< इजकिएल 24 >
1 नवौं वर्षको दशौं महिनाको र महिनको दशौं दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
καὶ ἐγένετο λόγος κυρίου πρός με ἐν τῷ ἔτει τῷ ἐνάτῳ ἐν τῷ μηνὶ τῷ δεκάτῳ δεκάτῃ τοῦ μηνὸς λέγων
2 “ए मानिसको छोरो, आफ्नो निम्ति आजको दिन, आजकै मिति लेख्, किनकि आजकै दिन बेबिलोनको राजाले यरूशलेमलाई घेरा हालेको छ ।
υἱὲ ἀνθρώπου γράψον σεαυτῷ εἰς ἡμέραν ἀπὸ τῆς ἡμέρας ταύτης ἀφ’ ἧς ἀπηρείσατο βασιλεὺς Βαβυλῶνος ἐπὶ Ιερουσαλημ ἀπὸ τῆς ἡμέρας τῆς σήμερον
3 यस विद्रोही घरानाको विरुद्धमा यो उपदेश, यो दृष्टान्त तिनीहरू भन्। तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः पकाउने भाँडो राख् । त्यसलाई राख्, र त्यसमा पानी हाल् ।
καὶ εἰπὸν ἐπὶ τὸν οἶκον τὸν παραπικραίνοντα παραβολὴν καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος ἐπίστησον τὸν λέβητα καὶ ἔκχεον εἰς αὐτὸν ὕδωρ
4 त्यसभित्र भएका खानेकुरा, हरेक असल टुक्रा— तिघ्रा र ह्याकुलो जम्मा गर र त्यसलाई असल हाडहरूले भर् ।
καὶ ἔμβαλε εἰς αὐτὸν τὰ διχοτομήματα πᾶν διχοτόμημα καλόν σκέλος καὶ ὦμον ἐκσεσαρκισμένα ἀπὸ τῶν ὀστῶν
5 बगालको सबभन्दा असल पशु छान्, त्यसमुनि हाडको थुप्रो लगा । त्यसलाई उमाल्ने ठाउँमा ल्या र त्यसमा हाडहरू पका ।
ἐξ ἐπιλέκτων κτηνῶν εἰλημμένων καὶ ὑπόκαιε τὰ ὀστᾶ ὑποκάτω αὐτῶν ἔζεσεν ἔζεσεν καὶ ἥψηται τὰ ὀστᾶ αὐτῆς ἐν μέσῳ αὐτῆς
6 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः यो रगतको सहरलाई धिक्कार! त्यो खिया लागेको भाँडालाई र त्यसबाट त्यो खिया जानेछैन! त्यसमा भएका टुक्राबाट नछानिकन एक-एक गर्दै निकाल् ।
διὰ τοῦτο τάδε λέγει κύριος ὦ πόλις αἱμάτων λέβης ἐν ᾧ ἐστιν ἰὸς ἐν αὐτῷ καὶ ὁ ἰὸς οὐκ ἐξῆλθεν ἐξ αὐτῆς κατὰ μέλος αὐτῆς ἐξήνεγκεν οὐκ ἔπεσεν ἐπ’ αὐτὴν κλῆρος
7 किनकि त्यसको रगत त्यसकै बिचमा छ । त्यसले त्यो रगत चिल्लो चट्टानमा बगाई । धूलाले ढाक्नलाई त्यसले त्यो रगत भूइँमा पोखाईन,
ὅτι αἷμα αὐτῆς ἐν μέσῳ αὐτῆς ἐστιν ἐπὶ λεωπετρίαν τέταχα αὐτό οὐκ ἐκκέχυκα αὐτὸ ἐπὶ τὴν γῆν τοῦ καλύψαι ἐπ’ αὐτὸ γῆν
8 यसैले त्यसले साटो लिने क्रोध ल्याउँछ । त्यसको रगत ढाक्न नसकियोस् भनेर मैले चिल्लो चट्टानमा त्यो पोखाइन ।
τοῦ ἀναβῆναι θυμὸν εἰς ἐκδίκησιν ἐκδικηθῆναι δέδωκα τὸ αἷμα αὐτῆς ἐπὶ λεωπετρίαν τοῦ μὴ καλύψαι αὐτό
9 यसैकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः त्यस रगतको सहरलाई धिक्कार । म दाउराको थुप्रोलाई पनि बढाउनेछु ।
διὰ τοῦτο τάδε λέγει κύριος κἀγὼ μεγαλυνῶ τὸν δαλὸν
10 दाउरा थुपार् र आगो सल्का । मासु राम्ररी पका, र मसला हाल र हाडहरू डड्न दे ।
καὶ πληθυνῶ τὰ ξύλα καὶ ἀνακαύσω τὸ πῦρ ὅπως τακῇ τὰ κρέα καὶ ἐλαττωθῇ ὁ ζωμὸς
