< इजकिएल 3 >
1 उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, तैंले जे पाएको छस् त्यो खा । यो मुट्ठो खा, र गएर इस्राएलको घरानालाई भन् ।”
Tedy řekl mi: Synu člověčí, což před tebou jest, sněz, sněz knihu tuto, a jdi, mluv k domu Izraelskému.
2 यसैले मैले आफ्नो मुख खोलें, र उहाँले त्यो मुट्ठो मलाई खुवाउनुभयो ।
I otevřel jsem ústa svá, a dal mi snísti knihu tu,
3 उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, मैले तँलाई दिएको त्यो मुट्ठो खा र यसले तेरो पेट भर ।” यसैले मैले त्यो खाएँ, र त्यो मेरो मुखमा महझैं गुलियो थियो ।
Řka ke mně: Synu člověčí, nakrm břicho své, a střeva svá naplň knihou touto, kteroužť dávám. I snědl jsem, a byla v ústech mých jako med sladká.
4 तब उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, इस्राएलको घरानाकहाँ जा, र तिनीहरूलाई मेरो कुरा भन् ।
Za tím řekl mi: Synu člověčí, jdiž k domu Izraelskému, a mluv k nim slovy mými.
5 किनकि तँ कुनै अनौठो बोली र कठिन भाषा बोल्ने मानिसहरूकहाँ पठाइएको छैनस्, तर इस्राएलको घरानाकहाँ—
Nebo nebudeš poslán k lidu hluboké řeči a nesnadného jazyka, ale k domu Izraelskému.
6 अनौठो बोली र कठिन भाषा बोल्ने धैरै जना मानिसकहाँ होइन, जसको भाषा तैंले बुझ्दैनस् । मैले तँलाई त्यस्ताहरूकहाँ पठाएको भए, उनीहरूले निश्चय नै तेरा कुरा सुन्नेथिए ।
Ne k národům mnohým hluboké řeči a nesnadného jazyka, jejichž bys slovům nerozuměl, ješto, kdybych tě k nim poslal, uposlechli by tebe.
7 तर इस्राएलका घरानाले त तेरो कुरा सुन्ने इच्छा गर्नेछैनन्, किनभने तिनीहरू मेरो कुरा सुन्न इच्छा गर्दैनन् । यसैले इस्राएलका सारा घराना नै अटेरी र कठोर हृदयका छन् ।
Ale dům Izraelský nebudou tě chtíti poslouchati, poněvadž nechtí poslouchati mne; nebo všecken dům Izraelský jest tvrdočelný a zatvrdilého srdce.
8 हेर, मैले तेरो अनुहारलाई तिनीहरूका अनुहारजस्तै हठी र तेरो निधाारलाई तिनीहरूको निधारजस्तै कठोर तुल्याएको छु ।
Ale učinil jsem tvář tvou tvrdou proti tváři jejich, a čelo tvé tvrdé proti čelu jejich.
9 मैले तेरो निधारलाई दर्शनढुङ्गाभन्दा कडा एउटा हिराजस्तै पारेको छु। तिनीहरू विद्रोही घराना भए तापनि तिनीहरूदेखि नडरा, न त तिनीहरूको अनुहार देखेर भयभीत हो ।”
Jako kámen přetvrdý, pevnější než skálu učinil jsem čelo tvé; nebojž se jich, aniž se strachuj tváři jejich, proto že dům zpurný jsou.
10 अनि उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, मैले तँलाई भनेका सबै कुरा — ती आफ्नो मनमा राख् र ती आफ्ना कानले सुन् ।
I řekl ke mně: Synu člověčí, všecka slova má, kterážť mluviti budu, přijmi v srdce své, a ušima svýma slyš.
11 त्यसपछि कैदमा परेका तेरा मानिसहरूकहाँ जा, र तिनीहरूलाई भन् । तिनीहरूले सुने पनि नसुने पनि तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ' ।”
A jdi k zajatým, k synům lidu svého, a mluv k nim, a rci jim: Takto praví Panovník Hospodin, již oni slyšte neb nechte.
