< इजकिएल 22 >
1 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः
上主的話傳給我說:「
2 “अब ए मानिसको छोरो, के तँ न्याय गर्छस्? के तँ त्यो रगतको सहरको न्याय गर्छस्? त्यसका सबै घृणित कुराहरू त्यसलाई जानकारी दे ।
人子,你應開庭裁判這座流人血的城,叫她知道自己的醜惡。
3 तैंले यसको भन्नुपर्छ, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः आफ्नै अन्त्यको समय आओस् भनेर आफ्नो बिचमा रगत बगाउने सहर यही हो । आफूलाई बिटुलो पार्नलाई मूर्तिहरू बनाउने सहर यही हो ।
你應說:吾主上主這樣說:那流人血,使時辰迫近,製造偶像,自染不潔的城,是有禍的!
4 तैंले बगाएको रगतको कारणले तँ दोषी भएको छस्, र तैंले बनाएका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको छस् । तैंले आफ्ना दिनहरूको अन्त्य गरेको छस्, र तेरा वर्षहरूको अन्त्य आएको छ । यसैकारण म तँलाई जातिहरूका बिचमा गिल्ला र सबै देशमा हाँसोको पात्र बनाउनेछु ।
因你傾流人血,自負血債;因你製造偶像,自染不潔,致使你的日子已近,你的年限已到;為此,我要使你成為萬民所侮辱,萬邦所恥笑的對象。
5 तेरो नजिक हुनेहरू र टाढा हुनेहरू दुवैले तेरो गिल्ला गर्नेछन्— तँ अपवित्र सहर— अलमल पार्ने कुराहरूले भरिएको सहरको रूपमा चिनिएको छस् ।
那離你近,離你遠的,都要恥笑你為一惡名多亂的城。
6 हेर्, इस्राएलका शासहरू, रगत बगाउन हरेक व्यक्ति आफ्नै शक्तिले तँकहाँ आएका छन् ।
看,以色列的首領,在你中間各逞其能,傾流人的血。
7 तँभित्रै तिनीहरूले माताहरू र बाबुहरूसँग अपमानको व्यवहार गरेका छन्, र तिनीहरूले तेरो बिचमा भएका विदेशीहरूमाथि अत्याचार गरेका छन् । तेरो बिचमा भएका टुहुरा-टुहुरी र विधवाहरूलाई तिनीहरूले दुर्व्यवहार गरेका छन् ।
在你中間有人輕視父母,在你中間有人壓迫外方人,在你中間也有人欺壓孤兒寡婦。
8 मेरा पवित्र कुराहरूलाई तैंले घृणा गरेको छस् र मेरा शबाथहरूलाई अपवित्र पारेको छस् ।
你藐視了我的聖物,褻瀆了我的安息日。
9 रगत बगाउनलाई हत्या गर्ने मानिसहरू तँभित्र आएका छन्, र तिनीहरूले डाँडाहरूमा खान्छन् । तिनीहरूले तेरो बिचमा दुष्ट काम गर्छन् ।
在你中間有人誹謗,好傾流人血。在你中間有人到山上吃祭物,在你中間有人行淫亂。
10 तेरो भित्र भएका मानिसहरूले आफ्ना पिताको नङ्नता प्रकट गर्छन् । तेरो भित्र भएका मानिसहरूले रजस्वला भएकी स्त्रिसँग सम्भोग गरेर अशुद्ध भएका छन् ।
在你中間有人揭開父親的下體,在你中間有人玷污行經不潔的婦女。
11 आफ्नो छिमेकीकी पत्नीसँग घिनलाग्दा काम गर्ने मानिसहरू, र आफ्नी बुहारीहरूलाई लाज हुने किसिमले अशुद्ध पार्ने मानिसहरू, आफ्नै बहिनीहरू—आफ्ना बुबाकी छोरीहरूलाई बिगार्ने मानिसहरू —यी सबै जना तँभित्रै छन् ।