11 त्यसपछि त्यसलाई तताउन र तामालाई तताएर आगोजस्तै बनाउन भाँडो खाली गरेर भुङ्ग्रोमाथि राख्, ताकि त्यसभित्र भएको अशुद्धता पग्लोस्, र त्यसको थेग्रो डढेर जाओस् ।’
καὶ στῇ ἐπὶ τοὺς ἄνθρακας ὅπως προσκαυθῇ καὶ θερμανθῇ ὁ χαλκὸς αὐτῆς καὶ τακῇ ἐν μέσῳ ἀκαθαρσίας αὐτῆς καὶ ἐκλίπῃ ὁ ἰὸς αὐτῆς
12 परिश्रमको कारणलर त्यो थकित भएकी छे, तर त्यसको बाक्लो थेग्रो आगोले पनि गएन ।
καὶ οὐ μὴ ἐξέλθῃ ἐξ αὐτῆς πολὺς ὁ ἰὸς αὐτῆς καταισχυνθήσεται ὁ ἰὸς αὐτῆς
13 तेरो लाजमर्दो व्यवहार तेरो अशुद्धताभित्र छ । किनभने मैले त तँलाई शुद्ध गर्ने कोशिश गरें, तर तेरो अशुद्धताबाट तँ अझै शुद्ध भइनस् । जबसम्म म आफ्नो क्रोध तेरो विरुद्धमा पोखाएर सन्तुष्ट हुन्नँ, तबसम्म तँ फेरि शुद्ध हुनेछैनस् ।
ἀνθ’ ὧν ἐμιαίνου σύ καὶ τί ἐὰν μὴ καθαρισθῇς ἔτι ἕως οὗ ἐμπλήσω τὸν θυμόν μου
14 म परमप्रभुले यो घोषणा गरेको हुँ, र म यो गर्नेछु । म पछि हट्नेछैनँ, न त म त्यसबाट आराम नै गर्नेछु । तेरा चाल र तेरा कामहरूले तिनीहरूले तेरो न्याय गर्नेछन्— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
ἐγὼ κύριος λελάληκα καὶ ἥξει καὶ ποιήσω οὐ διαστελῶ οὐδὲ μὴ ἐλεήσω κατὰ τὰς ὁδούς σου καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε λέγει κύριος διὰ τοῦτο ἐγὼ κρινῶ σε κατὰ τὰ αἵματά σου καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε ἡ ἀκάθαρτος ἡ ὀνομαστὴ καὶ πολλὴ τοῦ παραπικραίνειν
15 त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
16 “ए मानिसको छोरो, हेर्, तेरो आँखाका इच्छालाई म विपतिबाट हटाउँदैछु, तर तैंले शोक गर्नुहुँदैन न त रुनु हुन्छ, र तेरा आँखाबाट आँसु झर्नुहुँदैन ।
υἱὲ ἀνθρώπου ἰδοὺ ἐγὼ λαμβάνω ἐκ σοῦ τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν σου ἐν παρατάξει οὐ μὴ κοπῇς οὐδὲ μὴ κλαυσθῇς
17 तैंले चूपचाप सुस्केरा हाल्नुपर्छ । मृतकको अन्तेष्टि नगर् । आफ्ना फेटा आफ्नो टाउकोमा बाँध र आफ्ना जुत्ता आफ्ना खुट्टामा लगा, तर आफ्नो मुखका रौं नढाक् वा आफ्ना पत्नीको मृत्युमा शोक गर्ने मानिसहरूका रोटी नखा ।”
στεναγμὸς αἵματος ὀσφύος πένθους ἐστίν οὐκ ἔσται τὸ τρίχωμά σου συμπεπλεγμένον ἐπὶ σὲ καὶ τὰ ὑποδήματά σου ἐν τοῖς ποσίν σου οὐ μὴ παρακληθῇς ἐν χείλεσιν αὐτῶν καὶ ἄρτον ἀνδρῶν οὐ μὴ φάγῃς
18 यसैले बिहानै मैले यो कुरा मानिसहरूलाई भनें, र त्यही बेलुकी मेरी पत्नीको मृत्यु भयो । भोलिपल्ट बिहान मलाई जे गर्ने आज्ञा दिइएको थियो, मैले त्यही गरें ।
καὶ ἐλάλησα πρὸς τὸν λαὸν τὸ πρωὶ ὃν τρόπον ἐνετείλατό μοι καὶ ἀπέθανεν ἡ γυνή μου ἑσπέρας καὶ ἐποίησα τὸ πρωὶ ὃν τρόπον ἐπετάγη μοι
19 मानिसहरूले मलाई सोधे, “यी कुराहरू अर्थात्, तपाईंले गरेका कुराहरूको अर्थ के हो, हामीलाई भन्नुहुन्न?”
