< इजकिएल 16 >
1 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
Awurade asɛm baa me nkyɛn sɛ:
2 “ए मानिसको छोरो, यरूशलेमलाई त्यसका घिनलाग्दा कामहरूका बारेमा जानकारी दे,
“Onipa ba, fa akyiwadeɛ a Yerusalem yɛ no si nʼanim
3 र घोषणा भन्, 'यरूशलेमलाई परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तेरो सुरु र तेरो जन्म कनानहरूको देशमा भएको हो । तेरो बुबा एक एमोरी थियो, र तेरी आमाचाहिं हित्ती थिई ।
na ka sɛ, ‘Yei ne deɛ Otumfoɔ Awurade ka kyerɛ Yerusalem: Wo nananom ne wʼawoɔ firi Kanaanfoɔ asase so; na wʼagya yɛ Amorini ɛnna wo maame nso yɛ Hetini.
4 जन्मँदा तेरी आमाले तेरो नाभि काटिन, न त त्यसले तँलाई सफा गर्नलाई पानीले नुहाइदिई वा तेरो शरीर नुनले दली, वा तँलाई लुगाले बेह्री ।
Ɛda a wɔwoo wo no, wɔantwa wo funuma, na wɔamfa nsuo annware wo sɛ wo ho bɛte nso, wɔamfa nkyene ansra wo, na wɔamfa ntoma ankyekyere wo ho.
5 तँप्रति दयालु भएर तेरो निम्ति यी कुरामध्ये कुनै गर्न कोही मानिसका आँखामा दया थिएन । तँ जन्मेको दिनमा तेरो जीवनलाई घृणा गरेर तँलाई बाहिर मैदानमा फालियो ।
Obiara anhunu wo mmɔbɔ, na obiara yam anhyehye no sɛ ɔbɛyɛ yeinom biara ama wo. Mmom wɔtoo wo twenee wiram, ɛfiri sɛ ɛda a wɔwoo woɔ no, wɔbuu wo animtiaa.
6 तर म तेरो छेउबाट गएँ, र मैले तँलाई तेरो आफ्नै रगतमा लट्पटिरहेको देखें । यसैले तेरो रगतमा मैले तँलाई भनें, “बाँच् ।” तेरो रगतमा मैले तँलाई भनें, “बाँच् ।”
“‘Mebɛpuee wo so, na mehunuu sɛ worewɔ wo nan na woda mogya mu, na sɛdeɛ na woda hɔ no, meka kyerɛɛ wo sɛ, “Nya nkwa!”
7 मैले तँलाई मैदानको बोटजस्तै बढ्न लगाएँ । तँ बढिस् र ठुलो भइस्, र गहनाहरूको गहना भइस् । तँ नाङ्गो र वस्त्रहीन भए तापनि तेरा स्तनहरू कडा भए, र तेरो कपाल बक्लो भयो ।
Mehwɛɛ wo ma wonyiniiɛ sɛ afifideɛ. Wonyiniiɛ, wofɛeɛ bɛyɛɛ abohemaa mu deɛ ne ho fɛ pa ara. Wo nufu bobɔeɛ na wo ho nwi fuiɛ, wo a na anka woda adagya.
8 म फेरि तेरो छेउबाट गएँ र मैले तँलाई देखें । हेर्, तेरो निम्ति प्रेम गर्ने समय आयो । यसैले मैले मेरो वस्त्रको छेउ तँमाथि ओढाएँ र तेरो नग्नता ढाकिदिएँ । तब मैले तँसित बाचा बाँधें र तँलाई करारमा ल्याएँ र तँ मेरो भइस्, यो परमप्रभु परमेश्वरको घोषणा हो ।
“‘Akyire yi mebɛpuee wo so, na mehwɛɛ woɔ na mehunuu sɛ woaso awadeɛ no, mede mʼatadeɛ fa bi kataa wʼadagya so. Mesuae kyerɛɛ wo na mene wo yɛɛ apam na wobɛyɛɛ me dea, Otumfoɔ Awurade na ɔseɛ.
