< इजकिएल 21 >
1 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः
И дође ми реч Господња говорећи:
2 “ए मानिसको छोरो, तेरो अनुहार यरूशलेमको विरुद्धमा फर्का र पवित्रस्थानहरूका विरुद्धमा बोल् । इस्राएल देशको विरुद्धमा अगमवाणी गर् ।
Сине човечји, окрени лице своје према Јерусалиму, и покапљи према светим местима, и пророкуј против земље Израиљеве.
3 इस्राएल देशलाई यसो भन्, 'परमप्रभु यसो भन्नुहुन्छः हेर्, म तेरो विरुद्धमा छु । म आफ्नो तरवार त्यसको म्यानबाट थुत्नेछु र तेरा धर्मी मानिस र दुष्ट मानिस दुवैलाई काट्नेछु ।
И реци земљи Израиљевој: Овако вели Господ: Ево ме на те; извући ћу мач свој из корица, и истребићу из тебе праведног и безбожног.
4 धर्मी र दुष्ट दुवैलाई म खतम गर्नलाई दक्षिणदेखि उत्तरसम्म हरेक प्राणीको विरुद्ध मेरो तरवार म्यानबाट निस्कनेछ ।
Да истребим из тебе праведног и безбожног, зато ће изаћи мач мој из корица својих на свако тело од југа до севера.
5 तब सबै प्राणीले थाहा पाउनेछन्, कि म परमप्रभुले नै मेरो तरवार म्यानबाट झिकेको छु । त्यो फेरि म्यानमा हालिनेछैन' ।
И познаће свако тело да сам ја Господ извукао мач свој из корица његових, неће се више вратити.
6 तेरो बारेमा, ए मानिसको छोरो, तेरो पटुका चुडिंदा सुस्केरा हाल् । तीतो मन लिएर तिनीहरूले देख्ने गरी सुस्केरा हाल् ।
А ти, сине човечји, уздиши као да су ти бедра поломљена, и горко уздиши пред њима.
7 तब तिनीहरूले तँलाई सोध्नेछन्, ‘के कारणले तिमी सुस्केरा हाल्दैछौ?' अनि तैंले यसो भन्नेछस्, 'आएको समाचारको कारणले, किनकि हरेकको हृदयले मुर्छा खानेछ र हरेकको हात शिथिल हुनेछ । हरेकको आत्मा मुर्छित हुनेछ र हरेकको घुँडा पानीजस्तै कमजोर हुनेछ । हेर, त्यो आउँदैछ र त्यो यस्तो हुनेछ!— यो परमप्रभु परमेश्वरको घोषणा हो' ।”
А кад ти кажу: Зашто уздишеш? Ти реци: За глас што иде, од ког ће се растопити свако срце и клонути све руке и сваког ће духа нестати, и свака ће колена постати као вода; ево, иде, и навршиће се, говори Господ Господ.
8 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
Потом дође ми реч Господња говорећи:
9 “ए मानिसको छोरो, अगमवाणी बोल् र यसो भन्, 'परमप्रभु यसो भन्नुहुन्छः “भन्: एउटा तरवार, एउटा तरवार! त्यो धारिलो र चम्किलो हुनेछ ।
Сине човечји, пророкуј и реци: Овако вели Господ Господ: Реци: мач, мач је наоштрен, и углађен је.
10 धेरै जनालाई काट्नलाई त्यसमा धार लगाइनेछ । बिजुलीझैं चम्कनलाई त्यसलाई टल्काइनेछ । के हामी मेरो छोराको राजदण्डमा आनन्दित हुनुपर्छ र? आउनेवाला तरवारले हरेक त्यस्ता राजदण्डलाई घृणा गर्छ ।
Наоштрен је да коље, углађен је да сева; хоћемо ли се радовати кад прут сина мог не хаје ни за како дрво?
11 यसैले त्यो तरवारलाई टल्काउन दिइनेछ र तब हातले समाइनेछ । त्यो तरवार धारिलो बनाइएको छ र त्यो टल्काइएको छ र मार्ने व्यक्तिको हातमा त्यो दिइएको छ ।”
Дао га је да се углади да се узме у руку; мач је наоштрен и углађен, да се да у руку убици.
