< इजकिएल 35 >
1 त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
E veiu a mim a palavra do Senhor, dizendo:
2 “ए मानिसको छोरो, सेइर पर्वतको विरुद्धमा आफ्नो मुख फर्का र त्यसको विरुद्धमा अगमवाणी गर् ।
Filho do homem, dirige o teu rosto contra o monte de Seir, e prophetiza contra elle.
3 त्यसलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हेर्, सेइर पर्वत, म तेरो विरुद्धमा छु, र तँलाई म आफ्नो हातले प्रहार गर्नेछु र तँलाई निर्जन र उजाड बनाउनेछु ।
E dize-lhe: Assim diz o Senhor Jehovah: Eis que eu estou contra ti, ó monte de Seir, e estenderei a minha mão contra ti, e te porei em assolação e espanto.
4 तेरा सहरहरूलाई म भग्नावशेष बनाउनेछु, र तँ आफैचाहिं उजाड हुनेछस् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्नेछस् ।
As tuas cidades porei em solidão, e tu te tornarás em assolação; e saberás que eu sou o Senhor.
5 किनभने तैंले सधैं इस्राएलका मानिसहरूसँग शत्रुतापूर्ण व्यवहार गरिस्, र किनभने तिनीहरूका निराशाको समयमा, र तिनीहरूका ठुलो दण्डको समयमा तैंले तिनीहरूलाई तरवारको हातहरूमा सुम्पिस् ।
Porquanto guardas inimizade perpetua, e fizeste derramar os filhos d'Israel pela violencia da espada no tepmo da extrema iniquidade,
6 यसकारण, यो परमप्रभु परमेश्वरको घोषणा हो, जस्तो म जीवित छु, म तँलाई रक्तपातको निम्ति तयार गर्नेछु, र रक्तपातले तँलाई खेद्नेछ । तैंले रक्तपातलाई घृणा नगरेको कारणले रक्तपात तँलाई खेद्नेछ ।
Por isso vivo eu, diz o Senhor Jehovah, que te preparei para sangue, e o sangue te perseguirá; pois que não aborreceste o sangue, o sangue te perseguirá.
7 सेइर पर्वतको नजिकबाट जाने र फेरि फर्किने कुनै पनि व्यक्तिलाई जब म हटाउँछु तब म त्यसलाई पूरा उजाड बनाउनेछु ।
E farei do monte de Seir uma extrema assolação, e exterminarei d'elle o que por elle passar, e o que por elle tornar.
8 मारिएकाहरूले म त्यसका पर्वतहरूलाई भरिदिनेछु । तरवारद्वारा मारिएकाहरूचाहिं तेरा अग्ला पहाडहरू र बेसीहरू र तेरा सबै खोलाहरूमा ढल्नेछन् ।
E encherei os seus montes dos seus traspassados; nos teus outeiros, e nos teus valles, e em todas as tuas correntes cairão os traspassados á espada.
9 तँलाई म सधैंको निम्ति उजाड बनाउनेछु । तेरा सहरहरूमा कोही बास गर्नेछैनन्, तर म नै परमप्रभु हुँ भनी तैंले जान्नेछस् ।
Em assolações perpetuas te porei, e as tuas cidades nunca mais serão habitadas: assim sabereis que eu sou o Senhor.
10 तैंले यसो भनेको छस्, “यी दुई जाति र यी दुई देश मेरा हुनेछन्, र हामी तीमाथि अधिकार गर्नेछौं ।” तापनि परमप्रभु तिनीहरूसँग हुनुभयो ।
Porquanto dizes: Os dois povos e as duas terras serão minhas, e as possuiremos, sendo que o Senhor se achava ali,
11 यसकारण यो परमप्रभु परमेश्वरको घोषणा हो, जस्तो म जीवित छु, इस्राएलको बारेमा तेरो घृणामा भएको तेरो डाहअनुसार र तेरो रिसअनुसार म व्यवहार गर्नेछु, र मैले तेरो न्याय गर्दा म आफैलाई तिनीहरूकहाँ प्रकट गर्नेछु ।
Portanto, vivo eu, diz o Senhor Jehovah, que usarei conforme a tua ira, e conforme a tua inveja, de que usaste, com o teu odio, contra elles; e serei conhecido d'elles, quando te julgar.
12 यसरी म परमप्रभु हुँ भनी तैंले जान्नेछस् । तैंले इस्राएलका पर्वतहरूको विरुद्धमा सबै अपमान्साथ यसो भन्दा, “तिनीहरू नष्ट भएका छन्, र तिनीहरूलाई सखाप पार्न हामीलाई सुम्पिएको छ,” मैले सुनेको छु ।
E saberás que eu, o Senhor, ouvi todas as tuas blasphemias, que disseste contra os montes d'Israel, dizendo: Já estão assolados, a nós nos são entregues por pasto.
13 तैंले जे भनिस् त्यसले तैंले आफैलाई मेरो विरुद्ध उचालिस्, र मेरो विरुद्धमा तैंले भनेका कुरामा तैंले धेरै बढाइस् । अनि मैले ती सबै सुनें ।
Assim vos engrandecestes contra mim com a vossa bocca, e multiplicastes as vossas palavras contra mim: eu o ouvi.
14 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: सारा पृथ्वीले खुशी मनाइरहँदा म तँलाई उजाड बनाउनेछु ।
Assim diz o Senhor Jehovah: Quando se alegra toda a terra te porei em assolação.
15 इस्राएलका मानिसको उत्तराधिकार उजाड भएको हुनाले जसरी तँ आनन्दित भइस्, तँलाई म त्यस्तै गर्नेछु । ए सेइर पर्वत, र सारा एदोम, तिमीहरू उजाड हुनेछस् । तब म परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।’”
Como te alegraste da herança da casa de Israel, porque está assolada, assim te farei a ti: em assolação serás tomado, ó monte de Seir, e todo o Edom, todo, digo; e saberão que eu sou o Senhor