9 यसैले मैले तँलाई पानीले नुहाए र तेरो रगत तँबाट मिचेर धोइदिएँ, र तेलले तेरो अभिषेक गरें ।
“‘Mede nsuo dwaree wo, na mehohoroo wo ho mogya na mede sradeɛ ahodoɔ srasraa wo.
10 तँलाई बुट्टादार वस्त्र पहिराएँ, र तेरो खुट्टामा छालाका जुत्ता लगाएँ । मैले तँलाई मलमलको कपडामा बेह्रें, र रेशमी लुगाले तँलाई ढाकें ।
Mede atadeɛ a wɔanwono ano hyɛɛ wo, na mehyɛɛ wo mmoa wedeɛ mpaboa. Mede nwera papa firaa wo na mede ntadeɛ aboɔden guguu so.
11 त्यसपछि मैले तँलाई गरगहनाले आभूषित गरें, तेरा हातमा चुरा लगाएँ, र तेरो गलामा सिक्री पहिराएँ ।
Mede agudeɛ siesiee wo. Mede nkapo guu wʼabakɔn, mede kɔnmuadeɛ too wo kɔn mu,
12 मैले तेरो नाकमा नत्थ लगाएँ र कानमा लुर्का लगाएँ, तेरो शिरमा सुन्दर मुकुट पहिराएँ ।
na mede kawa hyɛɛ wo hwene mu, ɛnna mede asomuadeɛ hyɛɛ wʼasom na mebɔɔ wo abotire a ɛyɛ fɛ.
13 यसरी तँ सुन र चाँदीले आभूषित भइस्, र तैंले मलमल र रेशमी र बुट्टादार कपडा लगाइस् । तैंले मसिनो पीठो, मह र भद्राक्षको तेल खाइस्, र तँ अत्यन्तै सुन्दरी थिइस्, र तँ रानी भइस् ।
Enti wɔde sikakɔkɔɔ ne dwetɛ siesiee wo. Wʼaduradeɛ yɛɛ nwera papa ne ntoma a ne boɔ yɛ den ne deɛ wɔadi mu adwini. Wʼaduane yɛɛ esiam papa, ɛwoɔ ne ngo. Wo ho yɛɛ fɛ na wobɛyɛɛ ɔhemmaa.
14 तेरो सौन्दर्यको कारणले तेरो ख्याति जातिहरूका बिचमा फैलियो, किनभने मैले तँलाई दिएको गौरवको कारण तेरो सौन्दर्य सिद्ध थियो—यो परमप्रभु परमेश्वरको घोषणा हो ।
Na wʼahoɔfɛ enti, wo din hyetaa wɔ amanaman mu, ɛfiri sɛ animuonyam a mahyɛ wo no ma wʼahoɔfɛ no di mu, Awurade asɛm nie.
15 तर तेरो आफ्नो सौन्दर्यमा तैंले भरोसा राखिस् र तेरो ख्यातिको कारणले तैंले एक वेश्याले झैं काम गरिस् । छेउबाट जाने जोसुकैलाई पनि तैंले वेश्याले झैं आफ्नो काम तैंले गरिस्, ताकि तेरो सौन्दर्य उसको भयो ।
“‘Nanso wʼahoɔfɛ enti, wogyee wo ho diiɛ na wode wo din a ahyeta no bɔɔ adwaman. Wogyaa wo ho maa obiara a ɔretwam na woyɛɛ wɔn adɔeɛ.
16 तब आफ्ना केही वस्त्र लिएर तैंले राम्ररी सिङ्गारिएका डाँडाका थानहरू बनाइस्, र त्यहीं नै तैंले वेश्याले झैं व्यवहार गरिस् । यस्तो नहुनुपर्थ्यो । न त यस्तो कुराको अस्तित्वमा हुनुपर्थ्यो ।
Wode wo ntadeɛ no bi kɔyɛɛ sorɔnsorɔmmea hɔ hyirenn, ɛhɔ na wokɔbɔɔ adwaman. Ɛnsɛ sɛ nneɛma a ɛtete sei sisi koraa, na ɛnsɛ sɛ ɛba nso.