12 ए मानिसको छोरो, गुहार माग् र विलाप गर् । किनकि त्यो तरवार मेरा मानिसहरूका विरुद्धमा आएको छ । त्यो इस्राएलका सबै अगुवाको विरुद्धमा छ। तिनीहरूलाई मेरा मानिसहरूसँगै तरवारमा फालिएका छन् । यसकारण आफ्नो तिग्रा ठटा ।
Вичи и ридај, сине човечји; јер он иде на народ мој, на све кнезове Израиљеве; под мач ће бити окренути с народом мојим, за то удри се по бедру.
13 किनकि जाँच आउनेछ, तर यहूदाको राजदण्ड रहेन भने नि?— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
Кад беше карање, шта би? Еда ли ни од прута који не хаје неће бити ништа? Говори Господ Господ.
14 अब ए मानिसको छोरो, अगमवाणी बोल् र आफ्ना हातले ताली बजा, किन तरवारले तेस्रो पल्ट पनि आक्रमण गर्नेछ । एक-एक जनालाई मार्ने तरवार । यो तरवार धेरै जनालाई मार्न र हरेक दिशाबाट तिनीहरूलाई छेड्नलाई हो ।
Ти дакле, сине човечји, пророкуј и пљескај рукама, јер ће мач доћи и другом и трећом, мач који убија, мач који велике убија, који продире у клети.
15 तिनीहरूका हृदयहरू गलाउन र तिनीहरूका ढल्नेहरूको संख्या बढाउन, तिनीहरूका सबै ढोकामा मैले मार्नलाई तरवार राखेको छु । बिजुलीजस्तै चम्कनलाई त्यो बनाइएको छ, मार्नलाई त्यो समातिएको छ ।
Да се растопе срца и умножи погибао, метнуо сам на сва врата њихова страх од мача; јаох! Приправљен је да сева, наоштрен да коље.
16 ए तरवार, दाहिनेतिर हान् । र देब्रेतिर प्रहार गर् । तेरो धार जता फर्काइन्छ त्यतै जा ।
Стегни се, удри надесно, налево, куда се год обрнеш.
17 किन म पनि आफ्ना दुई हातले ताली बजाउनेछु, र मेरो क्रोध शान्त पार्नेछु । म, परमप्रभुले यो घोषणा गर्छु ।”
Јер ћу и ја пљескати рукама, и намирићу гнев свој. Ја Господ рекох.
18 परमप्रभुको वचन फेरि पनि यसो भनेर मकहाँ आयो,
Још ми дође реч Господња говорећи:
19 “ए मानिसको छोरो, बेबिलोनका राजाको तरवार आउनलाई दुई वटा बाटो रोज् । ती दुवै बाटो एउटै देशबाट सुरु हुनेछन् र तीमध्ये एउटामा सहरतिर जाने चिन्ह हुनेछ ।
А ти, сине човечји, начини два пута, куда ће доћи мач цара вавилонског; из једне земље нека излазе оба; и избери страну, где се почиње пут градски, избери.
20 अम्मोनीहरूको सहर रब्बामा बेबिलोनी फौज आउनलाई एउटा बाटोमा निशाना बनाइदे । अर्कोमा तिनै फौजलाई यहूदामा र किल्ला भएको यरूशलेम सहरमा आउनलाई एउटा निशाना बनाइदे ।
Начини пут којим ће доћи мач на Раву синова Амонових, и у Јудеју на тврди Јерусалим.
21 किनभने बेबिलोनका राजा जोखना हेर्नलाई चौबाटोमा, दोबाटोमा खडा हुनेछ । त्यसले केही काँडहरू चालाउनेछ र मूर्तिहरूसित सल्लाह लिनेछ, र त्यसले कलेजो जाँच्नेछ ।
Јер ће цар вавилонски стати на распутици, где почињу два пута, те ће врачати, гладиће стреле, питаће ликове, гледаће у јетру.
22 यसको विरुद्धमा भत्काउने मूढा राख्नलाई, गला खोलेर मार्ने हुकुम दिनलाई, युद्धको आवाज सुनाउलाई, मूल ढोका भत्काउने ठुला-ठुला मूढाहरू लाउनलाई, घेरा-मचान खडा गर्नलाई त्यसको दाहिने हातमा यरूशलेमको चिट्ठा पर्नेछ ।
Надесно ће му врачање показати Јерусалим да намести убојне справе, да отвори уста на клање, да подигне глас подвикујући, да намести убојне справе према вратима, да начини опкопе, да погради куле.
