< इजकिएल 37 >
1 परमप्रभुको हात ममाथि थियो, र उहाँले मलाई परमप्रभुको आत्माले बाहिर ल्याउनुभयो र एउटा बेसीको बिचमा मलाई राख्नुभयो । त्यो हाडहरूले भरिएको थियो ।
La mano del Signore fu sopra di me e il Signore mi portò fuori in spirito e mi depose nella pianura che era piena di ossa;
2 त्यसपछि उहाँले मलाई ती वरिपरि घुमाउनुभयो । हेर, त्यहाँ बेसीमा तिनीहरूका सङ्ख्या धेरै थिए । हरे, ती धेरै सुक्खा थिए ।
mi fece passare tutt'intorno accanto ad esse. Vidi che erano in grandissima quantità sulla distesa della valle e tutte inaridite.
3 उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, के यी हाडहरू फेरि जीवित हुन सक्छन्?” यसैले मैले जवाफ दिएँ, “हे परमप्रभु परमेश्वर, यो त तपाईंले मात्र जान्नुहुन्छ ।”
Mi disse: «Figlio dell'uomo, potranno queste ossa rivivere?». Io risposi: «Signore Dio, tu lo sai».
4 तब उहाँले मलाई भन्नुभयो, “यी हाडहरूमाथि अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘ए सुक्खा हाडहरू, परमप्रभुको वचन सुन ।
Egli mi replicò: «Profetizza su queste ossa e annunzia loro: Ossa inaridite, udite la parola del Signore.
5 परमप्रभु परमेश्वर यी हाडहरूलाई यसो भन्नुहुन्छ: हेर, मैले तिमीहरूभित्र सास हाल्न लागेको छु, र तिमीहरू जीवित हुनेछौ ।
Dice il Signore Dio a queste ossa: Ecco, io faccio entrare in voi lo spirito e rivivrete.
6 म तिमीहरूमा नसाहरू राखिदिनेछु र तिमीहरूमा मासु भरिदिनेछु । म तिमीहरूलाई छालाले ढाक्नेछु र तिमीहरूमा सास हाल्नेछु, यसरी तिमीहरू जीवित हुनेछौ । तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ ।’”
Metterò su di voi i nervi e farò crescere su di voi la carne, su di voi stenderò la pelle e infonderò in voi lo spirito e rivivrete: Saprete che io sono il Signore».
7 यसैले जस्तो मलाई आज्ञा गरियो तेस्तै मैले अगमवाणी गरें । जसै मैले अगमवाणी गरें, हेर, थर्केको आवाज आयो । अनि हाडहरू नजीक आए—हाड-हाडसँग टाँसियो ।
Io profetizzai come mi era stato ordinato; mentre io profetizzavo, sentii un rumore e vidi un movimento fra le ossa, che si accostavano l'uno all'altro, ciascuno al suo corrispondente.
8 मैले हेरें र हेर, तिनीहरूमा नसा आएका थिए र मासु बढ्यो र छालाले तिनीहरूलाई ढाके । तर तिनीहरूमा अझै पनि सास थिएन ।
Guardai ed ecco sopra di esse i nervi, la carne cresceva e la pelle le ricopriva, ma non c'era spirito in loro.
9 तब परमप्रभुले मलाई भन्नुभयो, “ए मानिसको छोरो, सासको निम्ति अगमवाणी गर, र सासलाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ए सास, चारैतिरबाट बतास आइज, र यी मारिएकाहरूमाथि फुकिदे, यसरी तिनीहरू जीवित हुनेछन् ।’”
Egli aggiunse: «Profetizza allo spirito, profetizza figlio dell'uomo e annunzia allo spirito: Dice il Signore Dio: Spirito, vieni dai quattro venti e soffia su questi morti, perché rivivano».
10 यसैले मलाई आज्ञा भएझैं मैले अगमवाणी गरें । तिनीहरूमा सास आयो र तिनीहरू जीवित भए । त्यसपछि तिनीहरू आफ्ना खुट्टामा, एउटा ठुलो फौज खडा भए ।
Io profetizzai come mi aveva comandato e lo spirito entrò in essi e ritornarono in vita e si alzarono in piedi; erano un esercito grande, sterminato.
