< इजकिएल 23 >
1 'परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
И бысть слово Господне ко мне глаголя:
2 “ए मानिसको छोरो, एउटै आमाका दुई छोरीहरू त्यहाँ थिए ।
сыне человечь, две жене бесте дщери матере единыя
3 आफ्नो जवानी दिनमा तिनीहरूले मिश्रदेशमा वेश्यावृति गरे । तिनीहरूले त्यहाँ वेश्याको काम गरे । त्यहाँ तिनीहरूका स्तन मिचिए र तिनीहरूको कुमारी अवस्थाको मुन्टाहरू खेलाइए ।
и соблудисте во Египте, в юности своей соблудисте: тамо спадоша сосцы их, и тамо растлисте девство.
4 तिनिहरूमा दिदीको नाउँ ओहोला र बहिनीको नाउँ ओहोलिबा थियो । तब तिनीहरू मेरा भए, र तिनीहरूले छोराछोरी जन्माए । तिनीहरूका नाउँको अर्थ यही होः ओहोलाको अर्थ सामरिया र ओहोलिबाको अर्थ यरूशलेम हो ।
Имена же има: Оола старейшая, Оолива же меншая сестра ея: и бысте Мне и родисте сыны и дщери: имена же има: Самариа Оола, и Иерусалим Оолива.
5 तर मेरै भएको बेलामा पनि ओहोलाले वेश्यावृत्ति गरी । आफ्ना प्रेमी, प्रभावशाली अश्शूरीहरूसित त्यो मोहित भई,
И соблуди Оола от Мене и возложися на похотники своя, на Ассирианы приближающыяся ей,
6 नीलो वस्त्र लाउने गभर्नर र तिनका अधिकारीहरू, जो बलिया र सुन्दर थिए, ती सबै जना घोडा चढ्ने मानिसहरू थिए ।
облеченныя в червленицы, старейшины и воеводы: юноши избраннии, вси конницы яздящии на конех:
7 यसरी तिनीहरू, सबै असल अश्शूरी मानिसहरूलाई त्यसले आफैलाई सुम्पिदिई, र त्यो मोहित भएका हरेक व्यक्तिसँग अनि तिनीहरूका सबै मूर्तिहरूसँग त्यसले आफैलाई अशुद्ध पारी ।
и даде блужение свое к ним: избранным сыном Ассирийским всем, и ко всем, на няже возлагашеся, во всех нечистотах их оскверняшеся:
8 किनकि त्यसले मिश्रदेशमा हुँदा पनि त्यसको वेश्यावृतिको व्यवहार छाडेकी थिईन । जति बेला त्यो एउटी जवान केटी थिई, त्यति बेला तिनीहरू त्योसित सुतेका थिए । त्यति बेला तिनीहरूले पहिलो पल्ट त्यसका कन्या स्तनहरू खेलाएका थिए । त्यति बेला तिनीहरूले त्यससित आफ्ना यौनका छाडा व्यवहार गर्न सुरु गरेका थिए ।
и блужения своего, еже из Египта, не остави, яко с нею спаху в юности ея, и тии растлиша девство ея и излияша блужение свое на ню.
9 यसकारण त्यसका प्रेमीहरूका हातमा अर्थात् अश्शूरीहरूका हातमा मैले त्यसलाई सुम्पिदिएँ, जोसँग त्यो मोहित भई ।
Того ради предах ю в руце похотником ея, в руце сыном Ассирийским, на нихже возлагашеся.
10 तिनीहरूले त्यसलाई नाङ्गो पारे, त्यसका छोराछोरीलाई लगे, त्यसलाई तरवारले मारे र अरू स्त्रीहरूका माझमा त्यो कुख्यात भई । यसरी तिनीहरूले त्यसलाई दण्ड दिए ।
Тии открыша стыд ея, сыны и дщери ея пояша и самую мечем усекнуша: и бысть поношение в женах, и отмщение сотвориша в ней во дщерех ея.