17 मैले तँलाई दिएको सुन र चाँदीका गहना तैंले लिइस् र तैंले आफ्नो निम्ति पुरुष-मूर्तिहरू बनाइस् र तीसित तैंले वेश्याले झैं काम गरिस् ।
Afei wode wo nnwinneɛ fɛfɛ a mede maa wo no, deɛ mede sikakɔkɔɔ ne dwetɛ yɛeɛ no yɛɛ ahoni maa wo ho na wo ne wɔn bɔɔ adwaman.
18 तैंले आफ्ना बुट्टादार कपडाहरू लिइस् र तिनीहरूलाई ढाकिस् र मेरो तेल र अत्तर तैंले तिनीहरूका अगि चढाइस् ।
Wode wo ntadeɛ a wɔadi mu adwini hyehyɛɛ wɔn na wode me ngo ne nnuhwam brɛɛ wɔn.
19 मसिनो पीठो, तेल र महले बनेको मेरो रोटी मैले तँलाई दिएँ— सुगन्धित बास्ना हुनलाई तैंले ती तिनीहरूका अगि चढाइस् किनकी यस्तै भएको छ— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
Bio, aduane a mede maa woɔ no, esiam papa, ɛwoɔ ne ngo a mede maa wo sɛ di no, wode brɛɛ wɔn sɛ afɔrebɔdeɛ a ɛyi hwa. Saa na ɛsiiɛ, Otumfoɔ Awurade asɛm nie.
20 अनि तैंले मेरो निम्ति जन्माएका तेरो छोराछोरीलाई तैंले लइस् र मूर्तिहरूका लागि खानेकुराको रूपमा तैंले तिनीहरूको बलि चढाइस् । के तेरा वेश्यावृत्तिका कामहरू साना कुराहरू हुन्?
“‘Wofaa wo mmammarima ne wo mmammaa, a me ne wo woo wɔn no kɔbɔɔ afɔdeɛ sɛ aduane maa ahoni. Wʼadwamammɔ no nnɔɔso anaa?
21 तैंले मेरा छोराछोरीलाई मूर्तिहरूका निम्ति मारिस् र तिनीहरूलाई आगोमा हिंड्न लगाइस् ।
Wokumm me mma de wɔn bɔɔ afɔdeɛ maa ahoni no.
22 तेरा यी सबै घृणित काम र वेश्यावृत्तिमा तैंले आफ्नो युवावस्थाका दिनहरू सम्झेको छैनस्, जति बेला तँ नाङ्गो, वस्त्रहीन र भएर आफ्नो रगतमा लट्पटिएकी थिइस् ।
Akyiwadeɛ a woyɛeɛ ne wʼadwamammɔ akyi no, woankae wo mmabunu ɛberɛ a na wo ho da hɔ na worewowɔ wo nan wɔ mogya mu no.
23 धिक्कार! तँलाई धिक्कार!— यो परमप्रभु परमेश्वरको घोषणा हो— यसकारण, यी सबै दुष्टताका साथै
“‘Nnome! Nnome nka wo, Otumfoɔ Awurade na ɔseɛ. Wʼamumuyɛ nyinaa akyi no,
24 तँ आफैंले हरेक सर्वजनिक ठाउँमा गुमज पुजाकोठा बनाइस् ।
wosii banbɔ pie maa wo ho, na woyɛɛ abosonnan tentene wɔ adwabɔeɛ biara.
25 हरेक चोकमा आफ्नो निम्ति एउटा अल्गो देवता-थान बनाइस् र तैंले आफ्नो सुन्दताको अपमान गरिस्, अनि त्यहाँबाट जाने सबैलाई आफ्ना खुट्टाहरू फैलाइस् र तैंले आफ्नो वेश्यावृत्तिका कामहरू बढाइस् ।
Borɔno so baabiara wosisii abosonnan atentene, na wosɛee wʼahoɔfɛ ɛfiri sɛ honam akɔnnɔ bɔne enti wode wo ho maa obiara a ɔretwam.
26 यौनले उन्मत्त तेरो मिश्रदेशका छिमेकीहरूसित पनि तैंले वेश्यावृत्ति गरेको छस्, र वेश्यावृत्तिका तेरा अरू धेरै कामले मलाई रिस उठाइस् ।
Wo ne Misraimfoɔ a honam akɔnnɔ ayɛ wɔn ma no bɔɔ adwaman, na wode honam akɔnnɔ bɔne hyɛɛ me abufuo.
27 हेर्, म आफ्नै हातले तँलाई हिर्काउनेछु र तेरो रोटी बन्द गर्नेछु । तेरो जीवन म तेरा शत्रुहरू, पलिश्तीहरूका छोरीहरूका हातमा सुम्पिदिनेछु जो तेरा घिनलाग्दा व्यवहार देखेर लज्जित भएका थिए ।
Enti metenee me nsa wɔ wo so na metee wʼahyeɛ so. Mede wo maa wʼatamfoɔ aniberefoɔ, Filistifoɔ mmammaa a wʼahohwi bra no yɛɛ wɔn nwanwa.
28 तैंले अश्शूरीहरूसित पनि वेश्यावृत्ति गरिस्, किनभने तँ तृप्त हुन सकिनस् । तैंले वेश्याले झैं काम गरिस् र पनि तँ सन्तुष्ट भइनस् ।
Wo ne Asiriafoɔ nso bɔɔ adwaman, ɛfiri sɛ biribiara mmee wo. Na ɛno akyi koraa woammee ara.
29 कल्दीका व्यापारीहरूका देशमा पनि तैंले धैरै वेश्यावृत्तिका कामहरू गरिस्, र यसले पनि तँलाई सन्तुष्ट बनाएन ।
Afei wotoaa wo honam akɔnnɔ bɔne no so de Babilonia, a ɛyɛ adwadifoɔ asase kaa ho, nanso yei ammee wo ara.
30 तेरो हृदय कति बिरामी छ— यो परमप्रभु परमेश्वरको घोषणा हो— कि एक निर्लज्ज वेश्याका कामहरू जस्ता यी सबै कुराहरू तैंले गरिस्?
“‘Wonni ahohyɛsoɔ koraa, Otumfoɔ Awurade asɛm nie, sɛ wotumi yɛ saa nneɛma yi nyinaa te sɛ odwamanfoɔ a nʼani nwu hwee.
31 हरेक गल्लीको मोडमा आफ्नो डाँडाका थानहरू र हरेक सार्वजनिक ठाउँमा तैंले गुमज पुजाकोठा बनाइस् । तापनि तँ वेश्याजस्तो थिइनस्, किनभने ज्याला लिन तैंले इन्कार गरिस् ।
Wosisii banbɔ pie wɔ mmorɔno so na wosisii abosonnan atentene wɔ adwaberem biara, na wonsɛ odwamanfoɔ, ɛfiri sɛ wopoo akatua.
32 तँ व्यभिचारी स्त्री, तँ आफ्नो पतिको सट्टामा बिरानाहरूलाई स्वीकार गर्छेस् ।
“‘Wo, ɔyere waresɛefoɔ, wopɛ ahɔhoɔ sene wo ara wo kunu!
33 मानिसहरूले त हरेक वेश्यालाई ज्याला दिन्छन्, तर तैंले चाहिं उल्टो आफ्ना सबै प्रेमीलाई ज्याला दिन्छेस् र तँसित वेश्यवृति गर्न चारैतिरबाट तिनीहरू तँकहाँ आऊन् भनेर घुस दिन्छेस् ।
Odwamanfoɔ biara gye akatua, nanso wodeɛ, wode nneɛma kyekyɛ wʼadɔfoɔ nyinaa de hyɛ wɔn afono mu sɛ, wɔmfiri baabiara mmra wo nkyɛn.
34 यसैले तँ र अरू स्त्रीहरूमा फरक छ । किनकि आफूसँग सुत भन्न कोही पनि तँकहाँ आउँदैन । बरु, तैंले तिनीहरूलाई ज्याला दिन्छेस् । कसैले पनि तँलाई ज्याला दिंदैन ।
Enti wʼadwamammɔ mu no wonte sɛ afoforɔ; obiara mma wo hɔ sɛ yɛ no adɔeɛ. Wo ne wɔn bɔ abira koraa, ɛfiri sɛ wotua ka na obiara mma wo hwee.
35 यसकारण ए वेश्या, परमप्रभुको वचन सुन् ।
“‘Enti, wo odwamanfoɔ, tie Awurade asɛm!
36 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तैंले आफ्ना यौनको उत्तेजना पोखेको छस् र आफ्ना प्रेमीहरूसँगको तेरो वेश्यावृत्तिद्वारा आफ्नो नग्नता देखाएको छस्, र तेरा सबै घिनलाग्दा मूर्तिहरू बनाएको छस्, र तिनीहरूलाई तैंले आफ्ना छोराछोरीका रगत चढाएको छस्,
Yei ne deɛ Otumfoɔ Awurade seɛ. Esiane sɛ wohwie wʼahonya guiɛ na wodaa wʼadagya adi, wo ho a woma ɛyɛɛ wo dɛ dodo wɔ wo ne wʼadɔfoɔ nhyiamu, wʼahoni a ɛyɛ akyiwadeɛ na afei wo mma mogya a wode maa wɔn no enti,
37 यसकारण हेर्, तैंले भेटेका सबै प्रेमीहरूलाई म भेला गर्नेछु, तैंले प्रेम गरेका सबै प्रेमीहरू र तैंले घृणा गरेका सबैलाई म भेला गर्नेछु, र तिनीहरूलाई म तेरा विरुद्धमा तेरो चारैतिर जम्मा गर्नेछु । तिनीहरूले तेरो नग्नता देखून् भनेर म तेरो नग्नता उघारिदिनेछु ।
merebɛboaboa wʼadɔfoɔ a wode wɔn gyee wʼani nyinaa ano; wɔn a wodɔɔ wɔn ne wɔn a woampɛ wɔn. Mɛboaboa wɔn nyinaa ano atia wo afiri wo ho baabiara, na mɛpa wo ho wɔ wɔn anim, na wɔbɛhunu wʼadagya nyinaa.
38 किनकि व्यभिचार र रगतको बगाएको निम्ति म तँलाई दण्ड दिनेछु । अनि मेरो क्रोध र डाहको रक्तपात तँमाथि म ल्याउनेछु ।
Mede asotwe a wɔde ma mmaa awaresɛefoɔ ne mogya hwiegufoɔ bɛyɛ wʼatemmuo. Mede me mogya aweretɔ a ɛfiri mʼabufuhyeɛ ne me ninkunutweɛ abufuo mu bɛba wo so.
39 तँलाई तिनीहरूका हातमा म सुम्पिदिनेछु, यसरी तिनीहरूले तेरा गुमज पुजाकोठा भत्काउनेछन् र डाँडाका थानहरू ढाल्नेछन् र तिनीहरूले तेरा वस्त्रहरू फुकाएर तँलाई नाङ्गो पार्नेछन् र तेरा सबै गरगहना लैजानेछन् । तिनीहरूले तँलाई नाङ्गो र उजाड छोडिदिनेछन् ।
Afei, mede wo bɛma wʼadɔfoɔ na wɔbɛbubu banbɔ pie a woahɔre, asɛe abosonnan atentene no. Wɔbɛpa wo ho ntoma. Wɔbɛfa wo nnwinneɛ fɛfɛ no, na wagya wo hɔ adagya mu.
40 तब तिनीहरूले तेरो विरुद्धमा एउटा भीड ल्याउनेछन्, र तँलई ढुङ्गाले हान्नेछन्, र तिनीहरूले तँलाई आफ्ना तरवारहरूले टुक्रै-टुक्रा पार्नेछन् ।
Wɔde nnipadɔm a wɔbɛsi wo aboɔ na wɔde wɔn akofena atwitwa wo mu nketenkete bɛba wo so.
