कुराका निम्ति तिनीहरू लज्जित छन् भने यस मन्दिरको सारा संरचना, सबै विवरण, बाहिर जाने र भित्र आउने ढोकाहरू, र त्यसका सारा नमूना, र विधि र नियमहरू तिनीहरूलाई प्रकट गराउनू । अनि तिनीहरूका आँखा अगाडि यो लेख् ताकि तिनीहरूले त्यसको सारा संरचना र नियमहरूलाई सुरक्षित राखून्, यसरी ती पालना गरून् ।
Ja kuin he kaikkia töitänsä häpeevät, niin osoita heille huoneen rakennuksen muoto, läpikäytävät, kuvat, kaikki menot, järjestykset ja oikeudet; ja kirjoita heidän eteensä, että he kaikki sen muodot ja kaikki sen säädyt pitäisivät ja tekisivät.
12 मन्दिरको नियम यही हो: पहाडको टुप्पोदेखि त्यसको वरिपरिको क्षेत्र पवित्र हुनुपर्छ । हेर, मन्दिरको नियम यही नै हो ।
Tämä on huoneen laki: vuorten kukkuloilla pitää kaikki sen rajat joka taholta pyhimmät oleman; katso, tämä on huoneen laki.
13 वेदीका नापहरू लामो हातको नापअनुसार यस्ता हुन्—लामो हातको नाप एक हात र चार अङ्कुलको चौडाइ बराबर हुन्छ । वेदीको वरिपरिको नाल एक हात गहिरो, र त्यसको चौडाइ एक हात हुनेछ । त्यसलाई घेर्ने बिटको नाप एक बित्ता हुनेछ । योचाहिं वेदीको आधार हो ।
Mutta tämä on alttarin mitta, sen kyynärän jälkeen, joka on kämmenen leveys pitempi yhteistä kyynärää: sen jalka oli kyynärää korkia ja kyynärää leveä, ja sen äärestä reunaan, ympäri yksi vaaksa; ja tämä on alttarin korkeus.
14 भूँइको नालदेखि वेदीको तल्लो किनारसम्म दुई हात, र किनार आफैचाहिं एक हात चौडा छ । अनि वेदीको सानो किनारदेखि ठुलो किनारसम्म चार हात, र ठुलो किनारचाहिं एक हात चौडा छ ।
Ja jalasta maan päältä eroitukseen oli kaksi kyynärää korkeutta ja kyynärä leveyttä; mutta vähemmästä eroituksesta enempää, neljä kyynärää korkeutta ja kyynärä leveyttä.
15 होमबलिको निम्ति वेदीको अगेनो चार हात अग्लो छ, र अगेनोमा माथि फर्केका चारवटा सिङ छन् ।
Mutta Harel neljä kyynärää korkia, ja neljä sarvea ylhäällä Arielista.
16 अगेनो बाह्र हात लामो र बाह्र बात चौडा, वर्गाकार छ ।
Ja Ariel oli kaksitoistakymmentä kyynärää pitkä ja kaksitoistakymmentä kyynärää leveä, nelikulmainen joka neljältä taholtansa.
17 त्यसको चारैतिर त्यसको बिट चौध हात लामो र चौध हात चौडा छ, र त्यसको किनार आधा हात चौडा छ । नालचाहिं पूर्वतिर फर्केका खुट्किलासहित सबैतिर एक हात चौडा छ ।”
Ja alttarin päällinen oli neljätoistakymmentä kyynärää pitkä ja neljätoistakymmentä kyynärää leveä, nelikulmainen joka neljätä taholta; ja reuna kävi ympäri, puoli kyynärää leviä, ja sen jalka kyynärää korkia, ja sen astuimet olivat itään päin.
18 त्यसपछि तिनले मलाई भने, “ए मानिसको छोरो, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तिनीहरूले वेदी बनाएको दिनमा, र त्यसमा होमबलि चढाउने, र रगत छर्किने विधिहरू यी नै हुन् ।
Ja hän sanoi minulle: sinä ihmisen poika, näin sanoo Herra, Herra: nämät pitää oleman alttarin säädyt, kuin se tehdään, jettä uhrattaisiin siinä polttouhria, ja priiskotettaisiin verta sen päälle.
19 सादोकको वंशबाट मेरो सेवा गर्न मेरो नजिक आउने लेवी पुजारीहरूलाई पापबलिको रूपमा एउटा साँढे दिनू, यो परमप्रभु परमेश्वरको घोषणा हो ।
Ja papeille, Leviläisille Zadokin suvusta, jotka minun edelläni käyvät, palvellen minua, sanoo Herra, Herra, pitää sinun antaman nuoren härjän syntiuhriksi.
20 तब तैंले त्यसको केही रगत लिनू र वेदीका चारवटा सिङ, वेदीको चार सीङ्, चार कुना र वरिपरिको किनारमा लगाउनू अनि त्यसलाई शुद्ध गरेर त्यसको निम्ति प्रायश्चित गर्नू ।
Ja sen verta pitää sinun ottaman ja priiskottaman sillä sen neljä sarvea ja neljä kulmaa reunan ympäri: sillä pitää sinun sen sovittaman ja pyhittämän.
21 अनि तैंले साँढेलाई पापबलिको निम्ति लैजानू र पवित्र- स्थानको बाहिरपट्टि मन्दिरको तोकिएको ठाउँमा त्यसलाई जलाउनू ।
Ja pitää ottaman syntiuhrihärjän, ja polttaman sen huoneen eripaikassa, ulkona pyhästä.
22 अनि दोस्रो दिनमा तैंले एउटा निष्खोट बोकोलाई पापबलिको रूपमा चढाउनु । पुजारीहरूले साँढेले वेदीलाई शुद्ध गरेजस्तै वेदीलाई शुद्ध गर्नेछन् ।
Ja toisena päivänä pitää sinun uhraaman virheettömän kauriin syntiuhriksi; ja heidän pitää puhdistaman alttarin niinkuin härjälläkin puhdistettiin.
23 त्यसलाई तैंले शुद्ध गरिसकेपछि, बथानबाट एउटा निष्खोट साँढे र बगालबाट एउटा निष्खोट भेडो चढाउनु ।
Kuin se on tapahtunut, niin sinun pitää uhraaman nuoren virheettömän mullin ja virheettömän oinaan laumasta.
24 ती परमप्रभुको अगि चढाउनु । पुजारीहरूले तीमाथि नून राख्नेछन् र परमप्रभुको निम्ति होमबलिझैं चढाउनेछन् ।
Ja uhraa ne molemmat Herran edessä; ja heittäkään papit siihen suolaa, ja uhratkaan ne Herran polttouhriksi.
25 सात दिनसम्म तैंले पापबलिको निम्ति एउटा बोको दिनदिनै तयार गर्नू, र पुजारीहरूले पनि एउटा बथानका त्यो निष्खोट साँढे र बगालको त्यो निष्खोट भेडो तयार गरून् ।
Näin sinun pitää seitsemän päivää uhraaman, kauriin joka päivä syntiuhriksi: mullin ja oinaan laumasta, jotka molemmat virheettömät olemaan pitää.
26 तिनीहरूले वेदीको निम्ति सात दिनसम्म प्रायश्चित गरून् र त्यसलाई शुद्ध पारून् । यसरी तिनीहरूले त्यसलाई पवित्र पार्नुपर्छ ।
Ja näin heidän pitää alttarin sovittaman seitsemän päivää, ja puhdistaman sen, täyttämän kätensä.
27 तिनीहरूले यी दिनहरू पुरा गर्नैपर्छ, र आठौं दिन र त्यसपछि पुजारीहरूले तिमीहरूका होमबलि र तिमीहरूका मेलबलिलाई वेदीमा तयार गर्नेछन्, र म तिमीहरूलाई ग्रहण गर्नेछु, यो परमप्रभु परमेश्वर घोषणा हो ।”
Ja niiden seitsemän päivän perästä pitää papit, kahdeksantena päivänä ja sitte aina, uhraaman alttarille teidän polttouhrinne ja kiitosuhrinne; niin minä tahdon teille olla armollinen, sanoo Herra, Herra.