< इजकिएल 30 >

1 परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
RAB bana şöyle seslendi:
2 “ए मानिसको छोरो, यो अगमवाणी गर र यसो भन्ः 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः विलाप गर्, “आउने दिनको निम्ति हाय।”
“İnsanoğlu, peygamberlik et ve de ki, ‘Egemen RAB şöyle diyor: “‘Ah o gün diye haykır.
3 त्यो दिन नजिकै छ । परमप्रभुको निम्ति त्यो दिन नजिकै छ । जातिहरूका निम्‍ति त्यो बादल लागेको, अन्‍त्‍यको दिन हुनेछ ।
Çünkü o gün yakın. RAB'bin günü yakın, Bulutların günü, Ulusların yıkım zamanı.
4 तब मिश्रदेशमाथि एउटा तरवार आउनेछ, र जब मारिएका मानिसहरू मिश्र देशमा ढल्‍नेछन् तब कूश देशमा पनि सङ्कष्‍ट आइपर्नेछ — जति बेला तिनीहरूले त्‍यसका धन-सम्‍पत्तिहरू लानेछन्, र जब त्‍यसका जगहरू भत्‍काइनेछन्‌ ।
Bir kılıç Mısır'a karşı çıkacak. Kûş'u acılar saracak. Mısır'da vurulanlar yere serilince Ülkenin serveti alınıp götürülecek, Temelleri yok edilecek.
5 कूश र पूत, लूद र सारा अरब देश, र लिबिया, करार गरिएका मानिसहरूसँगै तरवारले ढालिनेछन्‌ ।
Mısır'la birlikte Kûş, Pût, Lud, Arabistan, Kuv ve antlaşma yaptığım halkım Kılıçtan geçirilecek.
6 परमप्रभु यसो भन्‍नुहुन्‍छः मिश्रदेशलाई सहयोग गर्नेहरूचाहिं पतन हुनेछन्, र त्‍यसको बलको घमण्‍ड तल जानेछ । मिग्‍दोलदेखि आश्‍वानसम्‍मै तिनीहरूका फौज तरवारले ढालिनेछन्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
“‘RAB şöyle diyor: Mısır'ı destekleyenler öldürülecek, Mısır'ın övündüğü ordu çökecek, Migdol'dan Asvan'a dek kılıçtan geçirilecekler. Böyle diyor Egemen RAB.
7 उजाड भएका देशहरूमा तिनीहरू भयभीत हुनेछन्, र त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बिचमा हुनेछन्‌ ।
Kimsesiz kalmış ülkeler arasında Kimsesiz kalacaklar. Kentleri viran olmuş kentler gibi olacak.
8 जब म मिश्रदेशमा आगो लगाउनेछु, र जब त्‍यसका सबै सहयोगी नाश हुनेछन्, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ ।
Mısır'ı ateşe verdiğimde, Onu destekleyenler ezildiğinde, Benim RAB olduğumu anlayacaklar.
9 त्‍यो दिन सुरक्षित कूशलाई त्रसित बनाउन म दूतहरू अघि पठाउनेछु र मिश्रदेशको अन्‍त्‍यको दिनमा तिनीहरूलाई वेदना हुनेछ । किनभने हेर्, त्‍यो आउँदेछ ।
“‘O gün kaygısız Kûşlular'ı korkutmak için gemilerle ulaklar göndereceğim. Mısır'ın yıkım günü geldiğinde korkuya kapılacaklar. İşte o gün geliyor.
10 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः “'म बेबिलोनको राजा नबूकदनेसरको हातद्वारा मिश्रदेशका भीडहरूलाई अन्‍त्‍य गरिदिनेछु ।
“‘Egemen RAB şöyle diyor: Babil Kralı Nebukadnessar aracılığıyla Mısır'ın zenginliğine son vereceğim.
11 त्‍यो र त्‍यससँग भएको त्‍यसको सेना जातिहरूका त्रासलाई यो देशको नाश गर्नलाई ल्‍याइनेछन्‌ । तिनीहरूले मिश्रदेशको विरुद्धमा आफ्‍ना तरवार थुत्‍नेछन्, र मारिएकाहरूका सङ्‍ख्‍याले यो देशलाई भर्नेछन्‌ ।
O ve ordusu, ulusların en acımasızı, Ülkeyi yerle bir etmek için gelecekler. Mısır'a karşı kılıçlarını çekecek, Ülkeyi öldürülenlerle dolduracaklar.
12 नदीहरूका पानीलाई म सुकाइदिनेछु, र देशलाई म दुष्‍ट मानिसहरूका हातमा बेचिदिनेछु । त्‍यो देश र त्‍यसमा भएका सारा थोकहरूलाई विदेशीहरूका हातद्वारा म उजाड पार्नेछु— म परमप्रभुले यो भनेको हुँ ।
Nil'in kanallarını kurutup Ülkeyi kötü kişilere teslim edeceğim, Ülkeyi de içindeki her şeyi de Yabancılar eliyle viran edeceğim. Bunu ben RAB söylüyorum.
13 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म मूर्तिहरूलाई नाश गर्नेछु, र मेम्फिसका व्‍यर्थका मूर्तिहरूको अन्‍त्‍य गर्नेछु । मिश्रदेशमा फेरि कहिल्‍यै शासक हुनेछैन, र यसरी म मिश्रदेशमा डर हालिदिनेछु ।
Egemen RAB şöyle diyor: Putları yok edecek, Nof'taki değersiz putlara son vereceğim. Mısır'da artık önder olmayacak, Ülkeye korku salacağım.
