< इजकिएल 33 >

1 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
ויהי דבר יהוה אלי לאמר׃
2 “ए मानिसको छोरा, तेरा मानिसहरूलाई यो घोषणा गर् । तिनीहरूलाई यसो भन्, ‘जब म आफ्नो तरवारलाई कुनै देशको विरुद्धमा उठाउँछु, तब त्यस देशका मानिसहरूले आफूमध्ये एक जनालाई लिन्‍छन् र उसलाई आफ्‍ना रक्षक बनाउँछन् ।
בן אדם דבר אל בני עמך ואמרת אליהם ארץ כי אביא עליה חרב ולקחו עם הארץ איש אחד מקציהם ונתנו אתו להם לצפה׃
3 त्यसले देशमा तरवार आउँदा त्‍यसलाई हेर्छ, र मानिसहरूलाई सजग गराउन आफ्नो तुरही फुक्छ!
וראה את החרב באה על הארץ ותקע בשופר והזהיר את העם׃
4 मानिसहरूले तुरहीको आवाज सुने तर पनि ध्यान दिंदैनन्, र तरवार आउँछ र तिनीहरूलाई मार्छ भने, ती प्रत्‍येकको रगत आफ्‍नै शिरमा पर्नेछ ।
ושמע השמע את קול השופר ולא נזהר ותבוא חרב ותקחהו דמו בראשו יהיה׃
5 कसैले तुरहीको आवाज सुन्‍छ र ध्यान दिंदैन भने, त्यसको रगतको जिम्मेवार त्यो आफै हुनेछ । तर त्यसले ध्यान दिन्छ भने त्यसले आफ्नो ज्यान बचाउनेछ ।
את קול השופר שמע ולא נזהר דמו בו יהיה והוא נזהר נפשו מלט׃
6 तर त्यो रक्षकले तरवार आउँदै गरेको देख्‍छ, तर त्‍यसले तुरही फुक्‍दैन, जसको कारणले मानिसहरूलाई सजग पारिंदैन, र तरवार आउँछ र कसैको जीवन लिन्‍छ भने, त्यो मानिस आफ्नै पापमा मर्छ, तर त्यसको रगतको सटो म त्‍यो रक्षकबाट लिनेछु ।’
והצפה כי יראה את החרב באה ולא תקע בשופר והעם לא נזהר ותבוא חרב ותקח מהם נפש הוא בעונו נלקח ודמו מיד הצפה אדרש׃
7 अब, ए मानिसको छोरा, मैले तँलाई नै इस्राएलको घरानाको निम्‍ति रक्षक बनाएको छु । तैंले मेरो मुखबाट वचन सुन्‍नेछस् र तिनीहरूलाई मेरो तर्फबाट चेतावनी दिनेछस् ।
ואתה בן אדם צפה נתתיך לבית ישראל ושמעת מפי דבר והזהרת אתם ממני׃
8 मैले दुष्‍ट मानिसलाई भनें ‘ए दुष्‍ट मानिस, तँ निश्‍चय नै मर्नेछस् ।’ तर त्यो दुष्‍ट मानिसलाई सजग गराउनलाई त्यसको चालको बारेमा तैंले त्यसलाई भनिनस् भने, त्यो दुष्‍ट मानिस आफ्नो पापमा मर्नेछ, तर त्यसको रगतको साटो म तँबाट लिनेछु ।
באמרי לרשע רשע מות תמות ולא דברת להזהיר רשע מדרכו הוא רשע בעונו ימות ודמו מידך אבקש׃
9 तर तैंले त्यो दुष्‍ट मानिस उसको दुष्‍ट चालको बारेमा बनिस् ताकि त्‍यसबाट त्‍यो फर्किन सकोस्, र त्यो आफ्नो चालबाट फर्केन भने, त्यो आफ्नो पापमा मर्नेछ, तर तँ आफूले आफ्नो प्राण बचाउनेछस् ।
ואתה כי הזהרת רשע מדרכו לשוב ממנה ולא שב מדרכו הוא בעונו ימות ואתה נפשך הצלת׃
10 यसैले, ए मानिसको छोरो, इस्राएलको घरानालाई भन्, ‘तिमीहरू यसो भन्छौ, “हाम्रा अपराधहरू र पापहरू हामीमाथि आएका छन्, र हामी तीनमा सडिरहेका छौं! हामी कसरी बाँच्‍न सक्छौं?”’