41 तिनीहरूले तेरा घरहरू जलाउनेछन्, र धेरै जना स्त्रीले देख्ने गरी तँलाई धेरै किसिमका दण्ड दिनेछन्, किनकि म तेरो वेश्यावृत्ति रोक्नेछु, र तैंले आफ्ना प्रेमीहरूलाई फेरि ज्याला दिनेछैनस् ।
Wɔbɛhyehye wʼafie na wɔatwe wʼaso wɔ mmaa bebree anim. Mɛtwa wʼadwamammɔ no so na woagyae akatua a wotua wʼadɔfoɔ no.
42 तब तेरो विरुद्धमा भएको मेरो क्रोध म शान्त पार्नेछु । मेरो रिसले तँलाई छोड्नेछ किनकि म सन्तुष्ट हुनेछु, र पेरि कहिलै रिसाउनेछैनँ ।
Afei mʼabufuhyeɛ ano bɛdwo na me ninkunutweɛ abufuo no bɛfiri wo so. Mɛyɛ bɔkɔɔ na mebo remfu bio.
43 तैंले आफ्नो युवावस्थाका दिनलाई सम्झेको छैनस्, र यी सबै कुराले मलाई रिसले थरथर काम्ने बनाएको छस् । यसैकारण हेर्, तैंले गरेका कामको दण्ड म आफैं तेरो आफ्नै शिरमा खन्याइदिनेछु, यो परमप्रभु परमेश्वरको घोषणा हो । के तेरा अरू सबै घिनलाग्दा व्यवहारहरूमा वेश्यवृति पनि थपेको छैनस् र?
“‘Sɛ woankae wo mmabunu nna, na wode yeinom nyinaa hyɛɛ me abufuo enti, ɛkwan biara so mɛma deɛ woayɛ no abɔ wo tiri so, Otumfoɔ Awurade na ɔseɛ. Woanyɛ nneɛma fi anka akyiwadeɛ no ho anaa?
44 हेर्, उखान भन्ने हरेकले तेरो विषयमा यो उखान भन्नेछः “जस्तो आमा उस्तै छोरी ।”
“‘Obiara a ɔbu bɛ no bɛbu saa bɛ yi afa wo ho: “Sɛdeɛ ɛna teɛ no saa ara na ne babaa teɛ.”
45 तँ आफ्नी आमाकी छोरी होस्, जसले आफ्नै पति र छोराछोरीलाई घृणा गरी, अनि आफ्नी दिदीहरूकी बहिनी होस् जसले आफ्नै पति र छोराछोरीलाई घृणा गरे । तेरी आमा हित्ती थिई, र तेरा बुबा एमोरी थियो ।
Wo maame sopaa ne kunu ne ne mma. Wo nso saa ara na woteɛ. Wote te sɛ wo nuanom mmaa a wɔsopaa wɔn kununom ne wɔn mma. Wo maame yɛ Hetini ɛnna wʼagya yɛ Amorini.
46 तेरी दिदी सामरिया थिई र त्यसका छोरीहरू उत्तरमा बस्थे, तेरी बहिनीचाहिं तेरो दक्षिणपट्टि बस्थी, अर्थात् सदोम र त्यसका छोरीहरू थिए ।
Na wo nuabaa panin ne Samaria a na ɔne ne mmammaa te wʼatifi fam, ɛnna wo nuabaa kumaa a ɔne ne mmammaa te wʼanafoɔ fam yɛ Sodom.
47 तँ तिनीहरूका चालमा मात्र चलिनस् र तिनीहरूका घिनलाग्दा व्यवहारहरू र अभ्यासहरू मात्र नक्कल गरिनस् तर तेरा सबै चालमा तँ तिनीहरूभन्दा झन् भ्रष्ट भएको छस् ।
Woannante wɔn akwan mu, ansuasua wɔn akyiwadeɛ nko, na mmom, akwan nyinaa mu, wobɛyɛɛ porɔeɛ sene wɔn.
48 जस्तो म जीवित छु, यो परमप्रभु परमेश्वरको घोषणा हो, तँ र तेरा छोरीहरूले जति धेरै दुष्टता गरेका छौ त्यति तेरी बहिनी सदोम र त्यसका छोरीहरूले गरेनन् ।
Sɛ mete ase yi, Otumfoɔ Awurade na ɔseɛ, wo nuabaa Sodom ne ne mmammaa anyɛ deɛ wo ne wo mmammaa ayɛ no da.