14 तब म फारोलाई निर्जन पारिदिनेछु र सोअनमा आगो लगाउनेछु, र थेबसमा म न्यायको फैसला गर्नेछु ।
Patros'u viraneye çevirecek, Soan'ı ateşe verecek, No Kenti'ni cezalandıracağım.
15 किनकि मिश्रदेशको किल्‍ला, पेलुसियममाथि मेरो क्रोध खन्‍याउनेछु, र थेबसको सहरका धेरै भीडलाई नष्‍ट गर्नेछु ।
Öfkemi Mısır'ın kalesi Sin üzerine boşaltacak, Kalabalık No halkına son vereceğim.
16 तब म मिश्रदेशमा आगो लगाउनेछु, र पेलुसियम ठुलो पीडामा पर्नेछ, थेबसलाई भत्काइनेछ, र मेम्फिसले हरेक दिन शत्रुहरूको सामना गर्नेछ ।
Mısır'ı ateşe vereceğim, Sin acıdan kıvranacak, No Kenti'nin surları yarılacak, Nof sürekli tedirgin olacak.
17 हेलीओपोलिस र बुबास्‍तीसका जवान मानिसहरू तरवारद्वारा मारिनेछन्, र तिनीहरूका सहरहरू कैदमा जानेछन् ।
On Kenti ve Pi-Beset gençleri Kılıçtan geçirilecek, Oradaki halk sürgüne gönderilecek.
18 तहपनेसमा जब म मिश्रदेशको जुवा भाँचिदिनेछु, तब त्‍यो दिनले आफ्‍नो उज्‍यालो दिनेछैन, र त्‍यसको बलको घमण्‍ड सकिनेछ । त्यसलाई एउटा बादलले ढाक्‍नेछ, र त्‍यसका छोरीहरू कैदमा जानेछन्‌ ।
Tahpanhes'te Mısır'ın boyunduruğunu kırdığım zaman, Orada gündüz geceye dönecek, Övündüğü orduya son verilecek, Kent bulutlarla kaplanacak, Köylerindeki halk sürgüne gönderilecek.
19 म मिश्रदेशलाई दण्‍डको फैसला गर्नेछु, यसरी तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”
Mısır'ı böyle cezalandırdığımda Benim RAB olduğumu anlayacaklar.’”
20 एघारौं वर्षको पहिलो महिनाको सातौं दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
Sürgünlüğümüzün on birinci yılı, birinci ayın yedinci günü RAB bana şöyle seslendi:
21 “ए मानिसको छोरा, मैले मिश्रदेशको राजा फारोको हात भाँचेको छु । हेर्, त्‍यसमा बाँधेको वा पट्टीले निको पार्न खोजिएको छैन, जसले गर्दा तरवार समाउन त्‍यो बलियो होस् ।
“İnsanoğlu, firavunun kolunu kırdım. İyileşmesin, kılıç tutacak kadar güçlenmesin diye kimse onu bağlamadı, sargı beziyle sarmadı.
22 यसकारण परमप्रभु परमेश्‍वर योस भन्‍नुहुन्छ, 'हेर्, म मिश्रदेशको राजा फारोको विरुद्धमा छु । किनकि म त्यसको बलियो र भाँचिएको दुबै हात भाँच्नेछु, र त्यसको तरवार हातबाट झर्ने म बनाउनेछु ।
Bu yüzden Egemen RAB şöyle diyor: Firavuna karşıyım. Her iki kolunu, sağlam olanı da kırık olanı da kıracağım. Kılıcı elinden düşüreceğim.
23 तब मिश्रीलाई जातिहरूका बिचमा म छरपष्‍ट पारिदिनेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पारिदिनेछु ।
Mısırlılar'ı uluslar arasına gönderecek, ülkelere dağıtacağım.
24 म बेबिलोनको राजाका हात शक्तिशाली बनाउनेछु, र मेरो तरवार त्‍यसको हातमा दिनेछु ताकि म फारोको हात भाँच्‍न सकूँ । त्‍योचाहिं बेबिलोनको राजाको अगि मरणान्‍त चोट लागेको मानिसझैं पीडाले सुस्‍केरा हाल्‍नेछ ।
Babil Kralı'nın kollarını güçlendirip kılıcımı onun eline vereceğim. Firavunun ise kollarını kıracağım. Babil Kralı'nın önünde ağır yaralı biri gibi inleyecek.
25 किनकि म बेबिलोनको राजाको हात शक्तिशाली बनाउनेछु, जबकी फारोका हात निर्बल हुनेछ । जब म बेबिलोनका राजाको हातमा मेरो तरवार दिनेछु, किनकि त्‍यसले मिश्रदेशको विरुद्धमा त्‍योद्वारा आक्रमण गर्नेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ ।
Babil Kralı'nın gücüne güç katacak, firavunun gücünü zayıflatacağım. Kılıcımı Babil Kralı'nın eline verdiğimde ve o kılıcı Mısır'a doğru uzattığında, benim RAB olduğumu anlayacaklar.
26 यसरी मिश्रीलाई जातिहरूका बिचमा म छरपष्‍ट पारिदिनेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पारिदिनेछु । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”
Mısırlılar'ı uluslar arasına gönderecek, ülkelere dağıtacağım. O zaman benim RAB olduğumu anlayacaklar.”

< इजकिएल 30 >