在你中間有人同鄰人的妻子行醜惡之事,有人姦污自己的兒媳,有人玷辱自己的姊妹,即父親的女兒。
12 तँभित्र यी मानिसहरूले रक्तपात गर्नलाई घूस लिन्छन् र तैंले बढी ब्याज लिएर र धेरै मुनाफा कमाएको छस्, र थिचोमिचो गरेर तैंले आफ्नो छिमेकीलाई नष्ट गरेको छस्, र तैंले मलाई बिर्सेको छस्— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
在你中間有人接受賄賂,以傾流人血。你收息金,放重利,用強力剝削你的近人,而你竟忘了我──吾主上主的斷語──
13 हेर्, तैंले अन्यायसित नाफा गरेको र तेरो बिचमा भएको रक्तपातलाई मैले आफ्नो हातले प्रहार गरेको छु ।
看,對對你所放的重利,對在你中間所流的血債,我要鼓掌。
14 मैले तँसित व्यवहार गरेको दिनमा के तेरो हृदय स्थिर रहला, अनि तेरो हात दह्रिलो होला र? म परमप्रभुले यो घोषणा गर्दैछु, र म त्यसै गर्नेछु ।
在我與你算賬的那天,難道你的心還能忍受,你的手還能堅強﹖我,上主言出必行。
15 यसैले म तँलाई जातिहरूका बिचमा छरपष्ट पार्नेछु, र तँलाई देशहरूमा तितरबितर पार्नेछु । यसरी तँमा भएको अशुद्धताबाट तँलाई शुद्ध पार्नेछु ।
我要將你驅逐在異民中,將你散佈在各地,消除你的污穢。
16 यसरी तँ जातिहरूका दृष्टिमा तँ अशुद्ध हुनेछस् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्नेछस्' ।”
以後在異民眼前,我必再使你做我的產業:如此你要承認我是上主。」
17 त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ भयो,
上主的話傳給我說:「
18 “ए मानिसको छोरो, इस्राएलको घराना मेरो निम्ति थेग्रो भएको छ । ती सबै जना तिमीहरूका बिचमा काँसा, जस्ता, फलाम र सीसाका उब्रेका कुरा भएका छन् । तिनीहरू तेरो भट्टीमा चाँदीका थेग्राझैं हुनेछन् ।
人子,以色列家族對我好像是渣滓,他們成了爐中的銅、錫、鐵和鋁,他們都成了銀渣。
19 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'तिमीहरू सबै जना थेग्राजस्ता भएका हुनाले, म तिमीहरूलाई यरूशलेमको बिचमा जम्मा गर्न लागेको छु ।
因此吾主上主這樣說:因為你們都成了渣滓,為此,看,我必將你們聚集在耶路撒冷,
20 जसरी चाँदी, काँसा, फलाम, सीसा र जस्तालाई भट्टीमा गलाउनलाई मानिसहरूले जम्मा गर्छन्, त्यसरी नै म पनि मेरो रिस र मेरो क्रोधमा तिमीहरूलाई जम्मा गर्नेछु, र म तिमीहरूलाई त्यहाँ हाल्नेछु र तिमीहरूलाई गाल्नेछु ।
就如把銀、銅、鐵、鉛和錫聚集在煉爐中,在上面吹火,使它們鎔化;照樣,我也要把你們聚集在我的怒火和憤恨中,將你們拋在裏面鎔化。
21 म तिमीहरूलाई भेला गर्नेछु, र मेरो क्रोधको आगोमा तिमीहरूलाई फुक्नेछु, र तिमीहरू त्यसैभित्र गल्नेछौ ।
我要聚集你們,在你們身上吹起我的怒火,使你們鎔化在耶路撒冷;
22 जसरी भट्टीमा चाँदी गल्छ, र तिमीहरू त्यसभित्र गल्नेछौ, र म परमप्रभुले नै तिमीहरूमाथि आफ्नो क्रोध खन्याएको हुँ भनी तिमीहरूले जान्नेछौ' ।”