καὶ εἶπεν πρός με ὁ λαός οὐκ ἀναγγελεῖς ἡμῖν τί ἐστιν ταῦτα ἃ σὺ ποιεῖς
20 यसैले मैले तिनीहरूलाई भनें, “परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
καὶ εἶπα πρὸς αὐτούς λόγος κυρίου πρός με ἐγένετο λέγων
21 ‘इस्राएलको घरानालाई यसो भन्: परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर्, म आफ्नो पवित्रस्थान—तिमीहरूका शक्तिको गर्व, तिमीहरूका आँखाको खुसी, र तिमीहरूका प्राणको इच्छालाई अपवित्र तुल्याउनेछु, र तिमीहरूले छोडिराखेका तिमीहरूका छोराछोरी तरवारले मारिनेछन् ।
εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ισραηλ τάδε λέγει κύριος ἰδοὺ ἐγὼ βεβηλῶ τὰ ἅγιά μου φρύαγμα ἰσχύος ὑμῶν ἐπιθυμήματα ὀφθαλμῶν ὑμῶν καὶ ὑπὲρ ὧν φείδονται αἱ ψυχαὶ ὑμῶν καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν οὓς ἐγκατελίπετε ἐν ῥομφαίᾳ πεσοῦνται
22 तब मैले गरेझैं तिमीहरूले पनि गर्नेछौः तिमीहरूले आफ्नो अनुहारका रौं छोप्नेछैनौ, न त शोक गर्ने मानिसहरूका रोटी खानेछौ ।
καὶ ποιήσετε ὃν τρόπον πεποίηκα ἀπὸ στόματος αὐτῶν οὐ παρακληθήσεσθε καὶ ἄρτον ἀνδρῶν οὐ φάγεσθε
23 त्यसको साटोमा, तिमीहरूका फेटा तिमीहरूका टाउकामा र तिमीहरूका जुत्ता तिमीहरूका खुट्टामा हुनेछन् । तिमीहरूले शोक गर्नेछैनौ न त रुनेछौ, किनकि तिमीहरू आफ्ना पापहरूको कारणले पग्लेर जानेछौ, र हरेक मानिसले आफ्ना भाइको निम्ति सुस्केरा हाल्नेछ ।
καὶ αἱ κόμαι ὑμῶν ἐπὶ τῆς κεφαλῆς ὑμῶν καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν οὔτε μὴ κόψησθε οὔτε μὴ κλαύσητε καὶ ἐντακήσεσθε ἐν ταῖς ἀδικίαις ὑμῶν καὶ παρακαλέσετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ
24 यसरी इजकिएलचाहिं तिमीहरूका निम्ति एउटा चिन्ह हुनेछ । उसले जे गरेको छ ती हरेक कुरा तिमीहरूले पनि गर्नेछौ । तब म नै परमप्रभु परमेश्वर हुँ भनी तिमीहरूले जान्नेछौ' ।”
καὶ ἔσται Ιεζεκιηλ ὑμῖν εἰς τέρας κατὰ πάντα ὅσα ἐποίησεν ποιήσετε ὅταν ἔλθῃ ταῦτα καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος
25 “तर ए मानिसको छोरो, तिनीहरूका आनन्द, गर्व, तिनेहरूले हेर्ने र इच्छा गर्ने तिनीहरूका मन्दिरलाई मैले कब्जा गरेको दिनमा— र मैले तिनीहरूका छोराछोरी लिएर जाँदा—
καὶ σύ υἱὲ ἀνθρώπου οὐχὶ ἐν τῇ ἡμέρᾳ ὅταν λαμβάνω τὴν ἰσχὺν παρ’ αὐτῶν τὴν ἔπαρσιν τῆς καυχήσεως αὐτῶν τὰ ἐπιθυμήματα ὀφθαλμῶν αὐτῶν καὶ τὴν ἔπαρσιν ψυχῆς αὐτῶν υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν
26 त्यस दिनमा तँलाई समाचार दिनलाई एक जना शरणार्थी तँकहाँ आउनेछ ।
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἥξει ὁ ἀνασῳζόμενος πρὸς σὲ τοῦ ἀναγγεῖλαί σοι εἰς τὰ ὦτα
27 त्यो दिनमा त्यो शरणार्थीसँग तैंले मुख खोल्नेछस् र तँ बोल्नेछस्— तँ फेरि चूपचाप रहनेछैनस् । तँ तिनीहरूका निम्ति एउटा चिन्ह हुनेछस्, ताकि तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन् ।”
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διανοιχθήσεται τὸ στόμα σου πρὸς τὸν ἀνασῳζόμενον καὶ λαλήσεις καὶ οὐ μὴ ἀποκωφωθῇς οὐκέτι καὶ ἔσῃ αὐτοῖς εἰς τέρας καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος