< इजकिएल 31 >

1 एघारौं वर्षको तेस्रो महिनाको पहिलो दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
A shekara ta goma sha ɗaya, a wata na uku a rana ta farko, maganar Ubangiji ta zo mini cewa,
2 “ए मानिसको छोरा, मिश्रदेशको राजा फारो, र त्यसको वरिपरि भएका धेरै भीडलाई यसो भन्, ‘तेरो महान्‌तामा, तँ कोजस्तो छस्?
“Ɗan mutum, faɗa wa Fir’auna sarkin Masar da jama’arsa cewa, “‘Da wa za a kwatanta girmanka?
3 हेर्! लेबनानमा अश्शूर, सुन्दर हाँगाहरू भएको लेबनानको एउटा देवदारु थियो, जसले वनलाई छाया दियो, र त्यो उचाइमा सबैभन्दा अग्लो थियो, र त्यसका हाँगाहरू टुप्पोसम्म पुगेका थिए ।
Ka dubi Assuriya, ta taɓa zama kamar al’ul a Lebanon da rassa masu kyau suna inuwartar da kurmi; ya yi tsayi ainun kansa ya kai cikin gizagizai.
4 धेरै पानीले त्यसलाई अग्लो बनायो । गहिरो पानीले त्यो विशाल भयो । त्यसको वरिपरिबाट नदीहरू बगे, र त्यसका धारहरू मैदानका सारा रूखहरूकहाँ फैलिए ।
Ruwa ya sa ya yi girma, zurfafan maɓulɓulai sun sa ya yi tsayi; rafuffuka suna gudu kewaye da tushensa yana aika da rafuffukansa zuwa dukan itatuwan kurmi.
5 मैदानका अरू सबै रूखभन्दा त्यसको उचाइ धेरै थियो, र त्यसका हाँगाहरू धेरै भए । पानी प्रशस्त भएको कारणले त्यसका हाँगाहरू लामा-लामा भए ।
Saboda haka ya yi tsayi fiye da sauran itatuwan kurmi; rassansa suka ƙaru suka yi tsayi, suka bazu saboda yalwar ruwaye.
6 आकाशका हरेक चराले त्यसका हाँगाहरूमा गुँड बनाए, र त्यसका शितल छहारीमा जमिनका सारा प्रानीले बच्‍चा जन्माए । धेरै जातिहरूका सबैले त्यसको छायामुनि बास गरे ।
Dukan tsuntsayen sararin sama suka yi sheƙa a rassansa, dukan namun jeji suka haihu a ƙarƙashin rassansa; dukan al’ummai suka zauna a inuwarsa.
7 त्यसको महान्‌तामा त्यो सुन्दर थियो र त्यसका हाँगाहरू लामा-लामा थिए, किनकि त्यसका जराहरू प्रशस्त पानीमा थिए ।
Yana da girma a kyau, da dogayen rassansa da ya baza, gama saiwoyinsa sun nutse can ƙasa har cikin yalwar ruwaye.
8 परमेश्‍वरका बगैंचाका देवदारुहरू पनि त्योबराबर थिएनन् । कुनै पनि सल्लाको रूखका हाँगाहरू त्यसकोझैं थिएनन्, र चिनारको रूख त्यसका हाँगाहरूसित दाँज्न सकिंदैनथ्यो । परमेश्‍वरको बगैंचामा त्यसको सुन्दरतासँग मेल गर्न सकिने कुनै अर्को रूख थिएन ।
Al’ul a cikin lambun Allah ba su kai shi ba, balle itatuwan kasharina su kai rassansa, ko itatuwan durumi su kai rassansa, ko itace a lambun Allah ya kai kyansa.
9 मैले त्यसका धेरै हाँगासित त्यसलाई सुन्दर बनाएँ र परमेश्‍वरको बगैंचामा भएका अदनका सबै रूखले त्यसको डाह गर्थे ।
Na sa ya yi kyau da yalwar rassa, abin ƙyashi na dukan itatuwan Eden a lambun Allah.
10 यसैकारण परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: त्यो उचाइमा अग्लो भएको कारण, र त्यसको टुप्पो त्यसका हाँगाहरूका बिचमा भएको हुनाले, आफ्नो उचाइको कारण त्यो घमण्डले फुल्यो ।
“‘Saboda haka ga abin da Ubangiji Mai Iko Duka yana cewa domin ya yi tsayi, kansa kuma ya kai cikin gizagizai, kuma domin ya yi fariya saboda tsayinsa,
11 त्यसको दुष्‍टताअनुसार त्यसलाई व्यवहार गरियोस् भनेर मैले त्यसलाई जातिहरूका बिचमा एउटा शक्तिशाली व्‍यक्‍तिको हातमा दिएको छु । मैले त्यसलाई बाहिर फालेको छु ।
na miƙa shi ga mai mulkin al’ummai, don yă sāka masa gwargwadon muguntarsa. Na jefar da shi a gefe,
12 सारा जातिहरूका बिचमा आतङ्क ल्याउने विदेशीहरूले त्यसलाई काटेर ढाले र मर्नलाई छोडिदिए । पहाडहरू र सबै बेंसीतिर त्यसका हाँगाहरू खसे, र त्यसका ठुला-ठुला हाँगाहरू जमिनका खोल्साहरूमा भाँचिएर झरे । तब पृथ्वीका सारा जातिहरू त्यसको छायामुनिबाट बाहिर निस्के र तिनीहरू त्यसबाट टाढा गए ।
kuma baƙi mafi mugunta na al’ummai suka sare shi suka bar shi. Rassansa sun fāɗi a kan duwatsun da suke cikin dukan kwaruruka; rassansa kuma sun kakkarye, sun fāɗi a cikin dukan magudanan ruwa na ƙasa. Dukan al’umman duniya suka fito daga ƙarƙashin inuwarsa suka bar shi.
