< इजकिएल 42 >

1 त्यसपछि ती मानिसले मलाई उत्तरी भागको बाहिरी चोकमा लगे, र तिनले मलाई बाहिरी चोक र उत्तरतिरको बाहिरी भित्तामा भएका बर्दलीहरूमा मलाई ल्याए ।
The man took me out through the north gate to the outer courtyard into the rooms on the far side of the Temple courtyard by the northern external wall.
2 यी बार्दलीहरूको लमाइ एक सय हात र चौडाइ पचास हात थियो ।
The building with the north-facing door was a hundred cubits long and fifty cubits wide.
3 यी बार्दलीमध्ये केही भित्री चोकतिर फर्केका थिए र तिनीहरू पवित्र-स्थानबाट बिस हात टाढा थिए । त्यहाँ बार्दलीहरूका तिन तह थिए, र माथिहरू तलतिर फर्केका थिए, ती दुईको बिचमा खुला भाग थियो । केही बार्दलीहरूचाहिं बाहिरी चोक तिर फर्केका थिए ।
It had three floors of open halls on both sides, one facing the twenty-cubit area of the inner courtyard and one facing the pavement of the outer courtyard.
4 ती बार्दलीहरूका अगाडि दश हात चौडा र एक सय हात लामो बाटो थियो । ती बार्दलीहरूका ढोकाहरू उत्तरतर्फ थिए ।
In front of the rooms was an inside walkway ten cubits wide and a hundred cubits long. Their doors opened to the north.
5 तर माथिल्ला बार्दलीहरू साना थिए, किनभने बाटोहरूले भवनको तल्लो र बिचको तहमा भन्दा ती बार्दलीहरूले धेरै ठाउँ ओगटेको थियो ।
The upper rooms were smaller because of the space taken up by the open halls on the lower and middle levels of the building.
6 किनकि तेस्रो तल्लाका बार्दलीहरूमा खम्बाहरू थिएनन्, तर चोकमा भने खम्बाहरू थिए । यसकारण तल्लो र बिचको तहका बार्दलीहरूका तुलनामा माथिल्लो तल्लाका बार्दलीहरू साँघुरा थिए ।
Since they didn't have pillars like the courtyards, the upper rooms were set farther back than the lower and middle levels.
7 बाहिरी भित्ता कोठाहरूबाट भएर बाहिरी चोकसम्म पुग्थे, र चोकचाहिं कोठाहरूको अगाडि थियो । त्यो भित्ताको लमाइ पचास हात थियो ।
An external wall ran in front of the rooms for fifty cubits long parallel to the outer courtyard.
8 बाहिरी चोकका कोठाहरूको लमाइ पचास हात थियो, र पवित्र-स्थानतिर फर्केका कोठाहरूको लमाइ एक सय हात थियो ।
The rooms on the outer courtyard extended for fifty cubits, but those that faced the Temple were a hundred cubits long.
9 पूर्वपट्टिबाट तल्ला कोठाहरूका निम्ति बाहिर चोकतिरबाट एउटा ढोका थियो ।
Below these rooms was an entrance on the east side coming from the outer courtyard.
10 पवित्र-स्थानको भित्री चोकको अगाडिको बाहिरी चोकको पूर्वीय भागको चोकमा पनि कोठाहरू थिए ।
Along the wall on the south side of the outer courtyard were rooms next to the courtyard and opposite the building.
11 ती कोठाहरूका अगाडि बाटो थियो । ती कोठाहरूको वनावट उत्तरी भागका कोठाहरूजस्‍ता थिए । तिनीहरूका लमाइ, चौडाइ, बाहिर निस्कने ढोका, वनावट र ढोकाहरू उस्तै थिए ।
There was a walkway in front of them, just like the rooms on the north side. These rooms had the same length and width, the same doors, floor plan, and exits.
12 दक्षिण भागमा ती कोठाहरूमा जाने ढोकाहरू थिए जुन उत्तरका ढोकाहरूजस्‍तै थिए । भित्री बाटोको मुखमै एउटा ढोका थियो, र त्यो बाटो धेरै कोठाहरूसम्म पुग्थ्यो । पूर्वपट्टि एउटा छेउमा त्यस बाटोमा जाने ढोकाको थियो ।
Similarly there was an entrance under the rooms on the south side of the building, coming from the east side.
13 तब ती मानिसले मलाई भने, “बाहिरी चोकको अगाडि भएका उत्तरी कोठाहरू र दक्षिणी कोठाहरू पवित्र कोठाहरू हुन् । त्‍यहाँ परमप्रभुसँग नजिकबाट काम गर्ने पुजारीहरूले अति पवित्र भोजन खान्छन् । त्यहाँ तिनीहरूले अति पवित्र कुराहरू अर्थात् अन्‍नबलि, पापबलि, र दोषबलि राख्‍छन्, किनकि यो पवित्र ठाउँ हो ।
The man told me, “The north and south rooms that face the Temple courtyard are holy rooms where the priests who go before the Lord will eat the most holy offerings. They will place the most holy offerings there because the place is holy, and include the grain offerings, the sin offerings, and the guilt offerings.
14 पुजारीहरू त्यहाँ प्रवेश गरेपछि, आफूले सेवा गर्ने वस्‍त्रलाई नफुकाली पवित्र-स्थानबाट तिनीहरू बाहिरी चोकमा जानुहुँदैन, किनभने ती पवित्र छन् । यसरी तिनीहरू मानिसहरूका नजिक जानुभन्दा अगाडि अरू वस्‍त्र लगाउनुपर्छ ।”
Once the priests have entered these rooms, they are not to go to the outer courtyard before leaving their priestly clothes, because these are holy. They must change into other clothes before go where the ordinary people are.”
15 ती मानिसले भित्री मन्‍दिर नापेर सके र मलाई पूर्वतिर फर्केको ढोकातर्फ लगे र त्यहाँ वरिपरिका क्षेत्र सबै नापे ।
After the man finished measuring inside of the Temple area, he took me out through the east gate, and he measured the surrounding area as well.
16 तिनले पूर्वी भागलाई एउटा नाप्‍ने लौरोले नापे, नाप्‍ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।
Using the measuring rod he measured the east side. It was five hundred cubits long.
17 तिनले उत्तरी भागलाई नापे, नाप्‍ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।
He measured the north side. It was five hundred cubits long.
18 तिनले दक्षिणी भागलाई पनि नापे, नाप्‍ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।
He measured the south side. It was five hundred cubits long.
19 तिनी फर्केर पश्‍चिमी भागलाई पनि नापे, नाप्‍ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।
And he came around and measured the west side. It was five hundred cubits long.
20 तिनले त्यो चारैपट्टि नापे । पवित्र ठाउँलाई साधारण ठाउँबाट अलग गर्नको निम्ति त्यसको वरिपरि एउटा भित्ता थियो, जुन पाँच सय हात लामो र पाँच सय हात चौडा थियो ।
So he measured all four sides. There was a wall surrounding it, five hundred cubits long and five hundred cubits wide, separating the holy from the common.

< इजकिएल 42 >