< इजकिएल 21 >

1 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः
Then the word of Yahweh came to me, saying,
2 “ए मानिसको छोरो, तेरो अनुहार यरूशलेमको विरुद्धमा फर्का र पवित्रस्‍थानहरूका विरुद्धमा बोल् । इस्राएल देशको विरुद्धमा अगमवाणी गर् ।
“Son of man, set your face toward Jerusalem, and speak against the sanctuaries; prophesy against the land of Israel.
3 इस्राएल देशलाई यसो भन्, 'परमप्रभु यसो भन्‍नुहुन्‍छः हेर्, म तेरो विरुद्धमा छु । म आफ्‍नो तरवार त्‍यसको म्‍यानबाट थुत्‍नेछु र तेरा धर्मी मानिस र दुष्‍ट मानिस दुवैलाई काट्नेछु ।
Say to the land of Israel, 'Yahweh says this: Behold! I am against you! I will draw my sword from its sheath and cut off both the righteous person and the wicked person from you!
4 धर्मी र दुष्‍ट दुवैलाई म खतम गर्नलाई दक्षिणदेखि उत्तरसम्‍म हरेक प्राणीको विरुद्ध मेरो तरवार म्‍यानबाट निस्‍कनेछ ।
In order for me to cut off both the righteous and the wicked from you, my sword will go out from its sheath against all flesh from the south to the north.
5 तब सबै प्राणीले थाहा पाउनेछन्, कि म परमप्रभुले नै मेरो तरवार म्‍यानबाट झिकेको छु । त्‍यो फेरि म्‍यानमा हालिनेछैन' ।
Then all flesh will know that I, Yahweh, have drawn my sword from its sheath. It will no longer hold back!'
6 तेरो बारेमा, ए मानिसको छोरो, तेरो पटुका चुडिंदा सुस्‍केरा हाल्‌ । तीतो मन लिएर तिनीहरूले देख्‍ने गरी सुस्‍केरा हाल्‌ ।
As for you, son of man, groan as your loins break! In bitterness groan before their eyes!
7 तब तिनीहरूले तँलाई सोध्‍नेछन्, ‘के कारणले तिमी सुस्‍केरा हाल्‍दैछौ?' अनि तैंले यसो भन्‍नेछस्, 'आएको समाचारको कारणले, किनकि हरेकको हृदयले मुर्छा खानेछ र हरेकको हात शिथिल हुनेछ । हरेकको आत्‍मा मुर्छित हुनेछ र हरेकको घुँडा पानीजस्‍तै कमजोर हुनेछ । हेर, त्‍यो आउँदैछ र त्‍यो यस्तो हुनेछ!— यो परमप्रभु परमेश्‍वरको घोषणा हो' ।”
Then it will happen that they will ask you, 'For what reason are you groaning?' Then you will say, 'Because of the news that is coming, for every heart will faint away, and every hand will falter! Every spirit will grow faint, and every knee will flow like water. Behold! It is coming and it will be like this!—this is the Lord Yahweh's declaration.'”
8 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
Then the word of Yahweh came to me, saying,
9 “ए मानिसको छोरो, अगमवाणी बोल् र यसो भन्, 'परमप्रभु यसो भन्‍नुहुन्‍छः “भन्: एउटा तरवार, एउटा तरवार! त्‍यो धारिलो र चम्‍किलो हुनेछ ।
“Son of man, prophesy and say, 'The Lord says this: “Say: A sword! A sword! It will be sharpened and polished!
10 धेरै जनालाई काट्नलाई त्यसमा धार लगाइनेछ । बिजुलीझैं चम्‍कनलाई त्‍यसलाई टल्‍काइनेछ । के हामी मेरो छोराको राजदण्‍डमा आनन्‍दित हुनुपर्छ र? आउनेवाला तरवारले हरेक त्यस्ता राजदण्डलाई घृणा गर्छ ।
It will be sharpened in order to engage in great slaughter! It will be polished in order to be like lightning! Should we rejoice in my son's scepter? The coming sword hates every such rod!
11 यसैले त्यो तरवारलाई टल्‍काउन दिइनेछ र तब हातले समाइनेछ । त्यो तरवार धारिलो बनाइएको छ र त्‍यो टल्‍काइएको छ र मार्ने व्‍यक्‍तिको हातमा त्‍यो दिइएको छ ।”
So the sword will be given to be polished, and then to be grasped by the hand! The sword is sharpened and it is polished and it is to be given into the hand of the one who kills!”'”