11 तब परमप्रभुले मलाई भन्नुभयो, “ए मानिसको छोरो, यी हडाहरूचाहिं इस्राएलका सम्पूर्ण घराना हुन् । हेर, तिनीहरू यसो भन्दैछन्, ‘हाम्रा हाडहरू सुकेका छन्, र हाम्रा आशा हराएको छ । हामी बहिष्कृत भएका छौं ।’
Mi disse: «Figlio dell'uomo, queste ossa sono tutta la gente d'Israele. Ecco, essi vanno dicendo: Le nostre ossa sono inaridite, la nostra speranza è svanita, noi siamo perduti.
12 यसकारण अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हेर, ए मेरा मानिसहरू, म तिमीहरूका चिहान उघार्नेछु र त्यहाँबाट तिमीहरूलाई बाहिर निकाल्नेछु । तिमीहरूलाई म इस्राएल देशमा फर्काएर ल्याउनेछु ।
Perciò profetizza e annunzia loro: Dice il Signore Dio: Ecco, io apro i vostri sepolcri, vi risuscito dalle vostre tombe, o popolo mio, e vi riconduco nel paese d'Israele.
13 ए मेरा मानिसहरू, जब म तिमीहरूका चिहान उघार्नेछु र तिमीहरूलाई त्यहाँबाट बाहिर निकाल्नेछु, तब म नै परमप्रभु हुँ भनी तिमीहरू जान्नेछौ ।
Riconoscerete che io sono il Signore, quando aprirò le vostre tombe e vi risusciterò dai vostri sepolcri, o popolo mio.
14 तिमीहरूभित्र म आफ्नो आत्मा हालिदिनेछु, यसरी तिमीहरू जीवित हुनेछौ, र म नै परमप्रभु हुँ भनी जब तिमीहरूले जान्नेछौ, तब तिमीहरूलाई आफ्नै देशमा म विश्राम दिनेछु । म यो घोषणा गर्छु र यो गर्नेछु, यो परमप्रभु परमेश्वरको घोषणा हो ।’”
Farò entrare in voi il mio spirito e rivivrete; vi farò riposare nel vostro paese; saprete che io sono il Signore. L'ho detto e lo farò». Oracolo del Signore Dio.
15 अनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
Mi fu rivolta questa parola del Signore:
16 “यसैले अब, ए मानिसको छोरो, आफ्नो निम्ति एउटा लौरो लि र त्यसमा लेख्, ‘यहूदा र त्यसका सहयोगी इस्राएलका मानिसहरूका निम्ति ।’ त्यसपछि अर्को लौरो लि र त्यसमा लेख्, ‘योसेफ, एफ्राइमको हाँगो र तिनीहरूका सहयोगी इस्राएलका मानिसहरूका निम्ति ।’
«Figlio dell'uomo, prendi un legno e scrivici sopra: Giuda e gli Israeliti uniti a lui, poi prendi un altro legno e scrivici sopra: Giuseppe, legno di Efraim e tutta la casa d'Israele unita a lui,
17 ती दुवै लौरोलाई जोडेर एउटै बना, ताकि ती तेरो हातमा एकै होऊन् ।
e accostali l'uno all'altro in modo da fare un legno solo, che formino una cosa sola nella tua mano.
18 जब तेरा मानिसहरूले तँलाई खोज्छन् र यसो भन्छन्, ‘के यी कुराहरूको अर्थ तपाईं हामीलाई भन्नुहुन्न?’
Quando i figli del tuo popolo ti diranno: Ci vuoi spiegare che significa questo per te?,
19 तब तिनीहरूलाई यसो भन्, ‘परम्प्रभु परमेश्वर यसो भन्नुहुन्छ: हेर, एफ्राइमको हातमा भएको योसेफको हाँगो र त्यसको सहयोगी इस्राएलका कुलहरूलाई लिएर म यहूदाको हाँगोसँग जोड्दैछु, ताकि तिनीहरू एकै हाँगो बनाउनेछन्, र तिनीहरू मेरो हातमा एक हुनेछन् ।’
tu dirai loro: Dice il Signore Dio: Ecco, io prendo il legno di Giuseppe, che è in mano àEfraim e le tribù d'Israele unite a lui, e lo metto sul legno di Giuda per farne un legno solo; diventeranno una cosa sola in mano mia.
