< इजकिएल 18 >
1 फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
La Palabra de Yavé vino a mí:
2 “इस्राएलका देशको बारेमा तैंले उखान भनेको अर्थ के होः “'बाबुहरू अमिलो अङ्गूर खाने र छोराछोरीका दाँत कुडिंने'?
¿Por qué repiten ese dicho en la tierra de Israel: Los padres comieron las uvas agrias, y los hijos sufren la dentera?
3 जस्तो म जीवित छु— यो परमप्रभु परमेश्वरको घोषणा हो—इस्राएलमा तिमीहरूलाई फेरि कहिल्यै यो उखान भन्ने अवसर हुनेछैन ।
¡Vivo Yo! dice ʼAdonay Yavé, que nunca más repetirán ese dicho en Israel.
4 हेर, हरेक जीवित प्राण मेरै हो— बुबा र छोरा दुवै मेरा हुन् । जुन प्राणले पाप गर्छ, त्यही मर्नेछ ।
Ciertamente todas las almas son mías. Tanto el alma del padre como el alma del hijo son mías. La persona que peque, ésa morirá.
5 एक जना धर्मी र न्याय तथा धर्मिकता कायम राख्ने मानिसको बारेमा के भण्न सकिन्छ—
El hombre que es justo, que practica la justicia y la equidad,
6 उसले डाँडाहरूमा खाँदैन, वा इस्राएलका घरानाका मूर्तिहरूतिर हेर्दैन, र उसले आफ्नो छिमेकीकी पत्नीलाई अपवित्र पार्दैन, न त महिनावारीको समयमा कुनै स्त्रीकहाँ जान्छ । के ऊ धर्मी मानिस हो?
que no come en [los altares de] las montañas, ni levanta sus ojos a los ídolos de la Casa de Israel, ni viola a la esposa de su prójimo, ni se une a una mujer en su período menstrual,
7 यस्तो मानिसको बारेमा के भन्न सकिन्छ, जसले कसैलाई थिचोमिचो गर्दैन, र लोन लिनेले धितो राखेको सामान लोन लिनेलाई उसले फर्काउँछ, र उसले चोरी गर्दैन, तर भोकालाई आफ्नो खानेकुरा दिन्छ, र नाङ्गालाई लुगा पहिराउँछ । के ऊ धर्मी मानिस हो?
que no explota a nadie, al deudor le devuelve la prenda empeñada, no roba, da de su pan al hambriento y cubre con su ropa al desnudo,
8 यस्तो मानिसको बारेमा के भन्ने, जसले आफूले दिएको लोनको ब्याज धेरै लिंदैन, र आफूले बेचेको कुरामा धेरै नाफा लिंदैन? उसको बारेमा यसो भनिन्छ, उसले न्याय गर्छ र मानिसहरूका बिचमा विश्वस्तता कायम गर्छ ।
que no presta con usura ni cobra intereses, que detiene su mano de la iniquidad, juzga de modo imparcial entre hombre y hombre,
9 एक जना मानिस मेरा विधिहरू पालन गर्छ, र विश्वाससित मेरा नियमहरू मान्छ भने त्यो धर्मी मानिसको निम्ति प्रतिज्ञा यो होः त्यो निश्चय नै बाँच्नेछ— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
anda en mis Ordenanzas, guarda mis Estatutos y los cumple fielmente, ése es justo. Ése ciertamente vivirá, dice ʼAdonay Yavé.
10 तर मानौं, उसको एक जना हिंस्रक छोरो छ, जसले हत्या गर्छ र यी माथि उल्लेखित कुनै पनि काम गर्छ,
Pero si engendra un hijo ladrón y homicida, o que hace cualquiera de estas cosas,
11 (उसका बुबाले यी कुरामध्ये एउटै पनि नगरेको भए पनि) । उसले डाँडाहरूमा खान्छ, र आफ्नो छिमेकीकी पत्नीलाई बिटुलो पार्छ । उसको बारेमा के भन्न सकिन्छ र?
aunque no haga las otras, sino come sobre [los altares de] las montañas, o viola la esposa de su prójimo,
12 यो मानिसले गरीब र दरिद्रमाथि थिचोमिचो गर्छ, र उसले लुट्छ र डकैती गर्छ र धितो फर्काउँदैन, अनि उसले आफ्ना आँखा मूर्तिहरूतिर उचाल्छ, र घिनलाग्दा कामहरू गर्छ,
que oprime al pobre y necesitado, roba, no devuelve la prenda, o levanta sus ojos a los ídolos y comete repugnancia,
13 र उसले महंगो ब्याजमा रुपियाँ दिन्छ र आफूले बेचेको कुरामा धेरै मुनाफा कमाउँछ । के यस्तो मानिस जीवित रहनुपर्छ? ऊ निश्चय पनि जीवित रहँदैन । ऊ निश्चय मर्नेछ र उसको रगत उसकै शिरमाथि पर्नेछ किनभने उसले यी सबै घिनलाग्दा कुराहरू गरेको छ ।
presta por interés y toma usura, ¿vivirá éste? No vivirá. Hizo todas estas repugnancias y ciertamente morirá. Su sangre caerá sobre él.