11 त्यसकी बहिनी ओहोलिबाले त्यो कुरा देखी, तर त्यो झन् बढी कामुक भई र आफ्नी दिदीभन्दा पनि बढी वेश्यावृत्तिको काम गर्न लागी ।
И виде сестра ея Оолива, и растли возложение свое паче ея, и блуд свой паче блуда сестры своея умножи:
12 अश्शूरीहरू, तिनका गभर्नरहरू र आकर्षक किसिमले वस्त्र पहिरिने अधिकारीहरूसँग त्यो कामुक भई, जो घोडा चढ्ने मानिसहरू थिए । ती सबै जना बलिया र सुन्दर मानिसहरू थिए ।
на сынов Ассирийских возложися, на старейшины и воеводы, иже близ ея, облеченны во благоистканны, на конники яздящыя на конех, юноши избранни вси.
13 त्यसले आफैलाई अशुद्ध पारेकी मैले देखें । ती दुवै जना दिदीबहिनी उस्तै थिए ।
И видех, яко осквернися путь един обою.
14 त्यसपछि त्यसले आफ्नो वेश्यावृत्ति झन् बढाई । भित्तामा कोरिएका मानिसहरू, भित्तामा रातो रङ्गले पेन्ट गरेर बनाइएका कल्दीहरूका चित्रहरू त्यसले देखी,
И приложи ко блужению своему, и виде мужы написаны на стене, образы Халдейски написаны шарами,
15 आफ्ना कम्मर वरिपरि पटुका बाँधेका र आफ्ना शिरमा लट्कने फेटा बाँधेका । ती सबै जना कल्दी फौजका रथी अधिकारीहरूजस्ता, बेबिलोनियाका छोराहरूजस्तै देखिन्थे, जसको आफ्नो देश कल्दीया हो ।
препоясаны пестротами о чреслех своих, и превои крашеннии на главах их, вид троякий всех, подобие сынов Вавилонских, Халдейских, земли отечества их:
16 त्यसले उनीहरूलाई देख्ने बित्तिकै उनीहरूका निम्ति त्यो कामुक भई । यसैले कल्दिया देशमा उनीहरूकहाँ त्यसले दूतहरू पठाई ।
и возложися на ня зрением очей своих, и посла послы к ним в землю Халдейску.
17 त्यसपछि बेबिलोनीहरू त्यसकहाँ त्यसको कामुक ओच्छ्यानमा आए र आफ्ना छाडा यौनले तिनीहरूले त्यसलाई अशुद्ध पारे । त्यसले जे गरेकी थिई त्यसद्वारा त्यो अशुद्ध भई । यसरी मनमा घृणा बोकेर त्यो उनीहरूसँग टाढा भई ।
И приидоша к ней сынове Вавилонстии на ложе витающих и оскверниша ю в блужении ея, и осквернися в них, и отступи душа ея от них:
18 जब त्यसले आफ्ना वेश्यावृत्तिका कामहरू गरी र आफ्नो नग्नता देखाई, तब जसरी मनमा घृणा बोकेर त्यसकी दिदीसँग म टाढा भएको थिएँ, त्यसरी नै म त्योसँग पनि टाढा भएँ ।
и откры блужение свое и откры срамоту свою. И отступи душа Моя от нея, якоже отступи душа Моя от сестры ея.
19 तब मिश्रदेशमा त्यो वेश्या हुँदाको, आफ्ना युवावस्थाका समयलाई सम्झेर त्यसले आफ्नो वेश्यावृत्ति झन् बढाई ।
И умножила еси блужение твое, еже помянути дни юности твоея, в няже блудила еси во Египте,
20 यसरी त्यो आफ्ना प्रेमीहरूसित कामुक भई, जसका गुताङ्गहरू गधाहरूका जस्ता थिए, अनि जसका वीर्य घोडाहरूका झैं निस्कन्थ्यो ।
и возлегла еси на Халдеи, ихже плоти быша аки плоти осли, и яко лона конская лона их,
21 मिश्रीहरूले तेरा स्तनका मुन्टाहरू खेलाउँदा र तेरा जवानीका स्तनहरू मिच्दा, तैंले आफ्ना जवानीका लज्जापूर्ण कामहरू यसरी नै गरिस् ।
и посетила еси беззаконие юности твоея, яже творила еси во Египте во виталищи твоем, идеже сосцы юности твоея спадоста.
22 यसैकारण ए ओहोलिबा, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः ‘हेर्, तेरा प्रेमीहरूलाई म तेरो विरुद्धमा उठाउनेछु । जसबाट तँ टाढा भईस्, उनीहरूलाई चारैतिरबाट म तेरो विरुद्धमा ल्याउनेछुः
Того ради, Ооливо, сия глаголет Адонаи Господь: се, Аз воздвигну похотники твоя на тя, от нихже отступи душа твоя, и наведу их на тя окрест,
23 बेबिलोनीहरू र सबै कल्दीहरू, पकोद, शोअ र कोअका मानिसहरू, र तिनीहरूसँगै सबै अश्शूरहरू, बलिया, सुन्दर मानिसहरू, गभर्नरहरू, कमाण्डरहरू, ती सबै जना अधिकारीहरू र इज्जतदार मानिसहरूलाई, घोडामा सवार सबै जना मानिसहरूलाई ।
сынов Вавилонских и всех Халдеев, Факуда и Суда и Куда, и вся сыны Ассирийски с ними, юношы избранны, старейшины и воеводы, вся тристаты и нарочитыя, конники на конех вси.
24 उनीहरू तेरो विरुद्धमा हतियारहरू र रथहरू र गाडाहरू र मानिसहरूका ठुलो भीडलाई साथमा लिएर आउनेछन् । ठुला ढालहरू, साना ढालहरू लिएर र टोप लाएर उनीहरूले तँलाई घेरा हाल्नेछन् । तँलाई दण्ड दिने मौका उनीहरूलाई म दिनेछु, र उनीहरूले आफ्ना कामहरूले तँलाई दण्ड दिनेछन् ।
И приидут на тя вси от севера, колесницы и колеса со многим народом, щиты и сулицы и шлемы, и поставят стражбу окрест тебе, и дам пред лицем их суд, и отмстят ти в судех своих:
25 मेरो डाहको रिस तँतिर म फर्काउनेछु, र क्रोधमा उनीहरूले तँसित व्यवहार गर्नेछन् । उनीहरूले तेरा नाक र कान काट्नेछन्, र तेरा बाँचेकाहरू तरवारले ढल्नेछन् । उनीहरूले तेरा छोराछोरीलाई लानेछन्, र तेरा बाँचेकाहरूलाई आगोले भस्म पार्नेछ ।
и дам рвение Мое в тебе, и сотворят с тобою гнев ярости Моея, ноздри твоя и ушы твои обрежут, и оставших твоих мечем изсекут: тии сынов твоих и дщерей твоих возмут, и оставших твоих потребит огнь:
26 उनीहरूले तेरा वस्त्र उतारेर तँलाई नाङ्गै बनाउनेछन्, र तेरा सबै गहना लैजानेछन् ।
и совлекут с тебе ризы твоя и возмут сосуды хвалы твоея.
27 यसरी तेरा लाजमर्दो व्यवहार र मिश्रदेशदेखि तैंले सुरु गरेका तेरा वेश्यावृत्तिका कामहरू तँबाट म हटाउनेछु । तैंले यी कुराहरूतिर आफ्ना कुदृष्टि लगाउनेछैनस्, र मिश्रदेशको सम्झना फेरि तैंले गर्नेछैनस् ।'
И отвращу нечестия твоя от тебе и блуд твой от земли Египетския: и не воздвигнеши очес твоих на них и Египта не помянеши ктому.
28 किनभने परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः 'हेर्, म तँलाई उनीहरूकै हातमा दिनेछु, जसलाई तँ घृणा गर्छेस्, उनीहरूकै हातमा जसबाट तँ टाढा भएकी थिइस् ।
Понеже сия глаголет Адонаи Господь: се, Аз предаю тя в руце, ихже ненавидиши, от нихже отступи душа твоя:
29 उनीहरूले तँसित घृणापूर्वक व्यवहार गर्नेछन् । तेरा सबै धन-सम्पत्ति उनीहरूले लानेछन्, र तँलाई नाङ्गो र उजाड पारेर छोड्नेछन् । अनि तँ कामुक र वेश्यावृत्तिमा संलग्न हुँदा भएझैं तँलाई नाङ्गो पारिनेछ ।
и сотворят в тебе в ненависти, и возмут вся труды твоя и дела твоя, и будеши нага и посрамлена, и открыется студ блуда твоего и нечестие твое.