就像銀子在煉爐中鎔化,你們也照樣在城中鎔化:如此,你們就承認我是上主,是我在你們身上發洩了怒火。」
23 परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
上主的話傳給我說:「
24 “ए मानिसको छोरो, त्यसलाई भन्, 'तँ शुद्ध नगरिएको देश होस् । क्रोधको दिनमा त्यहाँ वर्षा हुँदैन ।
人子,你應對此城說:你是一塊在震怒之日無雨無水之地。
25 गर्जने सिंहले शिकार टुक्र्याएझैं त्यसको बिचमा भएका त्यसका अगमवक्ताहरूले एउटा षड्यन्त्र रच्छन् । तिनीहरूले मानिसहरूलाई निल्छन् र बहुमूल्य धन लुट्छन् । त्यसभित्र तिनीहरूले धेरै जनालाई विधवा बनाउँछन् ।
城中的王侯像司裂獵物的吼獅,他們吞噬人民,搶奪財物和珍寶,增加了城中的寡婦。
26 त्यसका पुजारीहरूले मेरो व्यवस्था भङ्ग गर्छन् र तिनीहरूले मेरा पवित्र चीजहरू तुच्छ ठान्छन्। तिनीहरूले पवित्र कुरा र तुच्छ कुराको बिचमा भिन्नता छुट्याउँदैनन्, अनि अशुद्ध र शुद्धको बिचको भिन्ता सिकाउँदैनन्। तिनीहरूले मेरा शबाथहरूबाट आफ्ना आँखा लुकाउँछन् ताकि तिनीहरूका बिचमा म तच्छ भएको छु ।
城中司祭違犯我的法律,褻瀆我的聖物,不分別聖與俗,不辨明潔與不潔,且掩目不顧我的安息日,致使我在他們中蒙受褻瀆。
27 त्यसभित्र भएका त्यसका शासकहरू आफ्नो शिकार फहराउने ब्वाँसाहरूजस्ता छन् । तिनीहरूले बेईमानसाथ नाफा कमाउनलाई रगत बगाउँछन् र मानिसहरूलाई मार्छन् ।
城中的首長像撕裂獵物的豺狼,傾流人血,殺害人命,以圖謀不義之財。
28 त्यसका अगमवक्ताहरूले तिनीहरूमाथि चुनले पोतेका छन्। तिनीहरूले असत्य दर्शन देख्छन् र तिनीहरूका निम्ति झूटा अगमवाणी बोल्छन् । तिनीहरू भन्छन्, “परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ,' जबकि परमप्रभु बोल्नुभएकै हुँदैन ।
城中的先知還為他們掩飾罪過,所見的都是假異象,所說的都是欺詐的預言。他們說:吾主上主這樣說,其實上主並沒有說。
29 देशका मानिसहरूले बलपूर्वक थिचोमिचो गरेका छन् र लुटपाट गरेर लूट मच्चाएका छन्, अनि तिनीहरूले गरीब र दरिद्रहरूमाथि दुर्व्यवहार गर्छन्, र विदेशीहरूसँग अन्यायपूर्वक थिचोमिचो गर्छन् ।
本地的人民蠻橫強暴,劫奪搶掠,欺壓窮苦貧困的人,迫害外方人,無法無天。
30 यसैले पर्खाल निर्माण गरिदिने र देश मद्वारा नष्ट नहोस् भनी देशको लागि मेरो सामुन्ने धाँदोमा उभिदिने एक जना मानिस तिनीहरूका बिचमा मैले हेरें, तर मैले कोही पनि पाइनँ ।
我在他們中找尋一個能修理城牆的人,能在我面前為保護本地,站在缺口處,免得我去破壞那地方的人;但我沒找到一個。
31 त्यसैले तिनीहरूमाथि म आफ्नो क्रोध खन्याउनेछु । मेरो रिसको आगोले म तिनीहरूलाई खत्तम गर्नेछु र तिनीहरूका चाल तिनीहरूकै थाप्लोमा हाल्नेछु— यो परमप्रभु परमेश्वरको घोषणा हो ।"'
為此,我向他們發洩我的怒氣,用我的怒火消滅他們,把他們的行為報復在他們頭上──吾主上主的斷語。