ואתה בן אדם אמר אל בית ישראל כן אמרתם לאמר כי פשעינו וחטאתינו עלינו ובם אנחנו נמקים ואיך נחיה׃
11 तिनीहरूलाई भन्, ‘यो परमप्रभु परमेश्‍वरको घोषणा हो, म जिउँदो भएको हुनाले, म दुष्‍टहरूको मृत्युमा प्रसन्‍न हुन्‍नँ, किनकि दुष्‍टले आफ्नो चालबाट पश्‍चात्ताप गरी फर्कन्छ भने त्यो बाँच्ने छ! पश्‍चात्ताप गर् । तेरा दुष्‍ट चालबाट पश्‍चात्ताप गर् । ए इस्राएलको घराना तँ किन मर्ने?’
אמר אליהם חי אני נאם אדני יהוה אם אחפץ במות הרשע כי אם בשוב רשע מדרכו וחיה שובו שובו מדרכיכם הרעים ולמה תמותו בית ישראל׃
12 यसैले, ए मानिसको छोरा, तेरा मानिसहरूलाई भन्, ‘धर्मी मानिसले पाप गर्छ भने त्यसको धार्मिकताले त्यसलाई बचाउनेछैन! दुष्‍ट मानिसले आफ्नो पापबाट पश्‍चात्ताप गर्छ भने त्यसको दुष्‍टताले त्यो नष्‍ट हुनेछैन! किन धर्मी मानिसले पाप गर्छ भने त्यो आफ्नो धार्मिकताको कारणले बच्नेछैन ।
ואתה בן אדם אמר אל בני עמך צדקת הצדיק לא תצילנו ביום פשעו ורשעת הרשע לא יכשל בה ביום שובו מרשעו וצדיק לא יוכל לחיות בה ביום חטאתו׃
13 मैले धर्मीलाई यसो भनें, “त्‍यो निश्‍चय नै बाँच्नेछस्!” र त्यसले आफ्नो धार्मिकतामा विश्‍वास गरेर अन्याय गर्छ भने, त्यसको कुनै पनि धार्मिकतालाई म सम्झना गर्नेछैनँ । त्यसले गरेको दुष्‍टताको कारणले त्यो मर्नेछ ।
באמרי לצדיק חיה יחיה והוא בטה על צדקתו ועשה עול כל צדקתו לא תזכרנה ובעולו אשר עשה בו ימות׃
14 यसैले मैले दुष्‍टलाई यसो भनें, “तँ निश्‍चय नै मर्नेछस्”, तर त्‍तसपछि त्यसले आफ्नो पापको पश्‍चात्ताप गर्छ र न्यायपूर्ण र ठिक काम गर्छ भने,
ובאמרי לרשע מות תמות ושב מחטאתו ועשה משפט וצדקה׃
15 र त्यसले ऋणको निम्ति आफूले दुष्‍टतापूर्वक राखेको धितो फिर्ता गर्छ, वा त्यसले चोरेको कुरालाई फिर्ता गर्छ, र जीवन दिने विधिहरू पालना गर्छ र फेरि पाप गर्दैन भने, तब त्यो निश्‍चय नै जिउनेछ । त्यो मर्नेछैन ।
חבל ישיב רשע גזלה ישלם בחקות החיים הלך לבלתי עשות עול חיו יחיה לא ימות׃
16 त्यसले गरेका कुनै पनि पापको सम्झना हुनेछैन । त्यसले न्यायपूर्ण र धार्मिक रूपमा काम गरेको छ र यसैले त्यो निश्‍चय नै जिउनेछ ।
כל חטאתו אשר חטא לא תזכרנה לו משפט וצדקה עשה חיו יחיה׃
17 तर तेरा मानिसहरू भन्छन्, “परमप्रभुको चाल न्यायपूर्ण छैन!” तर तिमीहरूका चाल पो न्यायपूर्ण छैनन्!