49 हेर्, तेरी बहिनी सदोमको पापचाहिं यो थियो, त्यो आफ्नो फुर्सदमा अहंकारी थिई, साथै लापरवाह र कुनै कुराको चिन्ता नगर्ने थई । त्यसले दरिद्र र खाँचोमा परेका मानिसहरूका हातहरू बलियो पारिन ।
“‘Yei ne bɔne a wo nuabaa Sodom yɛeɛ: Ɔno ne mmammaa yɛɛ ahantan. Wɔdidi traa so na hwee amfa wɔn ho, wɔammoa ahiafoɔ ne mmɔborɔfoɔ.
50 त्यो अहंकारी थिई र मेरो सामु घिनलाग्दा काम गरी, यसैले मैले तिनीहरूलाई उठाएँ, जसरी तैंले देखिस् ।
Wɔyɛɛ ahomasoɔ ne akyiwadeɛ wɔ mʼanim. Ɛno enti meyii wɔn sii nkyɛn sɛdeɛ woahunu no.
51 सामरियाले पनि तैंले गरेका पापहारूका आधा पनि गरेन । त्यसको साटोमा, तिनीहरूले गरेको भन्दा ज्यादै धेरै घिनलाग्दा काम तैंले गरिस्, र तैंले गरेका यी सबै घिनलाग्दा कामका कारणले तेरा दिदी-बहिनी तँभन्दा असल थिए भनी तैंले देखाइस् ।
Samaria anyɛ bɔne a woyɛeɛ no mu fa. Woayɛ akyiwadeɛ a ɛboro deɛ wo nuammaanom no yɛeɛ no so koraa, na woama ayɛ sɛ wo nuammaa no tene, ɛsiane saa nneɛma a woayɛ no enti.
52 विशेषगरी तैंले आफ्नो निर्लज्जता देखाउँछेस् । यसरी तैंले गरेका यी सबै घिनलाग्दा पापहरूका कारणले तेरा दिदीबहिनी तँभन्दा असल थिए भन्ने तैंले देखाइस् । तेरा दिदीबहिनी अब तँभन्दा असल देखिन्छन् । विशेषगरी तैंले आफ्नै निर्लज्जता देखाउँछेस्, किनकि यसरी तेरा दिदीबहिनी तँभन्दा असल थिए भनी तैंले देखाइस् ।
Gye wʼanimguaseɛ, ɛfiri sɛ woama wo nnuammaa adi bem. Wo bɔne mu yɛ duru sene wɔn deɛ, enti ayɛ sɛ wɔtene sene wo. Ɛnneɛ afei gye wʼanimguaseɛ na wama ayɛ sɛ wo nnuammaa tene.
53 किनकि म तिनीहरूका सुदिन— सदोम र त्यसका छोरीहरूका सुदिन र सामरिया र त्यसका छोरीहरूका सुदिन फर्काइदिनेछु । तर तेरो सुदिन तिनीहरूकै बिचमा हुनेछ ।
“‘Nanso, mede Sodom siadeɛ ne ne mmammaa, Samaria siadeɛ ne ne mmammaa bɛma wɔn, na mede wo siadeɛ bɛka ho,
54 यी कुराहरूका कारणले तैंले आफ्ना लाज देखाउनेछस् । तैंले गरेका हरेक कुराको कारणले तेरो अपमान हुनेछ, र यसरी तिनीहरूका निम्ति तँचाहिं सान्त्वना हुनेछस् ।
sɛdeɛ ɛbɛyɛ a wobɛgye wʼanimguaseɛ na wʼani bɛwu wɔ deɛ woayɛ de ama wɔn ahotɔ nyinaa ho.