20 तिनीहरूका आँखाका सामु तैंले लेखेका ती हाँगाहरूलाई आफ्नो हातमा समात् ।
Tieni in mano sotto i loro occhi i legni sui quali hai scritto e
21 तिनीहरूलाई घोषणा गर्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हेर, इस्राएलका मानिसहरू गएका जातिहरूका बिचबाट म तिनीहरूलाई निकाल्दैछु । तिनीहरूलाई वरिपरिका देशहरूबाट म भेला गराउनेछु र तिनीहरूकै देशमा म तिनीहरूलाई ल्याउनेछु ।
dì loro: Così dice il Signore Dio: Ecco, io prenderò gli Israeliti dalle genti fra le quali sono andati e li radunerò da ogni parte e li ricondurrò nel loro paese:
22 देशमा, इस्राएलका पर्वतहरूमा म तिनीहरूलाई एउटा जाति बनाउनेछु, र एक मात्र राजा तिनीहरू सबैका राजा हुनेछ, र तिनीहरू फेरि दुई जाति हुनेछैनन् । तिनीहरू फेरि दुई राज्यमा विभाजित हुनेछैनन् ।
farò di loro un solo popolo nella mia terra, sui monti d'Israele; un solo re regnerà su tutti loro e non saranno più due popoli, né più saranno divisi in due regni.
23 त्यसपछि आफ्ना मूर्तिहरू, घिनलाग्दा कुराहरू, वा तिनीहरूका अरू कुनै पापहरूले तिनीहरूले आफूलाई अशुद्ध पार्नेछैनन् । किनकि तिनीहरूले पाप गरेका सबै विश्वासहीन कामहरूबाट म तिनीहरूलाई बचाउनेछु, र तिनीहरूलाई म शुद्ध पार्नेछु, ताकि तिनीहरू मेरा मानिसहरू हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु ।
Non si contamineranno più con i loro idoli, con i loro abomini e con tutte le loro iniquità; li libererò da tutte le ribellioni con cui hanno peccato; li purificherò e saranno il mio popolo e io sarò il loro Dio.
24 मेरो दास दाऊद तिमीहरूका राजा हुनेछ । यसैले तिनीहरू सबैमाथि एक जना मात्र गोठालो हुनेछ, र तिनीहरू मेरा विधिअनुसार हिंड्नेछन्, र तिनीहरूले मेरा नियमहरू मान्नेछन्, र ती पालना गर्नेछन् ।
Il mio servo Davide sarà su di loro e non vi sarà che un unico pastore per tutti; seguiranno i miei comandamenti, osserveranno le mie leggi e le metteranno in pratica.
25 मेरो दास याकूबलाई मैले दिएको देशमा तिनीहरू बस्नेछन्, जहाँ तिनीहरूका पुर्खाहरू बसेका थिए । त्यहाँ तिनीहरू, तिनीहरूका छोरोछोरी, र नाता-नातिन सदाको निम्ति बसोबास गर्नेछन्, किनकि मेरो दास दाऊद सदाको निम्ति तिनीहरूको मुखिया हुनेछ ।
Abiteranno nella terra che ho dato al mio servo Giacobbe. In quella terra su cui abitarono i loro padri, abiteranno essi, i loro figli e i figli dei loro figli, attraverso i secoli; Davide mio servo sarà loro re per sempre.
26 तिनीहरूसँग शान्तिको करार म स्थापित गर्नेछु । यो तिनीहरूसितको सदासर्वदाको करार हुनेछ । म तिनीहरूलाई स्थापित गर्नेछु र तिनीहरूको वृद्धि गर्नेछु र सदाको निम्ति तिनीहरूका बिचमा मेरो पवित्र स्थान राख्नेछु ।
Farò con loro un'alleanza di pace, che sarà con loro un'alleanza eterna. Li stabilirò e li moltiplicherò e porrò il mio santuario in mezzo a loro per sempre.
27 मेरो बासस्थान तिनीहरूसँगै हुनेछ । म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।
In mezzo a loro sarà la mia dimora: io sarò il loro Dio ed essi saranno il mio popolo.
28 तब इस्राएललाई अलग गर्ने परमप्रभु म नै हुँ भनी जातिहरूले जान्नेछन् । त्यति बेला मेरो पवित्र स्थान सदासर्वदाको निम्ति तिनीहरूका बिचमा स्थापित हुन्छ ।’”
Le genti sapranno che io sono il Signore che santifico Israele quando il mio santuario sarà in mezzo a loro per sempre».