ואמרו בני עמך לא יתכן דרך אדני והמה דרכם לא יתכן׃
18 जब कुनै धर्मी मानिस आफ्नो धार्मिकताबाट तर्केर पाप गर्छ, तब त्यो त्यही पापमा मर्नेछ!
בשוב צדיק מצדקתו ועשה עול ומת בהם׃
19 जब कुनै दुष्‍ट मानिस आफ्नो दुष्‍टताबाट फर्केर न्यायपूर्ण र धर्मी काम गर्छ भने, यी कुराहरूका कारणले त्यो जिउनेछ!
ובשוב רשע מרשעתו ועשה משפט וצדקה עליהם הוא יחיה׃
20 तर तिमीहरू भन्छौ, “परमप्रभुको चाल न्यायपूर्ण छैन!” ए इस्राएलको घराना, म तिमीहरूको चालअनुसार नै हरेकको न्याय गर्नेछु!’”
ואמרתם לא יתכן דרך אדני איש כדרכיו אשפוט אתכם בית ישראל׃
21 हाम्रो निर्वासनको बाह्रौं वर्षको दशौं महिनाको पाँचौं दिनमा, यरूशलेमबाट एक जना भगुवा मकहाँ आयो र भन्यो, “त्यो सहरलाई कब्जा गरिएको छ!”
ויהי בשתי עשרה שנה בעשרי בחמשה לחדש לגלותנו בא אלי הפליט מירושלם לאמר הכתה העיר׃
22 त्यो भगुवा आउनभन्दा अगिल्‍लो साँझमा परमप्रभुको हात ममाथि थियो, र बिहानीको झिसमिसेमा त्यो मकहाँ आउँदासम्म मेरो मुख खोलिएको थियो । यसैले मेरो मुख खोलियो । म फेरि चुप भइनँ!
ויד יהוה היתה אלי בערב לפני בוא הפליט ויפתח את פי עד בוא אלי בבקר ויפתח פי ולא נאלמתי עוד׃
23 त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
ויהי דבר יהוה אלי לאמר׃
24 “ए मानिसको छोरो, इस्राएलको भूमिमा भग्‍नावशेषमा बसोबास गर्नेहरू यसो भन्दैछन्, ‘अब्राहम मात्र एक जना मानिस थिए, र उनले यो देश अधिकार गरे, तर हामीहरू धेरै जना छौं! यो देश हामीलाई सम्पत्तिको रूपमा दिइएको छ ।’
בן אדם ישבי החרבות האלה על אדמת ישראל אמרים לאמר אחד היה אברהם ויירש את הארץ ואנחנו רבים לנו נתנה הארץ למורשה׃
25 यसकारण तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरू रगत खान्छौ, र तिमीहरू आफ्ना मुर्तिहरूतिर आफ्ना आँखा उठाउँछौ, अनि तिमीहरू मानिसहरूका रगत बगाउँछौ । के तिमीहरूले यस देशमाथि अधिकार गर्ने?
לכן אמר אלהם כה אמר אדני יהוה על הדם תאכלו ועינכם תשאו אל גלוליכם ודם תשפכו והארץ תירשו׃
26 तिमीहरू आफ्ना तरवारहरूमा भर परेका छौ र घिनलाग्दा कुरा गरेका छौ । हरेक मानिसले आफ्नो छिमेकीकी पत्‍नीलाई अशुद्ध पार्छ । के साँच्‍चै तिमीहरूले यस देशमाथि अधिकार गर्ने?’
