< इजकिएल 40 >
1 हाम्रो निर्वासनको पच्चीसौं वर्षमा, वर्षको सुरुमा, महिनाको दसौं दिनमा, सहर कब्जा भएको चौधौं वर्षमा, त्यो दिनमा परमप्रभुको हात ममाथि थियो र उहाँले मलाई त्यहाँ लानुभयो ।
Sürgünlüğümüzün yirmi beşinci yılı, yılın başında, ayın onuncu günü, Yeruşalim Kenti'nin düşüşünün on dördüncü yılı, tam o gün RAB'bin eli beni yakalayıp oraya götürdü.
2 परमेश्वरबाट आएको दर्शनमा उहाँले मलाई इस्राएल देशमा लानुभयो । उहाँले मलाई अति उच्च पर्वतमा आराम गर्न लानुभयो । दक्षिणमा सहरका घरहरूजस्तै देखिएका थिए ।
Görümde Tanrı beni İsrail ülkesine götürüp çok yüksek bir dağın üzerine koydu. Dağın güneyinde kente benzer yapılar vardı.
3 अनि उहाँले मलाई त्यहाँ लानुभयो । हेर, एक जना मानिस । तिनी हेर्दा काँसाजस्ता देखिन्थे । तिनको हातमा सूतीको डोरी र नाप्ने लौरो थियो, र तिनी सहरको मूल ढोकामा खडा भए ।
Tanrı beni oraya götürdü, tunca benzer bir adam gördüm. Elinde keten ip ve bir ölçü değneği tutarak kapının girişinde duruyordu.
4 ती मानिसले मलाई भने, “ए मानिसको छोरो, आफ्नो आँखाले हेर् र आफ्नो कानले सुन्, र मैले तँलाई प्रकट गर्न लागेका सबै कुरालाई आफ्नो मन लगा, किनकि तँलाई यहाँ ल्याइयो ताकि तँलाई म यी कुरा प्रकट गर्न सकूँ। तैंले देख्ने हरेक कुरा इस्राएलको घरानालाई बताइदे ।”
Bana, “İnsanoğlu, gözlerinle gör, kulaklarınla işit, sana göstereceğim her şeye dikkat et” dedi, “Sen bunun için buraya getirildin. Göreceğin her şeyi İsrail halkına anlat.”
5 त्यहाँ मन्दिरको क्षेत्रलाई घेर्ने एउटा पर्खाल थियो । ती मानिसको हातमा भएको नाप्ने लौरोको लमाइ छ हात लामो थियो । हरेक हातमा एक हात लमाइ र चार औंला चौडाइ थियो । तिनले त्यो पर्खालको नाप लिए, र त्यो एक नाप्ने लौरोजति चौडा र एक लौरो अग्लो थियो ।
Tapınağı çepeçevre kuşatan bir duvar gördüm. Adamın elindeki ölçü değneğinin uzunluğu altı arşındı. Her arşına bir elin eni kadar uzunluk eklenmişti. Adam duvarı ölçtü; kalınlığı ve yüksekliği bir ölçü değneği kadardı.
6 त्यसपछि तिनी पुर्व फर्किएको मन्दिरको ढोकामा गए । तिनी त्यसको खुट्किला चढेर माथि गए र ढोकाको सँघारलाई नापे, त्यो एक लौरो गहिरो थियो ।
Sonra doğuya bakan kapıya gitti, basamakları çıkıp kapı eşiğini ölçtü. Eni bir ölçü değneği kadardı.
7 रक्षक कोठाहरू हरेक एक लौरो लामो र एक लौरो चौडा थिए । दुई कोठाहरू बिचमा पाँच हातको दुरी थियो, र मन्दिरको दलानको छेउमा रहेको सँघार एक लौरो गहिरो थियो ।
Bekçi odalarının her birinin uzunluğu ve genişliği bir ölçü değneği kadardı. Odaların arasındaki duvarın kalınlığı beş arşındı. Tapınağa bakan eyvanın kapı eşiği bir ölçü değneği uzunluktaydı.