12 तब आत्माले मलाई माथि उठाउनुभयो, र मैले आफ्नो पछिल्तिर ठुलो भुकम्पको आवाज सुनेंः “परमप्रभुको महिमा उहाँको वासस्थानमा धन्यको होस्!”
Tehdy odnesl mne Duch, a slyšel jsem za sebou hlas hřmotu velikého: Požehnaná sláva Hospodinova z místa svého.
13 त्यो आवाज ती जीवित प्राणीहरूका पखेटाले एउटाले अर्कालाई छुँदा निस्केको र तिनीहरूसँग भएका ती पाङ्ग्राहरूका आवाज थियो, र एउटा ठुलो भुकम्पको आवाज थियो ।
A hlas křídel těch zvířat, kteráž se vespolek dotýkala, a hlas kol naproti nim, a hlas hřmotu velikého.
14 आत्माले मलाई माथि उठाउनुभयो र मलाई टाढा लानुभयो, र म आफ्नो आत्माको क्रोधमा तीतोपन लिएर गएँ, किनकि परमप्रभुको बलिष्ठ बाहुलीले मलाई शक्तिसाथ थिचिरहेको थियो ।
Duch pak odnesl mne, a vzal mne, a odšel jsem truchliv, v hněvě ducha svého, ale ruka Hospodinova nade mnou silnější byla.
15 तब म कबार नहरको नजिक बस्ने ती कैदीहरूकहाँ तेल-अबीबमा गएँ, र त्यहाँ सात दिनसम्म तिनीहरूसँग आश्चर्यले व्याकुल भएर म बसें ।
I přišel jsem k zajatým do Telabib, bydlícím při řece Chebar, a seděl jsem, kdež oni bydlili. Seděl jsem, pravím, sedm dní u prostřed nich s užasnutím.
16 तब सात दिनको अन्त्यमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
I stalo se po dokonání sedmi dnů, že se stalo slovo Hospodinovo ke mně, řkoucí:
17 “ए मानिसको छोरो, मैले तँलाई इस्राएलका घरानाको रक्षक तुल्याएको छु, यसैले मैरो मुखको वचन सुन् र तिनीहरूलाई मेरो चेताउनी दे ।
Synu člověčí, strážným jsem tě postavil nad domem Izraelským, abys slyše slovo z úst mých, napomínal jich ode mne.
18 जब म एक जना दुष्ट मानिसलाई 'तँ निश्चय नै मर्नेछस्' भन्छु, र त्यसको प्राण बचाउनलाई तैंले त्यसलाई चेताउनी दिइनस्, वा त्यसको दुष्ट चालको लागि त्यसको विरुद्ध सल्लाह दिइनस्—भने, त्यो मानिस पापको कारण मर्नेछ, तर म त्यसको रगत तेरो हातबाट लिनेछु ।
Když bych já řekl bezbožnému: Smrtí umřeš, a nenapomenul bys ho, ani nemluvil, abys ho odvedl od cesty jeho bezbožné, proto abys ho při životu zachoval: ten bezbožný pro nepravost svou umře, ale krve jeho z ruky tvé vyhledám.
19 तर तैंले त्यस दुष्ट मानिसलाई चेताउनी दिइस् र त्यो आफ्नो दुष्ट्याइँ अथवा आफ्नो दुष्ट कामहरूदेखि फर्कंदैन भने, त्यो आफ्नो पापको कारण मर्नेछ, तर तैंले चाहिं आफ्नो प्राण बचाएको हुनेछस् ।
Paklibys ty napomenul bezbožného, a neodvrátil by se od bezbožnosti své, a od cesty své bezbožné, onť pro nepravost svou umře, ale ty duši svou vysvobodíš.