30 वेश्याले झैं तैंले काम गरेको, जातिहरूसँग कामुक भएको, उनीहरूका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको हुनाले यी कुराहरू तँलाई हुनेछेन् ।
И блужение твое сотвори сия тебе, егда блудила еси вслед языков и осквернялася в кумирех их:
31 तँ आफ्नी दिदीकै चालमा हिंडेकी छेस्, यसैले त्यसको दण्डको कचौरा म तेरो हातमा दिनेछु ।'
в пути сестры твоея ходила еси, и дам чашу ея в руце твои.
32 परमप्रभु यसो भन्नुहुन्छ, ‘तैंले तेरी दिदीको कचौरा पिउनेछस्, जो ठुलो र गहिरो छ । तँ गिल्ला पात्र र हाँसोको विषय हुनेछेस्— यो कचौरामा धेरै अट्छ ।
Сия глаголет Адонаи Господь: чашу сестры твоея испиеши глубокую и широкую, и будет на смех и подражнение, изюбилную ко совершению пиянства,
33 मतवालापन र दुःखले, त्रास र विनाशको कचौराले तँ पूर्ण हुनेछेस् । तेरी दिदी सामरियाको कचौरा ।
и разслабления наполнишися: чаша же потребления и погубления чаша сестры твоея Самарии:
34 तैंले त्यो पिउनेछेस् र त्यसलाई रित्तो पार्नेछेस् । त्यसपछि तैंले त्यो कचौरा टुक्रा-टुक्रा पार्नेछेस्, र ती टुक्राले आफ्ना स्तनहरू काट्नेछेस् । किनकि मैले नै यो घोषणा गरेको हुँ— यो परमप्रभु परमेश्वरको घोषणा हो ।'
и испиеши ю и истощиши, и чреп ея ядущи потребиши, и сосца твоя отторгнеши: и праздники и новомесячия твоя отвращу: понеже Аз глаголах, рече Адонаи Господь.
35 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, ‘तैंले मलाई बिर्सेको र मलाई तेरो पछाडि फालेको छस्, यसैले आफ्नो लज्जास्पद व्यवहार र यौनको अनैतिक कामहरूका दुष्परिणामहरू तैंले सहनुपर्नेछ' ।”
Сего ради сия глаголет Адонаи Господь: понеже забыла Мя еси и отвергла Мене назад тела твоего, и ты возми нечестие твое и блуд твой.
36 परमप्रभुले मलाई भन्नुभयो, “ए मानिसको छोरो, के तैंले ओहोला र ओहोलिबाको न्याय गर्नेछस्? त्यसैले तिनीहरूका घृणित कामहरूका तिनीहरूलाई विरोध गर,
И рече Господь ко мне: сыне человечь, не будеши ли судити Ооле и Ооливе, и возвестиши ли има беззакония ею?
37 किनकि तिनीहरूले व्यभिचार गरेका छन्, र तिनीहरूका हातहरूमा रगत छ । तिनीहरूले आफ्ना मूर्तिहरूसित व्यभिचार गरे, र तिनीहरूका मूर्तिहरूका प्रसादको रूपमा तिनीहरूले आफ्ना छोराहरूलाई आगोबाट हिंड्न पनि लगाएका छन् ।
Яко любодействовасте, и кровь в руках ею, и в кумирех ею прелюбодействовасте, и чада своя, яже родисте Мне, провождасте им сквозе огнь.
