< इजकिएल 43 >

1 त्‍यसपछि ती मानिसले मलाई पूर्वपट्टि खोलिने ढोकामा लगे ।
And he took me to the doorway looking to the east:
2 हेर, इस्राएलका परमेश्‍वरको महिमा पूर्वबाट आयो । उहाँको आवाज धेरै पानीको झैं थियो, र पृथ्वीले उहाँको महिमाको प्रकाश दियो ।
And there was the glory of the God of Israel coming from the way of the east: and his voice was like the sound of great waters, and the earth was shining with his glory.
3 त्योचाहिं मैले देखेको दर्शनअनुसार थियो, उहाँ सहरलाई नाश गर्न आउनुभएको बेलामा मैले देखेको दर्शनअनुसार थियो, र ती दर्शनहरू मैले कबार नदीको किनारमा देखेको दर्शनजस्‍तो थियो, र मैले आफ्‍नो शिर घोप्टो पारें ।
And the vision which I saw was like the vision I had seen when he came for the destruction of the town: and like the vision which I saw by the river Chebar; and I went down on my face.
4 यसरी पूर्वपट्टि खोलिएको ढोकाको बाटोबाट परमप्रभुको महिमा मन्‍दिरभित्र आयो ।
And the glory of the Lord came into the house by the way of the doorway looking to the east.
5 तब आत्माले मलाई उचाल्‍नुभयो र मलाई भित्री चोकमा ल्याउनुभयो । हेर, परमप्रभुको महिमाले मन्‍दिरलाई भरिरहेको थियो ।
And the spirit, lifting me up, took me into the inner square; and I saw that the house was full of the glory of the Lord.
6 ती मानिस मेरो छेउमा खडा थिए, र मैले मन्‍दिरबाट अर्को कोही मसँग बोलिरहेका सुनें ।
And the voice of one talking to me came to my ears from inside the house; and the man was by my side.
7 उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, यो मेरो सिंहासनको ठाउँ र मेरो पाउका पैताला रहने ठाउँ हो, जहाँ म इस्राएलका मानिसहरूका बिचमा सदासर्वदाको निम्ति रहनेछु । इस्राएलको घराना, अर्थात् तिनीहरू र तिनीहरूका राजाहरूले आफ्ना विश्‍वासहीनता वा उच्‍च ठाउँहरूमा तिनीहरूका राजाहरूका लाशद्वारा अबदेखि मेरो पवित्र नाउँलाई अशुद्ध पार्नेछैनन् ।
And he said to me, Son of man, this is the place where the seat of my power is and the resting-place of my feet, where I will be among the children of Israel for ever: and no longer will the people of Israel make my holy name unclean, they or their kings, by their loose ways and by the dead bodies of their kings;
8 तिनीहरूको सँघारलाई मेरो सँघारको नजिक, र तिनीहरूको ढोकाका चौकोसहरूलाई मेरो ढोकाका चौकोसहरूका नजिक राखेर, अनि म र तिनीहरूका बिचमा एउटा भित्ता मात्र राखेर अबदेखि तिनीहरूले मेरो पवित्र नाउँलाई अशुद्ध पार्नेछैनन् । तिनीहरूले आफ्ना घिनलाग्दा कामहरूद्वारा मेरो नाउँलाई अशुद्ध बनाए, यसैले मैले तिनीहरूलाई आफ्‍नो क्रोधमा नाश गरें ।
By putting their doorstep by my doorstep, and the pillar of their door by the pillar of my door, with only a wall between me and them; and they have made my holy name unclean by the disgusting things which they have done: so in my wrath I sent destruction on them.
9 अब तिनीहरूले आफ्ना विश्‍वासहीनता र तिनीहरूका राजाहरूका लाशहरूलाई मेरो नजिकबाट हटाऊन्, र म तिनीहरूका बिचमा सदासर्वदालाई रहनेछु ।
Now let them put their loose ways and the dead bodies of their kings far from me, and I will be among them for ever.
10 ए मानिसको छोरो, यस मन्‍दिरको विषयमा तँ आफैले इस्राएलको घरानालाई भन्‍नू ताकि तिनीहरू आफ्ना अपराधहरूका कारण शर्ममा परून् । तिनीहरूले यो वर्णनमाथि विचार गरून् ।
You, son of man, give the children of Israel an account of this house, so that they may be shamed because of their evil-doing: and let them see the vision of it and its image.
11 तिनीहरूले गरेका सबै कुराका निम्ति तिनीहरू लज्‍जित छन् भने यस मन्‍दिरको सारा संरचना, सबै विवरण, बाहिर जाने र भित्र आउने ढोकाहरू, र त्यसका सारा नमूना, र विधि र नियमहरू तिनीहरूलाई प्रकट गराउनू । अनि तिनीहरूका आँखा अगाडि यो लेख् ताकि तिनीहरूले त्यसको सारा संरचना र नियमहरूलाई सुरक्षित राखून्, यसरी ती पालना गरून् ।
And they will be shamed by what they have done; so give them the knowledge of the form of the house and its structure, and the ways out of it and into it, and all its laws and its rules, writing it down for them: so that they may keep all its laws and do them.
12 मन्‍दिरको नियम यही हो: पहाडको टुप्पोदेखि त्यसको वरिपरिको क्षेत्र पवित्र हुनुपर्छ । हेर, मन्‍दिरको नियम यही नै हो ।
This is the law of the house: On the top of the mountain all the space round it on every side will be most holy. See, this is the law of the house.
13 वेदीका नापहरू लामो हातको नापअनुसार यस्ता हुन्—लामो हातको नाप एक हात र चार अङ्कुलको चौडाइ बराबर हुन्छ । वेदीको वरिपरिको नाल एक हात गहिरो, र त्यसको चौडाइ एक हात हुनेछ । त्यसलाई घेर्ने बिटको नाप एक बित्ता हुनेछ । योचाहिं वेदीको आधार हो ।
And these are the measures of the altar in cubits: (the cubit being a cubit and a hand's measure; ) its hollow base is a cubit high and a cubit wide, and it has an overhanging edge as wide as a hand-stretch all round it:
14 भूँइको नालदेखि वेदीको तल्लो किनारसम्म दुई हात, र किनार आफैचाहिं एक हात चौडा छ । अनि वेदीको सानो किनारदेखि ठुलो किनारसम्म चार हात, र ठुलो किनारचाहिं एक हात चौडा छ ।
And from the base on the earth level to the lower shelf, the altar is two cubits high and a cubit wide; and from the smaller shelf to the greater shelf it is four cubits high and a cubit wide.
15 होमबलिको निम्ति वेदीको अगेनो चार हात अग्लो छ, र अगेनोमा माथि फर्केका चारवटा सिङ छन् ।
And the fireplace is four cubits high: and coming up from the fireplace are the horns, a cubit high.
16 अगेनो बाह्र हात लामो र बाह्र बात चौडा, वर्गाकार छ ।
And the fireplace is twelve cubits long and twelve cubits wide, square on its four sides.
17 त्यसको चारैतिर त्यसको बिट चौध हात लामो र चौध हात चौडा छ, र त्यसको किनार आधा हात चौडा छ । नालचाहिं पूर्वतिर फर्केका खुट्किलासहित सबैतिर एक हात चौडा छ ।”
And the shelf is fourteen cubits long and fourteen cubits wide, on its four sides; the edge round it is half a cubit; the base of it is a cubit all round, and its steps are facing the east.
18 त्यसपछि तिनले मलाई भने, “ए मानिसको छोरो, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिनीहरूले वेदी बनाएको दिनमा, र त्यसमा होमबलि चढाउने, र रगत छर्किने विधिहरू यी नै हुन् ।
And he said to me, Son of man, the Lord God has said, These are the rules for the altar, when they make it, for the offering of burned offerings on it and the draining out of the blood.
19 सादोकको वंशबाट मेरो सेवा गर्न मेरो नजिक आउने लेवी पुजारीहरूलाई पापबलिको रूपमा एउटा साँढे दिनू, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
You are to give to the priests, the Levites of the seed of Zadok, who come near to me, says the Lord God, to do my work, a young ox for a sin-offering.
20 तब तैंले त्यसको केही रगत लिनू र वेदीका चारवटा सिङ, वेदीको चार सीङ्, चार कुना र वरिपरिको किनारमा लगाउनू अनि त्यसलाई शुद्ध गरेर त्यसको निम्ति प्रायश्‍चित गर्नू ।
You are to take some of its blood and put it on the four horns and on the four angles of the shelf and on the edge all round: and you are to make it clean and free from sin.
21 अनि तैंले साँढेलाई पापबलिको निम्ति लैजानू र पवित्र- स्थानको बाहिरपट्टि मन्दिरको तोकिएको ठाउँमा त्‍यसलाई जलाउनू ।
And you are to take the ox of the sin-offering, and have it burned in the special place ordered for it in the house, outside the holy place.
22 अनि दोस्रो दिनमा तैंले एउटा निष्खोट बोकोलाई पापबलिको रूपमा चढाउनु । पुजारीहरूले साँढेले वेदीलाई शुद्ध गरेजस्तै वेदीलाई शुद्ध गर्नेछन् ।
And on the second day you are to have a he-goat without any mark on it offered for a sin-offering; and they are to make the altar clean as they did with the young ox.
23 त्यसलाई तैंले शुद्ध गरिसकेपछि, बथानबाट एउटा निष्खोट साँढे र बगालबाट एउटा निष्खोट भेडो चढाउनु ।
And after you have made it clean, let a young ox without a mark be offered, and a male sheep from the flock without a mark.
24 ती परमप्रभुको अगि चढाउनु । पुजारीहरूले तीमाथि नून राख्‍नेछन् र परमप्रभुको निम्ति होमबलिझैं चढाउनेछन् ।
And you are to take them before the Lord, and the priests will put salt on them, offering them up for a burned offering to the Lord.
25 सात दिनसम्म तैंले पापबलिको निम्ति एउटा बोको दिनदिनै तयार गर्नू, र पुजारीहरूले पनि एउटा बथानका त्‍यो निष्खोट साँढे र बगालको त्‍यो निष्खोट भेडो तयार गरून् ।
Every day for seven days you are to give a goat for a sin-offering: and let them give in addition a young ox and a male sheep from the flock without any mark on them.
26 तिनीहरूले वेदीको निम्ति सात दिनसम्म प्रायश्‍चित गरून् र त्यसलाई शुद्ध पारून् । यसरी तिनीहरूले त्यसलाई पवित्र पार्नुपर्छ ।
For seven days they are to make offerings to take away sin from the altar and to make it clean; so they are to make it holy.
27 तिनीहरूले यी दिनहरू पुरा गर्नैपर्छ, र आठौं दिन र त्यसपछि पुजारीहरूले तिमीहरूका होमबलि र तिमीहरूका मेलबलिलाई वेदीमा तयार गर्नेछन्, र म तिमीहरूलाई ग्रहण गर्नेछु, यो परमप्रभु परमेश्‍वर घोषणा हो ।”
And when these days have come to an end, then on the eighth day and after, the priests will make your burned offerings on the altar and your peace-offerings; and I will take pleasure in you, says the Lord.

< इजकिएल 43 >