8 तिनले ढोकाको दलानको नाप लिए, त्यो एक लौरो लामो थियो ।
Eyvanı ölçtü;
9 तिनले ढोकाको दलानको नाप लिए, त्यो एक लौरो गहिरो थियो । ढोकाका चोकोसहरूचाहिं दुई हात चौडा थिए । योचाहिं मन्दिरतर्फ फर्किएको ढोकाको दलान थियो ।
genişliği sekiz arşın, kapı sövelerinin kalınlığı ikişer arşındı. Eyvan tapınağa bakıyordu.
10 त्यहाँ पूर्वपट्टिको ढोकाको दुवैतिर तिन वटा रक्षक कोठा थिए, र ती हरेकको एउटै नाप थियो, र तिनीहरूलाई अलग गर्ने पर्खालको पनि नाप एउटै थियो ।
Doğu Kapısı'nın her yanında üçer bekçi odası vardı. Hepsi aynı ölçüdeydi. Odalar arasındaki duvarların ölçüsü de aynıydı.
11 त्यसपछि ती मानिसले ढोकाको चौडाइ नापे, त्यो दश हात थियो, र तिनले ढोकाको लमाइ नापे, त्यो तेह्र हात थियो ।
Adam kapının genişliğini ölçtü. Genişliği on, iç girişin genişliği on üç arşındı.
12 ती कोठाहरूका अगाडिको भागलाई विभाजन गरेको भित्ता तिनले नापे, त्यो एक हात उच्च थियो । दुवैपट्टिका कोठाहरूका नाप छ हात थिए ।
Her bekçi odasının önünde bir arşın yüksekliğinde bir duvar vardı. Odalar kare şeklindeydi, kenarları altışar arşındı.
13 तिनले एउटा कोठाको छानोबाट अर्को कोठाको छानोसम्मको ढोकालाई नापे । पहिलो कोठाको ढोकादेखि दोस्रोसम्म पच्चीस हात थियो ।
Sonra girişleri karşı karşıya olan odaların arka duvarlarının arasını ölçtü; yirmi beş arşındı.
14 रक्षक कोठाहरूका बिचबाट गएको पर्खाललाई तिनले नापे, त्यो साठी हात लामो थियो । तिनले ढोकाको दलानसम्मै नापे ।
Sütunları ölçtü, altmış arşındı. Kapının çevresindeki avlu sütunlara kadar uzanıyordu.
15 ढोकाको अगाडिको भागदेखि दलानको अर्को छेउसम्म पचास हात थियो ।
Kapı girişinden eyvanın sonuna kadarki uzaklık elli arşındı.
16 ढोकाभित्र चारैतिर कोठाहरूतर्फ र खम्बाहरूतर्फ बन्द झ्यालहरू थिए । अनि कौसीहरूमा पनि त्यस्तै थिए । त्यहाँ भित्र सबैतिर झ्यालहरू थिए, र हरेक चौखटमा खजूरका बोटका चित्रले सजाइएका थिए ।
Her iki yandaki bekçi odalarında, odalar arasındaki duvarlarda ve eyvanın çepeçevre duvarlarında içe bakan kafesli pencereler vardı. Bölme duvarları hurma ağacı motifleriyle kaplıydı.
17 त्यसपछि ती मानिसले मलाई मन्दिरको बाहिरी चाकमा ल्याए । हेर, त्यहाँ कोठाहरू थिए, र चोकमा ढुङ्गाहरू छापिएको थियो, र ढुङ्गाहरू छापिएको ठाउँभन्दा उता त्यहाँ तिसवटा कोठा थिए ।
Adam bundan sonra beni dış avluya götürdü. Orada odalar ve dış avluyu çevreleyen taş yol vardı. Taş yol boyunca otuz oda vardı.
18 ढोकाहरूको छेउसम्म ती ढुङ्गाहरू छापिएका थिए, त्यसको चौडाइ ढोकाको लमाइझैं थियो । त्यो ढुङ्गाहरू छापिएका तल्लो भुइँ थियो ।
Girişin iki yanındaki taş yolun genişliği kapıların uzunluğu kadardı. Bu aşağı taş yoldu.
19 त्यसपछि ती मानिसले तल्लो ढोकाको अगाडिको भागदेखि भित्री ढोकाको अगाडिको भागसम्मको दुरी नापे । त्यो पूर्वपट्टि एक सय हात र उत्तरपट्टि पनि त्यति नै थियो ।
Avlunun genişliğini aşağı girişten iç avlunun girişine dek ölçtü. Doğu ve kuzeydeki uzaklık yüz arşındı.
