< इजकिएल 26 >
1 यसैले यो एघारौं वर्षमा, महिनाको पहिलो दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
I det ellevte År På den første dag i ... månede kom HERRENs Ord til mig således:
2 “ए मानिसको छोरो, किनभने यरूशलेमको विरुद्धमा टुरोस सहरले 'अहा! भनेको छ ।मानिसहरूका ढोकाहरू भत्केका छन् । त्यो मतिर फेर्केको छ । म भरपूर हुनेछु, किनभने त्यो भग्नावशेष भएको छ ।'
Menneskesøn! Fordi Tyrus siger om Jerusalem: "Ha, ha! Folkeslagenes Port er knust; den står mig åben; den var rig, men er nu øde!"
3 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, ‘हेर्, ए टुरोस, म तेरो विरुद्धमा छु, र समुद्रमा छालहरू उठेझैं धेरै जातिहरूलाई तेरो विरुद्धमा म ल्याउनेछु ।
derfor, så siger den Herre HERREN: Se, jeg kommer over dig, Tyrus, og fører mange Folk imod dig, som når Havet rejser sine Bølger.
4 उनीहरूले टुरोसका पर्खालहरू भत्काउनेछन्, र त्यसका धरहराहरू ढाल्नेछन् । म त्यसको धूलो उडाउनेछु र त्यसलाई उजाड चट्टान बनाउनेछु ।
De skal ødelægge Tyruss Mure og nedbryde Tårnene. Jeg fejer Muldet bort og gør Tyrus til nøgen Klippe;
5 त्यो समुद्रको बिचमा जालहरू सुकाउने ठाउँ हुनेछ, किनभने मैले नै यो घोषणा गरेको छु— यो परमप्रभु परमेश्वरको घोषणा हो— र त्यो जातिहरूका निम्ति लूटको माल हुनेछ ।
en Tørreplads for Net skal det være ude i Havet, så sandt jeg har talet, lyder det fra den Herre HERREN; og det skal blive et Bytte for Folkene.
6 मैदानहरूमा भएका त्यसका छोरीहरू तरवारले मारिनेछन्, र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन् ।
Dets Døtre på Land skal hugges ned med Sværd; og de skal kende, at jeg er HERREN.
7 किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर्, उत्तरबाट राजाहरूका राजा बेबिलोनको राजा नबूकदनेसरलाई घोडाहरू र रथहरू, र घोडचढीहरू र धेरै जना मानिससहित म टुरोसको विरुद्धमा ल्याउनेछु ।
Thi så siger den Herre HERREN: Se, nordenfra fører jeg mod Tyrus Kong Nebukadrezar af Babel, Kongernes Konge, med Heste, Vogne og Ryttere og en vældig Hærskare.
8 त्यसले मैदानहरूमा तेरा छोरीहरूलाई मार्नेछ । त्यसले तेरो विरुद्धमा घेरा-मचान निर्माण गर्नेछ, र तेरा पर्खालहरूमा आड लाग्ने किल्ला निर्माण गर्नेछ, र तेरो विरुद्धमा ढालहरू उठाउनेछ ।
Dine Døtre på Land skal han hugge ned med Sværd; han skal bygge Belejringstårne, opkaste Stormvold og rejse Skjoldtag imod dig;
9 तेरो पर्खालमा हिर्काउनलाई त्यसले मूढाहरू राख्नेछ, र त्यसका हतियारले तेरा धरहराहरू ढाल्नेछ ।
sin Murbrækkers Stød skal han rette imod dine Mure og nedbryde dine Tårne med sine Sværd.
10 त्यसका घोडाहरू यति धेरै हुनेछन्, कि तिनका धूलोले तँलाई ढाक्नेछ । घोडचढीहरू, गाढाहरू र रथहरूको आवाजले तेरा पर्खालहरू हल्लिनेछन् । पर्खाल भत्केको कुनै सहरभित्र मानिसहरू पसेझैं गरी त्यो तेरा ढोकाहरूभित्र पस्छ ।
Hans Heste skal myldre, så Støvet, de rejser, skjuler dig; Ryttere, Hjul og Vogne skal larme, så dine Mure ryster, når han drager igennem dine Porte, som når man trænger ind i en stormet By.
11 त्यसका घोडाहरूका टापहरूले तेरा सबै सडकहरू कुल्चिनेछ । त्यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ, र तेरा बलिया खामाहरू जमिनमा ढल्नेछन् ।
Med sine Hestes Hove skal han nedtrampe alle dine Gader; dit Folk skal han hugge ned med Sværdet og styrte dine stolte Støtter til Jorden.
12 उनीहरूले तेरा धन-सम्पत्तिहरू लुट्नेछन्, र तेरा व्यापारका मालहरू लुट्नेछन् । उनीहरूले तेरा पर्खालहरू ढाल्नेछन् र तेरा आरामदायी घरहरू भत्काउनेछन् । तेरा ढुङ्गा र काठपात, फोहोरलाई उनीहरूले समुद्रमा फाल्नेछन् ।
De skal rane din Rigdom og gøre dine Handelsvarer til Bytte; de skal nedbryde dine Mure og nedrive dine herlige Huse: Sten, Tømmer og Ler skal de kaste i Vandet.