עמדתם על חרבכם עשיתן תועבה ואיש את אשת רעהו טמאתם והארץ תירשו׃
27 तैंले तिनीहरूलाई यस्तो भन्‍नू, ‘परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: जस्‍तो म जीवित छु, भग्‍नावशेषमा जिउनेहरू तरवारद्वारा मारिनेछन्, र मैदानमा भएकाहरूलाई म जीवित पशुहरूकहाँ आहराको रूपमा दिनेछु, र किल्लाहरू र गुफाहरूमा भएकाहरू महामारीले मर्नेछन् ।
כה תאמר אלהם כה אמר אדני יהוה חי אני אם לא אשר בחרבות בחרב יפלו ואשר על פני השדה לחיה נתתיו לאכלו ואשר במצדות ובמערות בדבר ימותו׃
28 तब देशलाई म उजाड र त्रास तुल्याउनेछु, र त्यसको शक्तिको घमण्डको अन्त्य हुनेछ, किनकि इस्राएलका पर्वतहरू त्यागिनेछन्, र त्यहाँबाट भएर कोही पनि जानेछैन ।’
ונתתי את הארץ שממה ומשמה ונשבת גאון עזה ושממו הרי ישראל מאין עובר׃
29 यसैले तिनीहरूले गरेका सबै घृणित कामका कारणले मैले देशलाई उजाड र बेकामको तुल्याएपछि तिनीहरूले म परमप्रभु हुँ भन्‍ने जान्‍नेछन् ।
וידעו כי אני יהוה בתתי את הארץ שממה ומשמה על כל תועבתם אשר עשו׃
30 यसैले, ए मानिसको छोरा, मन्‍दिरहरूका पर्खालहरू र ढोकाहरूका छेउमा तेरा मानिसहरू तेरो बारेमा कुरा गरिरहेका छन्, र हेरकले अर्को मानिस, र हरेक मानिसले आफ्नो भाइलाई यस्तो भन्छ, ‘जाऔं र परमप्रभुको मुखबाट निस्कने अगमवक्ताको वचन सुनौं!’
ואתה בן אדם בני עמך הנדברים בך אצל הקירות ובפתחי הבתים ודבר חד את אחד איש את אחיו לאמר באו נא ושמעו מה הדבר היוצא מאת יהוה׃
31 यसैले मानिसहरूले सधैं गरेझैं धेरै जना तँकहाँ आउनेछन्, र तेरो अगि बस्‍नेछन् र तेरा वचनहरू सुन्‍नेछन्, तर तिनीहरूले ती पालना गर्नेछैनन् । तिनीहरूका मुखमा ठिक शब्दहरू छन्, तर तिनीहरूका हृदयहरू अन्यायपूर्ण फाइदाको पछि छन् ।
ויבואו אליך כמבוא עם וישבו לפניך עמי ושמעו את דבריך ואותם לא יעשו כי עגבים בפיהם המה עשים אחרי בצעם לבם הלך׃
32 किनकि तिनीहरूका निम्ति तँ मनपर्ने गीत, र बाजामा बजाइएको एउटा सुन्दर धुनझैं छस्, यसैले तिनीहरूका तेरा वचन सुन्‍नेछन्, तर तिनीहरू कसैले पनि ती पालना गर्नेछैनन् ।
והנך להם כשיר עגבים יפה קול ומטב נגן ושמעו את דבריך ועשים אינם אותם׃
33 यसैकारण यी सबै कुरा हुँदा – हेर, त्यो हुन आउनेछ – तब तिनीहरूका बिचमा एउटा अगमवक्ता रहेछन् भनी तिनीहरूले जान्‍नेछन् ।”
ובבאה הנה באה וידעו כי נביא היה בתוכם׃

< इजकिएल 33 >