20 त्यसपछि तिनले बाहिरी चोकको उत्तरमा भएको ढोकाको लमाइ र चौडाइ नापे ।
Adam dış avlunun kuzeye bakan kapısının uzunluğunu ve genişliğini ölçtü.
21 त्यस ढोकाको दुवैपट्टि तिनवटा कोठा थिए, र त्यो ढोकाको र त्यसको दलानको नाप मुख्य ढोकाको बराबर थियो, जुन लमाइमा पचास हात र चौडाइमा पच्चीस हात थियो ।
İki yandaki üçer bekçi odasının, aralarındaki duvarların ve eyvanın ölçüsü, birinci kapının ölçüsünün aynısıydı. Uzunluğu elli arşın, genişliği yirmi beş arşındı.
22 त्यसका झ्यालहरू, दलान, कोठाहरू र त्यसका खजूरका रूखहरू पूर्वपट्टि फर्किएको ढोकासँग मिल्दो थियो । त्यहाँ र त्यसको दलानसम्म सात खुट्किला थिए ।
Pencerelerin, eyvanın, hurma ağacı motiflerinin ölçüsü, doğuya bakan kapının ölçüsünün aynısıydı. Oraya yedi basamakla çıkılıyordu, eyvan bunların karşısındaydı.
23 उत्तरपट्टि फर्किएको ढोकाको सामु भित्री चोकमा जाने एउटा ढोका थियो, जस्तो पूर्वमा पनि ढोका थियो । ती मानिसले एउटा ढोकादेखि अर्को ढोकासम्म नापे, त्यसको दुरी एकसय हात थियो ।
Doğu Kapısı'na olduğu gibi, Kuzey Kapısı'na da bakan bir iç avlu kapısı vardı. Adam bu iki kapı arasındaki uzaklığı ölçtü, yüz arşındı.
24 त्यसपछि ती मानिसले मलाई दक्षिणको ढोकामा ल्याए, र त्यसका पर्खाल र दलान अरू बाहिरी ढोका बराबर थिए ।
Adam beni güneye doğru götürdü. Orada güneye bakan bir kapı gördüm. Adam kapının sövelerini ve eyvanı ölçtü. Ölçüleri öbürlerinin aynısıydı.
25 ढोकामा बन्द झ्यालहरू थिए र दलानमा पनि ढोकामा झैं झ्यालहरू थिए । दक्षिणको ढोकाको र त्यसको दलानको लमाइ पचास हात र चौडाइ पच्चीस हात थियो ।
Öbürlerinde olduğu gibi, bu kapının ve eyvanın her yanında da pencereler vardı. Uzunluğu elli arşın, genişliği yirmi beş arşındı.
26 त्यो ढोकाको र दलानसम्म सात खुट्किला थिए, र दुवैपट्टि पर्खालहरूमा खजुरको रूखको चित्र खोपिएका थिए ।
Oraya yedi basamakla çıkılıyordu, eyvan bunların karşısındaydı. İki kapı sövesi de hurma ağacı motifleriyle kaplıydı.
27 दक्षिण भागमा भित्री चोकमा एउटा ढोकाको थियो, र ती मानिसले त्यो ढोकादेखि दक्षिण ढोकासम्म नापे, त्यो एक सय हात थियो ।
İç avlunun güneye bakan bir kapısı vardı. Adam bu kapıdan güneydeki dış kapıya kadar olan uzaklığı ölçtü, yüz arşındı.
28 अनि ती मानिसले दक्षिणको ढोकाबाट मलाई भित्री चोकमा ल्याए, जसको नाप अरू ढोका बराबर थियो ।
Adam beni Güney Kapısı'ndan iç avluya götürdü. Güney Kapısı'nı ölçtü. Ölçüleri öbürlerinin aynısıydı.
29 त्यसका कोठा, पर्खाल, र दलानहरू अरू ढोका बराबर थिए । दलानमा चारैतिर झ्यालहरू थिए । भित्री ढोकाको र दलानको लमाइ पचास हात र चौडाइ पच्चीस हात थियो ।
Bekçi odalarının, odalar arasındaki duvarların, eyvanın ölçüleri öbürlerinin aynısıydı. Dış duvarlarda ve eyvanın her yanında pencereler vardı. Girişin uzunluğu elli arşın, genişliği yirmi beş arşındı.
