< इजकिएल 15 >
1 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
And the word of the Lord came to me, saying,
2 “ए मानिसको छोरो, वनका अरू कुनै रूखका हाँगाहरूभन्दा दाखका बोटको कसरी असल हुन्छ?
Son of man, what is the vine-tree more than any branching tree which is among the trees of the woods?
3 के मानिसहरूले दाखको बोटबाट केही चीज बनाउन काठ लिन्छन् र? के तिनीहरूले कुनै कुरा झुण्ड्याउनलाई त्यसबाट किला बनाउँछन् र?
Will its wood be used for any work? do men make of it a pin for hanging any vessel on?
4 हेर्, त्यसलाई दाउराको रूपमा आगोमा हालियो भने र त्यसका दुई छेउ र बिचको भाग आगोले भस्म भयो भने, के त्यो कुनै कामको हुन्छ र?
See, it is put into the fire for burning: the fire has made a meal of its two ends and the middle part of it is burned; is it good for any work?
5 हेर्, त्यो सिङ्गै हुँदा पनि केही कामको बन्न सकेन । निश्चय पनि आगोले भस्म भएपछि, अझै पनि त्यसबाट केही कामको कुरा बन्दैन ।
Truly, before it was cut down, it was not used for any purpose: how much less, when the fire has made a meal of it and it is burned, will it be made into anything?
6 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः वनमा भएका रूखहरूभन्दा फरक गरी मैले दाखका बोटलाई आगोको लागि दाउरा हुन दिएँ । यरूशलेमका बसिन्दाहरूसित पनि म त्यसरी नै काम गर्नेछु ।
For this cause the Lord has said: Like the vine-tree among the trees of the woods which I have given to the fire for burning, so will I give the people of Jerusalem.
7 किनकि म आफ्नो अनुहार तिनीहरूका विरुद्धमा फर्काउनेछु । तिनीहरू आगोबाट बाहिर आए तापनि तिनीहरूलाई आगोले नै भस्म गर्नेछ । यसरी तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ जति बेला मैले आफ्नो अनुहार तिनीहरूका विरुद्धमा फर्काउनेछु ।
And my face will be turned against them; and though they have come out of the fire they will be burned up by it; and it will be clear to you that I am the Lord when my face is turned against them.
8 तब तिनीहरूले पाप गरेका हुनाले म तिनीहरूको देशलाई त्यागिएको उजाड-स्थान बनाउनेछु— यो परमप्रभु परमेश्वरको घोषणा हो ।”
And I will make the land a waste because they have done evil, says the Lord.