12 ए मानिसको छोरो, गुहार माग् र विलाप गर् । किनकि त्‍यो तरवार मेरा मानिसहरूका विरुद्धमा आएको छ । त्‍यो इस्राएलका सबै अगुवाको विरुद्धमा छ। तिनीहरूलाई मेरा मानिसहरूसँगै तरवारमा फालिएका छन् । यसकारण आफ्नो तिग्रा ठटा ।
Call for help and lament, son of man! For that sword has come against my people! It is against all the leaders of Israel. They are thrown against the sword with my people. Therefore, slap your thigh!
13 किनकि जाँच आउनेछ, तर यहूदाको राजदण्‍ड रहेन भने नि?— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
For there is a trial, but what if the scepter does not last?—this is the Lord Yahweh's declaration.
14 अब ए मानिसको छोरो, अगमवाणी बोल् र आफ्‍ना हातले ताली बजा, किन तरवारले तेस्रो पल्‍ट पनि आक्रमण गर्नेछ । एक-एक जनालाई मार्ने तरवार । यो तरवार धेरै जनालाई मार्न र हरेक दिशाबाट तिनीहरूलाई छेड्‍नलाई हो ।
Now you, son of man, prophesy and hit your two hands together, for the sword will attack even a third time! A sword for the ones to be slaughtered! It is a sword for the many to be slaughtered, piercing them everywhere!
15 तिनीहरूका हृदयहरू गलाउन र तिनीहरूका ढल्नेहरूको संख्या बढाउन, तिनीहरूका सबै ढोकामा मैले मार्नलाई तरवार राखेको छु । बिजुलीजस्‍तै चम्‍कनलाई त्‍यो बनाइएको छ, मार्नलाई त्‍यो समातिएको छ ।
In order to melt their hearts and to multiply their fallen, I have set the sword for slaughter at all their gates. Ah! It is made like lightning, it is grasped for slaughter.
16 ए तरवार, दाहिनेतिर हान् । र देब्रेतिर प्रहार गर् । तेरो धार जता फर्काइन्‍छ त्‍यतै जा ।
You, sword! Strike to the right! Strike to the left! Go wherever your face is turned.
17 किन म पनि आफ्‍ना दुई हातले ताली बजाउनेछु, र मेरो क्रोध शान्‍त पार्नेछु । म, परमप्रभुले यो घोषणा गर्छु ।”
For I will also hit my two hands together, and then I will bring my fury to rest! I, Yahweh, declare it!”
18 परमप्रभुको वचन फेरि पनि यसो भनेर मकहाँ आयो,
The word of Yahweh came to me again, saying,
19 “ए मानिसको छोरो, बेबिलोनका राजाको तरवार आउनलाई दुई वटा बाटो रोज् । ती दुवै बाटो एउटै देशबाट सुरु हुनेछन् र तीमध्ये एउटामा सहरतिर जाने चिन्ह हुनेछ ।
“Now you, son of man, assign two roads for the sword of the king of Babylon to come. The two roads will start in the same land, and a signpost will mark one of them as leading to a city.
20 अम्‍मोनीहरूको सहर रब्‍बामा बेबिलोनी फौज आउनलाई एउटा बाटोमा निशाना बनाइदे । अर्कोमा तिनै फौजलाई यहूदामा र किल्‍ला भएको यरूशलेम सहरमा आउनलाई एउटा निशाना बनाइदे ।
Mark one road for the Babylonian army to come to Rabbah, the city of the Ammonites. Mark the other to lead the army to Judah and the city of Jerusalem, which is fortified.
21 किनभने बेबिलोनका राजा जोखना हेर्नलाई चौबाटोमा, दोबाटोमा खडा हुनेछ । त्‍यसले केही काँडहरू चालाउनेछ र मूर्तिहरूसित सल्‍लाह लिनेछ, र त्‍यसले कलेजो जाँच्‍नेछ ।
For the king of Babylon will stop at the crossroads, at the junction, in order to practice divination. He will shake some arrows and ask direction from some idols and he will examine a liver.
22 यसको विरुद्धमा भत्‍काउने मूढा राख्‍नलाई, गला खोलेर मार्ने हुकुम दिनलाई, युद्धको आवाज सुनाउलाई, मूल ढोका भत्‍काउने ठुला-ठुला मूढाहरू लाउनलाई, घेरा-मचान खडा गर्नलाई त्‍यसको दाहिने हातमा यरूशलेमको चिट्ठा पर्नेछ ।
In his right hand will be an omen about Jerusalem, to set battering rams against it, to open his mouth to order the slaughter, to sound a war cry, to set battering rams against the gates, to build a ramp, and to erect siege towers.