13 आकाशका सबै चरा त्यो ढलेको रूखको मुढोमाथि बसे, र जमिनका सबै पशु त्यसका हाँगाहरू भएको ठाउँमा आए ।
Dukan tsuntsaye sararin sama suka zauna a itacen da ya fāɗi, dukan namun jeji kuma suna cikin rassansa.
14 प्रशस्त पानीको छेउको त्यो अग्‍लो रूखभन्‍दा धेरै उचाइमा अरू कुनै रूखहरू नहून्, र त्यो उचाइसम्म पुग्‍नेगरी अरू कुनै रूख नबढून् भनेर यस्तो भयो । मृत्‍युमा जान, जमिनमा तल जान, मानिसका छोरा-छोरीध्ये खाडलमुनि जानेहरूसित जानलाई ती सबैलाई नियुक्त गरिएका छन् ।
Saboda haka ba wani daga cikin itatuwan da suke kusa da ruwan da zai taɓa yin fariyar tsawonsa, har kawunansu su kai cikin gizagizai. Ba wani daga cikin itatuwan da ya sha ruwa sosai da zai taɓa yi wannan tsayi; duk an bashe su ga mutuwa, zuwa can ƙasa, a cikin matattu, tare da waɗanda suka gangara zuwa rami.
15 परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: त्यो देवदारु चिहानमा गएको दिन, मैले पृथ्वीमा शोक ल्याएँ । मैले त्यसमाथि गहिरो पानीले ढाकें, र मैले समुद्रको पानी थुनें । मैले विशाल पानीलाई रोकें, र त्यसको कारण लेबनानमाथि मैले शोक ल्याएँ । यसैले त्यसको कारणले मैदानका सबै रूखले विलाप गरे । (Sheol h7585)
“‘Ga abin da Ubangiji Mai Iko Duka yana cewa a ranar da aka yi ƙasa da shi zuwa kabari na rufe zurfafa maɓulɓulai da makoki dominsa; na janye rafuffukansa, aka kuma hana yalwan ruwansa. Saboda shi na rufe Lebanon da baƙin ciki, dukan itatuwan kurmi suka bushe. (Sheol h7585)
16 मैले त्यसलाई खाडलमा जानेहरूसँगै चिहानमा फ्याँकेपछि, त्यसको पतनको आवाजद्वारा मैले जातिहरूमा डर ल्याएँ । यसैले मैले पृथ्वीका तल्लो भागहरूमा अदनका सबै रूखलाई सान्त्वना दिएँ । यी लेबनानका चुनिएका र उत्कृष्‍ट रूखहरू थिए। ती प्रशस्त पानी पिएका रूखहरू थिए । (Sheol h7585)
Na sa al’ummai suka yi rawar jiki da jin ƙarar fāɗuwarsa sa’ad da na yi ƙasa da shi zuwa kabari tare da waɗanda suka gangara rami. Sai dukan itatuwan Eden, zaɓaɓɓu da kuma mafi kyau na Lebanon, dukan itatuwan da aka yi musu banruwa, sun ta’azantu a ƙarƙashin ƙasa. (Sheol h7585)
17 किनकि तिनीहरू त्‍योसँगै तरवारद्वारा मारिएकाहरूकहाँ तल चिहानमा गए । यी त्यसका बलिया पाखुरा, अर्थात् त्यसका छायामुनि बसेका जातिहरू थिए । (Sheol h7585)
Waɗanda suka zauna a inuwarsa, dukan masu tarayyarsa a cikin al’ummai, su ma sun gangara zuwa kabari tare da shi, sun haɗu da waɗanda aka kashe da takobi. (Sheol h7585)
18 अदनको कुन चाहिं रूख महिमा र महान्‌तामा तेरो बराबर थियो र? किनकि अदनका रूखहरूसँगै तँ खतना नभएकाहरूका बिचमा पृथ्वीका तल्ला भागहरूमा खसालिनेछस् । तरवारद्वारा मारिएकाहरूसँगै तँ रहनेछस् ।’ यो फारो र त्यसका सबै भीड हो, यो परमप्रभु परमेश्‍वरको घोषणा गर्नुहुन्छ ।”
“‘Da wa cikin itatuwan Eden za a kwatanta da kai cikin girma da daraja? Duk da haka kai ma, za a yi ƙasa da kai tare da itatuwan Eden zuwa ƙarƙashin ƙasa; za ka kwanta a cikin marasa kaciya, tare da waɗanda aka kashe da takobi. “‘Fir’auna ke nan da dukan jama’arsa, in ji Ubangiji Mai Iko Duka.’”

< इजकिएल 31 >