< इजकिएल 19 >
1 “अब तैंले इस्राएलका अगुवाहरूका विरुद्धमा विलाप गर्,
你當為以色列的王作起哀歌,
2 र भन्, 'तेरी आमा को थिई? एक सिंहिनी, त्यो सिंहका डमरुसँग बस्थी । त्यसले आफ्ना डमरुहरूलाई हुर्काउँदै तिनीहरूका बिचमा बस्थी ।
說: 你的母親是甚麼呢? 是個母獅子,蹲伏在獅子中間, 在少壯獅子中養育小獅子。
3 आफ्ना डमरुमध्ये एउटालाई हुर्काएर जवान बनाउने त्यो नै थिई । त्यो सिंह जसले आफ्नो शिकारलाई फहराउन सिक्यो र त्यसले मानिसहरूलाई खायो ।
在牠小獅子中養大一個, 成了少壯獅子, 學會抓食而吃人。
4 तब जातिहरूले त्यसको बारेमा सुने । त्यो तिनीहरूको जालमा पर्यो, र तिनीहरूले त्यसलाई अङ्कुसेले समातेर मिश्रदेशमा लगे ।
列國聽見了就把牠捉在他們的坑中, 用鉤子拉到埃及地去。
5 त्यसले ऊ फर्केर आउँछ कि भनी आशा गरे तापनि आफ्नो आशा खेर गएको देखी । यसैले त्यसले आफ्नो अर्को डमरुलाई लिएर र त्यसलाई जवान सिंह हुनलाई हुर्काई ।
母獅見自己等候失了指望, 就從牠小獅子中又將一個養為少壯獅子。
6 त्यो जवान सिंह अरू सिंहहरूका माझमा यताउता हिंड्डुल गर्न लाग्यो । त्यो एउटा बलियो जवान सिंह भएको थियो र त्यसले शिकारलाई फहराउन सिक्यो । त्यसले मानिसहरूलाई खान लाग्यो ।
牠在眾獅子中走來走去, 成了少壯獅子, 學會抓食而吃人。
7 त्यसले तिनीहरूका विधवाहरूलाई कब्जा गर्यो र तिनीहरूका सहरहरू उजाड पार्यो । त्यो गर्जेको आवाजले त्यो देश र त्यसको पूर्णतालाई त्यागियो ।
牠知道列國的宮殿, 又使他們的城邑變為荒場; 因牠咆哮的聲音, 遍地和其中所有的就都荒廢。
8 तर छेउछाउका इलाकाबाट जातिहरू त्यसको विरुद्धमा आए । तिनीहरूले त्यसमाथि पासो थापे । तिनीहरूको पासोमा त्यो पर्यो ।
於是四圍邦國各省的人來攻擊牠, 將網撒在牠身上, 捉在他們的坑中。
9 अङ्कुसेले समातेर तिनीहरूले त्यसलाई एउटा खोरमा हाले, र तिनीहरूले त्यसलाई बेबिलोनको राजाकहाँ लगे । तिनीहरूले त्यसलाई किल्लाहरूमा ल्याए ताकि इस्राएलका डाँडाहरूमा त्यसको आवाज फेरि कहिल्यै सुनिनेछैन ।
他們用鉤子鉤住牠,將牠放在籠中, 帶到巴比倫王那裏, 將牠放入堅固之所, 使牠的聲音在以色列山上不再聽見。
10 तेरी आमा पानीको छेउमा तेरो रगतमा रोपिएको दाखको बोटजस्तै थिई । प्रशस्त पानीको कारणले त्यो फलवन्त र हाँगैहाँगाले पूर्ण थियो ।
你的母親先前如葡萄樹, 極其茂盛,栽於水旁。 因為水多, 就多結果子,滿生枝子;
11 त्यसका हाँगाहरू बलिया थिए, जसलाई शासकको राजदण्डको लागि प्रयोग गरिए, र त्यसको आकार हाँगाहरूभन्दा माथि उठ्यो, र त्यसको उचाइचाहिं त्यसका पातहरूमा देखिन्थ्यो ।
生出堅固的枝幹,可作掌權者的杖。 這枝幹高舉在茂密的枝中, 而且它生長高大,枝子繁多, 遠遠可見。
12 तर त्यो दाखको बोट क्रोधमा उखेलियो, र जमिनमा फालियो, र पूर्वीय बतासले त्यसका फललाई सुकाइदियो । त्यसका बलिया हाँगाहरू भाँचिए र सुके, र आगोले ती भस्म पारिए ।
但這葡萄樹因忿怒被拔出摔在地上; 東風吹乾其上的果子, 堅固的枝幹折斷枯乾, 被火燒毀了;
13 यसैले अब त्यो उजाड-स्थानमा, सुक्खा र पानी नभएको ठाउँमा रोपियो ।
如今栽於曠野乾旱無水之地。
14 किनकि त्यसका ठुला हाँगाहरूबाट आगो निस्क्यो, र त्यसका फलहरू भस्म पार्यो । त्यसमा कुनै बलियो हाँगा बाँकी रहेन, शासन गर्ने राजदण्ड पनि रहेन ।' यो एउटा विलापको गीत हो, र विलापको गीतको रूपमा गाउनुपर्छ ।”
火也從它枝幹中發出, 燒滅果子, 以致沒有堅固的枝幹可做掌權者的杖。 這是哀歌,也必用以作哀歌。