55 तेरी बहिनी सदोम र त्यसका छोरीहरू पहिलेको अवस्थामा फर्किनेछन्, र सामरिया र त्यसका छोरीहरू आफ्नो पहिलेको अवस्थामा फर्किनेछन् । त्यसपछि तँ र तेरा छोरीहरू आफ्नो पहिलेको अवस्थामा फर्किनेछौ ।
Na wo nuammaa Sodom ne ne mmammaa, Samaria ne ne mmammaa bɛsane akɔ wɔn tebea dada mu, na wo ne wo mmammaa nso bɛsane akɔ mo dada mu.
56 तँ अहङ्कारी भएको दिनमा पनि तेरो मुखले तेरी बहिनी सदोमको सम्झना गरिनस्,
Anka woremmɔ wo nuabaa Sodom din wɔ wʼahohoahoa ɛda,
57 तेरो दुष्टता प्रकट हुनुअघि । तर अहिले तँ एदोमका छोरीहरू र त्यसका वरिपरिका पलिश्तीहरूका छोरीहरूका बिचमा गिल्लाको पात्र बनेको छस् । मानिसहरूले तँलाई घृणा गर्छन् ।
kɔsi sɛ wʼamumuyɛ ho daa hɔ. Ɛbɛsi ɛnnɛ Edom mmammaa bɔ wo ahohora, wɔne wɔn a atwa wɔn ho ahyia ne Filistifoɔ mmammaa, ɛne wɔn a atwa wo ho ahyia a wɔbɔ wo ahohora nyinaa.
58 तैंले आफ्नो निर्लज्जता र घृणित व्यवहार देखाउनेछस्— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
Deɛ ɛbɛfiri nneɛma fi a woyɛ ne wʼakyiwadeɛ mu aba no bɛda wo so, Awurade asɛm nie.
59 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तँलाई जस्तो व्यवहार गर्नु उचित हुन्छ त्यस्तै व्यवहार म तँसित गर्नेछु । तैंले करार भङ्ग गरेर आफ्नो सपथलाई तुच्छ ठानेकी छस् ।
“‘Yei ne deɛ Otumfoɔ Awurade seɛ: Me ne wo bɛdi no sɛdeɛ ɛfata, ɛfiri sɛ woasɛe mʼapam de abu me ntam animtiaa.
60 तर तेरो जवानीको दिनमा मैले तँसित बाँधेको करारलाई म सम्झनेछु, र तँसँग म सदासर्वदाको करार गर्नेछु ।
Nanso mɛkae apam a me ne wo yɛɛ wo mmabunu berɛ mu, na me ne wo bɛyɛ apam a ɛbɛtena hɔ afebɔɔ.
61 तब तैंले आफ्ना चालहरू सम्झनेछस् र दिदी-बहिनीहरू दुवैलाई तैंले ग्रहण गर्दा लज्जित हुनेछस् । ती म तँलाई छोरीहरूका रूपमा दिनेछु, तर तेरो करारको कारणले चाहिं होइन ।
Afei wobɛkae wʼakwan na wʼani awu ɛberɛ a wo nsa aka wo nuammaa; wɔn a wɔanyini sene woɔ ne nkumaa nyinaa. Mede wɔn bɛma wo sɛ wo mmammaa, nanso ɛrennyina apam a me ne wo ayɛ no so.
62 म आफैं मेरो करार तँसित स्थापना गर्नेछु, र म नै परमप्रभु हुँ भनी तैंले जान्नेछस् ।
Enti me ne wo bɛyɛ apam na wobɛhunu sɛ mene Awurade.
63 यी कुराहरूका कारणले, तैंले सबै कुरा सम्झनेछस्, र लज्जित हुनेछस्, यसरी आफ्नो लाजको कारण तैंले आफ्नो मुख फेरि कहिल्यै खोल्नेछैनस् । त्यति बेला तैंले गरेका सबै कुरालाई मैले क्षमा गरेको हुन्छु — यो परमप्रभु परमेश्वरको घोषणा हो ।
Afei sɛ meyɛ mpata ma wo wɔ deɛ woayɛ nyinaa ho a, wobɛkae na wʼani bɛwu na woremmue wʼano bio wɔ brɛ a wɔabrɛ wo ase enti, Otumfoɔ Awurade asɛm nie.’”