23 युद्धको निम्ति राजासित मित्रताको शपथ खाने यरूशलेका मानिसहरूलाई त्यो बेकारको जोखना हेरेजस्तो देखिनेछ । तर राजाले तिनीहरूलाई घेरा हल्नलाई तिनीहरूले सम्झौता उलङ्घन गरे भनेर तिनीहरूलाई दोष लगाउनेछ ।
И учиниће се врачање залудно заклетима, а то ће напоменути безакоње да се ухвате.
24 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तिमीहरूले आफ्ना सबै पाप कामहरू देखिने गरी आफ्ना अपराधलाई प्रकट गरेर तिमीहरूका दोष मलाई सम्झना गराएका हुनाले— तिमीहरूले यसो गरेका हुनाले, तिमीहरू हातले समातिनेछौ ।
Зато овако вели Господ Господ: Што напомињете своје безакоње, те се открива невера ваша и греси се ваши виде у свим делима вашим, за то што дођосте на памет, бићете похватани руком.
25 ए इस्राएल अपवित्र र दुष्ट शासक, जसको दण्डको दिन आएको छ, र जसको अपराध गर्ने समय सकिएको छ,
А ти, нечисти безбожниче, кнеже Израиљев, коме дође дан кад би на крају безакоње,
26 परमप्रभु परमेश्वर तँलाई यसो भन्नुहुन्छः फेटा हटा र मुकुट उतार् । कुराहरू फेरि त्यस्तै हुनेछैनन् । खसालिएको व्यक्तिलाई उठाइनेछ, र उच्च सम्झने व्यक्तिलाई खसालिनेछ ।
Овако вели Господ Господ: Скини ту капу и сврзи тај венац, неће га бити; ниског ћу узвисити а високог ћу понизити.
27 भग्नावशेष! भग्नावशेष! त्यसलाई म भग्नावशेष बनाउनेछु । न्याय गर्न नियुक्त व्यक्ति नआएसम्म त्यो फेरि पुनर्निर्माण गरिनेछैन ।
Уништићу, уништићу, уништићу га, и неће га бити, докле не дође онај коме припада, и њему ћу га дати.
28 यसैले, ए मानिसको छोरो, तँ अगमवाणी बोल् र यसो भन्, 'अम्मोनका मानिसहरूमा आउन लागेको अपमानको बारेमा परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः एउटा तरवार, एउटा तरवार तरवार थुतिएको छ । नष्ट गर्नलाई त्यसमा धार लगाइएको छ । त्यसैले त्यो बिजुलीझैं हुनेछ!
А ти, сине човечји, пророкуј и реци: Овако вели Господ Господ за синове Амонове и за њихову срамоту; реци дакле: мач, мач је извучен, углађен да коље, да затире, да сева,
29 अगमवक्ताहरूले तेरो विषयमा झूटो दर्शनहरू देखे तापनि, तेरो लागि झूटो धार्मिक विधिहरू गरे तापनि, यो तरवार मारिन लागेका दुष्टहरूको घाँटिमा पर्नेछ, जसको दण्डको दिन आएको छ र जसको अधर्मको समय सकिन लागेको छ ।
Докле ти виђају таштину, докле ти гатају лаж, да те метну на вратове побијеним безбожницима, којима дође дан кад би крај безакоњу.
30 त्यो तरवारलाई त्यसको म्यानमा हाल् । तँ सृष्ट गरिएको ठाउँमा, तेरा सुरुको देशमा म तेरो इन्साफ गर्नेछु ।
Остави мач у корице, на месту где си се родио, у земљи где си постао, судићу ти;
31 म मेरो क्रोध तँमाथि खन्याउनेछु! तेरो विरुद्धमा दन्केको मेरो रिस आगोझैं तँमाथि फुकिदिनेछु र तँलाई नाश गर्नलाई सिपालु, क्रूर मानिसहरूका हातमा सुम्पिदिनेछु ।
И излићу на те гнев свој, огњем гнева свог дунућу на те и предаћу те у руке жестоким људима, вештим у затирању.
32 तँ आगोको लागि दाउरा हुनेछस् । तेरो रगत देशको माझमा बग्नेछ । तेरो सम्झना फेरि कहिल्यै हुनेछैन, किनकि म परमप्रभुले नै यो घोषणा गरेको छु' ।”
Огњу ћеш бити храна, крв ће ти бити посред земље, нећеш се спомињати, јер ја Господ рекох.