< इजकिएल 29 >
1 दशौं वर्षको दशौं महिनामा उक्त महिनाको बाह्रौं दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
I det tiende år, på den tolvte dag i den tiende måned kom HERRENs Ord til mig således:
2 “ए मानिसको छोरो, तेरो मुख मिश्रदेशको राजा फारोतिर फर्का । त्यसको विरुद्धमा र सारा मिश्रदेशको विरुद्धमा अगमवाणी भन् ।
Menneskesøn, vend dit Ansigt mod Farao, Ægyptens Konge, og profeter mod ham og hele Ægypten.
3 घोषणा गर र यसो भन्ः 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर्, ए मिश्रदेशको राजा फारो, म तेरो विरुद्धमा छु । आफ्नो नदीको बिचमा लडिरहने, ठुलो अजिङ्गर तँ यसो भन्छस्, “मेरो नदी मेरै हो । त्यो मैले आफ्नो निम्ति बनाएको हुँ ।”
Tal og sig: Så siger den Herre HERREN: Se, jeg kommer over dig, Farao, Ægyptens Konge, du store drage, som ligger midt i dine Strømme, som siger: "Nilen er min, jeg skabte den selv!"
4 किनभने म तेरो बङ्गारामा बल्छी लगाउनेछु, र तेरै कत्लाहरूमा तेरा नाइलका माछाहरू टाँसिनेछन् । तेरा कत्लाहरूमा टाँसिएका ती माछासमेत, म तँलाई तेरा नदीको बिचबाट तानेर निकाल्नेछु ।
Jeg sætter Kroge i Kæberne på dig og lader dine Strømmes Fisk hænge ved dine Skæl og drager dig op af dine Strømme med alle deres Fisk, som hænger ved dine Skæl.
5 तँ र तेरा नदीका सबै माछालाई म उजाड-स्थान फाल्नेछु । तँ खुला मैदानमा ढल्नेछस् । तँलाई कसैले जम्मा गर्ने वा उठाउने छैन । पृथ्वीका प्राणीहरू र आकाशका चाराहरूका निम्ति आहारा हुन म तँलाई दिनेछु ।
Jeg slænger dig hen i Ørkenen med alle dine Strømes Fisk; på åben Mark skal du falde, ej samles op eller jordes; til Jordens Dyr og Himlens Fugle giver jeg dig som Føde.
6 तब मिश्रदेशमा बस्नेहरू सबैले म नै परमप्रभु हुँ भनी जान्नेछन् । किनकि तिनीहरू इस्राएलका घरानाको निम्ति एउटा नर्कटको लट्ठी भएका छन् ।
Og kende skal hver en Ægypter, at jeg er HERREN. Fordi du har været en Rørkæp for Israels Hus -
7 जब तिनीहरूले तँलाई आफ्नो हातमा लिए, तब तैंले तिनीहरूका काँध भाँचिस् र च्यातिस् । अनि तिनीहरूले तँमा आड लिंदा, तँ भाँचिएको थिइस्, र तिनीहरूका खुट्टा लरबराउने बनाइस् ।
du splintredes, når de greb om dig, og flænged dem hele Hånden; du brast, når de støtted sig til dig, fik hver en Lænd til at vakle -
8 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर्, तेरो विरुद्धमा म तरवार ल्याउनेछु । तेरा मानिसहरू र पशुहरू दुवैलाई म खत्तम गर्नेछु ।
derfor, så siger den Herre HERREN: Se, jeg bringer Sværd over dig og udrydder Folk og Fæ af dig;
9 यसैले मिश्रदेश उजाड र बग्नावशेष हुनेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्, किनभने समुद्रको पशुले भनेको थियो, “नील नदी मेरै हो, किनकि मैले नै त्यो बनाएको हुँ ।”
Ægypten skal blive til Ørk og Øde; og de skal kende, at jeg er HERREN, fordi du sagde: "Nilen er min, jeg skabte den selv!"
10 यसकारण हेर्, म तेरो विरुद्धमा र तेरो नदीको विरुद्धमा छु, र मिश्रदेशलाई म उजाड र निर्जन बनाउनेछु, अनि मिग्दोलदेखि आश्वानसम्म र कूश देशको सिमानासम्म नै तँ उजाड-स्थान हुनेछस् ।
Se, derfor kommer jeg over dig og dine Strømme og gør Ægypten til Øde og Ørk fra Migdol til Syene og Ætiopiens Grænse.
11 कुनै मानिसको खुट्टाले त्यहाँ टेक्नेछैन, अनि र कुनै पशुको खुट्टाले त्यहाँ टेक्नेछैन । चालीस वर्षसम्म त्यहाँ कोही बस्नेछैन ।
Hverken Mennesker eller Dyr skal sætte deres Fod der, ingen skal færdes der, og det skal ligge hen uden Indbyggere i fyrretyve År.