23 युद्धको निम्‍ति राजासित मित्रताको शपथ खाने यरूशलेका मानिसहरूलाई त्‍यो बेकारको जोखना हेरेजस्‍तो देखिनेछ । तर राजाले तिनीहरूलाई घेरा हल्‍नलाई तिनीहरूले सम्झौता उलङ्घन गरे भनेर तिनीहरूलाई दोष लगाउनेछ ।
It will seem to be a useless omen in the eyes of the ones in Jerusalem, those who had sworn an oath to the Babylonians! But the king will accuse them of violating their treaty in order to besiege them!
24 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तिमीहरूले आफ्‍ना सबै पाप कामहरू देखिने गरी आफ्ना अपराधलाई प्रकट गरेर तिमीहरूका दोष मलाई सम्‍झना गराएका हुनाले— तिमीहरूले यसो गरेका हुनाले, तिमीहरू हातले समातिनेछौ ।
Therefore the Lord Yahweh says this: Because you have made your guilt to be remembered, making your transgressions to be revealed, so that in all your actions your sins will be seen— because you have done this you will be taken in hand.
25 ए इस्राएल अपवित्र र दुष्‍ट शासक, जसको दण्‍डको दिन आएको छ, र जसको अपराध गर्ने समय सकिएको छ,
As for you, profane and wicked ruler of Israel, whose day of punishment has come, and whose time of committing iniquity has ended,
26 परमप्रभु परमेश्‍वर तँलाई यसो भन्‍नुहुन्‍छः फेटा हटा र मुकुट उतार् । कुराहरू फेरि त्यस्तै हुनेछैनन् । खसालिएको व्‍यक्‍तिलाई उठाइनेछ, र उच्‍च सम्‍झने व्‍यक्‍तिलाई खसालिनेछ ।
the Lord Yahweh says this to you: Remove the turban and take off the crown! Things will no longer be the same! Exalt the lowly and humble the exalted!
27 भग्‍नावशेष! भग्‍नावशेष! त्‍यसलाई म भग्‍नावशेष बनाउनेछु । न्याय गर्न नियुक्त व्‍यक्‍ति नआएसम्‍म त्‍यो फेरि पुनर्निर्माण गरिनेछैन ।
A ruin! A ruin! I will make it a ruin! It will not be restored until the one comes who is assigned to execute judgment.
28 यसैले, ए मानिसको छोरो, तँ अगमवाणी बोल् र यसो भन्, 'अम्‍मोनका मानिसहरूमा आउन लागेको अपमानको बारेमा परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः एउटा तरवार, एउटा तरवार तरवार थुतिएको छ । नष्‍ट गर्नलाई त्‍यसमा धार लगाइएको छ । त्‍यसैले त्‍यो बिजुलीझैं हुनेछ!
So you, son of man, prophesy and say, 'The Lord Yahweh says this to the people of Ammon concerning their coming disgrace: A sword, a sword is drawn! It is sharpened for the slaughter in order to devour, so it will be like lightning!
29 अगमवक्ताहरूले तेरो विषयमा झूटो दर्शनहरू देखे तापनि, तेरो लागि झूटो धार्मिक विधिहरू गरे तापनि, यो तरवार मारिन लागेका दुष्‍टहरूको घाँटिमा पर्नेछ, जसको दण्डको दिन आएको छ र जसको अधर्मको समय सकिन लागेको छ ।
While prophets see empty visions for you, while they perform rituals to come up with lies for you, this sword will lie on the necks of the wicked who are about to be killed, whose day of punishment has come and whose time of iniquity is about to end.
30 त्‍यो तरवारलाई त्‍यसको म्‍यानमा हाल्‌ । तँ सृष्‍ट गरिएको ठाउँमा, तेरा सुरुको देशमा म तेरो इन्‍साफ गर्नेछु ।
Return the sword to its sheath. In the place of your creation, in the land of your origin, I will judge you!
31 म मेरो क्रोध तँमाथि खन्‍याउनेछु! तेरो विरुद्धमा दन्‍केको मेरो रिस आगोझैं तँमाथि फुकिदिनेछु र तँलाई नाश गर्नलाई सिपालु, क्रूर मानिसहरूका हातमा सुम्‍पिदिनेछु ।
I will pour out my indignation on you! I will fan the fire of my rage against you and put you into the hand of cruel men, craftsmen of destruction!
32 तँ आगोको लागि दाउरा हुनेछस्‌ । तेरो रगत देशको माझमा बग्‍नेछ । तेरो सम्‍झना फेरि कहिल्‍यै हुनेछैन, किनकि म परमप्रभुले नै यो घोषणा गरेको छु' ।”
You will become fuel for the fire! Your blood will be in the midst of the land. You will not be remembered, for I, Yahweh have declared this!'”

< इजकिएल 21 >