30 भित्री भित्ताका चारैतिर दलानहरू थिए । यी लमाइमा पच्चीस हात र चौडाइमा पाँच हात थिए ।
Eyvan dış avluya bakıyordu. Kapı söveleri hurma ağacı motifleriyle kaplıydı. Oraya sekiz basamakla çıkılıyordu.
31 यो दलान बाहिरी चोकतिर फर्केको थियो, र त्यसका पर्खालहरूमा खजूरको रूखहरूका चित्र खोपिएका थियो र त्यहाँसम्म आठवटा खुट्किला थिए ।
32 तब ती मानिसले मलाई पूर्वी बाटोको भित्री चोकमा ल्याए र ढोकाको नाप लिए, जसको नाप अरू ढोका बराबर थियो ।
Adam beni doğudaki iç avluya götürdü. Oradaki kapıyı ölçtü. Ölçüleri öbürlerinin aynısıydı.
33 त्यसका कोठाहरू, पर्खाल, र दलानको नाप अरू ढोकाको बराबर थियो, र त्यसको वरिपरि झ्यालहरू थिए । भित्री ढोकाको र त्यसको दलानको लमाइ पचास हात र चौडाइ पच्चीस हात थियो ।
Bekçi odalarının, odalar arasındaki duvarların, eyvanın ölçüleri öbürlerinin aynısıydı. Dış duvarlarda ve eyvanın her yanında pencereler vardı. Girişin uzunluğu elli arşın, genişliği yirmi beş arşındı.
34 त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो । त्यसको दुवैपट्टि खजुरको रूखहरूका चित्र थियो र त्यहाँसम्म आठ खुट्किला थिए ।
Eyvan dış avluya bakıyordu. Kapı söveleri hurma ağacı motifleriyle kaplıydı. Oraya sekiz basamakla çıkılıyordu.
35 त्यसपछि ती मानिसले मलाई उत्तरी ढोकामा ल्याए र त्यसको नाप लिए । त्यसको नाप अरू ढोका बराबर थियो ।
Sonra adam beni Kuzey Kapısı'na götürdü. Kapıyı ölçtü. Ölçüleri öbürlerinin aynısıydı.
36 त्यसका कोठाहरू, पर्खाल, र दलानको नाप अरू ढोका बराबर थियो, र त्यसको वरिपरि झ्यालहरू थिए । ढोकाको र त्यसको दलानको लमाइ पचास हात र चौडाइ पच्चीस हात थियो ।
Bunun da bekçi odaları, aralarındaki duvarlar, eyvanı aynıydı. Kapının her yanında pencereler vardı. Girişin uzunluğu elli arşın, genişliği yirmi beş arşındı.
37 त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो, र त्यसको दुवै पट्टि खजूरको रूखहरूका चित्र थिए र त्यहाँसम्म आठ खुट्किला थिए ।
Eyvan dış avluya bakıyordu. Kapı söveleri her yanda hurma ağacı motifleriyle kaplıydı. Oraya sekiz basamakla çıkılıyordu.
38 सबै भित्री ढोकाको छेउमा ढोका भएको कोठा थियो । त्यहाँ तिनीहरूले होमबलि धुन्थे ।
İç avlu girişlerindeki eyvanların yanında kapısı eyvana açılan bir oda vardı. Yakmalık sunular burada yıkanıyordu.
39 हरेक दलानको दुवैतिर दुई-दुईवटा टेबल थिए जहाँ होमबलि, पापबलि र दोषबलिलाई मारिन्थ्यो ।
Eyvanın her iki yanında ikişer masa vardı. Yakmalık sunu, günah sunusu ve suç sunusu için hayvanlar bu masaların üzerinde kesiliyordu.
40 चोकको पर्खालको छेउमा, उत्तरको ढोकातर्फ दुईवटा टेबल थिए । ढोकाको दलानको अर्कोपट्टि पनि दुईवटा टेबल थिए ।
Eyvanın dış duvarının yanında, Kuzey Kapısı'nın basamaklarının her iki yanında ikişer olmak üzere dört masa daha vardı.