12 किनकि म मिश्रदेशलाई बस्ती नभएका देशहरूका बिचमा उजाड पार्नेछु, र त्यसका सहरहरू भग्नावशेष भएका सहरहरूका बिचमा चालीस वर्षसम्मै उजाड रहनेछन् । अनि म मिश्रीहरूलाई जातिहरूका बिचमा छरपष्ट पार्नेछु र देशहरूमा म तिनीहरूलाई तितरबितर पार्नेछु ।
Jeg gør Ægypten til en Ørk blandt øde Lande, og Byerne skal ligge øde hen blandt tilintetgjorte Byer i fyrretyve År; og jeg spreder Ægypterne blandt Folkene og udstrør dem i Landene.
13 किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः चालीस वर्षको अन्तमा मिश्रीहरूलाई तिनीहरू छरपष्ट भएका मानिसहरूका बिचबाट म भेला गर्नेछु ।
Thi så siger den Herre HERREN: Efter fyrretyvears Forløb vil jeg sanke Ægypterne sammen fra de Folkeslag, de er spredt iblandt,
14 म मिश्रदेशको सुदिन फर्काउनेछु र तिनीहरूलाई फारोको राज्यमा, तिनीहरूका सुरुको देशमा फर्काएर ल्याउनेछु । तब तिनीहरू त्यहाँ एक तुच्छ राज्य भएर बस्नेछन् ।
og vende Ægyptens Skæbne og føre dem tilbage til Patros, det Land, de stammer fra, og der skal de blive et lille Rige.
15 त्यो सारा राज्यहरूमा सबैभन्दा तुच्छ हुनेछ, अनि त्यो फेरि जातिहरूका माझमा कहिल्यै उच्च पारिनेछैन । म त्यसलाई घटाउनेछु, जसले गर्दा तिनीहरूले फेरि कहिल्यै जातिहरूमाथि राज्य गर्नेछैनन् ।
Det skal blive mindre end de andre Riger og ikke mere svinge sig op over Folkene; jeg gør dem få i Tal, for at de ikke mere skal råde over Folkene.
16 इस्राएलका घरानाका निम्ति मिश्रदेश फेरि कहिल्यै दृढताको कारण हुनेछैन । बरु, इस्राएलले मिश्रदेशसित सहायता माग्न जाँदा त्यहाँ तिनीहरूले गरेको अपराधका सम्झना तिनीहरूलाई हुनेछ । तब तिनीहरूले म नै परमप्रभु परमेश्वर हुँ भनी जान्नेछन्' ।”
Og fremtidig skal de ikke være Israels Huss Tillid og således minde mig om dets Misgerning, når det slutter sig til dem; og de skal kende, at jeg er den Herre HERREN.
17 तब सत्ताइसौं वर्षको पहिलो महिनाको पहिलो दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
I det syv og tyvende År på den første Dag i den første Måned kom HERRENs Ord til mig således:
18 ए मानिसको छोरो, बेबिलोनको राजा नबूकदनेसरले टुरोसको विरुद्धमा कडा परिश्रम गर्नलाई आफ्नो फौजले तयार राख्यो । हरेकको टाउको तालु खुइले नभएसम्म दलियो र हरेक कुमलाई खस्रो पारियो । तापनि टुरोसको विरुद्धमा त्यसले गरेको परिश्रमको सट्टा त्यसले र त्यसको सेनाले केही इनाम पाउन सकेनन् ।
Menneskesøn! Kong Nebukadrezar af Babel har ladet sin Hær udføre et stort Arbejde mod Tyrus; hvert Hoved er skaldet, hver Skulder flået, og hverken han eller Hæren fik Løn af Tyrus for det Arbejde, han udførte imod det.
19 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'हेर्, म मिश्रदेशलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा दिनेछु, र त्यसले उसका धन-सम्पत्ति, र भेट्टाएका जति सबै थोक लानेछ । त्यो त्यसको फौजको ज्याला हुनेछ ।
Derfor, så siger den Herre HERREN: Se, jeg giver Kong Nebukadrezar af Babel Ægypten; han skal bortføre dets Rigdom, tage Bytte og røve Rov der; og det skal være hans Hærs Løn;
20 त्यसले मेरो निम्ति गरेको परिश्रमको ज्यालाको रूपमा मिश्रदेश मैले त्यसलाई दिएको छु— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
som Vederlag for hans Arbejde giver jeg ham Ægypten, fordi de sled for mig, lyder det fra den Herre HERREN.
21 त्यस दिन म इस्राएलका घरानाको निम्ति एउटा सीङ उमार्नेछु, र तिनीहरूका बिचमा म तँलाई बोल्ने बनाउनेछु, ताकि तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्' ।”
På den Dag lader jeg et Horn vokse frem for Israels Hus, og dig giver jeg at åbne din Mund iblandt dem; og de skal kende, at jeg er HERREN.