< इजकिएल 13 >
1 फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
И бысть слово Господне ко мне глаголя:
2 “ए मानिसको छोरो, इस्राएलमा अगमवाणी बोलिरहेका अगमवक्ताहरूका विरुद्धमा अगमवाणी बोल्, र आफ्नै कल्पनाहरूका अगमवाणी बोल्नेहरूलाई यसो भन्, 'परमप्रभुको वचन सुन ।
сыне человечь, прорцы на пророки Израилевы прорицающыя и речеши пророком прорицающым от сердца своего, и прорцы и речеши к ним: слышите слово Господне,
3 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः आफ्नै आत्माका कुरा पछ्याउने तर केही पनि नदेख्ने मूर्ख अगमवक्ताहरूलाई धिक्कार ।
сия глаголет Адонаи Господь: люте прорицающым от сердца своего, ходящым вслед духа своего, а отнюд не видящым.
4 ए इस्राएल, तिमीहरूका अगमवक्ताहरू त उजाड-स्थानहरूमा बस्ने स्यालहरूजस्ता भएका छन् ।
Якоже лисицы в пустыни, (тако) пророцы твои (быша), Израилю!
5 परमप्रभुको दिनमा हुने युद्धमा सुरक्षा होस् भनेर इस्राएलका घरानाको वरिपरिका पर्खालमा भएका भत्केका ठाउँहरू मरम्मत गर्न पनि तिमीहरू गएका छैनौ ।
Не сташа на тверди и собраша стада к дому Израилеву: не восташа глаголющии в день Господень,
6 मानिसहरूसँग झूटा दर्शनहरू छन् र तिनीहरू झुटा भविष्यवाणी गर्छन् । तिनीहरू यसो भन्छन्, “परमप्रभुको घोषणा यस्तो-यस्तो छ ।” परमप्रभुले तिनीहरूलाई पठाउनुभएको होइन । तापनि आफ्ना सन्देश पुरा हुनेछन् भनी तिनीहरूले मानिसहरूलाई आशा गर्ने बनाएका छन् ।
видящии ложная и волхвующии суетная, глаголюще: тако глаголет Господь, Господь же не посла их, и начаша возставляти слово.
7 के तिमीहरूले झूटा दर्शनहरू देखेका र झुटा भविष्यवाणीहरू बोलेका होइनौ र, तिमीहरू जसले “परमप्रभु यस्तो-यस्तो भन्नुहुन्छ,” भन्दछौ, जबकि म आफैले ती भनेकै होइन?
Не ложное ли убо видение видесте и волхвования суетная рекосте? И глаголете, рече Господь: Аз же не глаголах.
8 यसैकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः किनभने तिमीहरूले झूटा दर्शनहरू देखेका र झुटा बोलेको छौ । त्यसकारण तिमीहरूका विरुद्धमा परमप्रभु परमेश्वरको घोषणा यस्तो छः
Сего ради рцы: сия глаголет Адонаи Господь: понеже словеса ваша лжива и волхвования ваша суетна, того ради, се, Аз на вы, глаголет Адонаи Господь,
9 मेरो हात ती अगमवक्ताहरूका विरुद्धमा हुनेछ, जसले असत्य दर्शनहरू देख्छन् र झूटा जोखनाहरू भन्छन् । तिनीहरू मेरो मानिसहरूका सभामा हुनेछैनन्, वा इस्राएलका घरानाको सूचीमा तिनका नाउँ लेखिनेछैनन् । तिनीहरू इस्राएल देशमा जानुहुँदैन । किनकि परमप्रभु परमेश्वर म नै हुँ भनी तिमीहरूले जान्नेछौ ।
и простру руку Мою на пророки видящыя лжу и провещавающыя суетная: в наказании людий Моих не будут, и в писании дому Израилева не впишутся, и в землю Израилеву не внидут, и уведят, яко Аз Адонаи Господь.
10 यो कारणले र तिनीहरूले मेरो मानिसहरूलाई टाढा लगेका र यसो भनेका कारणले, “शान्ति,” जब शान्ति नै छैन । तिनीहरू एउटा पर्खाल बनाउँदैछन् जसलाई तिनीहरूले चुन लगाउनेछन् ।'
Понеже прельстиша людий Моих, глаголюще: мир, мир: и не бяше мира: и сей сограждает стену, а они помазуют ю, падется.
11 ती पर्खालमा चुना लगाउनेहरूलाई यसो भन्, 'यो ढल्नेछ । घनघोर वृष्टि हुनेछ र यसलाई ढाल्नलाई ठुला असिना र यलाई नष्ट गर्नलाई आँधीबेहरी म पठाउनेछु ।
Глаголи к помазующым ю: падется, и будет туча потопляющая, и дам камение стрельное в свузы их, и падутся, и ветр воздвижущь размещет, и разсядется.
12 हेर, त्यो पर्खाल ढल्नेछ । के अरूले तिमीहरूलाई यसो भनेका छैनन् र, “तिमीहरूले पोतेको चुन कहाँ छ?”
И се, падеся стена, и не рекут ли к вам: где есть помазание ваше, имже помазасте?