13 तेरो गीतको हल्ला म बन्द गर्नेछु । तेरा वीणाहरूका आवाज फेरि कहिल्यै सुनिनेछैन ।
Jeg gør Endepå dine brusende Sange, og dine Citres Klang skal ikke mere høres.
14 म तँलाई उजाड चट्टान बनाउनेछु । तँ जालहरू सुकाउने ठाउँ बन्नेछस् । फेरि कहिल्यै तँलाई बनाइनेछैन, किनकि म परमप्रभु परमेश्वर नै बोलेको हुँ— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
Jeg gør dig til nøgen Klippe, en Tørreplads for Net skal du være. Aldrig mere skal du bygges, så sandt jeg, HERREN, har talet, lyder det fra den Herre HERREN.
15 परमप्रभु परमेश्वर टुरोस सहरलाई यसो भन्नुहुन्छ, 'जब तेरो बिचमा डरलाग्दो मारकाट हुन्छ, तब ढलेहरूका सोर र घाइतेहरूले सुस्केराले के टापुहरू काम्नेछैनन् र?
Så siger den Herre HERREN til Tyrus: For sandt, ved dit drønende Fald, ved de såredes Stønnen, når Sværd hugger løs i din Midte, skal Strandene skælve.
16 तब समुद्र किनारका सबै जना शासक आ-आफ्ना सिंहासनबाट ओर्लनेछन् र आ-आफ्नो पोशाक उतार्नेछन्, र बुट्टा भरिएका वस्त्रहरू फुकाल्नेछन् । तिनीहरूले आफैंमा कम्पका पोशाक लगाउनेछन्, तिनीहरू भूइँमा बस्नेछन्, र हरेक क्षण काम्नेछन्, र तँलाई देखेर तिनीहरू भयभीत हुनेछन् ।
Ned fra sin Trone stiger hver Fyrste ved Havet, Kapperne lægger de bort, aflægger de brogede Klæder og klæder sig i Sorg; de sidder på Jorden og skæler uafbrudt, slagne af Rædsel over dig.
17 तिनीहरूले तेरो विषयमा विलाप गर्नेछन् र तँलाई यसो भन्नेछन्: नाविकहरू बसोबास गर्ने, तँ कसरी नष्ट भइस् । शक्तिशाली र प्रसिद्ध सहर अब समुद्रबाट हराएको छ । त्यसका बासिन्दाहरूले आफ्ना नजिक बस्ने हरेकलाई कुनै बेला थर्कमान् पारेका थिए ।
De synger en Klagesang om dig og siger til dig: Ak, du gik under, forsvandt fra Havet, du fejrede By, du, som var vældig på Havet, du og dine Borgere, du, der jog Rædsel i alle, som boede der!
18 अब तेरो पतनको दिनमा समुद्र-किनारका देशहरू काम्छन् । तँ आफ्नो ठाउँमा नभए हुनाले टापूहरू त्रासमा परेका छन् ।'
Nu gribes Strandene af Skælven, den Dag du falder, og Havets Øer forfærdes over din Udgang!
19 किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः जब मानिसहरू बसोबास नगरेको अरू सहरझैं म तँलाई एउटा उजाडिएको सहर तुल्याउँछु, र जब म गहिरो सागरलाई तेरो विरुद्ध उठाउनेछु, र जब ठुला छालहरूले तँलाई ढाक्छन्,
Thi så siger den Herre HERREN: Når jeg gør dig til en øde By og lige med affolkede Byer, når jeg fører Verdensdybet over dig, og de vældige Vande skjuler dig,
20 तब म तँलाई प्राचिन समयका मानिसहरूकहाँ ल्याउनेछु, अरू मानिसहरूझैं जो खाल्डोमा गएका छन् । किनभने म तँलाई पृथ्वीमुनि, प्राचीन भग्नावशेषमा जस्तै, मृत-लोकमा जानेहरूसित बस्न लाउनेछु । जसको कारण तँ फेरि कहिल्यै जीवितहरूको देशमा फर्केर बस्नेछैनस् ।
så støder jeg dig ned iblandt dem, der steg ned i Dybet, blandt Fortidens Folk, og lader dig ligge i Underverdenen som ældgamle Ruiner blandt dem, der steg ned i Dybet, for at du aldrig mere skal bebos eller rejse dig i de levendes Land;
21 तँमाथि म विपति ल्याउनेछु, र सधैंको निम्ति तँ फेरि कहिलै हुनेछैनस् । तब तेरो खोजी हुनेछ तर तँलाई फेरि कहिलै भेट्टाइनेछैन— यो परमप्रभु परमेश्वरको घोषणा हो ।”
jeg giver dig hen til brat Undergang, og det skal være ude med dig; selv om der søges efter dig, skal du aldrig i Evighed findes, lyder det fra den Herre HERREN.