14 तर हेर, मानौं एक जना मानिस छ र उसको एक जना छोरो छ, जसले आफ्ना बुबाले गरेका सबै पापहरू देख्छ, अनि उसले ती देखे तापनि उसले ती कुराहरू गर्दैन ।
Pero si éste engendra un hijo, que a pesar de que vio todos los pecados de su padre, no los imita,
15 त्यो छोरोले डाँडाका थानहरूमा खाँदैन, र उसले इस्राएलका घरानाका मूर्तिहरूतिर आफ्ना आँखा लगाउँदैन, र उसले आफ्नो छिमेकीकी पत्नीलाई बिटुलो पार्दैन । उसको बारेमा के भन्न सकिन्छ?
no come [sobre los altares] en las montañas, ni levanta sus ojos a los ídolos de la Casa de Israel, no viola a la esposa de su prójimo,
16 त्यो छोरोले कसैलाई थिचोमिचो गर्दैन, वा बन्धक खोस्दैन वा चोरीका सामानहरू लिंदैन, तर त्यसको साटोमा आफ्नो खानेकुरा भोकालाई दिन्छ, र नाङ्गालाई लुगाले ढाक्छ ।
ni oprime a alguno, no retiene la prenda ni roba; que comparte su pan con el hambriento y cubre al desnudo;
17 त्यो छोरोले कसैलाई थिचोमिचो गर्दैन वा महंगो ब्याज लिंदैन वा लोनबाट धेरै मुनाफा कमाउँदैन, तर उसले मेरा नियमहरू मान्छ, र मेरा विधिहरूअनुसार हिंड्छ । त्यो छोरो आफ्नो बुबाका पापको कारण मर्नेछैनः ऊ निश्चय नै बाँच्नेछ ।
que aparta su mano de la iniquidad y no recibe interés ni usura; que guarda mis Estatutos y anda en mis Ordenanzas, ése no morirá por la maldad de su padre. Ciertamente vivirá.
18 उसको बुबाले अरूबाट जबरदस्ती लिएर थिचोमिचो गरेको र आफ्नो भाइको डकैती गरेको, र आफ्ना मानिसहरूका माझमा जे असल छैन त्यही गरेको कारणले, हेर, ऊ आफ्नो अधर्ममा मर्नेछ ।
En cuanto a su padre, porque cometió agravio, despojó con violencia al hermano y cometió en medio de su pueblo lo que no es bueno, ciertamente él morirá por su iniquidad.
19 तर तिमीहरू भन्छौ, 'छोरोले आफ्नो बुबाको अधर्मको फल भोग्नु किन नपर्ने?' किनकि छोराले न्याय र धार्मिकता पुरा गर्छ र मेरा सबै विधिहरू पालन गर्छ । उसले ती पुरा गर्छ । ऊ निश्चय नै बाँच्नेछ ।
Y si dices: ¿Por qué el hijo no lleva el pecado de su padre? Porque el hijo actuó según la Ordenanza y la Justicia, guardó todos mis Estatutos y los cumplió. Ciertamente vivirá.
20 जसले पाप गर्छ, मर्नेचाहिं उही हो । छोरोले आफ्नो बुबाको अधर्मको फल भोग्नेछैन, र बुबाले आफ्नो छोराको अधर्मको फल भोग्नेछैन । ठिक काम गर्नेको धार्मिकता उसमाथि नै रहनेछ र दुष्टको दुष्ट्याइँ पनि उसमाथि नै रहनेछ ।
La persona que peque, ésa morirá. El hijo no recibirá el castigo por la iniquidad del padre, ni el padre recibirá el castigo por la iniquidad del hijo. La justicia del justo estará sobre él, y la perversidad del perverso caerá sobre él.
21 तर कुनै दुष्ट मानिसले आफूले गरेका सबै पापहरू त्याग्छ र मेरा सबै विधिहरू पालन गर्छ, र न्याय र धार्मिकता कायम गर्छ भने, ऊ निश्चय नै बाँच्नेछ, र मर्नेछैन ।
Pero si el perverso se aparta de todos sus pecados que cometió, guarda todos mis Estatutos y hace según la Ordenanza y la Justicia, ciertamente vivirá. No morirá.
22 उसको विरुद्धमा उसले गरेको सारा अपराधको सम्झना फेरि गरिनेछैन । उसले अभ्यास गरेको धर्मिकताको कारणले ऊ बाँच्नेछ ।
Ninguna de las transgresiones que cometió será recordada contra él. A causa de la justicia que practicó, vivirá.