13 यसैकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः म आफ्नो क्रोधमा एउटा डरलाग्दो आँधीबेहरी ल्याउनेछु, र मेरो रिसमा पानीको बाढी आउनेछन् । मेरो क्रोधको असिनाले त्यसलाई पूर्ण रूपमा भत्काउनेछ ।
Того ради сия глаголет Адонаи Господь: и навергу бурю разоряющую со яростию, и туча потопляющи гневом Моим будет, и камение стрельное наведу яростию во скончание:
14 किनकि तिमीहरूले चुना पोतेको त्यो पर्खाललाई भत्काउनेछु र त्यसलाई म भूइँसम्मै लडाउनेछु, र त्यसको जग देखाउनेछु । यसरी त्यो ढल्नेछ र तिमीहरू सबै पनि त्यसको माझमा नष्ट हुनेछौ । तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ ।
и раскопаю стену, юже помазасте, и падется, и положу ю на земли, и открыются основания ея, и падется, и скончаетеся со обличением и познаете, яко Аз Господь:
15 किनकि म आफ्नो क्रोधमा त्यो पर्खाल र त्यसलाई चुनले पोत्नेहरूलाई नष्ट पार्नेछु । म तिमीहरूलाई भन्नेछु, “त्यो पर्खाल अब छैन न त त्यसलाई चुनले पोत्ने मानिसहरू नै छन्—
и скончаю ярость Мою на стене и на помазующих ю, и падет. И рекох к вам: несть стены, ни помазующих ея,
16 यरूशलेमको बारेमा अगमवाणी बोल्ने इस्राएलका यी अगमवक्ताहरू र त्यसको निम्ति शान्तिको दर्शन देख्नेहरू । तर त्यहाँ शान्ति नै छैन! यो परमप्रभु परमेश्वरको घोषणा हो' ।”
пророцы Израилевы, прорицающии на Иерусалим и видящии ему мир, и несть мира, глаголет Адонаи Господь.
17 यसैले अब ए मानिसको छोरो, तेरा मानिसहरूका छोरीहरू, जसले आफ्नै कल्पनाको अगमवाणी बोल्नेहरूतिर तेरो मुख फर्का, रर तिनीहरूका विरुद्धमा अगमवाणी बोल् ।
И ты, сыне человечь, утверди лице твое на дщери людий твоих, на прорицающыя от сердца своего, и прорцы на них,
18 यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः धिक्कार ती स्त्रीहरू, जसले आफ्ना हातका हरेक भागमा जादुका बुटीहरू बाँध्छन् र मानिसहरूको शिकार गर्न विभिन्न आकारका शिर ढाक्ने घुम्टा बनाउँछन् । के तिमीहरूले मेरा मानिसहरूका शिकार गर्ने तर आफ्नै जीवनचाहिं बचाउने छौ र?
и речеши: сия глаголет Адонаи Господь: горе сшивающым возглавийцы под всякий лакоть руки и сотворяющым покрывала над всякую главу всякаго возраста, еже развратити душы: души развратишася людий Моих, и душ снабдеваху:
19 मर्नु नपर्ने मानिसहरूलाई मार्नलाई र बाँच्न नपर्नेहरूको जीवन बचाउनलाई तिमीहरूका कुरा सुन्ने मेरा मानिसहरूलाई झुटा कुरा गरेर र आफ्ना दुई-चार मुट्ठी जौ र रोटीका केही टुक्राहरूका निम्ति मेरो मानिसहरूका बिचमा तिमीहरूले मलाई बिटुलो पार्यौ ।
и осквернавляху Мя у людий Моих, горсти ради ячмене и ради укруха хлеба, еже избити душы, имже не подобаше умрети, и оживити душы, имже не подобаше жити, провещающе людем Моим, послушающым лживых провещаний.
20 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः म तिमीहरूका जादुका विरुद्धमा छु, जुन चरालाई झैं मानिसहरूलाई पासोमा पार्न तिमीहरूले प्रयोग गरेका छौ । साँच्चै ती म तिमीहरूका पाखुराहरूदेखि ती चुडाउँनेछु । अनि तिमीहरूले चरालाई झैं पासोमा पारेका मानिसहरूलाई म छुटकारा दिनेछु ।
Сего ради сия глаголет Господь: се, Аз на возглавия ваша, имиже вы развращаете душы тамо: и отторгну я от мышцей ваших, и послю душы, яже вы развращасте душы их на разсыпание,
21 म तिमीहरूका घुम्टा पनि च्यातिदिनेछु, र मेरो प्रजालाई तिमीहरूका हातदेखि छुटाउनेछु, यसरी तिनीहरू फेरि कहिल्यै तिमीहरूका हातमा पर्नेछैनन् । म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ ।
и растерзаю покрывала ваша, и отиму люди Моя от руки вашея, и ктому не будут в руках ваших на развращение, и познаете, яко Аз Господь:
22 किनकि तिमीहरूले झुटा बोलेर धर्मीहरूलाई निराश तुल्याएका हुनाले, जबकि मैले उसलाई निरास तुल्याउने इच्छा गरिनँ, र तिमीहरूले दुष्ट व्यक्तिका कामहरूलाई उत्साह दियौ ताकि आफ्नो प्राण बचाउन आफ्ना चालबाट ऊ फर्कनेछैन—
понеже развращасте сердце праведнаго неправедно, Аз же не развращах его, и укреплясте руце беззаконнику, еже отнюд не обратитися ему от пути его злаго и живу быти ему,
23 यसैकारण तिमीहरूले अब फेरि कहिल्यै झुटा दर्शन देख्नेछैनौ नत भविष्यवाणी गरिरहनेछौ, किनकि म आफ्ना मानिसहरूलाई तिमीहरूका हातदेखि बचाउनेछु । म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ।'”
сего ради не узрите лжи, и волхвования ктому не имате волхвовати: и избавлю люди Моя от рук ваших, и увесте, яко Аз Господь.