< इजकिएल 15 >

1 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
In k meni je prišla Gospodova beseda, rekoč:
2 “ए मानिसको छोरो, वनका अरू कुनै रूखका हाँगाहरूभन्‍दा दाखका बोटको कसरी असल हुन्‍छ?
»Človeški sin: ›Kaj je trta boljša kakor katerokoli drevo ali kakor mladika, ki je med gozdnimi drevesi?
3 के मानिसहरूले दाखको बोटबाट केही चीज बनाउन काठ लिन्छन् र? के तिनीहरूले कुनै कुरा झुण्‍ड्याउनलाई त्‍यसबाट किला बनाउँछन्‌ र?
Mar bo vzet njen les, da bi opravljal katerokoli delo? Ali bodo možje od nje vzeli klin, da bi nanj obesili katerokoli posodo?
4 हेर्, त्यसलाई दाउराको रूपमा आगोमा हालियो भने र त्‍यसका दुई छेउ र बिचको भाग आगोले भस्‍म भयो भने, के त्‍यो कुनै कामको हुन्‍छ र?
Glej, vržena je v ogenj za gorivo. Ogenj pogoltne oba njena konca in njena sreda je ožgana. Ali je primerna za kakršnokoli delo?
5 हेर्, त्‍यो सिङ्गै हुँदा पनि केही कामको बन्‍न सकेन । निश्‍चय पनि आगोले भस्‍म भएपछि, अझै पनि त्‍यसबाट केही कामको कुरा बन्‍दैन ।
Glej, ko je bila cela, ni bila primerna za nobeno delo. Kako veliko manj bo vendar ta primerna za kakršnokoli delo, ko jo je požrl ogenj in je ožgana?‹
6 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः वनमा भएका रूखहरूभन्‍दा फरक गरी मैले दाखका बोटलाई आगोको लागि दाउरा हुन दिएँ । यरूशलेमका बसिन्‍दाहरूसित पनि म त्‍यसरी नै काम गर्नेछु ।
Zato tako govori Gospod Bog: ›Kakor je trta med gozdnimi drevesi, ki sem jo izročil ognju za gorivo, tako bom izročil prebivalce Jeruzalema.
7 किनकि म आफ्‍नो अनुहार तिनीहरूका विरुद्धमा फर्काउनेछु । तिनीहरू आगोबाट बाहिर आए तापनि तिनीहरूलाई आगोले नै भस्‍म गर्नेछ । यसरी तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ जति बेला मैले आफ्‍नो अनुहार तिनीहरूका विरुद्धमा फर्काउनेछु ।
Svoj obraz bom naravnal zoper njih. Šli bodo iz enega ognja, pa jih bo pogoltnil drug ogenj. In spoznali boste, da jaz sem Gospod, ko svoj obraz naravnam zoper njih.
8 तब तिनीहरूले पाप गरेका हुनाले म तिनीहरूको देशलाई त्‍यागिएको उजाड-स्‍थान बनाउनेछु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”
Deželo bom naredil zapuščeno, ker so zagrešili prekršek, ‹ govori Gospod Bog.«

< इजकिएल 15 >