23 के दुष्टको मृत्युमा म खुशी हुन्छु र—यो परमप्रभु परमेश्वरको घोषणा हो—र ऊ बाँचोस् भनी ऊ आफ्नो चाल छोडेर फर्केकोमा खुसी हुन्न र?
¿Quiero Yo la muerte del perverso? dice ʼAdonay Yavé. ¿No vivirá si se aparta de sus caminos?
24 तर धर्मी मानिसले आफ्नो धार्मिकतालाई त्यागेर पाप गर्छ, र दुष्ट मानिसले गरेका घिनलाग्दा कामहरू गर्छ भने, के त्यो बाँच्नेछ र? उसले विद्रोह गरेर मलाई धोका दिएको कारणले उसले अघि गरेको कुनै पनि धर्मिकताको कामको सम्झना हुनेछैन । यसैले उसले गरेका पापहरूमा नै ऊ मर्नेछ ।
Pero, si el justo se aparta de su justicia, comete repugnancia y hace conforme a todas las repugnancias que comete el perverso, ¿vivirá? Ninguna de las justicias que practicó le será tomada en cuenta. Por su infidelidad que practicó y por el pecado que cometió, por ellos morirá.
25 तर तिमीहरू भन्छौ, 'परमप्रभुको चाल न्यायपुर्ण छैन' । ए इस्राएलका घराना, सुन । के मेरो चालहरू न्यायपुर्ण छैनन्? अन्यायपुर्ण त तिमीहरूका चालहरू होइनन् र?
Y si dices: No es recto el camino de ʼAdonay. Oiga ahora, oh Casa de Israel: ¿Mi camino no es recto? ¿No son sus caminos los que no son rectos?
26 जब धर्मी मानिसले आफ्नो धार्मिकता त्याग्छ र अधर्म गर्छ, र तिनका कारणले मर्छ, तब ऊ आफैले गरको अधर्मको कारणले ऊ मर्छ ।
Cuando el justo se aparta de su justicia y comete iniquidad, muere. A causa de la iniquidad que cometió muere.
27 तर जब दुष्ट मानिसले आफूले गरेका दुष्ट कामबाट फर्कन्छ, र न्याय र धार्मिकता कायम गर्छ, तब उसले आफ्नो जीवन बचाउनेछ ।
Pero al apartarse el perverso de la perversidad que cometió, y actuar según la Ordenanza y la Justicia, salva su vida.
28 किनकि आफूले गरेका सबै अपराधहरू उसले देखेको छ र तीबाट फर्केको छ । ऊ निश्चय नै बाँच्नेछ, र ऊ मर्नेछैन ।
Porque reflexionó y se apartó de todas sus transgresiones que cometió. Ciertamente vivirá. No morirá.
29 तर इस्राएलको घरानाले भन्छ, 'परमप्रभुको चाल न्यायपुर्ण छैन' । ए इस्राएलको घराना, मेरो चाल कसरी न्यायपुर्ण छैन? तिमीहरूको चालचाहिं न्यायपुर्ण छैन ।
Si aún la Casa de Israel dice: No es recto el camino de ʼAdonay. Oh Casa de Israel, ¿no son rectos mis caminos? Ciertamente sus caminos no son rectos.
30 यसकारण, ए इस्राएलका घराना, म तिमीहरू हरेक मानिसको न्याय उसको चालअनुसार गर्नेछु— यो परमप्रभु परमेश्वरको घोषणा हो । पश्चात्ताप गर, आफ्ना सबै अपराधहरूबाट फर्क, ताकि तिमीहरूको पाप तिमीहरूको विरुद्ध ठेस लाग्ने ढुङ्गाहरू नबनून् ।
Por tanto oh Casa de Israel, Yo los juzgaré a cada uno según su conducta, dice ʼAdonay Yavé. Conviértanse y apártense de todas sus transgresiones para que la iniquidad no les sea una piedra de tropiezo.
31 तिमीहरूले गरेका सबै अपराधहरू आफूलाई अलग गर । आफ्ना निम्ति नयाँ हृदय र नयाँ आत्मा बनाओ । तिमीहरू किन मर्छौ, ए इस्राएलका घराना?
¡Echen de ustedes todas sus transgresiones que cometieron y fórmense un corazón nuevo y un espíritu nuevo! ¿Por qué morirán, oh Casa de Israel?
32 किनकि मर्नेको मृत्युमा म खुसी हुन्न—यो परमप्रभु परमेश्वरको घोषणा हो—यसैले पश्चात्ताप गर, र बाँच ।
Porque Yo no me complazco en la muerte de alguno, dice ʼAdonay Yavé. Por tanto conviértanse y vivan.