20 धर्मी मानिस आफ्नो धार्मिकताबाट फर्केर दुष्ट्याइँ गर्छ, र त्यसको लागि ठक्कर खाने ढुङ्गो मैले राखें भने त्यो मर्नेछ । तैंले त्यसलाई चेताउनी नदिएको हुनाले त्यो आफ्नै पापमा मर्नेछ, र त्यसले गरेका धर्मिक कामहरूको सम्झना म राख्नेछैन, तर त्यसका रगत लेखा म तेरो हातबाट लिनेछु ।
Odvrátil-li by se pak spravedlivý od spravedlnosti své, a činil by nepravost, a já bych položil urážku před něj, a tak by umřel, ty pak bys ho nenapomenul: pro hříchť svůj umře, aniž na pamět přijde která spravedlnost jeho, kterouž činil, ale krve jeho z ruky tvé vyhledám.
21 तर त्यस धर्मी मानिसलाई पाप नगर् भनी तैंले चेताउनी दिइस् ताकि त्यसले पाप गरेन भने, उसले चेतावनी पाएको कारणले त्यो निश्चय नै बाँच्नेछ । अनि तैंले आफ्नो प्राण बचाएको हुनेछस् ।”
Pakli bys ty napomenul spravedlivého, aby nehřešil spravedlivý, a on by nehřešil, jistě že bude živ; nebo napomenut byl. Ty také duši svou vysvobodíš.
22 यसरी त्यहाँ परमप्रभुको हात ममाथि रह्यो र उहाँले मलाई भन्नुभयो, “उठ्, मैदानमा जा, र त्यहाँ म तँसित बोल्नेछु ।”
I byla tam nade mnou ruka Hospodinova, kterýžto řekl mi: Vstaň, jdi do tohoto údolí, a tam mluviti budu s tebou.
23 म उठें र बाहिर मैदानमा गएँ, र कबार नहरको किनारमा मैले देखेको जस्तो परमप्रभुको महिमा त्यहाँ पनि थियो । यसैले म घोप्टो परें ।
A tak vstav, šel jsem do toho údolí, a aj, sláva Hospodinova stála tam, jako sláva, kterouž jsem viděl u řeky Chebar. I padl jsem na tvář svou.
24 आत्मा ममा आउनुभयो, र मलाई खुट्टामा उभ्याउनुभयो; र उहाँले मसित बोल्नुभयो, र मलाई भन्नुभयो, “जा, र आफ्नो घरभित्र आफूलाई थुन्,
Tehdy vstoupil do mne Duch, a postaviv mne na nohy, mluvil ke mně, a řekl mi: Jdiž, zavři se v domě svém.
25 किनकि अब ए मानिसको छोरो, तिनीहरूले तँलाई डोरीले बाँध्नेछन्, र तँ बाँधिनेछस्, यसैले तँ तिनीहरूका बिचमा जान सक्दैनस् ।
Nebo na tě, synu člověčí, aj, dadí na tě provazy, a sváží tě jimi, a nebudeš moci vyjíti mezi ně.
26 तेरो जिब्रो म तेरो तालुमा टाँसिदिनेछु, यसरी तँ गूँगो हुनेछस्, र तैंले तिनीहरूलाई हप्काउन सक्नेछैनस्, किनकि तिनीहरू विद्रोही घरानाका हुन् ।
A já učiním, aby jazyk tvůj přilnul k dásním tvým, a abys oněměl, a nebyl jim mužem domlouvajícím, protože dům zpurný jsou.
27 तर जब म तँसित कुरा गर्छु, तब म तेरो मुख खोलिदिनेछु, यसरी तैंले तिनीहरूलाई भन्नेछस्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ।' सुन्ने व्यक्तिले सुन्नेछ । नसुन्ने व्यक्तिले सुन्नेछैन, किनकि तिनीहरू विद्रोही घरानाका हुन् ।”
Ale když mluviti budu s tebou, otevru ústa tvá, a díš jim: Takto praví Panovník Hospodin: Kdo slyšeti chce, nechť slyší, a kdo nechce, nechť nechá, že dům zpurný jsou.