41 ढोकाको छेउमा दुवैपट्टि चार-चारवटा टेबल थिए । त्यहाँ तिनीहरूले आठवटा टेबलमा पशुहरूलाई मार्थे ।
Böylece kurbanlık hayvanların kesimi için kapının her iki yanında dörder olmak üzere sekiz masa vardı.
42 त्यहाँ होमबलिको निम्ति डेढ हात लामो, डेढ हात चौडा, र एक हात अग्लो काटिएका ढुङ्गाहरूले बनेका चारवटा टेबल थिए । त्यसमाथि तिनीहरूले ती सामानहरू राख्थे जसद्वारा तिनीहरूले बलिदानको निम्ति होमबलिलाई मार्थे ।
Yakmalık sunular için yontma taştan dört masa vardı. Her masanın uzunluğu ve genişliği birer buçuk arşın, yüksekliği bir arşındı. Yakmalık sunularla öbür kurbanların kesiminde kullanılan aletleri bunların üzerine koyuyorlardı.
43 दलानको चारैतिर चार-अङ्कुल चौडा दुईवटा चुच्चा भएका अङ्कुसेहरू बाँधिएका थिए, र बलिको मासु टेबलहरूमाथि राखिन्थे ।
Odanın duvarlarına çifte çengeller asılmıştı; her biri bir el genişliğindeydi. Masalar sunulacak kurban eti için kullanılıyordu.
44 भित्री ढोकाको बाहिरी भागमा, भित्री चोकभित्र, गाउनेहरूका कोठाहरू थिए, एउटाचाहिं उत्तरमा दक्षिणतिर फर्केको, र अर्को चाहिं दक्षिणमा उत्तरतिर फर्केको थियो ।
İç kapının dış bölümünde, iç avluda iki oda vardı. Bunlardan biri Kuzey Kapısı'nın yanındaydı ve güneye bakıyordu, öbürü Güney Kapısı'nın yanındaydı ve kuzeye bakıyordu.
45 तब ती मानिसले मलाई भने, “दक्षिणतिर फर्केको यो कोठाचाहिं पुजारीहरूका निम्ति हो जो मन्दिरमा काम गर्दै रहन्छन् ।
Adam bana, “Güneye bakan oda tapınakta hizmet görecek kâhinler için” dedi,
46 उत्तरतिर फर्केको कोठाचाहिं वेदीको जिम्मा पाएका पुजारीहरूका निम्ति हो । यी सादोकका छोराहरू हुन् जो परमप्रभुको सेवा गर्न उहाँको नजिक आउँछन् । तिनीहरू लेवीहरूका छोराहरूमध्येका हुन् ।”
“Kuzeye bakan oda da sunakta hizmet görecek kâhinler için. Bunlar Levi soyundan, RAB'be hizmet etmek için O'na yaklaşan Sadokoğulları'dır.”
47 अनि तिनले चोकको नाप लिए । त्यो एक सय हात लामो र एक सय हात चौडा गरी वर्गाकार थियो, र वेदीचाहिं मन्दिरको अगाडि थियो ।
Adam avluyu ölçtü. Kareydi, uzunluğu yüz arşın, genişliği yüz arşındı. Sunak tapınağın önündeydi.
48 अनि ती मानिसले मलाई मन्दिरको दलानमा लगे र दलानका थामहरू नापे । ती दुवैपट्टि पाँच हात चौडा थिए । ढोकाचाहिं चौध हात चौडा थियो, र त्यसको सबैतिरका भित्ता तिन हात चौडा थिए ।
Adam sonra beni tapınağın eyvanına götürüp eyvanın kapı sövelerini ölçtü. Her iki yandaki sövelerin genişliği beşer arşındı. Girişin genişliği on dört arşın, iki yandaki duvarların genişliği de üçer arşındı.
49 दलानको लमाइ बिस हात थियो, र त्यसको गहिराइ एघार हात थियो । त्यसमा जानलाई खुट्किलाहरू थिए र त्यसको दुवै पट्टि खम्बाहरू थिए ।
Eyvanın uzunluğu yirmi arşın, genişliği on iki arşındı. Oraya basamaklarla çıkılıyordu. Kapı sövelerinin her bir yanında sütunlar vardı.