38 त्यसपछि तिनीहरूले अहिले निरन्तर मलाई यसो गर्छन्: तिनीहरूले मेरो पवित्रस्थानलाई अशुद्ध पार्छन्, र त्यसै दिनमा तिनीहरूले मेरा शबाथहरूलाई अपवित्र पार्छन् ।
Даже и сия сотвористе Ми, осквернясте святая Моя в той день, и субботы Моя осквернясте:
39 किनभने तिनीहरूले आफ्ना छोराछोरीलाई आफ्ना मूर्तिहरूका निम्ति बलि चढाएका, अनि त्यसै दिन तिनीहरू मेरो पवित्रस्थानलाई अशुद्ध पार्न त्यसभित्र आए । यसैले हेर्, तिनीहरूले मेरो मन्दिरको बिचमा यसो गरेका छन् ।
и внегда закаласте чада своя кумиром своим, и вхождасте во святая Моя в той день, еже сквернити я: и се, тако творясте среде дому Моего:
40 अब हेर— दूतहरूले पठाएका टाढाबाट आएका मानिसहरूलाई तैंले बोलाईस् । तिनीहरू साँच्चै आए जसका निम्ति तैंले नुहाईस्, आँखामा गाजल लगाईस् र आफूलाई गहनाले सिंगारिस् ।
и посыласте ко мужем грядущым издалеча, к нимже послов посыласте. И егда приходити им, абие умывалася еси и утваряла еси очи твои и украшалася утварию,
41 त्यहाँ तँ एउटा सुन्दर पलङ्गमा बसिस्, र त्यसको अगाडि सजाइएको टेबलमा मेरो धूप र मेरो तेल राखिस् ।
и седела еси на одре постлане, и трапеза украшенна пред лицем ея, и фимиам Мой и елей Мой предлагала пред ними, и веселяхуся в них:
42 यसैले हल्ला गर्ने भीड त्यसको वरिपरी थियो । तिनमा सबै किसिमका मानिसहरू, यतिसम्म कि उजाड-स्थानबाट साबीहरू पनि ल्याइए, र उनीहरूले आफ्ना हातमा चुराहरू लगाए र शिरमा सुन्दर मुकुटहरू लगाए ।
и гласом сличным возглашаху, и ко мужем от множества человеча приходящым от пустыни, и даяху перстни на руки их и венец хвалы на главы их.
43 तब व्भिचारले दिक्क भएकी स्त्रीको विषयमा मैले यसो भनें, 'अब उनीहरू त्यससँग यौनका अनैतिक काम गर्नेछन्, र त्यसले उनीहरूसँग गर्नेछे ।’
И рекох: не в сих ли прелюбодействуют? И дела блудницы, и сама соблуди.
44 जसरी मानिसहरू एउटी वेश्याकहाँ जान्छन् त्यसरी उनीहरू त्यसकहाँ गए र त्यससँग सुते । यसरी उनीहरू ती अनैतिक स्त्रीहरू, ओहोला र ओहोलिबासित सुते ।
И вхождаху к ней: якоже влазят к жене блуднице, тако влазяху ко Ооле и ко Ооливе, женам беззаконницам, еже сотворити беззаконие.
45 तर धार्मिक मानिसहरूले न्याय गर्नेछन् र व्यभिचारिणीहरूका रूपमा तिनीहरूलाई दण्ड दिनेछन् अनि हत्या गर्नेहरूलाई सुनाउने दण्डले तिनीहरूले उनीहरूलाई दण्ड दिनेछन्, किनभने तिनीहरू व्यभिचारिणीहरू हुन् र तिनीहरूका हातमा हत्याको रगत छ ।
Мужие же праведнии, тии и отмстят има отмщением любодейниц и отмщением проливающих кровь, яко любодейцы суть, и кровь в руках их.
46 यसैले परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः म तिनीहरूका विरुद्धमा एउटा भीड खडा गर्नेछु र तिनीहरूलाई त्रास र लूटमा सुम्पिदिनेछु ।
Сия глаголет Адонаи Господь: приведи на них народы и даждь на них мятеж и разграбление,
47 तब त्यो भीडले तिनीहरूलाई ढुङ्गाले हान्नेछन्, र उनीहरूका तरवारले तिनीहरूलाई खत्तम पार्नेछन् । तिनीहरूका छोराछोरीलाई उनीहरूले मार्नेछन् र तिनीहरूका घरहरू जलाउनेछन् ।
и вержи камение на них, камение народов, и да избодут их мечьми своими: сыны их и дщери их избиют и домы их огнем сожгут:
48 किनकि देशबाट लज्जास्पद व्यवहारलाई म खतम गर्नेछु, र सबै स्त्रीलाई अनुशासनमा ल्याउनेछु ताकि तिनीहरू फेरि वेश्याको जस्तो काम नगरून् ।
и отвращу нечестие от земли, и накажутся вся жены и не сотворят по нечестием их:
49 यसरी उनीहरूले तेरा लाजमर्दा व्यवहारहरू तेरै विरूद्धमा खडा गर्नेछन् । तैंले आफ्ना मूर्तिहरूसित गरेका पापको दोष तैंले भोग्नेछेस्, र यसरी म नै परमप्रभु परमेश्वर हुँ भनी तैंले जान्नेछेस् ।
и дастся нечестие ваше на вы: и (вся) грехи кумир ваших приимете и уразумеете, яко Аз Адонаи Господь.